ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

किन लेखें मैले ‘बाग्मती ब्लुज’



किन लेखें मैले ‘बाग्मती ब्लुज’

विजय हितान -

राजनीतिक चेतनाले भरिपूर्ण भएको नेपाली जस्तो अन्य जात यो संसारमा अरु को होला र । शिक्षित वर्ग त भयौ भयौ, हामी अशिक्षित पनि राजनीतिको गफ पिट्न माहिर हुन्छौं । टेलिभिजनमा राजनीतिक बहस । रेडियोले त्यसैलाई मुख्य समाचार बनाएर प्रसारण । पत्र पत्रिकाका अघिल्ला पानामा तिनैको हेडलाइन । चिया पसल, भट्टी पसल, कार्यालय तपाईं कहाँ भन्नुहुन्छः जताततै राजनीतिको धूलो उडिरेहेको हुन्छ । सदन त त्यसै राजनीतिमय हुने नै भो, सडक पनि राजनीतिको अनुत्पादिक बन्धनमा जगडिएकै छ ।
के विद्यार्थी, के कर्मचारी, के प्रहरी, के सैनिक, के व्यापारी, भएन भनेर ड्राइभर, मजदुर, रेक्सावाला सबैका सबै राजनीति चबाउँछन्, राजनीति निल्छन्, राजनीति ओड्छन्, राजनीति दछ्याउँछन, राजनीतिले नुहाउँछन्, राजनीतिले नै पुठो पुस्छन् ।  
हास्य–व्यग्ङ्य कलाकारितामा त राजनेताहरुलाई हाँसोको मुख्यपात्र बनाइएको हुन्छ । मह, धुर्मुस, मनोज गजुरेल, तक्मेबूढा सबैले गिरिजा, मनमोहन, प्रचण्ड, कृष्णप्रसाद, माधवकुमार, रामप्रसाद, केपी, शेरबहादुरको हिस्सी उडाएर लाखौं कमाए । वास्तवमा भन्ने हो भने ती नेताहरुले रोयल्टी पाउनुपर्ने हो ।
कैले त मलाई लाग्छ, नेपाल राजनीति उत्पादन गर्ने फ्याक्ट्री हो । यसलाई निर्यातको मुख्य वस्तु बनाउन सके देशको अर्थतन्त्र कति दरिलो हुन्थ्यो । नेपालमा राजनीतिशास्त्र पढाउने विश्वविद्यालयहरु खोल्नसके बाहिरी मुलुकका विद्यार्थी खुबै ओइरनेथे । ती विश्वविद्यालयमा हाम्रा नेताहरुलाई प्रोफेसरको काम दिनसके विद्यार्थीलाई गज्जबले लेक्चर दिनेथे होलान् । अनि त विश्वप्रख्यात प्रधानमन्त्री र राष्ट्रपतिहरु जन्मनेथे ।
विदेशमा साक्षर व्यक्तिहरुसँग राजनीतिको कुरो गर्दा कयौंले राजनीति त्यति नबुझेको मैले पाएको छु । उनीहरु अन्य विषयमा या आफ्ना प्रोफेसनमा विज्ञ हुन्छन् । राजनीतिक चासो त्यत्ति लिँदैनन् । तर, नेपालमा किन यस्तो ? के संसारको सबै तेस्रो मुलुकमा नेपालमा झंै सर्वसाधारणको सामान्य दिनचर्यामा राजनीतिको भूत चढेको हुन्छ ? यो अवश्य नै एक अध्ययन र अनुसन्धानको विषय हो ।  
नेपाली साहित्य पनि राजनीतिले अछुतो छैन । कयौं राजनीतिक आन्दोलन सम्बन्धित कृतिहरुले मदन पुरस्कार पाएका छन् । ती पुरस्कृतहरुप्रति मेरो हार्दिक कृतज्ञता छ । कति कविले सोँच्दा हुन्, राजनीतिक भावले ओतप्रोत कविता लेख्छु र नेताहरुको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउँछु । खै त त्यसो गर्न सकिएको ? भानुभक्तको पालादेखि राजनीतिक भ्रष्टाचार र शोषणविरुद्धमा सिर्जना जन्मिन थालेका हुन् । दुर्भाग्य ! दुईसय वर्ष भइसक्दा पनि समाजमा सकारात्मक परिवर्तन आउने कहिल्लै होइन !
हो, राजनीतिक खोलो उर्लेको छ । धमिलो भएको छ । खोलामा अब कोही पनि पौडी खेल्न सक्नेवाला छैनन् । साहित्यकारका भावनाले यो मैलो खोलो कहिल्लै सङ्ल्याउन नसकिने भइयो भन्ने चिन्ताले मलाई सताइरहन्छ । यसलाई अब विज्ञान र प्रविधिको फिड्किरी चाहिने भो । साहित्यकारले शब्द÷शब्दका घोल घोलेर यस प्रदूषित खोलोमा मिसाउँदा कतै सङ्लिन्छ कि भनेर नसोचे पनि हुन्छ । साहित्यिक प्रयत्न समयको बर्बादी मात्रै हो । अब साहित्यकारको उर्जा अन्तैतिर मोडिन पर्छ ।
बरु, धरापमा परेको पृथ्वीको पर्यावरण जोगाउने खालको साहित्यिक सिर्जनातिर हामी उन्मुख हुनुपर्ने अवस्था आएको छ । किनभने, मेरो उमेरले कोल्टो फेरिसक्दा ग्रहण गरेको उच्च शिक्षामा पर्यावरण जस्तो एक गहन विषय सिक्ने अवसर मिल्यो । वातावरणका तत्वहरु जमिन, पानी, हावा, प्रकाश रहेछन् । यी सबै मानवीय कृयाकलापले दूषित बनेका रहेछन् भन्ने वैज्ञानिक ज्ञान आर्जन गरियो । ती तत्वहरुसँग पारस्पारिक सम्बन्ध राख्दै मानवीय अस्तित्वमा महत्वपूर्ण भूमिका खेल्ने वनस्पति तथा वन्यजन्तु लोप हुँदै गरेका रहेछन् भन्ने तथ्य प्रमाणसहित थाहा लाग्यो । पृथ्वीको खस्किँदो वातावरणको प्रमुख कारक हामी मानव रहेछौं । यस कुरामा हामी सचेत भयौं भने वातावरणलाई बिगार्ने होइन सपार्न सक्छौं । राजनीतिमा लागेको भए कुनै पार्टीको झन्डा समातेर जनताको सेवाभन्दा व्यक्तिगत र दलीय स्वार्थमा लागिन्थ्यो होला । साहित्यमा लागेको मान्छे, कुनै बादमा त झुन्डिन प¥यो भनेर इको साहित्यतिर लागें । फलस्वरुप पर्यावरण संरक्षणमा मेरा साहित्यिक कलम दौडिरहेका छन् । दौडिरहने छन् ।  
अनि त वाग्मती ब्लुजको ठूलो फाँट पर्यावरणीय चेतनाले सिञ्चित छ भन्न रुचाउँछु । गत आठ, नौ वर्षयता लेखिएका कविता प्रायःजसो इको केन्द्रित छन् । यसैक्रममा इको साहित्यलाई मैले एक हतियार बनाएर उठाएको छु । यसभित्र धेरै धार छन् । मलाई मनपर्ने धार इको–फेमिनिस्म अर्थात् पर्यावरणीय–नारीवाद हो । म पृथ्वी र वातावरणलाई एक महिलाजस्तै कोमल, सुन्दर, लजालु र मायालु तर संवेदनशील र असुरक्षित देख्छु । यिनैलाई  संरक्षण, सम्वद्र्धन र उजागर गर्न म कविता लेख्छु ।
यस कृतिमा त्यसैले राजनीतिक व्यङ्ग्यका कविता छैनन् भन्दा पनि हुन्छ । म राजनीतिक चिन्ता गर्छु तर राजनीति गर्दिनँ । नेपाली राजनीतिजस्तो घृणित कृयाकलापपट्टि कलम दौडाएर मेरा अमूल्य समय खर्चन चाहन्न । त्यसैले म उद्घोष गर्छु नेपाली समुदायलाई साहित्यमार्फत् पर्यावरणीय चेतना दिलाउनतर्फ म लागिपरेको छु, निरन्तरता दिरहने छु ।  
माया, पिरती, विछोड, मिलनजस्ता मानवकेन्द्रित संवेदना पनि प्रायःजसो साहित्यकारका मूल विषय बनेका हुन्छन् । ती पढ्नमा रसिला त हुन्छन् तर ज्ञानवर्धक नहुन सक्छन् । प्रकृतिको गुणगान पनि अति नै गरिएको हुन्छ हाम्रो मूलधारको साहित्यमा । केही कविता धेरै अघि लेखिएकाले यस कृतिमा सबै कविताले ईको फ्लेवर दिएका छैनन् । अर्थात् सबै कविता हरिया छैनन् ।
पाठकलाई रोचक होस् भन्नाका खातिर अन्य विषयका कविताहरु पनि पस्केर विविधता जन्माउने प्रयास गरेको छु । त्यसैले कतै परदेशी बाबु बनेर नोस्टल्जिक क्षणबाट गुज्रिँदाका तरङ्ग बगेका छन् मेरा कविताहरु । कतै विदेशी भूमिमा बन्दुक बोकेर भोक र शोकसँग जुध्दै गरेका छन् मेरा बेदनाहरु । पराइ भूगोल र इतिहाससँग जुध्दै गरेका परिवेशहरु पनि उजागर छन् । कुनै त वैँशालु जोवनबाट गुज्रिँदाका अवस्थामा लेखिएका रुमानी क्षण झझल्काउने पनि होलान् ।  
तर, कृतिको ठूलो हिस्सा वातावरणीय संवेदनाले ओगटेका छन् । यस नविनतम आन्दोलनमा सन् २००८ देखि एक्लै लागेको हुँ । अहिले आएर केहीको साथ पाएको छु । फलस्वरुप लन्डनमा पहिलोपल्ट बृहत् ईको साहित्य गोष्ठी २०१६ गर्न सफल भयौं । त्यसैले आव्हान गर्दछु, आउनुहोस् तपाईं पनि ईको साहित्यिक आन्दोलनमा सँगै लागौं ।      
प्राणीको जीवनमा पानी अर्थात् नदीनालाले महत्वपूर्ण भूमिका खेल्छ । जलमग्न बासस्थानको परीतन्त्र अति नै समृद्ध हुन्छ । त्यसो हुनाले यस कृतिको शीर्षक पनि वाग्मती ब्लुज राखिएको हो । तर, विडम्बना !  हाम्रै हेलचेक्र्याइँले त्यस परीतन्त्र असन्तुलित बनेको छ । त्यसैलाई कतै वाग्मती ब्लुजले प्रतिबिम्बित गर्छ र सन्तुलन पुनस्र्थापनामा केही सहयोग पु¥याउँछ कि भन्नेमा म विश्वस्त छु ।  

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment

  • Photos

    Nepalese Press Night (UK) 2017

  • Photos

    Launching of Ghan Bahadur Thapa's Musical Albums

  • Photos

    Late Min Sherchan Shok Sabha photos

More Videos

 
  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

  • Ledley King at Gurkha Cup 2017 II HD Video III

  • Milan Amatya - Fariya Choubandi (Official Video) ft. Juna Sundas, Alisha Rai

  • Lali Budhathoki in UK lll Maya Le Maryo Salaijo bhaka ll

  • Gita Paija in UK lll Barpaki ki Maya lll FNJ UK Charity Program 2017

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Riya Thapa & Esme Thapa lll Danda ra Kanda lll घन बहादुर थापा मगरको बस्ती एल्बम बाट

  • AMA- Anita Subba /संगीत हरिश माथेमा / special song for mother´s day

  • Pohor Saal ...Aruna Lama ... 1st Anniversary of Peepal Mortgages ( performance by Namlo Band )

  • Welcome to Hon. Kehsari Gharti Magar from Magar Association UK

  • Welcome to H. E. Thubwang Tenzen Rinpoche at the BCCUK, Adershot , UK

TV Programme

 
  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

  • An Interview with the oldest Mount Everest Climber Mr Min Bahadur Sherchan

  • Miss Mita kwone Gurung dancing at Kwone (Ghotane/ Ghonde) Gurung (Tamu) Samaj UK Programme 2017

  • मनै मेरो चङगा भो Man Mero Changa Bho Orginal Udaya/Manila Sotang Cover By Deepa Tamang/Mahendra Rai

  • An Interview with Singer Manoj Gurung

  • An Interview with Zuxon Coaktail Bar and Restaurant Owner Arun Pun & Prakash Gauchan

  • President of Tamu dhee UK Mr. Gyam Gurung in Everest Channel

  • An Interview with Singer Milan Amatya

Upcomming Events

  • Mardikhola Samaj UK Party
    Oak Farm School , Farnborough
    on 01-07-2017
  • Sahara UK Summer Family Camping Outing
    For £ Days ( 21st, 22nd & 23rd)
    on 21-07-2017
  • Dhampus Pariwar UK Party
    Oak Farm,Farnborough
    on 19-08-2017
  • Nepali Mela 2016
    Kempton Park
    on 27-08-2017

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions