ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

निर्वाचनको उत्साह



निर्वाचनको उत्साह

-

काठमाडौं । पहिलो चरणको स्थानीय तहको निर्वाचन सकिएको छ । मतगणना धमाधम भइरहेको छ । हु“दैन कि भन्दाभन्दै यो निर्वाचन हुनुले पक्कै पनि संविधान कार्यान्वयनको प्रक्रियामा अघि बढेको छ । यो प्रक्रियाले राजनीतिक रुपमा सचेत नागरिक उत्साहित बनेका छन् । नागरिकले गर्ने सबैभन्दा ठूलो उपहार र दण्ड यो चुनावको मौका भएकाले पनि नेपाली राजनीतिमा यो नया“ प्रयोग र नया“ सन्दर्भ भएको कुरामा विश्लेषकहरु एकमत रहेको दावी गर्छन् ।
 
प्रमुख नेताको भोट
स्थानीय निर्वाचनमा मतदान गर्न पाउने प्र्रतिक्षाको घडी तीन बटै प्रदेशमा समाप्त भएको छ । लामो समयदेखि स्थानीय तहको निर्वाचन नहुदा“ लथालिङ रहेको स्थानियत निकायले अब जनप्रतिनिधि पाउने पक्का भएको छ । पा“च–पा“च वर्षमा हुनुपर्ने निर्वाचन २० वर्षसम्म हुन नसक्दा वाक्क बनेका मतदाता निर्वाचनमा निकै उत्साहका साथ सहभागी भए । निर्वाचनमा मुख्य दलका शिर्ष नेताले समेत आ–आफनो मतदान केन्द्रमा पुगेर मतदान गरे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ४ लंकुस्थित लक्ष्मी मावि ‘ख’ केन्द्रमा मतदान गरे । स–परिवार चितवन पुगेका प्रचण्डले मतदान समय सुरु हुना साथ मतदान गरेका हुन । मतदानपछि प्रचण्डले नेपालमा पहिलोपटक अधिकार सम्पन्न स्थानीय तहको निर्वाचन हुन लागेकाले जनतामा निकै ठूलो उत्साह भएको बताए ।
प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनका लागि सूर्यविनायक नगरपालिकाको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रमा पुगेका थिए । मतदानपछि ओलीले दोलखालागयतका केही ठाउ“मा सत्तापक्षले सुरक्षाकर्मीको आडमा बुथ कब्जा गरेको आरोप लगाए । 
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहु“को दमौलीस्थित सत्यवती मावि केन्द्रबाट मतदान गरे । मतदानपछि पौडेलले स्थानीय तहको निर्वाचनले संविधान कार्यान्वयनमा सहयोग पुग्ने प्रतिक्रिया दिए । 
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मकवानपुरको हेटौडा उपमहानगरपालिका पिप्लेस्थित बालज्योति मावि मतदान केन्द्रबाट मतदान गरे । मतदानपछि थापाले स्थानीय सरकारको निर्वाचन भएकाले ऐतिहासिक महत्व बोकेको बताए ।
नयँ“ शक्ति नेपाल पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले गोरखा पालुंगटार नगरपालिका–१ स्थिति अन्नपूर्ण माविबाट मतदान गरे । स्वास्थ्य मन्त्री गगन थापाले मतदान काठमाडौको मैतीदेवी मन्दिरको मतदान केन्द्रमा गएर मतदान गरे । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर दरबारक्षेत्रको विद्यार्थी निकेतन मावि केन्द्रबाट मतदान गरेका छन । बिजुक्छेले २० बर्षपछि स्थानीय जनप्रतिनिधि चयनका लागि भएको मतदानले प्रजातन्त्र सुदृढ पार्ने बताए ।
२०५४ सालमा निर्वाचन भएपनि २०५८ सालपछि स्थानीय तह जनप्रतिनिधिविहीन भएका छन् । कर्मचारीले नै स्थानिय तह सञ्चालन गरेका थिए । मतदाताहरु अधिकांश मतदान केन्द्रमा बिहानैदेखि उत्साहका साथ मतदान केन्द्रमा पुगेका थिए । प्रदेश नम्बर ३, ४ र ६ अन्तर्गतका ३४ जिल्लाका पहिलो चरणको स्थानिय तहको निर्वाचन उत्साहजनक रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनले सिंहदरबारमा केन्द्रित अधिकार स्थानीय तहमा वैधानिक रुपमा हस्तान्तरण हुदैछ । निर्वाचनबाट गाउ“पालिकाको अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको प्रमुख, उपप्रमुख र वडा अध्यक्ष, दुई खुला वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य निर्वाचित हुने छन । पहिलो चरणको निर्वाचनबाट ४  महानगरपालिका, एक उपमहानगरपालिका र ९२ नगरपालिका प्रमुख उपप्रमुख तथा १८६ गाउ“पालिकाका अध्यक्ष तथा उपाध्यक्ष निर्वाचित हुने छन । 
 
७१ प्रतिशत मत खस्यो
निर्वाचन आयोगले स्थानीय तहअन्तर्गत पहिलो चरणमा मुलुकका ३४ जिल्लामा आज भएको निर्वाचनमा करिब ७१ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ ।
निर्वाचन आयोगमा आइतबार साँझ आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले ३, ४ र ६ नम्बर प्रदेशका २८१ स्थानीय तहमा भएको निर्वाचनमा ७१ प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी दिए ।
  आम मतदाताको ठूलो सहभागिता एवम् शान्तिपूर्ण र व्यवस्थितरुपमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनमा महत्वपूर्ण योगदान पुग्ने उनले विश्वास व्यक्त भने ।
  गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, नगरपालिकाका प्रमुख तथा उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित वडा सदस्य पदका लागि भएको निर्वाचनमा विशेष गरी महिला, दलित, अल्पसङ्ख्यक समुदायको सहभागिता निकै उत्साहप्रद रहेकोमा आयोगले हर्ष प्रकट गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त डा यादवले भने– “स्थानीय तहका लागि भएको मतदान कार्य छिटफुट घटनाबाहेक शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएको छ । मतदाता महानुभावले लोकतान्त्रिक अभ्यासमा देखाएको व्यापक सहभागिताप्रति आयोग हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।” 
आयोगले नचाहँदा नचाहँदै पनि काभ्रेको नमोबुद्ध नगरपालिका–४ को मतदान केन्द्र, कालीकोटको कालिका गाउँको बालाचौर आधारभूत विद्यालयमा भएको मतदान केन्द्रको निर्वाचन स्थगित भएको तथा दोलखाको मेलुङ गाउँपालिकाअन्तर्गत सत्येश्वर मतदान केन्द्रमा सुरक्षा कारबाहीमा एक जनाको निधन भएको घटनाप्रति आयोगले दुःख व्यक्त गरेको छ ।
मतदान कार्य सम्पन्न भएसँगै सबैै मतपेटिका सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने कार्य भइरहेको तथा हिमाली तथा पहाडी जिल्लाका विकट मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गर्न हेलिकप्टरको प्रयोग भइरहेको उनले जानकारी दिए ।
पहिलो चरणको निर्वाचन २८३ स्थानीय तहका लागि भएपनि आज २८१ स्थानमा मात्रै मतदान भएको थियो । मनाङ जिल्लाको नारफु गाउँपालिका र डोल्पा जिल्लाको शे–फोक्सुन्डो गाउँपालिकामा यसअघि नै निर्विरोध निर्वाचन भइसकेका थिए ।
काठमाडौँ उपत्यकासहित ३४ वटै जिल्लाका सहरदेखि गाउँ बस्तीमा रहेका मतदान केन्द्रमा मतदाता बिहान ७ बजेअघिदेखि नै मतदान केन्द्रअघि पङ्क्तिबद्ध भएर युवा पुस्तादेखि ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, किरियापुत्री, दृष्टिविहीनसम्मले निकै उत्सुकतापूर्वक सहभागिता जनाएको भनी उनले मतदाताको प्रशंसा भने ।
प्रमुख निर्वाचन आयुक्त डा यादवले आजको मतदानमा देखिएको सहभागिताले जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनमा सहभागी हुनुहुने मतदातालाई पनि उत्साहित बनाउनेछ भन्ने विश्वास आयोगले लिएको बताए ।
मतदान कार्य सम्पन्न भएका स्थानीय तहका मतपेटिका सम्बन्धित स्थानीय निकायको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपछि मतगणना प्रक्रिया अगाडि बढाइनेछ । मतपेटिका प्राप्त भएपछि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले मतगणना गर्ने विषयमा राजनीतिक दलहरूसँग समन्वय गरी मतगणनाको मिति र समय तोक्ने आयोगले जनाएको छ ।
आयोगको आफ्नो तयारी र निर्वाचन व्यवस्थापनको कमी कमजोरीले कुनै मतदान केन्द्रमा गम्भीर समस्या उत्पन्न नभएको र सहजढङ्गले मतदान कार्य अगाडि बढाउन आयोग सफल भएको आयोगले दाबी गरेको छ ।
मतदान कार्यमा अत्यन्तै कठिन परिश्रम गरी अहोरात्र खटेर मतदान कार्य सफल बनाउन जुट्नुभएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिृकत र अन्य कर्मचारी तथा सुरक्षाकर्मीलगायत सबैलाई आयोगले धन्यवाद व्यक्त गरेको छ ।
राजनीतिक दलका प्रतिनिधिको रोहवर वा उपस्थितिमा मतदाताले गोप्य मतदानमार्फत व्यक्त गरेको जनादेश अब मतपेटिकामा सङ्ग्रहीत भएको जनाउँदै आयोगले भनेको छ– निर्वाचन परिणामप्रति विश्वास व्यक्त गर्न, मतदाताको मतादेशलाई पूर्ण सम्मान गर्न समस्त राजनीतिक दल, उम्मेदवारसँग निर्वाचन आयोग हार्दिक अपिल पनि गर्दछ । 
मतदाताले व्यक्त गरेको मतलाई लिएर उत्तेजनामा नआउन, संयमता प्रदर्शन गर्न र लोकतान्त्रिक पद्धति र प्रक्रियाप्रतिको प्रतिबद्धतालाई पुनः अभिव्यक्त गर्न आयोगले सबै सरोकारवालासँग अनुरोध गरेको छ । 
मतदाता परिचयपत्रको प्रयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सहयोग पुगेको बताउँदै आयोगले मतपत्र ठूलो हुनु, छोटो समयमा तयारी गर्नु, मतदाता शिक्षा प्रदान गर्न समय कम हुनु, बेलैमा राजनीतिक सहमति कायम नहुँदा उत्पन्न अन्योलबीच भएको तयारीप्रति सन्तोष पनि व्यक्त गरेको छ ।
मतदान कार्यलाई सफल बनाउन सहयोग पु¥याउने नेपाल सरकार, मित्रराष्ट्र, दातृ निकाय तथा विकास साझेदार संस्था तथा अन्तर्राष्ट्रिय समुदायको सहयोग र सद्भावप्रति पनि आयोगले धन्यवाद ज्ञापन गरेको छ ।
 
सबैमा खुशी  
थानीय तहको निर्वाचनमा मतदाताहरुले उत्साहका साथ उम्मेदवारलाई मत खसालेका छन् । प्रदेश नम्बर ३, ४ र ६ मा भएको मतदान प्रक्रियामा मतदाताहरुले खुशीका साथ मत खसालेका हुन् ।
२ चरणमा हुने स्थानीय तहको निर्वाचनको पहिलो चरणमा भएको निर्वाचनमा स्थानीय मतदाताहरुको उपस्थिति उल्लासमय देखिएको छ । जनप्रतिनिधि विहिन अवस्थामा स्थानीय तहमा योग्य र क्षमतावान प्रतिनिधि चयन गर्ने मतदाताको रोजाईमा परेका छन । 
स्थानीय तहमामा जनप्रतिनिधिविहिन अवस्था हुदा“ विकासमा सुस्तता भएको गुनासो भैरहेको समयमा जनप्रतिनिधिलाई चयन गर्न पाउदा नागरिक निकै खुसी देखिन्छन । 
वृद्धवृद्धा अपांगदेखि युवा मतदाताहरुको उपस्थिति छ । दल तथा आफन्तभन्दा माथी उठेर आफ्नो ठा“उको विकास गर्न सक्ने योग्य उम्मेदावरको पक्षमा मत खसालेको उनीहरुको भनाइ छ । 
प्रदेश नं ३, ४ र ६ का ३४ जिल्लाको २८३ स्थानीय तहका लागि भएको निर्वाचनमा ४९ लाख ५६ हजार ९ सय २५ मतदाता थिए । सबै तहमा ७० प्रतिशतभन्दा बढि मत खसेको आयोगले जनाएको छ । निर्वाचन प्रयोजनका लागि ६ हजार ६ सय ४२ मतदान केन्द्रमा मतदान भएको हो । 
 
 
समृद्धिको बाटो खुलेको छ : ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सूर्यविनायक नगरपलिका–२ बालकोटस्थित महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदान गरेको छ । 
उनसँगै आउनुभएकी उनकी पत्नी राधिका शाक्यले पनि मतदान गरेको छ । उनले बीस वर्षपछि भएको स्थानीय तहको निर्वाचन महत्वपूर्ण भएको यो निर्वाचनले अरू दुई तहको निर्वाचनको बाटो पनि खुलेको बताए ।  “स्थानीय तहको निर्वाचनसँगै संविधान कार्यान्वयन एवम् विकास र समृद्धिको बाटो पनि खुलेको छ ”, उनले भने । 
निर्वाचनमा मतदाता उत्साहजनक सहभागी भएकाले पनि देश विकास र अग्रगतिमा जाओस् भन्ने चाहना मतदाताको रहेको उनले बताए ।
 
बुथ कब्जाको आरोप
नेकपा (एमाले) ले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा अत्यन्त उत्साहका साथ सहभागी भएर आफ्नो मताधिकारको प्रयोग गर्ने सम्पूर्ण मतदाता तथा निर्वाचनमा सहभागी सबै राजनीतिक दल तथा उम्मेदवारलाई धन्यवाद दिएको छ ।
अधिकांश स्थानमा निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न भए पनि दोलखा, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, हुम्ला, धादिङ, दैलेखलगायत जिल्लाका विभिन्न मतदान केन्द्रमा सत्ताधारी पार्टीबाट भएका हिंसा तथा बुथ कब्जाको प्रयास भएको एमालेको आरोप छ ।
 एमालेका महासचिव ईश्वर पोखरेलले जारी गरेको विज्ञप्तिमा निर्वाचनको न्यूनतम मापदण्ड र निर्वाचन आचारसंहिता विपरीत भएको मतदान बदर गर्दै ती ठाउँमा पुनः मतदान गर्न निर्वाचन आयोगसँग माग गरिएको छ । 
जबर्जस्ती र बुथ कब्जाबाट आउने परिणाम जनताका लागि स्वीकार्य नहुने र यस्ता घटनाले लोकतन्त्रप्रति नै वितृष्णा बढाउने एमालेको ठहर छ ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Kutu Ma Kutu lll Melina Rai in UK lll कुटुमा कुटु गित गाउदै lll Tamu Dhee UK Khi Lhochhar

  • Sonpal Samaj UK lll 10th Anniversary and Khi Lhochhar celebration - Part 1

  • Sagar Ale Magar & Sajan Ale Magar in UK lll Suna saili saili

  • The Vidyadhara Acharya Mahayogi Sridhar Rana Rinpoche at the Buddhist Community Centre, UK(Part - 1)

  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

TV Programme

 
  • Bima Kumari Dura in UK performance at Tamu Dhee UK Lhochhar program

  • आर के साँझमा आर के र ममता जोडी बन्दै

  • Sagar Ale Magar in UK lll Salejo Fula ko Thunga, Fewa Tal ma Dunga lll 68,266 views

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

Upcomming Events

Public Poll

अब नेपालमा को प्रधानमन्त्री बन्नुपर्छ ?

केपी ओली
शेरबहादुर देउवा
पुष्पकमल दाहाल प्रचण्ड
वा अरु कोही ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions