ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

बेलायतलगायत विश्वभर साइबर आक्रमण



बेलायतलगायत विश्वभर साइबर आक्रमण

-

बेलायत लगायत विश्वभरीका ९९ देशका सयौं संघसंस्थामाथि श्रृंखलाबद्ध साइबर आक्रमण भएका छन् । आतंककारीविरुद्ध ह्याकिङ गर्न भनेर अमेरिकी राष्ट्रिय सुरक्षा निकायले विकास गरेको कम्प्युटर प्रोग्राम कै प्रयोग गरेर साइबर आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 
–यानसमवयर नामक भाइरस आक्रमणका कारण अमेरिका, बेलायत, चीन, रुस, स्पेन, इटलीलगायतका ९९ देशका कम्युटरमा प्रभाव पारेको अधिकारीले बताएका छन् । जसका कारण यी देशका कयौं कम्पनी तथा संघसंस्थाका कम्प्युटरले काम गर्न छोडेको बताइएको छ । साइबर हमला गर्ने ह्याकरहरुले कम्प्युटरले पुन काम गर्न लायक बनाउनका लागि तीन सय अमेरिकी डलर माग गरेको बिबिसीले जनाएको छ । र्यानसमवयर नामक उक्त भाइरसले ९९ देशका करिब एक लाख भन्दा बढी कम्प्युटर प्रणालीका डाटा खराब बनाइदिएको पनि बिबिसीले जनाएको छ । 
माइक्रोसफ्ट सिस्टममा रहेको कमजोरीको फाइदा ह्याकरहरुले उठाएको विज्ञले बताएका छन् । अमेरिकी राष्ट्रिय सुरक्षा निकायले उक्त कमजोरी पत्ता लगाएको थियो र त्यसलाई आतंककारीविरुद्ध ह्याकिङ गर्नका लागि प्रयोग गर्दै आएको थियो । विश्वभर साइबर हमला भएपछि युरोपेली संघको कानुन लागू गर्ने संस्था युरोपोलले जटिल प्रकारको अन्तर्राष्ट्रिय अनुसन्धान आवश्यक रहेको बताउँदै साइबर हमलामा संलग्न दोषीको पहिचान गर्न आवश्यक रहेको प्रतिक्रिया दिएको बिबिसीले जनाएको छ । 
यस साइबर हमलाका कारण रुस पनि नराम्ररी प्रभावित भएको विभिन्न अन्र्तराष्ट्रिय सञ्चारमाध्यमको भनाई उद्धृत गर्दैै बिबिसीले जनाएको छ । साइबर हमला तीब्र गतिमा फैलिरहेको भएपनि ‘वानाक्राई’ र त्यसका विविध खालका नाम रहेका भाइरसको आक्रमणमा केही कमी आएको छ तर चुनौति अझै अन्त्य नभइसकेको बताइएको छ । युरोपोलले आफ्नो साइबर अपराधसम्बन्धी समूह ‘इसी थ्री’ ले यस आक्रमणबाट प्रभावित देशका यस्तै खालको समूहसँग मिलेर चुनौतिलाई कम शिथिल गर्न र पीडितलाई सहयोग गर्न काम गरिरहेको बताएको छ ।
बेलायत र स्कटल्यान्डमा साइबर आक्रमणले प्रभावित भएका ४५ एनएचएस संगठनको प्रणाली पुर्नस्थापना गर्न विज्ञको टोली अहोरात्र खटिरहेको बेलायतको साइबर सुरक्षासम्बन्धी एजेन्सीको प्रमुखले बताए । साइबर आक्रमणका कारण केही अस्पतालका जिपिएस प्रणालीले काम नगर्दा विरामीको तथ्यांकको पहुँचमा पनि समस्या भएको बताइएको छ । जसका कारण विभिन्न अस्पतालमा पूर्व निर्धा्रित शल्यक्रियालगायतका विभिन्न चिकित्सकीय भेटघाट खारेज गरिएको बिबिसीले जनाएको छ । साइबर हमलाबारे प्रकाशित रिर्पोटले आक्रमणमा रुस सबैभन्दा बढी प्रभावित भएको छ । रुसका घरेलु बैंक, आन्तरिक तथा स्वास्थ्य मन्त्रालय, राज्य संचालित रुसी रेल सेवा र दोस्रो ठूलो मोबाइल सेवा प्रदायक बढि प्रभावित भएको बताइएको छ । रुसको आन्तरिक मन्त्रालयका अनुसार उसको एक हजार कम्प्युटर उक्त साइबर हमलाबाट प्रभावित भएका छन् । उसले भाइरस समाधान गरिएको र मन्त्रालयको संवेदनशील तथ्यांक जोगिएको पनि जनाएको छ । 
युरोपेली मुलुक स्पेनको ठूलो मोबाइल सेवा प्रदायक कम्पनी टेलिफोनिका, ऊर्जा कम्पनी इबरड्रोलालगायत कयौं ठूला कम्पनी पनि साइबर आक्रमणको शिकार भएको बिबिसीले जनाएको छ । स्पेनमा सबै कम्पनीका कर्मचारीलाई कम्प्युटर बन्द गर्न निर्देशन दिइएको पनि बिबिसीले जनाएको छ । साइबर हमलामा परेका विश्वका विभिन्न देशका प्रभावित नागरिकले आफ्नो आक्रमणमा प्रभावित कम्प्युटरको फोटो ट्विट गरेका छन् । जसमा जर्मनीमा रहेको एक रेलसेवाको टिकट मेसिन र इटालीको विश्वविद्यालयको कम्प्युटर प्रयोगशालाको प्रभावित कम्प्युटरका फोटापनि रहेका छन् । फ्रान्सको कार बनाउने कम्पनी रेनाउल्टले साइबर हमलाका कारण फ्रान्स र स्लोभेनियामा रहेको आफ्नो कारखानाबाट केही उत्पादन बन्द गर्न बाध्य भएको बिबिसीले जनाएको छ । 
त्यसैगरी पोर्चुगलको टेलिकम, अमेरिकी डेलिभरी कम्पनी फेडेक्स र स्विडेनको स्थानीय प्रशासनपनि उक्त साइबर हमलामा प्रभावित भएको बिबिसीले जनाएको छ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले भने यस हमलाले आफूलाई के–कस्तो प्रभाव पर्याे भन्ने बारेमा हालसम्म कुनै प्रतिक्रिया नदिएको बिबिसीले जनाएको छ । तर सामाजिक सञ्जालमा आएका विवरण अनुसार चीनका विश्वविद्यालयका कम्प्युटर प्रयोगशाला भने यस हमलाबाट प्रभावित भएको बताइएको छ । शुक्रबारबाट विश्वको आर्थिक प्रणालीमा साइबर हमलाको चुनौतिका विषयमा छलफल गर्न भन्दै विश्वका सात धनी राष्ट्र समूहका विदेशमन्त्रीको बैठक भइरहेकै बेला विश्वमा यस्ता खालको साइबर हमला भएको बिबिसीले जनाएको छ । 
साइबर हमला शुक्रबार विश्वभर तीब्र गतिमा फैलिएको थियो । जसमा बेलायतका मेडिकल स्टाफले एक एक गरी कम्प्युटर काम नलाग्ने गरी देखेको जनाएका थिए । एनएचएसका कर्मचारीले साइबर हमलामा परेका कम्प्युटर बनाउन तीन सय डलर माग गरेको वानाक्राई प्रोग्रामको स्क्रिनसट सामाजिक सञ्जालमा सेयर गरेका थिए । प्रभावित भएका संस्थाहरुले कम्प्युटर बन्द भएको र बिटकन माग गर्ने स्क्रिनसट्स सामाजिक सञ्जालमा राखेका छन् । कम्प्युटर खोल्नेबित्तिकै फाइल रिकभर गर्न चाहने हो भने पैसा तिर्नुपर्ने सन्देश देखिने गरेको प्रभावितहरुले बताएका छन् । कतिपयमा सबै फाइल ध्वस्त पार्ने धम्की आएको छ । त्यसबाट जोगिने हो भने पैसा तिर्नुपर्ने शर्त राखिएको छ । फिरौती तिरेमा भाइरस निष्प्रभावी बनाइने शर्त ह्याकरले राखेको पनि बिबिसीले जनाएको छ ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment

  • Photos

    Nepalese Press Night (UK) 2017

More Videos

 
  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

  • Ledley King at Gurkha Cup 2017 II HD Video III

  • Milan Amatya - Fariya Choubandi (Official Video) ft. Juna Sundas, Alisha Rai

  • Lali Budhathoki in UK lll Maya Le Maryo Salaijo bhaka ll

  • Gita Paija in UK lll Barpaki ki Maya lll FNJ UK Charity Program 2017

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Riya Thapa & Esme Thapa lll Danda ra Kanda lll घन बहादुर थापा मगरको बस्ती एल्बम बाट

TV Programme

 
  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

  • An Interview with the oldest Mount Everest Climber Mr Min Bahadur Sherchan

  • Miss Mita kwone Gurung dancing at Kwone (Ghotane/ Ghonde) Gurung (Tamu) Samaj UK Programme 2017

  • मनै मेरो चङगा भो Man Mero Changa Bho Orginal Udaya/Manila Sotang Cover By Deepa Tamang/Mahendra Rai

Upcomming Events

  • Dhampus Pariwar UK Party
    Oak Farm,Farnborough
    on 19-08-2017
  • Nepali Mela 2017
    Kempton Park
    on 27-08-2017

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions