ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

भौतिकवादले हामीलाई पर्यावरणबारे ‘अन्धो’ बनाइदिएको छ



भौतिकवादले हामीलाई पर्यावरणबारे ‘अन्धो’ बनाइदिएको छ

-

नवीनसिङ खड्काले पत्रकारिता पेसामा २२ वर्ष बिताइसके । अहिले बीबीसी विश्व सेवाको वातावरण संवाददाताका रूपमा अनलाइन, रेडियो र टेलिभिजनमा समाचार सम्प्रेषण एवं कार्यक्रम उत्पादन गर्छन् उनी । आफ्ना रिपोर्ट र कार्यक्रमहरू विश्वभरीका करोडौ श्रोतासामु पुगे पनि खड्काको पकडक्षेत्र दक्षिण एशिया र त्यसमा पनि हिमाली भेग हो । 
काठमाण्डूमा हुर्केर नेपालका प्रायःसबै प्रमुख अखबार र पत्रिकाहरुमा काम गरिसकेपछि १५ वर्षअघि बीबीसीसित आबद्ध भएका खड्का खोज पत्रकारिताको अनुभव समेत रहेको बताउँछन् । त्यसो त, उनले खोज पत्रकारितासम्बन्धी अमेरिकामा प्रशिक्षण लिएका छन् । जलवायु परिवर्रतनबारे रिपोर्टिङको सिलसिलामा विश्वका ४० भन्दा बढी देश घुमिसकेका पत्रकार नवीनसिङ खड्कासँग लन्डनमा चार जुन हुन लागेको वातावरण साहित्य गोष्ठीको सन्दर्भ पारेर एभरेष्ट टाइम्सका अतिथि लेखक विजय हितानले गरेको कुराकानी । 
बेलायतस्थित सबै नेपाली साहित्य सङ्गठनहरुको संयुक्त आयोजनामा जुन ४ का दिन भव्य वातावरण साहित्य गोष्ठी गरिंदै छ । यस कार्यक्रमप्रति यहाँको धारणा के छ ? 
सबै नेपाली साहित्य सङ्गठनहरू मिलेर विश्व वातावरण दिवसको अवसर पारी वातावरण साहित्य गोष्ठीे आयोजना हुन लाग्नु आफंैमा ठूलो कुरा हो । सहभागीहरुलाई साहित्यिक रसमा चुर्लुम्म डुबाउनुको साथै यस कार्यक्रमले नेपाल र बेलायतका वातावरण प्रदुषण तथा विश्वव्यापी जलवायु परिवर्तनका मुद्दाहरूलाई सिर्जनशील तरिकाले उठाउन सक्छ जस्तो लाग्छ मलाई । खास गरेर नेपालको वातावरणसम्बन्धी सिर्जनाहरूलाई सङ्गालोको रूपमा पुस्तक बनाएर नेपाली नीति निर्माता, राजनीतिज्ञ तथा अन्य सरोकारवालाहरूलाई दिई उनीहरुलाई केही भए पनि घच्घचाउन सकिन्छ ।
इको लिटरेचर अर्थात् पर्यावरणीय साहित्यले वातावरण संरक्षणमा कस्तो भूमिका खेल्न सक्छ ?
गत वर्षको गोष्ठीमा म सहभागी थिएँ । गोष्ठी मेरो लागि पहिले कहिल्यै नगरिएको निकै राम्रो अनुभव थियो । साहित्यले पर्यावरणबारे त्यो स्तरको जागरण ल्याउन सक्दोरहेछ भन्ने निकै महत्वपूर्ण कुरा मैले सो कार्यक्रमबाट सिक्ने मोका पाएको थिएँ । त्यहाँ सुनिएका, देखिएका सिर्जनाहरुमा कति वैज्ञानिक शोध वा अध्ययन गरिए, त्यो त मलाई थाहा भएन तर सर्जकहरुले आफ्ना कृतिहरु लेख्दा, परिकल्पना गर्दा, कम्तीमा केहीबेर भए पनि पर्यावरणबारे पक्कै पनि घोत्लिनु भयो भन्ने त प्रस्टै थियो । यदि भौतिकतावादले हामीलाई पर्यावरणबारे साँच्चिकै अन्धो बनाइदिएको छ भने त्यस्तो साहित्यिक कार्यक्रमले हामीभित्रको प्रकृतिप्रेमीलाई घच्घचाउन सक्दोरहेछ भन्ने कुरा मैले सिक्ने मौका पाएँ । 
राजनीतिक, आर्थिक, खेलकुद, रङमञ्चलगायत पत्रकारिताका धेरै बिट हुँदाहुँदै यहाँले वातावरण पत्रकारितामा रुचि राख्नुको कारण ?
मैले पत्रकारिता सुरु गर्दा नेपालमा वातावरण पत्रकारिता बामे सर्दै थियो । तर, त्यसबारे दाता राष्ट्रहरूको निकै चासो थियो । जलवायु परिवर्तन विश्वव्यापी मुद्दा बन्दै थियो तर नेपालमा राजनीतिक अस्थिरताका कारण यी विषयहरुबारे राज्यको खासै ध्यान पुगेको थिएन । यस्तोमा पत्रकारिताले केही गर्न सक्छ र गर्नुपर्छ भन्ने मेरो सोच बन्यो । अल्पविकसित देशहरुमा वातावरण जस्तो विषय प्रायःजसो पत्रकारहरुका लागि सुरुका वर्षहरुमा मात्र गर्ने र अलि अनुभवी भएपछि राजनीति वा वित्तजस्ता ‘गम्भीर’ क्षेत्रबारे समाचार संप्रेषण गर्नुपर्छ भन्ने मान्यता रहेको देखिन्छ । 
मैले त्यो विचार बोकिनँ, बरू वातावरण पत्रकारिताको माध्यमबाट वातावरण क्षेत्रमा रहेको राजनीतिक, आर्थिक, सामाजिक र वैज्ञानिक मुद्दाहरुलाई बाहिर ल्याउनुपर्छ भन्ने मेरो विश्वास रह्यो । अहिले जलवायु परिवर्तनको मुद्दाले जसरी विश्वलाई गाँजेको छ त्यसले म सायद गलत थिइनँ भन्ने देखाएको छ । र, मैले गर्दैआएको वातावरण पत्रकारिताको दायरा अली फराकिलो छ जसमा पानीमाथिको भूराजनीति http://www.bbc.co.uk/news/world-asia-37521897 जस्ता विषयदेखि लिएर जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय राजनीति र वित्तीय मुद्दाहरू http://kathmandupost.ekantipur.com/news/2011-11-24/bad-bookkeeping.html पर्छन् ।
वातावरण पत्रकारिता गर्नुका च्यालेन्ज नेपाल र समग्र विश्वको परिपे्रक्ष्यमा के के छन् ?
पहिलो त, यो एक प्रकारको विशेषज्ञको जस्तै काम हो । र, त्यो विशेषज्ञता हासिल गर्न अध्ययन, तालिम र, सबैभन्दा महत्वपूर्ण कुरा समर्पण चाहिन्छ । वैज्ञानिक, नीति निर्माता, सरकारी अधिकारिहरु आदिसित सम्पर्क बनाउनुको साथै ठेलीका ठेली प्रतिवेदनहरुभित्र लुकेका गुदी कुराहरुलाई बाहिर ल्याउन निकै समय व्यतित गर्नुपर्छ । यी सबै गरिसकेपछि जब विषयवस्तु बुझ्न थालिन्छ तब सामना गर्नुपर्ने चुनौती भनेको प्राविधिक मुद्दाहरुलाई जनजिब्रोमा कसरी ढाल्ने भन्ने हुन जान्छ ।
उपयुक्त भाषाको प्रयोगपछि पनि अचेल बढ्दै गएको चुनौती भनेको मानिसहरूको वातावरणबारे चासो कसरी कायम राख्ने भन्ने हो । किनभने जलवायु परिवर्तन, वायु तथा जल प्रदुषणजस्ता मिडियामा प्रशस्तै आउने विषयहरुका कारण वातावरणबारेको रिपोर्ट, लेख, कार्यक्रमहरु एउटै किसिमको, नकारात्मक र समस्यामात्र देखाउने प्रकारको हुन्छ भन्ने धारणा धेरै श्रोता एवं पाठकहरुमा रहेको पाइन्छ । यस्तो परिस्थितिमा यी विषयहरुमाथि कसरी स्रोता एवं पाठकहरुको रूची जगाउन र उनीहरुको जीवनसित सम्बन्धित यी कुराहरु हुन् भनी विश्वस्त तुल्याउन सकिन्छ भन्ने प्रमुख चुनौती हो । 
त्यसमाथि विशेष गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिका कारण जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौतामाथि कालो बादल मडारिएको देखिंदैछ र त्यसले यो विश्वव्यापी समस्यालाई थप जटिल बनाउने चिन्ताहरु बढेका छन् । एकातिर राजनीतिक माहोल त्यस्तो बन्दैछ भने जलवायु परिवर्तनले गरिब देशहरूलाई सबैभन्दा बढी असर पार्ने वैज्ञानिकहरुले बढ्दो रूपमा चेतावनी दिइरहेका छन् । यस्तोमा पत्रकारले झन् गहन भूमिका खेल्नु पर्ने हुन्छ तर सरकारले जलवायु परिवर्तनबारे अध्ययन गरिरहेका वैज्ञानिकहरुको बजेट नै काटीदिन्छ भने पत्रकारिताले कति हद्सम्म काम गर्न सक्छ भन्ने प्रश्न त छँदैछ ।
वातावरण पत्रकारले पर्यावरण संरक्षणमा कस्तो भूमिका निभाउन सक्छ ?
अन्य पत्रकारिताजस्तै, वातावरण पत्रकारको हरेक रिपोर्टले पनि प्रभाव देखाइहाल्ने होइन । तर गृहकार्य राम्ररी गरेर, गतिलो गरी खोतल्न सके समाचारको परिणाम कहिलेकाहीं देखी पनि हालिन्छ । उदाहरणका लागि मैले हालै तिब्बतबाट बाढीसम्बन्धी र त्यहाँ रहेका हिमतालहरुबारे पूर्वजानकारी नआउने गरेकाले नेपाल र भारतजस्ता तल्लो तटीय देशहरुलाई खतरा रहेको स्थलगत रिपोर्ट http://www.bbc.co.uk/news/world-asia-37249193 गरेपछि एउटा ठोस परिणाम देखियो । चिनियाँ सरकारले नेपाल र चीनबीचको सिमाना क्षेत्रमा बाढीसम्बन्धी पूर्वजानकारी दिनसक्ने एउटा केन्द्र खोल्न काम थालेको छ । 
कसरी संरक्षित हिमाली भेगका विशेष फूलका बिरूवाहरूका बिउ ती देशका निकायहरूसित अनुमति नलिकन व्यापारिकस्तरमा बेलायत भित्राएर निजी तथा सार्वजनिक बगैंचाहरूमा बेचिन्छ भन्ने मैले गरेको खोज अर्को उदाहरण हो http://www.bbc.co.uk/news/science-environment-35699297 सो रिपोर्ट अएपछि यहाँ बेलायतमा कतिपय त्यस्तो व्यापार गर्ने कम्पनीहरुले सो काम तुरुन्तै रोके । 
मेरो अनुसन्धानपछि भारतको सिक्किम राज्यले त्यस्ता बिउ संकलकहरूबारे जाँच सुरू गरी एकजनाविरूद्ध सूचना समेत निकालेको थियो । यस्ता तत्काल परिणाम देखिने समाचार कमै हुने भए पनि, वातावरण पत्रकारिताले पर्यावरणीय मुद्दाहरुलाई समाजसामु निरन्तर रुपमा ल्याइदिँदा त्यसले जनचेतना फैलाउने काम गरी नै रहेको हुन्छ । यदि नेपालजस्तो अल्पविकसित देश हो भने मिडियाले राम्ररी उठाउन सकेको मुद्दालाई दातृ निकायहरूले पनि ध्यान दिने हुँदा, पर्यावरण संरक्षणको एजेन्डाले सरकारी बजेट र नीति निर्माताहरुको बहसमा ठाउँ पाउन सक्ने संभावना रहन्छ । 
तपाईंले दक्षिण एसिया क्षेत्रमा के के वातावरणीय समस्या देख्नुभएको छ, यससँग जुध्न सर्वसाधारण र नीति, नियम बनाउनेहरुको कस्तो भूमिका रहन सक्छ ?
दक्षिण एसिया विश्वको सबैभन्दा धेरै जनसंख्या रहेको क्षेत्र हो । जैविक विविधताको धनी यो क्षेत्र पर्यावरणीय हिसाबले निकै संवेदनशील पनि छ । त्यसैले यहाँको वातावरणीय सन्तुलन यहाँ बस्ने मानिस, वन्यजन्तु, बोट, बिरूवा तथा प्राकृतिक स्रोत साधनका लागि झनै महत्वपूर्ण हुनजान्छ । तर, भइ के रहेको छ भने बढ्दै गइरहेको जनसंख्याले यसै पनि पर्यावरणमाथि दबाब बढाउँदै लगेको छ भने आर्थिक वृद्धिको लक्ष्यले त्यो समस्यालाई निकै जटिल बनाउँदै लगेको छ । 
मानिसहरुलाई गरिबीबाट उकास्न भनी सरकारहरूले पूर्वाधार निर्माणलाई जसरी उच्च प्राथमिकतामा राखेर कामहरु द्रुतगतिमा अगाडि बढाइरहेका छन्, त्यसले विकास ल्याउने कुरामा धेरै आशावादी बनेका छन् भने वातावरणविद्हरु त्यसको पर्यावरणमा पर्ने प्रभावबारे चिन्तित पनि छन् । उनीहरु भन्छन्, ’पर्यावरण जोगाउन भनी ल्याइएका नियम, नियमावलीहरु तथा तिनको कार्यान्वयनका लागि खडा गरिएका सरकारी  निकायहरुलाई खासै वास्ता गरिएन किनभने प्रायःजसो राजनीतिज्ञहरुले तीनलाई विकासको अवरोधका रुपमा हेर्ने गर्छन् । यदि वातावरणमा न्यूनतम प्रभाव पारेर विकास गर्न सकिन्छ भने त्यो सर्वोत्तम बाटो भयो । तर, त्यसले पर्यावरणमा विनास ल्याउँछ भने त्यसबाट प्रताडित तिनै जनता हुन्छन् जसका लागि विकासका कामहरू अगाडि बढाइएको सरकार, राजनीतिज्ञ तथा अधिकारीहरुले बताउने गर्छन् । 
तसर्थ विकास र पर्यावरणबीचको सन्तुलन कसरी राख्ने भन्ने कुरा दक्षिण एसियाको प्रमुख चुनौतीको रूपमा देखिएको छ– खासगरी चीन र भारतका कारण । यी दुई देश जलवायु परिवर्तन गराउने हरितगृह ग्यास सबैभन्दा बढी उत्सर्जन गर्ने देशहरूको सूचीमा पहिलो र तेस्रा हुन् । 
जलवायु परिवर्तन र यसको नकारात्मक प्रभाव अहिलेको विश्वको ठूलो चुनौती हो भनिन्छ नि ?
२०१५मा पेरिस सम्झौता भएपछि अब यो समस्या समाधानको दिशामा केही हुने भयो भनी आशा बढेका थिए । यद्यपि त्यो कसरी लागू गर्ने र पृथ्वीको तापमान वृद्धिलाई दुई डिग्रीभन्दा कम राख्न जैविक इन्धनको खपतमा देशहरुले कटौती गरे, नगरेको कसरी सुनिश्चित गर्ने भन्ने फलामे चिउरा चपाउन त बाँकी नै छ । तर, पछिल्ला महिनाहरुमा अमेरिकाको जलवायु परिवर्तन नीतिका कारण अनिश्चय बढेको छ । 
यदि अमेरिकी राष्ट्रपति ट्रम्पले साँच्चिकै पेरिस सम्झौताबाट हात झिके भने वा सो सहमतिअनुसार काम गरेनन् भने अन्य प्रमुख हरितगृह उत्सर्जकहरुले के गर्लान् भन्ने कुरामा सो सम्झौताको भविष्य निर्भर छ । अनि त्यसमा निर्भर छ पृथ्वीको भविष्य ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions