ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

किन मगर जातिमा मौनता ?



किन मगर जातिमा मौनता ?

देवी आले -

संघको अर्थ के हो ? समिति किन बनाइन्छ ? नेपाल मगर संघ किन जन्मायो र किन हुर्कायो ? देशको सबैभन्दा ठूलो संघसँग किन जनायो ? हो मगरको छुट्टै कला, संस्कृति, रीतिरिवाज, परम्परा भेषभुषा आदि रहेका छन् । के मगर संघको कर्तव्य यिनीहरुलाई जोगाउने मात्र हो ? एउटा मगरको संस्कृति परम्परा त एउटा पुस्ताले जोगाउँछन् । हाम्रो जिजुबाजेले नेपाली मगर भाषा, संस्कृति भेषभुषा र परम्परा जोगाएका थिए र हाम्रो बुवाबाजेलाई सुम्पेका थिए । 
यस्तै गरी ती हामी नातिपनातिसम्म आइपुगेको छ र सहजै चलिरहने छ र यसको बचाउ भइरहने छ । हुने नै यही हो र गर्ने नै यही हो र हामी नातिपनातिले यसलाई जोगाउने गरी र हाम्रो नातिपनातिसम्म पु¥याई संरक्षण गर्ने माहोल उत्पन्न गर्ने छांै । यो हाम्रो कर्तव्य नै हो । तर, हामीलाई संरक्षण गर्ने को ? हाम्रो संरक्षणको लागि बोल्ने को ? 
वि.सं. २०७३ चैत १६ गते प्रहरीद्वारा १४ वर्षे नाबालक मगरको बच्चा (कुन्दन थापा मगर)को नेपाल प्रहरी स्कुल, रानीबारी, सामाखुसी काठमाडौंमा निर्मम हत्या हुँदा के यो मगर बच्चाको मगर संघसँग कुनै सम्बन्धका आधार छैन ? यो हत्यामा नेपाल मगर संघको कुनै पनि सहयोग गर्ने भूमिका हुँदैन ? 
माथिको प्रश्नहरुको यस प्रकारका उत्तर आउँछन् । नेपाल मगर संघ त्यसकारण बनाइयो ताकि उसले कुनै मगरको आवाज नउठेको बखत आवाज उठाओस्, जुन मगरको ’खुट्टा छैन’ उसको बैशाखी बनोस् र अन्य दुःखमा सहयोग गर्ने दायित्व र कर्तव्यबोध बनोस् भनी जन्माइयो र हुर्काइयो । तसर्थ यो मगर बच्चाको हत्या हुँदा यो मगरहरु किन चुप वा कुन गुफामा लुकेर बसेका छन् र किन आवाज उठाइरहेका छैनन् । के यो कुरा उनीहरुको कानमा पुगेका थिएन, के यो कुरा पीडित पक्षबाट गुहार उनीहरुसम्म पुगेको थिएन ? 
बारम्बार गुहारिएको र औपचारिक ढङ्गमा ज्ञापन पत्र पनि बुझाइएको थाहा पाइयो । नेपाल मगर संघसँग प्रत्यक्ष या अप्रत्यक्ष रुपमा आबद्ध रहेका अरु थुप्रै मगरहरु (नेपाल मगर महिला संघ, नेपाल मगर युवा संघ, नेपाल मगर उत्थान संघ, नेपाल विद्यार्थी मगर संघ, नेपाल पत्रकार मगर संघ) किन मौन ? किन उनीहरु पीडित परिवारलाई कुनै पनि सहयोग गर्न अगाडि बढेन ? यदि कुनै मगर जातिको चाडपर्व (माघे संक्रान्ति, फागुन–१५) आउँछ भने यी मनाउनका लागि नेपाल मगर जातिका हरेक मानिस बंगुरको भुटुवा र मासु, कोदोको रक्सी, डम्फु र मादल बजाई सालैजो र कौडा नृत्य गर्दै टँुडिखेलमा महासागर एकजुट भई हातमा हात समाई नेपालका हरेक कुनाका मगरजाति आइपुगी दिन र रातभरी नाचगान गरी बिताउँछन् तर नेपाल मगर संघ र मगर जाति दुःखमा खै ? आँसुमा खै ? रोदनमा खै । 
यदि यो बच्चा गुरुङ जातिको भएको भए के गुरुङ समूदाय लम्पसार भएर सुत्थे होला त ?
मलाई लाग्छ, उनीहरु पुरै तमुवान लिएर गुरुङहरु ठाउँको ठाउँमै आई यो हत्या प्रकरणको लागि जुध्थे र लड्थे । यदि यो बच्चा मगर नभई नेवार समुदायको भए कठै भन्दै घाम ताप्दै बस्छन् होला ? मलाई लाग्छ, नेपालको हरेक कुनाका ७५ जिल्लैबाट नेवारहरु एकीकृत हुन्थे र यो हत्याका सामना गर्थे साथै अन्य जनजातिका आ–आफ्नो समुदाय एकजुट भई निःस्वार्थ भावना भएर आई आजको दिनसम्म न्यायका लागि लडेर इन्स्पेक्टर शर्मिला गुरुङ र नेपाल प्रहरी भू.पू हवल्दार बाबुराम अधिकारीविरुद्धमा गएर उनीहरुलाई जेलखानामा हालिसक्थे होला । 
अझ बाहुन र क्षेत्री समुदायको बच्चा भए त नेपाल प्रहरी संगठन वा प्रशासनलाई थुक चटाई छोड्थे । यो अवस्थामा आउँदा मगरात भन्ने बोली कहाँ गएर सुक्यो?
अन्तर्वार्ताका क्रममा हालकै मगर संघका अध्यक्षले नाबालक शव बुझ्दा र जलाउँदा सबै प्रमाण नष्ट भई नेपाल मगर संघले सहयोग गर्ने सबै ढोकाहरु बन्द भएको र केबल काननी प्रक्रिया मात्रै रहेको बताउनुभयो । साथै पहिलो दिनदेखि बारम्बार नेपाल मगर संघको प्रतिनिधि पठाउनु भएको र आफ्नै ढंगमा सहयोग निरन्तर गरिरहनुभएको र पीडित परिवारलाई निरन्तर सहयोग र घटनाबारे निरन्तर अध्ययन र न्यायको माग लगातर गरिरहेको दाबी गर्नुभयो । के शव जलाएपछि न्याय माग्नु मुर्खता हो त ? के न्याय नपाउनु ठहर 
हो ? के शव जलाएपछि न्याय पाउने कुनै अधिकार हुँदैन ? एउटा व्यक्ति सहिद हुन्छ । 
उसको शव बुझिँदैन र जलाइँदैन भने एक न एक अवश्य कुहिएर माटोमा विलिन हुन्छ नै । तबसम्म उसको सहयोगी मित्रहरु के उसको सहयोग गर्न छोड्छन् र घरमै बसेर घटनाको अध्ययन मात्रै गर्छन् । के एक दिन एक प्रतिनिधि मात्र पठाएर सहयोग 
गर्छन् ? प्रश्न आफंैमा अनुत्तरित छ ।
या मगर संघ पार्टीगत हिसाबले लाचार भई कानमा तेल हाली बसेका छन् । नेपाल मगर संघ हरेक पार्टीका सदस्यहरु छन् । (जनमुक्ति, माओवादी, कांग्रेस, एमाले, राप्रपा) एक अर्काको मुख ताकी बसेको हो त ? या पीडित पक्षको पार्टीको बारेमा सोची बसेका थिए । खासै भन्नुपर्दा यो घटना पार्टीगत हिसाबमा नगई मगर संघका प्रत्येक सदस्य आ–आफ्नो जुनसुकै पार्टी भए तापनि एकजुट भई सरकार सामुन्ने एउटै बोली बोल्नु पर्नेमा पीडित यो पार्टीको त्यो पार्टीको होला भन्ने मगर संघको त्यो पार्टीका मात्र सदस्य बोल्न भन्ने गलत विचारले ग्रसित भएको पाइयो । एउटा सामान्य मगर परिवारको बच्चाको हत्या हुँदा उनीहरुलाई कुनै आपत्ति र दुःख नभएको हो त ? एउटा मगर बाउले कठै मेरो मगर भाइको छोरालाई मारेछ, मलाई निकै दुःख लागेको छ अब तीनदिन नुन बार्छु भन्दै घरमा सुत्छन् र मगर्नी आमाले कठै ! विचरा त्यो आमाको काखै रित्तिएछ भन्दै घरमै रोइ बस्छिन् । 
बरु उनीहरु नुन बार्छन् या नबारुन् रोइ बस्छन् या बस्दैनन् यदि उनीहरु पीडित पक्षहरुसँग सडकमा उत्रिएर सम्बन्धित सरकारी निकायमा ढोका ढकढक्याएको भए आज त्यस हत्या प्रकरणले सकारात्मक मोड लिन्थ्यो र न्यायको ज्योति बल्ने धैरे सम्भावना हुन्थ्यो । 
हामी नेपाली मगर जातिले र मगर संघले किन दृष्टिविहीनले कालो चस्मा लगाएर हिँडेको जस्तो गरिरहेका छन् । आखिर वैशाख ३ गते दिउँसो २ बजे नेपाल पुलिस स्कुलमा भएको हत्याको प्रतिवेदन महानगर प्रहरीले बुझाईनै हाल्यो । तर त्यो प्रतिवेदनले पीडित पक्षको मनको सन्तुष्टि पूरा गर्न सकेन । जुन प्रतिवेदनले नेपाल प्रहरी स्कुलका प्रिन्सिपल, कमाण्डर र शिक्षकलाई प्रोत्साहन र निर्धक्क रुपमा बच्चा जस्तो सुकै माहोलमा मार्छ या मर्छ अथवा मार्ने वातावरण सिर्जना गरे पनि पदाधिकारीहरुलाई सय प्रतिशत बचाउने आश्वासन दिइएको छ ।
अब मगर संघ कुन मगरको बच्चाको हत्या हुँदा रुन्छ ? कुन मगरको बुवाको हत्या हुँदा बोल्छ र कसको आमाको हत्या हुँदा आवाज उठाउँछ ? यदि यस्तै हो भने यो नेपाल मगर संघको के अर्थ वा औचित्य रह्यो । 
अब नेपाल मगर संघ राष्ट्रकै गौरवमय र विशालमय अङ्ग हो यसले देशविदेशमा रहेका थुपै्र मगर जातिका समुदायहरुलाई के सिकाउँछ । दोहोरो पक्षमा हेर्दा विदेशका मगर संघहरुले नेपाल मगर संघलाई ब्यूँझाउने या नब्यूँझाउने अहम् प्रश्न उठेको छ ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment

  • Photos

    Nepalese Press Night (UK) 2017

More Videos

 
  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

  • Ledley King at Gurkha Cup 2017 II HD Video III

  • Milan Amatya - Fariya Choubandi (Official Video) ft. Juna Sundas, Alisha Rai

  • Lali Budhathoki in UK lll Maya Le Maryo Salaijo bhaka ll

  • Gita Paija in UK lll Barpaki ki Maya lll FNJ UK Charity Program 2017

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Riya Thapa & Esme Thapa lll Danda ra Kanda lll घन बहादुर थापा मगरको बस्ती एल्बम बाट

TV Programme

 
  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

  • An Interview with the oldest Mount Everest Climber Mr Min Bahadur Sherchan

  • Miss Mita kwone Gurung dancing at Kwone (Ghotane/ Ghonde) Gurung (Tamu) Samaj UK Programme 2017

  • मनै मेरो चङगा भो Man Mero Changa Bho Orginal Udaya/Manila Sotang Cover By Deepa Tamang/Mahendra Rai

Upcomming Events

  • Dhampus Pariwar UK Party
    Oak Farm,Farnborough
    on 19-08-2017
  • Nepali Mela 2017
    Kempton Park
    on 27-08-2017

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions