ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

जनमतको निर्देशन



जनमतको निर्देशन

खीम घले -

अघिल्लो साता नेपालमा स्थानीय तहको पहिलो चरणको चुनाव भयो । हजारौं जनप्रतिनिधि चुनिए । अझै पनि महानगरहरुसहित केही स्थानमा मतगणना परिणाम आउनै बाँकी छ । खास गरेर ठूलो मतपत्र, धेरै उम्मेदवार र धिमा गणनाका कारण परिणाम आउन ढिलो
भएको हो ।
पछिल्लो पटक वि.सं. २०५४ मा स्थानीय निकायको चुनाव भएको थियो । त्यसयता स्थानीय तह जनप्रतिनिधिविहीन अवस्थामा थियो । राजनीतिक दलहरुको साझा संयन्त्र र कर्मचारीको भरमा रहेको स्थानीय निकायबाट अपेक्षित काम हुन नसकेको कुरामा दुई मत थिएन । स्थानीय निकायमा सत्तापक्ष र प्रतिपक्ष नहुँदा सबैजना मिलिजुली अनियमितता गर्ने प्रबृत्ति पनि हावी भएको थियो । 
स्थानीय निकायको चुनाव सुरुमा माओवादीको सशस्त्र संघर्षका कारण धकेलिंदै आयो, बीचमा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनका बेला उनले चुनावको घोषणा गरेका थिए । गाविसहरुमा नसक्ने देखेपछि उनले नगरपालकिाहरुमा चुनाव घोषणा गरेका थिए । तर, एकातिर माओवादीको हिंसात्मक गतिविधि अर्कोतिर सात राजनीतिक दलको विरोधले त्यो सफल हुन सकेन । मतादाता नै ज्यादै न्यून संख्यामा मात्र चुनाव आए । अलि देखिएका र चिनिएकामा कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेक अन्य दलले भाग लिएनन् पनि । त्यसपछिका बर्षहरु नयाँ संविधानको निर्माण र राज्यको पुर्नसंरचनाका लागि भनेर स्थानीय निकायको चुनाव गरिएन । 
नयाँ संविधान आएपछि संघीय संरचना अन्तर्गतको स्थानीय निकायको चुनाव यसपाला पहिलो पटक भएको हो । स्थानीय निकायको चुनावको हिसावले यो २० बर्षपछि भएको भनिएपनि विगतको स्थानीय निकाय भन्दा यस पटकको स्थानीय तह भिन्न छ । त्यो विकेन्द्रिकरणको सिद्धान्तमा आधारित भएर स्थानीय जनतालाई सेवा दिनका लागि बनेका इकाईहरु थिए । त्यसका अधिकारहरु सिमित थिए । तर, यो स्थानीय सरकार हो । यससंग धेरै अधिकारहरु जोडिर आएको छ । गाउँपालिका वा नगरपालिकाले स्थानीय कर लगाउने देखि, विकास निर्माणको काम गर्नेदेखि अन्य धेरै विषयहरुमा निर्णय र कार्यान्वयन गर्नसक्छ । यो निक्कै बलियो छ, अधिकारका हिसावले । यति हो चुनिएका जनाप्रतिनिधिले त्यसको सही सदुपयोग गर्न सक्छ की सक्दैन भन्ने । 
त्यसैगरेर यो स्थानीय तहको चुनावले दल र नेताहरुको हैसियत पनि जनतासामु ल्याएको छ । २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनको नतिजालाई यसले केही दल र नेताहरुको सन्दर्भमा फेरिदिएको छ । स्थानीय सरकारमा सहभागिता र स्थानीय तहमा आफ्ना दलको प्रतिनिधि हुनु र नहुनुसंग राजनीतिक दलको भविश्य जोडिन्छ । तर, यो निर्वाचनले केही त्यस्ता दल र नेताको भने राजनीतिक भविश्य नै धर्मर बनाइदिएको छ । 
यो चुनावबाट सबैभन्दा समस्यामा परेको दुई दल राष्ट्रिय प्रजातन्त्र पार्टी र नयाँ शक्ति नेपाल पार्टी हो । दोस्रो संविधानसभाको चुनावमा चौथों दलको रुपमा स्थापित कमल थापाले नेतृत्व गरेको राप्रपा नेपाल र राप्रपा चुनावको मुखैमा आएर मिलेको भएपनि एकीकृत राप्रपाले बहार ल्याउन सकेन । उसले २८३ स्थानीय तहको निर्वाचनमा जम्मा एक ठाउँको प्रमुख जितेको छ । अन्य सबैजसो ठाउँमा उसको गणनासमेत नहुने गरी मत आयो । 
अरु त अरु अध्यक्ष कमल थापाको गृह जिल्ला मकवानपुरमा पनि उसले सर्मानाक हार व्यहोर्नु पर्यो । केही स्थानमा उसले उपप्रमु्ख जितको छ, त्यो पनि उसको आफ्नो बलबुताले होइन, एमालेको मतले जितेको हो । यस पटकको निर्वाचनमा निक्कै ठाउँमा एमाले र राप्रपाबीच एलाइन्स भएको थियो । मुलुक संघीयतामा गएर धर्म निरपेक्षता र गणतन्त्रको कार्यान्वयन चरणमा पुगेका बेला सनातन हिन्दु अधिराज्य र राजतन्त्रको वकालत गर्ने राप्रपा एक्लो पार्टी हो । तर, उसले यस निर्वाचनमा व्यहोरेको सर्मानाक हारले उसको एजेण्डाहरु ‘डेड स्पायर’ भएको कुराको संकेत गर्दछ । 
यस निर्वाचनबाट राजनीतिक भविश्य नै धर्मराएको व्यक्ति डा. बाबुराम भट्टराई हो । उनको नयाँ शक्तिको नाराले जनतालाई आकर्षित गर्न सकेन । उसले पनि राप्रपाले जस्तौ एक ठाउँमा प्रमुख जितेको छ, केही स्थानमा उपप्रमुख । यो उनको आशा गरेको भन्दा धेरै थोरै हो । पूर्व प्रधानमन्त्रीसमेत रहेका र माओवादीको ‘आइडलग’को रुपमा लामोसमय रहेका बाबुरामले स्थापना गरेको नयाँ शक्तिको यो हारले नयाँ शिशिमा पुरानो रक्सीलाई वास्ता नगरेको जाहेर भएको छ । उनले पनि चुनाव नजिकै आउँदा संघीय समाजवादी फोरमसंग एलाइन्स गर्दै उसैको चुनाव चिह्नमा चुनाव लडेको थियो । 
अरु त अरु बाुबुरामकै गृह जिल्ला गोरखामा पनि उनले कुनै सिट जित्न सकेन । यसअघिका संविधानसभाका चुनावहरुमा गोरखा माओवादी गढको रुपमा चिनिंदै आएको थियो । बाबुराम आफैले त्यहाँबाट सबैभन्दा धेरै मतान्तरले चुनाव जितेका थिए । धेरैको अनुमान विपरित त्यही बाबुरामको नयाँ शक्तिले हार व्यहोर्यो । पालुङटारमा त जितिन्छ भनेर बसेका नयाँ शक्तिका नेता कार्यकर्ता त्यहाँ पनि हारेपछि निरास बने । यसबाट बाबुरामको नयाँ शक्तिले आफुले जित्न होइन, माओवादीलाई हराउन चुनाव लडे जस्तो देखिएको छ । दुवै संविधानसभामा एकलौटी बनाएको गोर्खामा माओवादीले यस पटक सबै ठाउँमा हार व्योहोर्यो । काँग्रेसले पुन आफ्नो बर्चश्व फर्कायो भने एमालेले सम्मानजनकस्थित कायम गर्यो । 
राप्रपा र नयाँ शक्तिका नेताहरुले जे जस्तो तर्कहरु पेश गरेपनि उनीहरुको जनाधारमा खिया लागेको कुरा साँचो हो । नयाँ संविधान र निर्वाचन कानुनमा व्यवस्था गरिएको थ्रेस होल्डका कारण यि दलहरु अव अर्को पटकदेखि राष्ट्रिय दलका रुपमा नरहने पनि स्पष्ट भएको छ । यि मात्र होइन, यसअघिका धेरै दलहरुको अस्तित्व अव अहिलेको जस्तो रहने छैन । यिनले आफ्नो भविश्यको बारेमा फरक ढंगबाट सोच्नु अनिवार्य भएको छ । 
अन्य ठूला दलहरुको पनि हैसियत यस निर्वाचनले स्पष्ट पारेको छ । निर्वाचन अघि सबैभन्दा धेरै हौसिएको दल एमाले थियो । यसपटक उ सरकारमा थिएन । भारतविरोधी भावनालाई उछालेको थियो र आफुलाई सच्च राष्ट्रवादी र विकासप्रेमीका रुपमा एमाले अध्यक्ष ओलीको नेतृत्वले व्यापक रुपमा प्रचार गरिएको थियो । यसैबाट उसले यस पटकको चुनावमा धेरै अन्तरले अन्य दलहरुलाई पछि पार्ने आँकलन गरेको थियो । चुनाव लगतै अध्यक्ष ओलीले दिएको अभिव्यक्तिबाट पनि यो स्पष्ट हुन्छ, ‘अझै काँग्रेसलाई भोट हाल्ने जनता रहेछन् ?’
तर, उसले र एकथरी विश्लेषकले सोचेजस्तो मत एमालेले एकोहोरो सोर्न सकेन । आफु कमजोर महसुस भएको स्थानहरुमा राप्रपासंग गरेको तालमेलले पनि खासै फाइदा दिएन । बरु माओवादीसंग गरेको तलमेलहरुमा फाइदा भएको देखियो । उसले पहिलो चरणको चुनावमा काँग्रेसले भन्दा करिव १५ स्थान बढी जित्ने संकेत देखिएको छ । तर, यो उसले अनुमान गरेको र चुनाव अघि भनेको भन्दा धेरै कम हो । दोस्रो चरणको चुनाव पछि एमाले दोस्रै स्थानमा झर्न सकिने संभावना पनि ज्यूँका त्यूँछन् । 
चु्नाव अघि काँग्रेस नेताहरुको आत्मबल गिरेको थियो । आइजीपी प्रकरणमा सभापति शेरबहादुर देउवाले गरेको गलत निर्णय, प्रधानन्यायाधीश माथिको महाअभियोग र चितवनमा प्रधानमन्त्री पुत्री रेणु दाहालका लागि गरेको सम्झौता जस्ता विषयले कार्यकर्ताहरुको मनलाई समेत कुँड्याएको थियो । तर, यो चुनावले उसलाई उत्साहित बनाएको छ । अन्ुमान गरेभन्दा राम्रो नतिजा आएको भन्दै काँग्रेसीहरु हौसिएका हुन् । धेरैले काँग्रेसले यसपटक चुनावमा हार व्यहोर्ने अनुमान गरेको थियो । तर, त्यस विपरित उसले २८३ मध्ये १०७ सिट जित्ने देखिएको छ । 
अर्कोतिर माओवादीलाई प्राप्त नतिजा पनि धेरैले आँकलन नगरेको भएको छ । ट्टफुट भएर माओवादी खिइएको भन्नेहरुको मुखमा बुझो लागेको छ । खासमा धेरैले माओवादीको सर्मानाक हार हुने अनुमान लगाएका थिए । माओवादीका नेताहरु आफै पनि आत्मविश्वासी देखिएका थिएनन् । प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकाललाई सफल देखाउन चुनाव गराएको भन्नेहरु धेरै थियो । तर, उसले ४६ गाउँपालिका तथा नगरपालिका जिते । माओवादी नेता कार्यकर्ता पनि दोस्रो चुनावका लागि हौसिएका छन् । 
अहिले सबैभन्दा धेरै हौसिएको भरखरै खुलेको पत्रकार रविन्द्र मिश्रको साझा पार्टी र अघिल्लो पटक संविधानसभामा चुनाव लडेर समानुपातिकमासमेत कुनै सीट जित्न नसकेको विवेकशील नेपाली पार्टी हो । यि दुवैले काठमाडौंमा मेयरको उम्मेदवारी दिएका थिए । मिडियाले विवेकशीलका रञ्जु दर्शना र साझाका किशोर थापाले यथेष्ट स्थान दिए । अहिले उनीहरुले काठमाडौंमा तेस्रो र चौथों नम्बरमा भोट पाएका छन् । ललितपुर महानगरमा उठेको साझाका उम्मेदवरले पनि सम्मानजनक मत पाएका छन् । यसबाट जनता परिवर्तन चाहन्छ भन्ने पुष्टी भएको उनीहरुको भनाई छ । तर, काठमाडौंको मतले कुनै पार्टी या व्यक्तिकोृ दीर्घकालिन लोकप्रियताको मापन भने गर्दैन । पञ्चायतकालमा जोगमेहर श्रेष्ठ विरुद्ध अत्याधिक मतले नानीमैयाँ दाहाललाई जिताएको काठमाडौंले माओवादीलाई पनि जिताएकै हो । अनि दोस्रो संविधानसभामा राप्रपा नेपालको गाईमा भोट दिएका काठमाडौंबासीले अहिले रञ्जु र किशोरलाई पनि मत दिएका छन् । यो स्थायी मत भने होइन, कसैले सधै पाइरहने । 
अन्त्यमा, 
लामो समयपछि भएको चुनावमा गाउँ गाउँमा एक प्रकारको उत्सव जस्तै बनेको छ । यो उत्सव र उत्साहको वातावरण आमजनताको दैनिकीमा पनि पर्नु पर्छ । जनप्रतिनिधिले सही योजना र कार्यान्वयनबाट नै त्यो संभव छ । नयाँ संविधानले स्थानीय तहले गर्न सक्ने धेरै खालका अधिकारहरु दिएका छन् । त्यसलाई सदुपयोग गर्न सक्नु पर्दछ । 
अहिले दोस्रो चरणको चुनावी तयारी सुरु भएको छ । मधेसवादी दलहरुले उठाएका मागहरुको अझै सम्बोधन भएको छैन । यस्तो अवस्थामा अझै पनि २ नम्बर प्रदेशमा चुनाव हुन सक्ला की नसक्ला शंका बाँकी नैछ । पहिलो चरणको चुनाव सकिएको र दोस्रोको माहोल पनि बन्दै गएको अवस्थामा सबैलाई यो प्रकृयालाई सघाउनु नै उचित हुन्छ । त्यसैले सबैले मधेसमा उठेका मागहरुको सम्बोधन र चुनाव दुवैलाई केन्द्रमा राखेर काम गर्नु उचित हुन्छ । पहिलो चरणको चुनावले कसैको एजेण्डा या उठाएको विषयलाई जनताले सर्वोपरी मानेको छैन । मत परिणामले सबैलाई मिलेर अघि बढ्न निर्देश गरेको छ ।
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions