ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

बेलायतको मेरो दोस्रो यात्रा : अवसर र सम्भावना



बेलायतको मेरो दोस्रो यात्रा : अवसर र सम्भावना

मेजन पुन -

एक दशक अगाडि यही समयमा र मगर संघ बेलायतले सुरु गरेको भेटघाट कार्यक्रमको अवसरमा नै मेरो पहिलो बेलायतको यात्रा सम्भव भएको थियो । त्यो बेलामा पनि फार्नबोरो फुटबल क्लबकै मैदानमा कार्यक्रम आयोजना भएको थियो भने यसपटक मेरो बेलायत यात्रामा पनि सोही क्लबमा नेपाली ओपन कन्सर्ट हुनगइरहेको कुरा नेपालमा नै थाहा थियो । तर भिसा पाउन मुस्किल हुने हुँदा मैले कसैलाई जानकारी गराएको थिएन । मगर संघका वरिष्ठ उपाध्यक्ष योगकुमार फगामीको व्यक्तिगत स्पोन्सरमा यसपटक मेरो यात्रा सम्भव भएको हो । यसर्थ उनलाई हृदयदेखि धन्यवाद ।
यात्रा आफैंमा अवसर हो । अझ बेलायत जहाँ कहिल्यै घाम अस्ताउँदैन भनिन्छ । यो ठाउँमा अहिले बेलायतका भूपू सैनिक र उनको परिवार नेपालबाट आएर बस्ने सुविधा पाएकै कारण सैनिकका सन्तानहरुले उच्च सुविधामा उच्च प्रतिस्पर्धाका साथ अवसरको खोजी गरिरहेको अवस्था हो ।
बेलायतको बसाइँको क्रमसँगै विभिन्न जातीय संस्था गठन भई आफ्नो पहिचान बेलायतमा दिइरहेका छन् । यसै अवसरमा मगर संघ बेलायत पनि गठन भई आफ्नो जातीय पहिचानको साथै विभिन्न क्रियाकलाप गरिरहेको छ । संस्थाको वार्षिक मुखपत्र ८ वर्षसम्म नेपालमा रहेर प्रकाशन सहयोग गरिरहेको कारण मलाई मगर संघ बेलायतका धेरै कुराहरुसँग नजिक पनि छु । उत्कृष्ट कार्यहरु गरिरहेको कुरा म सहज रुपमा भन्न र लेख्न सक्दछु । र, यसको पछिल्लो उदाहरण बेलायतमा आफ्नै मगर भवन खरिद गरी कार्यालय स्थापना गर्नु हो । मगर भवनमा पुगेर नतमस्तक पनि भएँ । मगर भवनमा मलाई मगर संघ बेलायतकी महिला उपाध्यक्ष अनिता राना मगर र उहाँको श्रीमान्ले पुर्याउनु भयो र सबै घुमाउनु भयो । धन्यवाद उहाँहरुलाई पनि ।
मगरभित्र विविध संस्कार, संस्कृति छ । २१ औं शताब्दीमा सबैले सबै तह र स्थानबाट मगर समाजको हितको सवालमा एकजुट हुनु पर्दछ । यसलाई समन्वय गर्ने कार्य मगर समाजको हो । यसबाट आफ्नो पहिचानको कुराहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन सक्दछ भन्ने कुरामा मगर संघ बेलायत मलाई लाग्दछ अनभिज्ञ छैन । विभिन्न तह र तप्कामा कार्य भइरहेको पनि छ । पहिचानको लडाइँमा चलचित्र पनि महत्वपूर्ण माध्यम बन्न सक्छ भन्ने सोचाईको धरातल निर्माण गरिनु पर्दछ । चलचित्रले पनि हामो संस्कार र संस्कृतिमा महत्वपूर्ण योगदान दिन सक्छ भन्ने कुरामा म मगर चलचित्रकर्मी संघको उपाध्यक्षको नाताले छलफल चलाउन चाहन्छु । यसर्थ यसपटक मेरो यात्रामा यस विषयमा रहेर विभिन्न अन्तरक्रियात्मक कार्य गर्न पनि म तयार छु । मैले बनाएको पछिल्लो चलचित्र रैयाँ प्रदर्शन गर्दै त्यो अवसरको सिर्जना गर्न अग्रसर रहन चाहन्छु ।
मगर महिलाको लोगो रैयाँलाई नेपाली शब्दकोषमा विधुवाले लगाउने गहना भन्दै व्याख्या गरिएको छ । तर, वास्तवमा रैंयाँ विधुवाले लगाउने गहना नभई यो हामो जातीय पहिचान वा आत्मरक्षाको पतिक पनि हो भन्दै हामीले यो चलचित्र मनोरञ्जनात्मक रुपमा निर्माण गरेका छौं । बेलायत जहाँ खरबौं पाउन्डमा चलचित्र निर्माण गरिन्छ । तर, आफ्नो पहिचानको लागि केवल बीसवटा लाखमा बनाएको चलचित्र खरबौं लगानीमा बनाएको जस्तो प्रविधि प्रयोग गर्न त सकिँदैन तर हामो कुरा राखेर ४० प्रतिशत भाषा र ६० प्रतिशत नेपाली भाषामा चलचित्र निर्माण गरेका छौं । भाषा, भेषभुषा, संस्कृति संरक्षण गर्दै यस चलचित्रले आपनत्व पनि दिने प्रयास गरेका छौं आशा छ, बेलायत मगर संघअन्तर्गत रहेका महिला र युवा समितिले चलचित्र प्रदर्शन गर्ने क्रममा सहयोग गरी अन्तरक्रियात्मक छलफल भइओस् भन्दै मेरो यात्रा बेलायतमा भएको हो । संस्थागत सहयोग प्राप्त भए यो यात्रालाई म सांस्कृतिक यात्रा भन्न रुचाएको छु । नत्र यो यात्रा केवल व्यक्तिगत र पारिवारिक भेटघाट मात्र नहोस् भन्ने कामना समेत गर्दछु ।
गतवर्ष चलचित्र विकास बोर्डबाट आदिवासी जनजाति चलचित्रहरुमध्ये मगर चलचित्रमा उत्कृष्ट चलचित्रबाट यो रैयाँ चलचित्र सम्मानित भएको छ । यो अहिलेसम्म बनेको मगर चलचित्रहरुमध्ये सबैभन्दा बढी ठाउँमा प्रदर्शन भएको चलचित्रमा दरिएको छ । अन्य कुराहरु प्रदर्शन भएपश्चात् छलफलमा । अस्तु ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

नेपालमा भएको चुनावमा कांग्रेस हार्नुको कारण

एजेन्डा गतिलो नहुनु
अन्तर्घात
वाम गठबन्धन
चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions