ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग : अन्यौलमा राजनीति



प्रधानन्यायाधीशविरुद्ध महाअभियोग : अन्यौलमा राजनीति

-

काठमाडौँ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका–संसद् सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता भएपछि राजनीतिक अन्यौलता छाएको छ । राजनीतिक चासो र चिन्ता बढ्दै गएको छ । यो अन्यौलताले स्थानीय तहको निर्वाचन पनि हुने हो वा होइन भन्ने अन्यौलता यद्यपि कायम नै छ । 
आइतबार महाअभियोग प्रस्तावमा नेपाली काँग्रेसका सांसद मीनबहादुर विश्वकर्मा मुख्य प्रस्तावक र नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक टेकबहादुर बस्नेत मुख्य समर्थक छन् । सो प्रस्ताव सत्ता साझेदार दुबै दलका २४९ सांसदको हस्ताक्षरसहित आज दिउँसो ४ बजे सचिवालयमा दर्ता गरिएको हो ।
नेपालको संविधानको धारा १०१ को उपधारा (२) मा भएको व्यवस्था बमोजिम दर्ता गरिएको उक्त प्रस्तावमा प्रधानन्यायाधीश कार्कीमाथि सरकारको कार्यकारिणी अधिकारमाथि हस्तक्षेप गरेको अभियोग लगाइएको छ । 
प्रधानन्यायाधीश कार्कीले सरकारले गरेको निर्णयमा हस्तक्षेप हुने गरी फैसला गरेको, कार्य सम्पादन मूल्याङ्कनमा सबैभन्दा बढी अङ्क पाएको प्रहरी नायब महानिरीक्षकलाई दोस्रोमा रहेको र दोस्रोमा रहेको प्रहरी नायब महानिरीक्षकलाई पहिलोमा रहेको भनी तथ्यलाई नै तोडमोड गरी फैसला दिएको महाअभियोग प्रस्तावमा उल्लेख गरिएको सांसद विश्वकर्माले जानकारी दिए ।
प्रधानन्यायाधीश कार्कीविरुद्ध न्यायालयको स्वतन्त्रता र स्वच्छतामा प्रश्न उठ््ने गरी बारम्बार आफूसमेत संलग्न भई सर्वोच्च अदालतमा अन्य १९ जना न्यायाधीश हरू हँुदाहुँदै अरु कोही नभएजस्तो गरी सीमित न्यायाधीशलाई पटकपटक राखी इजलाश गठन गर्नाका साथै न्यायाधीश हरूलाई आफूले भनेको जस्तो आदेश फैसला गर्न निर्देशन दिएको अभियोग लगाइएको छ ।
प्रधानन्यायाधीश कार्कीले अदालतमा भएका न्यायाधीश हरूलाई समान व्यवहार गर्नुपर्नेमा त्यसो नगरी गुटबन्दी गरेको र न्याय सम्पादनमा अनुचित हस्तक्षेप र दबाब दिएको जिकिरसहित संसद्को नियमावली २०७३ को नियम १६८ को (१) बमोजिम संसद्मा तत्काल कायम रहेका एक चौथाइ सदस्यको हस्ताक्षरसहित महाअभियोग प्रस्ताव दर्ता गरेको सांसद विश्वकर्माले बताए । 
महाअभियोग प्रस्ताव दर्ता भएलगत्तै अभियोग लागेका ओहोदाधारी आफ्नो पदबाट स्वतः निलम्बन हुने कानुनी प्रावधान छ ।
महाअभियोगकै ऐतिहासिक फैसला
संसदमा महाअभियोग प्रस्तावको तयारी गरिरहँदा प्रधानन्यायाधीश सुशीला कार्की भने एउटा महत्वपूर्ण फैसला गर्ने तयारीमा थिए । उनले नेपालको इतिहासमै सबैभन्दा ठूलो भ्रष्टाचार मुद्दाको किनारा लगाइदिए । उनले सुडान घोटाला काण्डका अभियुक्तहरुलाई जेल हाल्ने फैसला त गरे । सोही फैसलाको केही घण्टामै उनीमाथि महाअभियोग प्रस्ताव दर्ता भयो । 
सर्वोच्च अदालतले सुडानको डार्फरमा प्रहरीलाई चाहिने एपिसीलगायतका सामान खरिदमा घोटाला गरेको आरोपमा तीन पूर्वप्रहरी प्रमुख ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरीलाई जरिवाना र कैद सजायको फैसला सुनाएको छ ।
प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भर श्रेष्ठको संयुक्त इजलासले आइतबार राणालाई दुई वर्ष कैद र रु ५० हजार जरिवाना, गुरुङ र ठकुरीलाई एक वर्ष कैद र रु ४० हजार जरिवाना गर्ने फैसला सुनाएको हो ।
त्यसैगरी, पूर्वप्रहरी अधिकृत दीपककुमार श्रेष्ठ, रवीन्द्रप्रताप राणालाई छ महिना कैद र रु ३० हजार जरिवाना, श्यामसिंह थापा र दीपकसिंह सांग्देनलाई एक वर्ष कैद र रु ४० हजार जरिवाना गर्ने फैसला भएको छ ।
निजहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संयुक्त राष्ट्रसंघीय शान्ति मिसन सुडानमा खटिएको नेपाल प्रहरीका लागि चाहिने एपिसीलगायतका बन्दोबस्तीका सामानको खरिद गर्दा आर्थिक अनियमितता गरेको अभियोग लगाएको थियो ।
यस्तो अभियोग लगाउँदै २०६८ जेठ २४ गते अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अभियोगपत्रमा सामान खरिद गर्दा योजना तर्जुमा, लागत अनुमान, दरभाउ पत्र लिने, खरिद ठेक्कापट्टा दिने, भुक्तानी दिनेलगायत काममा नेपाल प्रहरीका उच्च पदाधिकारी र ठेकेदार हरू मिलेर नेपाल सरकारलाई रु २८ करोड ८१ लाख ६१ हजार २२९ हानी नोक्सानी पु¥याई भ्रष्टाचार गरेको उल्लेख छ ।
 
महाअभियोगप्रति गृहमन्त्री नै असन्तुष्ट
उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले आइतबार आफ्नो पदबाट राजिनामा दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई सम्बोधन गर्दै दिइएको राजिनामा पत्रमा आजकै मितिबाट राजिनामा दिएको उल्लेख छ । 
पत्रमा आफूले राजिनामा दिनुको कारण भने उनले उल्लेख गरेको छैन । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणी खनालले उपप्रधानमन्त्री निधिको राजिनामालाई प्रधानमन्त्रीले अस्वभाविक रुपमा लिनुभएको प्रतिक्रिया दिए । 
पत्रमा अगाडि भनिएको छ– ‘संविधानमा संशोधन गरी सबैको संविधान बनाउने पक्षमा र निर्वाचनको पक्षमा पूर्ववत् सक्रिय रहिरहने छु ।’ विशेषगरी महाअभियोग जस्तो गम्भीर विषयमा पार्टी सभापतिले आफूसँग कुनै परामर्श नै नगरेको भन्दै असन्तुष्टि जनाएको छ । 
अधिनायकवादी कदम : एमाले
प्रमुख प्रतिपक्ष नेकपा एमालेले प्रधानन्यायाधिश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्तावलाई अधिनायकवादी कदमको संज्ञा दिएको छ । 
पार्टी संसदीय दलका उपनेता सुवाष नेम्वाङले सत्तारुढ का“ग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधिश कार्कीमाथि महाअभियोग प्रस्ताव संसदमा दर्ता गरेर स्वतन्त्र न्यायालय र साहसिक प्रधानन्यायाधिशमाथि ठाडो हस्तक्षेप गरेको प्रतिक्रिया पनि दिए । उहा“ले प्रधानन्यायाधिश कार्कीमाथिको महाअभियोग नेपालको न्यायिक इतिहासकै दुःखद् घटना भएको उल्लेख गर्नु भयो । उपनेता नेम्वाङले प्रधानन्यायाधिश कार्कीले न्यायालयमा देखाउनु भएको साहस र भ्रष्टाचारविरोधी गतिविधि सहन नसक्नेहरुले उहा“माथि महाअभियोग लगाएको आरोप पनि लगाए । 
उपनेता नेम्वाङले प्रधानन्यायाधिश कार्कीमाथि लगाइएको महाअभियोग प्रस्तावलाई आफ्नो पार्टीले गम्भीर रुपमा लिएको टिप्पणी गरे । उनले प्रधानन्यायाधीश कार्कीमाथि लगाइएको महाअभियोग पूर्वाग्रही भएको उल्लेख गर्दै त्यसविरुद्ध गम्भीर भएर सोच्न पनि सबै राजनीतिक दलहरुलाई आग्रह गरे । सत्तारुढ का“ग्रेस र नेकपा माओवादी केन्द्रले आईताबार आईजीपी नियुक्तिमा त्रुटिपूर्ण फैसला गरेको, न्यायालयमा गुटबन्दी गरेको लगायतका अभियोग लगाई प्रधानन्यायाधिश कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेको थियो ।
महाअभियोग अस्वाभाविक–राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टीले व्यवस्थापिका–संसद्मा ल्याइएको प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव अस्वाभाविक रहेको जनाएको छ । पार्टीका प्रमुख सचेतक कुन्तीकुमारी शाहीले संविधानमा शक्तिपृथकीकरण र सन्तुलनको व्यवस्था गरिएको भए पनि त्यसलाई गलत अर्थमा प्रयोग गरी सो महाअभियोग प्रस्ताव ल्याइएकाले पार्टीको असहमति रहने बताए ।
महाअभियोग सामान्य विषय नभएको बताउँदै उनले यसले न्यायलयलाई कमजोर बनाउनेछ भने । यसअघि पार्टीका अध्यक्ष कमल थापाले आफ्नो दलसँग सहमति तथा परामर्श नगरी सो महाअभियोग प्रस्ताव ल्याइएकामा असन्तुष्टि व्यक्त गर्दै गैरन्यायिक ढङ्गले आएको प्रस्ताव अर्थहिन रहेको ट्वीटमार्फत जनाएको छ ।
 
कामु प्रधानन्यायाधीशमा पराजुली
सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश गोपालप्रसाद पराजुलीले कायममुकायम प्रधानन्यायाधीशका रुपमा आइतबार साँझ पदबहाली गरेको छ ।
प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा महाअभियोगको प्रस्ताव दर्ता भएपछि उनले वरिष्ठतम् न्यायाधीशको हैसियतले कायममुकायम प्रधानन्यायाधीशको रुपमा पदबहाली गरेको हो ।
पदबहाली गर्दै उनले न्यायालयप्रति यो दुःखद् घटना भएको र संविधान र कानुनले दिएको दायित्व आफूले पूरा गर्ने बताए । कामु प्रधानन्यायाधीश पराजुलीले आफूले निष्पक्ष र प्रभावकारी रुपमा काम गर्ने प्रयास गर्ने र सत्यको पक्षमा न्यायालय सदा उभिने पनि बताए ।
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment

  • Photos

    Nepalese Press Night (UK) 2017

More Videos

 
  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

  • Ledley King at Gurkha Cup 2017 II HD Video III

  • Milan Amatya - Fariya Choubandi (Official Video) ft. Juna Sundas, Alisha Rai

  • Lali Budhathoki in UK lll Maya Le Maryo Salaijo bhaka ll

  • Gita Paija in UK lll Barpaki ki Maya lll FNJ UK Charity Program 2017

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Riya Thapa & Esme Thapa lll Danda ra Kanda lll घन बहादुर थापा मगरको बस्ती एल्बम बाट

TV Programme

 
  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

  • An Interview with the oldest Mount Everest Climber Mr Min Bahadur Sherchan

  • Miss Mita kwone Gurung dancing at Kwone (Ghotane/ Ghonde) Gurung (Tamu) Samaj UK Programme 2017

  • मनै मेरो चङगा भो Man Mero Changa Bho Orginal Udaya/Manila Sotang Cover By Deepa Tamang/Mahendra Rai

Upcomming Events

  • Dhampus Pariwar UK Party
    Oak Farm,Farnborough
    on 19-08-2017
  • Nepali Mela 2017
    Kempton Park
    on 27-08-2017

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions