ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

संयमता अपनाउनु पर्ने बेला



संयमता अपनाउनु पर्ने बेला

-

प्रधानन्यायाधीश सुशीला कार्कीमाथि कांग्रेस र माओवादी केन्द्रका २४९ जना सांसदले लगाएको महाअभियोग प्रस्तावलाई न्यायाधीश चोलेन्द्रशमसेर राणाको इजलासले निस्क्रिय पारिदिएको छ । सुरुमा सरकार र न्यायलयबीच मात्र देखा परेको यो टकराव अब न्यायलय भर्सेस कार्यपालिका र व्यवस्थापिका हुन पुगेको छ । यसबाट संवैधानिक संकट देखा परेको छ । भर्खरै मात्र नयाँ संविधानको कार्यान्वयन सुरु हुन लागेको बेला कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच कार्यक्षेत्रको विवाद सुरु हुनु राम्रो संकेत होइन ।

राणाको आदेशसँंगै प्रमुख प्रतिपक्षी एमाले, केही कानुन व्यवसायी र नागरिक अगुवाले खुशी व्यक्त गरेका छन् । उनीहरुले अदालतको आदेशले केही नेताहरु विशेष गरेर शेरबहादुर देउवा र प्रचण्डले सुरु गरेको दुराशायपूर्ण गल्तीलाई अदालतले सच्याएको टिप्पणी गरेका छन् । तर, सत्तारुढ दलहरुले भने यसले व्यवस्थापिकाको महाअभियोग लगाउने विशेषाधिकारको हनन गरेको टिप्पणी गरेका छन् । आइतबार मात्र सभामुख ओनसरी घर्तीले पत्रकार सम्मेलन गरेर संसदको क्षेत्राधिकार मिचिएको बताइन् ।

प्रधानन्यायाधीश सुशीला कार्की तुलनात्मक रुपमा स्वच्छ र इमान्दार छविका न्यायाधीशको रुपमा लिइन्छिन् । यद्यपि उनका कमजोरीहरु नभएका होइनन् । उनले सर्वोच्च अदालतबाट भ्रष्टाचारका मुद्दाहरुलाई प्राथमिकतामा राखेर अघि बढिन् । उनी एकोहोरो छिन् । त्यो पदमा रहँदा बोल्नु पर्ने कूटनीतिक भाषा बोल्दिनन् । अनि पछिल्लो समय प्रहरी महानिरीक्षक नियुक्तिका क्रममा उनले नवराज सिलवालको पक्ष लिएको स्पष्टै देखिन्छ । उनले सबै मुद्दा प्राथमिकतामा राखेर आफै हेरिन् । र, उनलाई नै आईजीपी नियुक्ति गर्नुपर्छ भन्ने आशाय राखिन् ।

तर, कांग्रेस सभापति देउवा र प्रधानमन्त्री प्रचण्डले खासमा आफूले भनेको व्यक्ति आईजीपी नियुक्ति गर्न नदिएको झोंकमा कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव ल्याए । संविधानले व्यवस्था गरेको महाअभियोगको प्रस्ताव विशेष महत्वको विषय हो । कुनै पनि संवैधानिक पदाधिकारीले नैतिक आचरणविपरीत काम गरेको, अनियमितता गरेको तथा कामका लागि अयोग्य भएको अवस्थामा संसदको एक चौथाई सदस्यले महाअभियोग ल्याउन सक्छन् । महाअभियोग दर्ता भएपछि ती पदाधिकारी निलम्बनमा पर्छन् ।

देउवा र प्रचण्डको यो कदम दुराशायपूर्ण र केटौले थियो नै । उनीहरुले कार्कीसँगको टकरावका कारण आफूसँग भएको बह्माश्त्रबिना कुनै उचित कारणबिनै प्रयोग गरे । यसको सर्वत्र विरोध भयो पनि । संसदमा प्रतिपक्षीले, सडकमा नागरिक समाजले र मिडियाले पनि यसलाई अनुचित भन्दै विरोध गर्यो । हुन पनि यो उचित कदम थिएन । यसले महाअभियोग जस्तो अन्तिम अश्त्र उनीहरुले बिनाआधारमा भनेको मान्छे आईजीपी बन्न दिएन भनेर लगाएका थिए । यो फिर्ता हुनुपर्छ भनेर आवाज उठ्यो ।

यसविरुद्ध परेको एउटा रिटमा न्यायाधीश चोलेन्द्रशमसेर राणाले शुक्रबार आदेश दिंदै महाअभियोग प्रस्ताव यथास्थानमा राख्न र कार्कीलाई काममा फर्कन भने । यो खासमा देउवा र प्रचण्डले गरेको गलत कामको गलत प्रतिवाद बन्यो । उनको आदेशमा लिइएका आधारहरु कानुनी र संवैधानिक भन्दा पनि भावनात्मक बढी छ । त्यतिमात्र होइन उनको आदेशले संसदको विशेषाधिकारको हनन् गरेको छ । यसै विषयलाई लिएर सभामुखले न्यायाधीश राणालाई संसदको विशेषाधिकार हननमा जेल हाल्नुपर्नेसम्मको कुरा उठाएकी छिन् । संविधान कार्यान्वयन चरणमा रहेको यो संक्रमणकालिन अवस्थामा राज्यका तीन अंगबीचको टकरावले सही बाटो लिंदैन । अझ राजनीतिक नेतृत्वले धेरै संयमता अपनाउनु पर्ने हुन्छ । त्यसैले सभामुख घर्तीले भनेजस्तै संवादको माध्यमबाट समस्याको समाधान गर्नु उपयुक्त बाटो हो । तीन निकायबीच टकरावलाई अगाडी बढाउनुको सट्टा सबैले संयमता अपनाउँदै अघि बढुनु नै अहिलेको आवश्यकता हो । जुन बाटोमा राजनीतिक नेतृत्व अग्रसर देखिन पनि थालेको छ ।  

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment

  • Photos

    Nepalese Press Night (UK) 2017

  • Photos

    Launching of Ghan Bahadur Thapa's Musical Albums

  • Photos

    Late Min Sherchan Shok Sabha photos

More Videos

 
  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

  • Ledley King at Gurkha Cup 2017 II HD Video III

  • Milan Amatya - Fariya Choubandi (Official Video) ft. Juna Sundas, Alisha Rai

  • Lali Budhathoki in UK lll Maya Le Maryo Salaijo bhaka ll

  • Gita Paija in UK lll Barpaki ki Maya lll FNJ UK Charity Program 2017

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Riya Thapa & Esme Thapa lll Danda ra Kanda lll घन बहादुर थापा मगरको बस्ती एल्बम बाट

  • AMA- Anita Subba /संगीत हरिश माथेमा / special song for mother´s day

  • Pohor Saal ...Aruna Lama ... 1st Anniversary of Peepal Mortgages ( performance by Namlo Band )

  • Welcome to Hon. Kehsari Gharti Magar from Magar Association UK

  • Welcome to H. E. Thubwang Tenzen Rinpoche at the BCCUK, Adershot , UK

TV Programme

 
  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

  • An Interview with the oldest Mount Everest Climber Mr Min Bahadur Sherchan

  • Miss Mita kwone Gurung dancing at Kwone (Ghotane/ Ghonde) Gurung (Tamu) Samaj UK Programme 2017

  • मनै मेरो चङगा भो Man Mero Changa Bho Orginal Udaya/Manila Sotang Cover By Deepa Tamang/Mahendra Rai

  • An Interview with Singer Manoj Gurung

  • An Interview with Zuxon Coaktail Bar and Restaurant Owner Arun Pun & Prakash Gauchan

  • President of Tamu dhee UK Mr. Gyam Gurung in Everest Channel

  • An Interview with Singer Milan Amatya

Upcomming Events

  • Mardikhola Samaj UK Party
    Oak Farm School , Farnborough
    on 01-07-2017
  • Sahara UK Summer Family Camping Outing
    For £ Days ( 21st, 22nd & 23rd)
    on 21-07-2017
  • Dhampus Pariwar UK Party
    Oak Farm,Farnborough
    on 19-08-2017
  • Nepali Mela 2016
    Kempton Park
    on 27-08-2017

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions