ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

चुनावी चिन्ता



चुनावी चिन्ता

-

काठमाडौं । चुनाव नजिकि“दै गर्दा संघीय गठबन्धन र मधेसी मोर्चाले चुनाव बिथोल्ने आन्दोलनको घोषणा गरेपछि अहिले अन्योल बनेको छ । संविधान संशोधनमार्फत आफ्ना माग सम्बोधन गर्न माग गर्दै आएको गठबन्धन र मधेसी मोर्चाको मागका कारण अहिले चुनाव अन्योलको सिर्जना भएको हो । यो परिस्थितिमा निर्वाचनको माहोल बन्दै गएपनि अन्यौलता भने कायम नै छ । यो अन्यौलताले सर्वत्र चुनावी चिन्ता बढाएको छ । 
दल नै अलमलमा
चुनावको अन्तिम तयारीमा पुगेका बेला मधेस केन्द्रीत दलले संविधान संशोधन प्रस्ताव अस्वीकार गर्दै  आन्दोदनमा होमिएको छ । अबको करिब एक महिनाको आन्दोलनले  स्थानिय तहको निर्वाचन तोकिएको समयमै होला वा नहोला भन्ने आशंका झन बढेर गएको छ । जसरी, सरकार, निर्वाचन आयोग र प्रमुख दल चुनावी तयारीमा लागेका छन् । त्यसै गरी मधेशी मोर्चा, संघीय गठबन्धन भने निर्वाचन मा बाधा पुराउन सक्रियताका साथ मैदानमा उत्रिएका छन । देशमा देखा परेका बिभिन्न घटनाक्रमपछि लगभग ९० दिनको तयारी समय राखेर सरकारले स्थानीय  तहको निर्वाचनको मिति घोषणा ग¥यो । अब निर्वाचनका लागि एक महीना पनि बाँकी छैन । सरकारको यो घोषणास“गै करिव २० बर्षपछि नेपाली जनताले स्थानिय तहको नेतृत्व फेरि छान्ने मौका पाउदै छन् । स्थानिय तहको निर्वाचनको मिति घोषणासंगै आन्दोलनमा उत्रेका मधेशी दलस“गै संघिय गठबन्धनले हरुले भने भने आन्दोलनका विभिन्न कार्यक्रम घोषण गरेका छन ।
सरकार र निर्वाचन आयोगले भने निर्वाचनको तयारी गरी रहेको छ । मधेशी दल बाहेकका नेताहरुले भने निर्वाचन तोकिएकै समय भित्र हुने दाबी गरेका छन । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले सरकारले तोकिएकै समय भित्र स्थानिय तहको निर्वाचन हुने बताए । आन्दोलनरत दलहरुले चुनाव रोक्नु लोकतन्त्र र राष्ट्रिय हित विपरित भएको बताउ“दै रावलले  यो निर्वाचन हुन नदिनु भनेको नेपालको अस्तित्वलाई नै चक्रब्युह हो भनेका छन् । उनले आन्दोलनरत दलहरुलाइ चुनावमा भाग लिन आग्रह गर्दै चुनावमा भाग लिएर मत जितेर आउन र आफनो मुद्धालाई अगाडि बढाउन आग्रह समेत गरे । 
कानुनमन्त्री अजय शंकर नायकले आन्दोलनरत दलहरु प्रति सरकार लचिलो बन्दा बन्दै पनि नाटकिय ढंगबाट आन्दोलनको मिति घोषणा गरिएको बताएका छन् । मन्त्री नायकले  केहि ठाउ“मा दोस्रो चरणमा गरेर भए पनि तोकिएकै समयभित्र चुनाव हुने बताए । मधेशी मोर्चाले चुनावमा भाग नलिएका कारण चुनाव हुन सकेन भने मधेसका जनता अझ पछाडि धकेलिने मन्त्री नायकले बताए ।  
उता नेपाली कांगे्रसका नेता रमेश रिजालले भने संघियताको पक्षमा लामो समय देखि हिडेका मधेसी मोर्चा लगायतका दललाई पनि समेटेर चुनाव गर्नु पर्ने बताउँछन् । त्यसकालागि चुनाव १०÷१५ दिनपछाडि सार्दा पनि फरक नपर्ने उनको तर्क छ ।  
स्थानीय तहको निर्वाचन सम्पुर्ण नेपाली का लागि प्रतिनिधि छान्ने राम्रो मौका हो  । लामो समयपछि हुन लागेको निर्वाचनमा आफनो क्षेत्रका  विकास गर्ने नेतृत्व चुन्ने अवसर नागरिकलाई मिल्दैछ । त्यसैले राजनीतिक स्वार्थ भन्दा माथि उठेर जनताको मताधिकारप्रति संबन्धित पक्षले ध्यान दिन जरुरी छ । 
यसरी निर्वाचन समयमै नहुने हो की भन्ने प्रश्न चिन्ह खडा भएको छ । सत्ताधारी दलकै नेताहरुले मधेसी मोर्चालाई सहमतीमा ल्याउनका लागि भएपनि समय सार्नका लागि आफनो दललाई दवाब दिइरहेका छन । जसले गर्दा अन्तिम समयमा आएर कतै निर्वाचन सर्ने त होइन भन्ने चिन्ता बढेको छ मार्चाका लागि नै भनेर सरकारले दोस्रो पटक संबिधान संसोधन ग¥यो तर ।मोर्चा किन निर्वाचनमा आउन चाहन्न त्यस भित्रको स्वार्थ के छ भन्ने बाहिर आउनु समेत आवश्यक छ । 
कसरी गर्दैछ मोर्चा आन्दोलन ?
मधेसी मोर्चा र संघीय गठवन्धनले संयुक्त रुपमा वैशाख ५ गते देखि चरणवद्ध रुपमा आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । संविधान संशोधन पछि मात्र निर्वाचनको माग गर्दै आएका मोर्चा तथा गठवन्धनले सहमति र सम्झौताको वेवास्ता गर्दै स्थानीय तहको निर्वाचनमा सरकार होमिएको भन्दै आन्दोलनको घोषणा गरेका हुन् । 
मधेसी मोर्चा र संघीय गठवन्धनले वैशाख ३१ को निर्वाचन विथोल्ने उद्धेश्यका साथ आन्दोलनको घोषणा गरिएको छ । विगतमा भएका सहमति सम्झौता विपरित सरकारले नयां ससोधन प्रस्ताव ल्याएको आरोप उनीहरुको छ । आन्दोलनका कार्यक्रमहरु मधेस, थरुहट र लिम्बुवान बन्ददेखि अनिश्चितकालीन नेपाल बन्द समेत रहेका छन् । जनताको अधिकार प्राप्ति र लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाका लागि आन्दोलन गर्नु परेको मधेसी मोर्चा र सघिय गठवन्धनको दावी छ । 
मधेसी मोर्चा र संघीय गठबन्धनले घोषणा गरेको आन्दोलनमा निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने दिन बैशाख १६ गते नेपाल बन्दको घोषणा गरिएको छ । त्यस अघि भने जिल्ला सदरमुकाममा मसाल जुलुस, लाठी जुलुस निकाल्ने र विभिन्न ठाउ“मा आमसभा गर्ने कार्यक्रम  छ । आन्दोलनका कार्यक्रम स्थानीय, क्षेत्रीय र स्थानीय स्तरमा अलग अलग निर्धारण गरिएका छन् । 
२७ गतेदेखि चुनावलाई लक्षित गरेर आम हडताल गर्ने जनाइएको छ । मोर्चाले राखेका वहुभाषिक नीति, नागरिकता, राज्यपुर्नसंरचनाका विषयमा सहमति तथा सम्झौता विगतमा भए पनि कार्यन्वयन नभएको  र केन्द्र, प्रदेश र अनि मात्र स्थानीय तहको निर्वाचनमा जानुपर्ने कुरा पनि सरकारले नमानेको संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको भनाइ छ ।  
केन्द्रको मातहतमा हुन लागेको स्थानीय तहको निर्वाचन संघीयताको मर्म र भावना विपरित भएको मोर्चाको ठहर छ । सरकारले निर्वाचन हुनु भन्दा अगाडी नै मोर्चाको मागलाई संसोधन मार्फत टुङग्याएर निर्वाचनमा सहभागी गराउने भनेको थियो । तर सरकारले चैत २९ मा नयां संसोधन प्रस्ताव दर्ता गराएपनि मोर्चाले सहमति र सम्झौता विपरित संशोधन आएको भन्दै विरोध गरेको छ । 
मोर्चाको माग अनुसार नै संविधान संसोधन भएपनि स्थानीय तहको निर्वाचनमा भने सहभागि नहुने जनाएको छ । स्थानीय तहको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेका वेला मोर्चाले थालेको यो आन्दोलनको कार्यक्रमले स्थानीय तहको निर्वाचनबारे अन्यौल अन्योल सिर्जना गरेको छ ।
के छ आयोगको तयारी ?
आगामी बैशाख ३१ गते स्थानीय तहको निर्वाचनको लागि निर्वाचन आयोगले तयारी तिब्र पारेको छ । आज देशैभर निर्वाचनका कार्यक्रमलाई व्यवस्थित गर्न मुख्य निर्वाचन अधिकृतको कार्यलय खोलिएको छ । तर आजैदेखि मोर्चाले निर्वाचनलाई वाधा पु¥याउने उद्देश्यले आफनो बिरोध कार्यक्रम सार्वजनिक गरेपछि निर्वाचन आयोगले राजनीतिक दलबिच समहति गर्न आग्रह समेत गरेको छ । लामो  समय देखि तयारीमा जुटेको निर्वाचन आयोगले सबै तयारी पुरा भएको भन्दै निर्वाचन तोकिएको मिति नै गरिने जनाएको छ । 
आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि  देशैभर मुख्य निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ ।  प्रदेश नम्बर २ को केही जिल्ला बाहेक सबै स्थानमा कार्यलय खोलिएको  निर्वाचन आयोगले जनाएको छ ।  निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारीको लागि जिल्ला न्यायाधिशलाई मुख्य निर्वाचन अधिकृत तोकि निर्वाचन कार्यलय स्थापना गरेको हो । मुख्य निर्वाचन अधिकृतलाई जिल्लाको निर्वाचन सम्बन्धि सम्पूर्ण कामको समन्वय, सुपरीवेक्षण र आवश्यक निर्देशन दिने कार्यादेश समेत दिएर कार्यालय संचालनमा ल्याइएको हो । 
आयोगले निर्वाचनको मिती नजिकै गर्दा आफनो तयारी स्वरुप कर्मचारीलाई आवश्यक तालिम समेत दिइसकेपछि आईतबारबाट कार्यालय संचालन गरेको हो । कार्यालय सञ्चालन भएपछि निर्वाचन सामग्री पठाउन आयोगलाई सहज हुनेछ । निर्वाचन आयोगले सम्बन्धित क्षेत्रमै निर्वाचनको आवश्यक तयारी गर्न जनशक्ति परिचालनको काम अगाडी बढेको जनाएको छ । 
आयोगको कार्यालय परिसरमा यतिबेला निर्वाचनको तयारी स्वरुप आन्तरिक काम जारी राखिएको छ । निर्वाचन आयोगले बैशाख १६ गते देशभरका स्थानीय तहका उम्मेदवारहरुको मनोनयन हुनेसहितका निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ । मधेशका केही जिल्लामा भने निर्वाचनका लागि राजनीतिक दलहरुले निर्वाचनको लागि उचित वातावरण बनाउन निर्वाचन आयोगले सरकारस“ग आग्रह गरको छ । 
निर्वाचन आयोगले आज काठमाडौको राष्ट्रिय सभा गृहमा काठमाडांैं जिल्ला न्यायाधिश पुरुषोत्तम प्रसाद ढकाललाई मुख्य निर्वाचन अधिकृतका पदभार ग्रहण गराएको छ । ढकालले प्रमुख निर्वाचन अधिकृतको पदभार ग्रहण गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्ने आफु प्रतिवद्धता जनाएका छन् । 
निर्वाचन आयोगले देशभरका निर्वाचन क्षेत्रमा निर्वाचनलाई सफल बनाउन सबै राजनीतिक दल, नागरिक समाज, सुरक्षाकर्मीसंग समन्वय गरी निर्वाचनको तयारी गर्ने जनाएको छ । निर्वाचन आयोगले बैशाख १२ गतेबाट सम्म देशभरका ७ सय ४४ वटै स्थानीय तहमा निर्वाचन अधिकृत समेत पठाउने तयारी गरिरहेको छ ।
तर मधेसी मोर्चा र संयुक्त गठबन्धनले आइतबार नै निर्वाचनलाई लक्षित गरेको आफनो कार्यक्रम सार्वजनिक गरेसंगै निर्वाचन आयोग थप अप्ठेरोमा परेको छ । मोर्चाको चरणवद्ध आन्दोलनले तराईका केही जिल्लामा निर्वाचनका बारे आशंका उत्पन्न भए पनि देशभर निर्वाचनको माहौल बनिरहेको दाबी आयोगले गरेको छ ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions