ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

राजपाले निर्वाचन सार्नुपर्ने माग राखेपछि सत्तारुढसँग वार्ता निष्कर्षविहीन



राजपाले निर्वाचन सार्नुपर्ने माग राखेपछि सत्तारुढसँग वार्ता निष्कर्षविहीन

-

काठमाडौँ (जेठ २७) । राष्ट्रिय जनता पार्टी (राजपा) लाई दोस्रो चरणअन्तर्गतको स्थानीय तहको निर्वाचनमा सहभागी गराउनेबारे सत्तारुढ प्रमुख दलले अन्तिम कसरत गरिरहेका छन् । सत्ता नेतृत्वकर्ता दल नेपाली काँग्रेस तथा प्रमुख साझेदार नेकपा (माओवादी केन्द्र) र नेपाल लोकतान्त्रिक फोरमका शीर्ष नेताले शनिबार राजपाका नेताहरुसँग छलफल गरेपनि कुनै निष्कर्ष निस्कन सकेन् । 
 
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शनिबार अपराह्न भएको बैठकमा राजपाले निर्वाचनको मिति पुनः सार्नुपर्ने माग राखेपछि सहमतिले गति लिन नसकेको हो । सत्तपक्षका नेताले निर्वाचनका सन्दर्भमा केही प्राविधिक र व्यवहारिक कठिनाई भए त्यसलाई सम्बोधन गर्न सकिने तर (असार १४ को) घोषित निर्वाचनको मिति भने सार्न नसकिने जनाएपछि दुवै पक्षको अडानले सहमतिको सम्भावना क्षीण बन्दै गएको छ । 
 
तर पनि आइतबारसम्म चरणबद्ध छलफल गरेर राजपालाई सहमतिमा ल्याउने प्रयास जारी रहने नेताहरुले बताएका छन् । यता राजपाले सरकार गठनका बेला भएको तीन बुँदे सहमति अनुरुप निर्वाचनमा जाने वातावरण बनाउनुपर्नेमा जोड दिँदै आएको छ । आजको बैठकमा पनि पुरानै अडान दोहोर्‍याउँदै उसले आफ्ना राजनीतिक माग पूरा नभए निर्वाचनमा जान नसकिने बताएको थियो । 
 
बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजपालाई कसरी निर्वाचनमा सहभागीता गराउने भन्नेबारे बैठकमा छलफल भएपनि निर्णयमा पुग्न नसकेको र पुनः छलफल गरी सहमति खोज्ने बताए  । 
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राजपालाई निर्वाचनमा सहभागिता गराउनेबारे छलफल भएको तर उहाँहरु निर्वाचनमा आउने स्थिति नरहेकाले आइतबारसम्म वार्ता र छलफललाई जारी राख्ने निर्णय भएको बताए । 
 
राजपाका अध्यक्ष मण्डलका सदस्य शरत्सिंह भण्डारीले गठबन्धन सरकारको सुरुवातमै तीनबुँदे सम्झौता भएको र आजसम्म कुनै माग पूरा नभएकाले निर्वाचनमा जाने वातावरण नरहेको उल्लेख गरे ।
 
बैठकमा सत्तारुढको तर्फबाट प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता पौडेल, नेता विमलेन्द्र निधि तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता श्रेष्ठ र उपप्रधानमन्त्री एवम् लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार सहभागी हुनुहुन्थ्यो भने राजपाबाट अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोबाहेक पाँचै जना सहभागी थिए । 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment

  • Photos

    Nepalese Press Night (UK) 2017

More Videos

 
  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

  • Ledley King at Gurkha Cup 2017 II HD Video III

  • Milan Amatya - Fariya Choubandi (Official Video) ft. Juna Sundas, Alisha Rai

  • Lali Budhathoki in UK lll Maya Le Maryo Salaijo bhaka ll

  • Gita Paija in UK lll Barpaki ki Maya lll FNJ UK Charity Program 2017

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Riya Thapa & Esme Thapa lll Danda ra Kanda lll घन बहादुर थापा मगरको बस्ती एल्बम बाट

TV Programme

 
  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

  • An Interview with the oldest Mount Everest Climber Mr Min Bahadur Sherchan

  • Miss Mita kwone Gurung dancing at Kwone (Ghotane/ Ghonde) Gurung (Tamu) Samaj UK Programme 2017

  • मनै मेरो चङगा भो Man Mero Changa Bho Orginal Udaya/Manila Sotang Cover By Deepa Tamang/Mahendra Rai

Upcomming Events

  • Dhampus Pariwar UK Party
    Oak Farm,Farnborough
    on 19-08-2017
  • Nepali Mela 2017
    Kempton Park
    on 27-08-2017

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions