ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

पुनः मतदानको मेसो



पुनः मतदानको मेसो

-

विवादमा रहेको चितवन भरतपुर महानगरपालिका वडा नम्बर १९ को पुन मतदान गर्नका लागि निर्वाचन आयोगले निर्णय गरेपछि अन्यौलता सिर्जना भएको छ । स्थगित भएको मतगणना पुनः सुरु गर्न माग गर्दै आएको प्रतिपक्षी दल एमालेले सदन नै अवरुद्ध गरेपछि स्थिति थप भयावह बनेको हो । अहिले पनि अब भरतपुर १९ मा पुन मतदान गराउन गम्भीर समस्या सिर्जना भएको छ । 
माओवादी केन्द्रका कार्यकर्ताहरुले ९० मत च्यातेपछि परिस्थिति जटिल बनेको हो । ती मतपत्र च्यात्नेहरुलाई पक्राउ गरी जनही एक एक लाख रुपैयाँ धरौटीमा छाडेको छ । मतपत्र च्यातिएको बारे आयोगले स्पष्ट रुपमा पुन मतदान गराउनुपर्ने बताएपछि एमाले थप आक्रोसित बनेको छ । आयोगको यो निर्णयले गलत नजिर स्थापित गरेको टिप्पणी व्यापक बनेको छ । 
पुनः निर्वाचनका लागि भएको आयोगको निर्णय गम्भीर षड्यन्त्रउन्मुख भएको एमालेको आरोप छ । ९० मत बदर गरेर अरु मतगणना गर्नुपर्ने माग समेत एमालेले गर्दै आएको थियो । तर सरकारको पक्षधर बनेको आरोप खेपेको निर्वाचन आयोगका लागि थप समस्या हुने स्थिति पनि आएको छ । आयोगले मतपत्र च्यात्ने बित्तिकै पुन मतदान गराउने निर्णय गर्दै अघि बढ्दा पक्कै पनि दोस्रो चरणमा हुने निर्वाचनहरुमा थप समस्या खेप्नुपर्ने हुन्छ । कुनै ठाउँमा एउटा नियम, कुनैमा अर्को नियम गर्नु उचित पनि हुँदैन । त्यसैले निर्वाचन आयोगले मतगणनालाई निरन्तरता दिएको भए आगामी झमेलामा फस्ने नै थिएन । 
निर्वाचन आयोगले पुनः मतदान गराउने गरेको निर्णयले अन्य स्थानमा थप विवाद सिर्जना हुने पक्कापक्की छ । यो परिस्थितिको मूल्यांकन गर्न नसक्नु नै आयोगको कमजोरी हो । यो कमजोरीका कारण अब चार वटा प्रदेशमा हुने निर्वाचन थप संकटमा फस्नेछ । यसतर्फ दलहरुले चाँडै सचेत हुन जरुरी छ र निर्वाचन आयोगलाई सोहीअनुसारको सुझाव दिन पनि जरुरी छ । 
निर्वाचन आयोग आफैमा संवैधानिक निकाय हो । यो निकाय कसैको लोभलालचमा फस्ने, आश्वासनमा रम्ने आयोग होइन, हुन पनि हुँदैन । यसले निष्पक्षता कायम गर्न सक्नुपर्छ । अहिले आयोगप्रति जुन किसिमको पक्षधरताको आरोप लागिरहेको छ, यो पक्कै पनि आयोगकै लागि पनि र नेपालीका लागि उचित हुँदै होइन । यस्ता किसिमका आरोप आउने काम पनि आयोगले गर्नु हुँदैन । आयोग सबैको साझा हो भन्ने कुरालाई पुष्टि गर्न सक्नुपर्छ । त्यसो हुन सक्दा मात्र आयोगले गर्ने काम कारवाहीप्रतिको जनविश्वास थप फस्टाउने छ । 
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Kutu Ma Kutu lll Melina Rai in UK lll कुटुमा कुटु गित गाउदै lll Tamu Dhee UK Khi Lhochhar

  • Sonpal Samaj UK lll 10th Anniversary and Khi Lhochhar celebration - Part 1

  • Sagar Ale Magar & Sajan Ale Magar in UK lll Suna saili saili

  • The Vidyadhara Acharya Mahayogi Sridhar Rana Rinpoche at the Buddhist Community Centre, UK(Part - 1)

  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

TV Programme

 
  • Bima Kumari Dura in UK performance at Tamu Dhee UK Lhochhar program

  • आर के साँझमा आर के र ममता जोडी बन्दै

  • Sagar Ale Magar in UK lll Salejo Fula ko Thunga, Fewa Tal ma Dunga lll 68,266 views

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

Upcomming Events

Public Poll

अब नेपालमा को प्रधानमन्त्री बन्नुपर्छ ?

केपी ओली
शेरबहादुर देउवा
पुष्पकमल दाहाल प्रचण्ड
वा अरु कोही ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions