ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

नेपाली ओपन कन्सर्टमा मनोरञ्जनलाई फोकस दिन्छौं



नेपाली ओपन कन्सर्टमा मनोरञ्जनलाई फोकस दिन्छौं

-

मगर संघ युकेले आउँदो जुन ३ तारिखमा नेपाली ओपन कन्सर्ट आयोजना गर्दैछ । नेपाली कला, संस्कृति, भेषभूषा जगेर्नाका लागि भन्दै हरेक वर्ष गरिँदै आएको ओपन कन्सर्ट यसवर्ष फानबोरो फुटबल क्लबमा हुने मगर संघले जनाएको छ । नेपाली ओपन कन्सर्टको तयारी र यसको सन्देशका बारेमा आयोजक मगर संघ युकेका अध्यक्ष नेम थापासँग एभरेष्ट टाइम्सका लागि पूर्ण गुरुङले गरेको कुराकानी :
नेपाली ओपन कन्सर्ट कहिलेदेखि गर्दै आउनुभएको हो ? 
मगर संघ युकेले वार्षिक भेला गर्ने क्रममा  स्थापनाकालदेखि नै समरमा बिबिक्यू पनि गर्दै आएको छ । बिबिक्यु खाँदै जाँदा त्यसमा विभिन्न खेलकुद प्रतियोगिता पनि समावेश गरियो । त्यसपछि संस्थाले ओपन कन्सर्ट गर्ने डिसिजन ग¥यो । कुनै अकेजन पारेर ओपन कन्सर्ट गर्ने, विभिन्न सहरबाट मगरहरुलाई भेला पारेर बुद्ध पूर्णिमा मनाउने र त्यो मनाउनका लागि ओपन कन्सर्ट गर्ने निर्णय थियो । नेपालबाट नै प्रख्यात कलाकारहरु ल्याएर २००७ सालबाट निरन्तर ओपन कन्र्सट गर्दै आएका हांै । त्यतिखेर मगर डे«स लगाएर, मगरपनलाई मात्रै स्वागत गर्ने, मगरलाई मात्रै एक ठाउँमा राख्ने भन्ने थियो । अहिले भने अलि परिवर्तन गर्दै छौं । मगरमात्रै नभई नेपाली भएर कार्यक्रम गर्ने । हामीले गर्ने भनेको नेपाली कार्यक्रम हो ।
यो कार्यक्रमको उद्देश्य ? 
योङ जेनेरेसनलाई आफ्नो पहिचानका लागि आकर्षण गराउने, जातीयताप्रति उहाँहरुको माया छँदैछ ।  देशप्रति पनि उहाँहरुको धेरै माया, ममता हुन्छ । त्यसलाई हामी प्यारेन्टल अर्गनाइजेसनले यट्याक्ट हुने काम गरौं र नेपाली भएर काम गर्ने हुँदा अबको हाम्रो महत्व उद्देश्य भनेको यही कार्यक्रमलाई निरन्तरता दिलाउने, राम्रो व्यवस्थापन गराएर मगरलाई मात्रै नभइ सबै नेपाली दाजुभाइ, दिदीबहिनीहरुका लागि पनि कार्यक्रम गराएर मनोरञ्जन दिलाउने मेन उद्देश्य हो । 
ओपन कन्सर्टमा कुन कुन विषय समेटिन्छ ? 
कार्यक्रममा ब्यान्ड, दोहोरी गीत, आधुनिक गीत, बेलुकी डिजे (डिस्को टाइपको म्युजिक) जसले मान्छेलाई म्युजिकको धमाका दिलाउने हुन्छ । हामी त्यतातिर फोकस गर्नेवालामा छौं । र, त्यो हुनेवाला छ । र, धेरै संस्थाहरुले कार्यक्रम आयोजना गर्दा बढी भाषण गराउँछ भन्ने गुनासो छ । हामीले जति नै अतिथि भए पनि कम भाषण गराएर सक्दो मनोरञ्जन दिलाउने प्रयत्न गर्छौं ।
नेपालबाट को को कलाकार आउँदै छन् यसपालि ? 
भनेजस्तो कलाकार ल्याउने हाम्रो उद्देश्य त छँदै छ । यसको लागि पहिलेदेखि नै तयारी गरेको थियो । तर, यतिखेर भिसा स्टिकनेसले गर्दा पहिलो लटमा कलाकारहरुको भिसा रिजेक्ट भयो । सेकेन्ड व्याचका लागि हामी सबै डकुमेन्ट पु¥याएर भिसा एप्लाइ छिट्टै गराउनेवालामा छौं । 
त्यो सँगसँगै यसपाला नेपालबाट मात्रै नभएर इन्डियाबाट टेरिया मगर जुन झलक दिखला जाँ जितेकीलाई उतार्न सबै प्रोसेस भइसकेको अवस्था छ । गीतले मात्रै नभएर डान्सले पनि मनोरञ्जन दिलाउन टेरियालाई ल्याउन लागिएको हो । 
कार्यक्रम स्थलको व्यवस्था के छ ? 
गएको पाँच वर्षदेखि फानबोरो सहरमा रहेको खुला ठाउँमा कार्यक्रम गर्दै आयौं । त्यसमा अलि दुःख थियो । सेक्युरिटीको हिसाबले, ठाउँ बार्नुपर्ने झन्झट । घाम लाग्दा छाता ओड्नुपर्ने, पानी पर्दा उठेर हिँड्नुपर्ने अवस्था थियो । त्यसबाट अहिले फानबोरो क्लबमा सारेका छौं । त्यहाँ घाम, पानी केहीको पीर छैन ।
कार्यक्रममा सुरक्षा व्यवस्था कस्तो मिलाउँदै हुनुहुन्छु । 
सन् २००७ देखि अहिलेसम्मको अनुभवमा हामीले कुनै पनि इभेन्ट गराउँदा काउन्सिलको सहयोगमा गर्दै आएका छौं । यहाँको रिक्वायरमेन्टअनुसार साग भन्ने (सेप्टी एड्भाइजरी गु्रपु) छ । त्यसमा १३ एजेन्टहरु हुन्छन् । प्रहरी, फायर सर्भिस, एम्बुलेन्सलगायत । त्यो ग्रुपको लाइसेन्स पाएरमात्रै हामीले इभेन्ट अगाडि बढाउन पाउँछौं । हामीले यो लाइसेन्स प्राप्त गरिसकेको अवस्था छ । यसपालि काउन्सिलमात्रै नभएर फानबोरो क्लब नै इन्टरटेनमेन्ट गर्ने लाइसेन्स प्राप्त संस्था भएकोले धेरै राम्रो सुरक्षा व्यवस्था छ । 
अर्को कुरा, पहिले बारबेर पारेर कार्यक्रम गर्नुपथ्र्यो भने अहिले टोटल्ली कम्पाउन्टेड छ । बिनाटिकट भित्र छिर्न र बाहिर निस्कन पाइँदैन । उहाँहरुकै सेक्युरिटी प्रोभाइडरले सर्भिस दिने भएकोले हामी ढुक्क दर्शको सुरक्षाप्रति ढुक्क छौं । 
कन्सर्टमा मगरको मात्रै भेषभूषा प्रदर्शनी हुन्छ कि अन्य जातजातिको पनि ? 
मगर संघ जातीय संस्था हो । यो संस्थाले ओपन कन्सर्टलगायत कार्यक्रम गरेर आफ्नो भाषा, भेषभूषा बचाउने भन्ने छँदैछ । नेपालीपन बचाउने जिम्मा पनि जातीय संस्थालाई छ । यसपटक ओपन कन्सर्ट राम्रो व्यवस्थापनमा, धेरैभन्दा धेरै नेपाली ल्याएर गर्दै छौं । बुद्ध पूर्णिमाको अकेजनमा गरिने भएकोले बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश यो ओपन कन्सर्टबाट योङ जेनेरेसनलाई दिन जानेछ ।
यो कार्यक्रम जातीय संस्थाको मात्रै नभएर वाइड्ली नेपालीहरुको लागि हो । त्यसमा मगर संघका शाखाका साथीहरुले सहरहरुमा बसहरु रिजर्भ गरेका छन् । केन्ट इलाकामा मात्रै तीनवटा बस रिजर्भ भइसकेको छ । अरु सहरमा पनि यातायातको व्यवस्था गरिएको छ । त्यहाँबाट आउँदा शाखा मात्रै नभएर होल नेपाली मित्रहरुलाई पनि उहाँहरुले लेराउनेछ । त्यही भएर यो कार्यक्रम सबैका लागि हो ।
नेपाली ओपन कन्सर्ट कार्यक्रम कतिबजेदेखि सुरु हुन्छ ? 
सामान्यतया बिहान ११ बजेबाट हामी तयार हुन्छौं । टाढाटाढाबाट बस अलि छिटो पनि आउन सक्छ । १२ बजेबाट नर्मल्ली गेट खुल्ने हो । तर, त्योभन्दा अगाडि आएमा भित्र छिर्न सकिन्छ । अफिसियल अथवा गेस्टलाई स्वागतलगायतका कार्यक्रम दिउँसो २ बजेभित्र सकाउने र त्यसपछि मनोरञ्जनात्मक कार्यक्रम सुरु गर्ने योजना छ । त्यसपछि बेलुकी आठ बजेसम्म जारी रहनेछ । २ देखि ८ बजेसम्मको ६ घण्टाको समय पूर्ण मनोरञ्जन दिलाउँछौं । त्यसमा अडिसनल रुपमा फुटबल क्लबमा रहेको बारमा डिस्को गराउनेछौं । त्यो सबै बुक गरेकोले ६÷७ बजेदेखि युवाहरु र उफ्रन मन लाग्नेहरु राति १२ बजेसम्म पनि रहन सक्नेछन् ।
खानपिनको व्यवस्था छ कि छैन भन्ने जिज्ञासा पनि होला ? 
अवश्य पनि खानापिनको व्यवस्था छ । खानामा च्वाइस भेराइटी हुनेछ । हामीले राम्रा रेस्टुरेन्टहरुलाई लिएका छौं । यतिखेर टेन्डरिङको प्रक्रियामा रहेकोले नाम भन्न सकिनँ । हामीले दर्शक सकभर धेरै ल्याउन सक्नुप¥यो । उहाँहरु(रेस्टुरेन्ट)वालाले पनि नेपाली खानामा भेराइटी र गुणस्तरीयता दिनुप¥यो । क्लाइन्टलाई छिटो र मीठो डेलिभरी गर्न सक्ने क्षमताको रेस्टुरेन्टहरु ल्याउनेवाला छौं । बेग्लाबेग्ला स्टल पनि हुनेछन् ।
फानबोरो क्लबको क्षमता कति हो ? 
राखिएको सिट मात्रै ६ हजार छ ।
अनि कति दर्शक आउने अपेक्षा गर्नुभएको छ ?
गएको सालसम्म हाम्रो कार्यक्रम लगभग दुई हजारले सरभाइव गरिराखेका थियौं । अब यसको डबल गराउने हाम्रो चाहना हो । भविष्यमा अलि बढाऔंला । तर, अहिले ३५ सय ४० हजार मात्रै ल्याउन सके पनि पहिले भन्दा राम्रो हुने अनुमान छ । 
टेरिया मगरजस्ती अन्तर्राष्ट्रिय पहिचान भएको कलाकार ल्याउँदै हुनुहुन्छ, खर्च कति लाग्ने अनुमान छ ? 
पहिलेका कार्यक्रमहरुको खर्च विवरण झन्डै एउटै एउटै जस्तो थियो । तर, फिजिकल डिमान्ड धेरै हुन्थ्यो । दुःख गर्नुपर्ने । कार्यक्रम भ्याइसकेर पनि रातभरि सामान उठाउनुपर्ने । त्यसमा रिक्स थियो । त्यस्ता काम गरेर थकित भएको अवस्था हो । त्यो भन्दा पनि राम्रो ठाउँमा गरोस् भन्ने डिमान्ड दर्शक र शाखाका अधिकारीहरुको थियो र छ । यसपालि राम्रो ठाउँमा मुभ भएकोले कस्ट अलि बढी नै हुन्छ । कम्प्यारिजनअनुसार हामी ब्यालेन्समै बस्ने ढंगको छ । यसअघि बीस हजार पाउण्ड ओभर परेको छ । यसपटक पनि त्यही खर्चमा सकाउने अनुमान गरेका छौं । चार हजार दर्शक ल्यायौं भने कार्यक्रम सक्सेस हुनेछ । 
आम्दानीको स्रोत के के छन् ? 
बिनाडोनेसन र स्पोन्सर युकेका कार्यक्रमहरुमा हुन सक्दैनन् । आखिर आफ्नै मेम्बर्सहरुलाई नै स्पोन्सर्स माग्नुपर्छ । उहाँहरुलाई बोलाउने मात्रै नभएर स्पोन्सर्स माग्नुपर्छ । हामी इन्डिभिजुल स्पोन्सरमात्रै नभएर बिजनेस ओनरहरुसँग पनि रिलेसन कायम राख्छौं । त्यो सँगै टिकटबाट हुने आम्दानी हो । 
यसपटक टिकट मूल्य कतिको छ ? 
धेरै पैसा तिराएर थोरै मान्छे ल्याउनुभन्दा थोरै पैसा तिराएर धेरै मान्छे ल्याउने कुरा यसपालाको नयाँ तरिका हो । राम्रो ठाउँ भएकोले यसपाला एड्भान्समा टिकट लिएमा १० पाउन्ड, अन द डेमा १२ पाउन्ड राखिएको छ । गतवर्ष एड्भान्स सेल गर्दा १२ पाउन्ड लिन्थ्यौं । अन द डेमा १५ पाउन्ड थियो । 
सिनियर सिटिजन्सलाई १० पाउन्ड, अन्डर १३ का लागि ७ पाउन्ड छ । १० पाउन्डमा दिउँसो १२ देखि राति १२ सम्म होल डेका लागि । जुन दर्शकहरुलाई रिजुनेबल हुन्छ भन्ने लागेको छ । अलि धेरै दर्शकलाई आकर्षित पार्ने हाम्रो उद्देश्य हो । 
अल्डरसट, फानबोरो क्षेत्रमा मात्रै कार्यक्रम गर्नुको कारण पनि छ कि ? 
यस्ता गुनासो नआएको होइन । जोग्राफिकल स्टकचरको कुरा होला । हाइरेसिडेन्सी अर्थात् नेपालीहरुको बसोबास बाक्लो भएर पनि हो । नेपालीहरुको राजधानी यी ठाउँ हुन् । ठूलो साना संस्थाले पनि यही ठाउँमा कार्यक्रम गर्ने गरेको छ । मगर संघले रेडिङमा पनि कार्यक्रम गरेको छ । साथै भेन्युको सर्वसुलभता, लोकल अथुरिटीहरुसँग राम्रो सम्बन्ध हुनुले पनि यही ठाउँमा बढी कार्यक्रम गरिएकोे हो । मगर संघका शाखाका लागि पनि सेन्टर पर्छ । कार्यक्रम अन्य सहरमा गर्नेबारे भावी दिनमा विचार  गर्नेछौं । 
अन्त्यमा, केही भन्न चाहनुहुन्छु ? 
नेपाली ओपन कन्सर्ट आउन थोरै दिन छ । टिकट मगर संघका १२ वटै शाखाहरु  र अरु सहरबाट सेल गरिराखेका छौं । यो कार्यक्रम सबै नेपालीका लागि हो । कार्यक्रममा सहभागिताका लागि केन्टमा ३, प्लमस्टेट, वेम्ली, रेडिङ, लगायत सहरमा बस रिजर्भ गरेका छौं । शाखा अध्यक्ष र साथीहरुलाई दर्शकलाई कार्यक्रममा ल्याउनका लागि गुहारेका छौं । नेपाली र नेपाली म्युजिक मन पराउने गैरनेपालीहरुलाई कार्यक्रममा स्वागत गर्न मगर संघ युके व्यग्र प्रतिक्षामा छ । युकेका टाढाटाढाबाट आउन चाहनुहुने बुबाआमा, दाजभाइ, दिदीबहिदीहरु सबैलाई नेपाली ओपन कन्सर्टमा हार्दिक निमन्त्रणा गर्दछु ।        
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions