ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

अल्डरसट स्पीकर क्लबको बैठक सम्पन्न



अल्डरसट स्पीकर क्लबको बैठक सम्पन्न

एटा सम्वाददाता -

अल्डरसट । अल्डरसट स्पीकर क्लबको बैठक अल्डरसटस्थित दि प्लालेस रेस्टुरेन्टमा सम्पन्न भएको छ । 
गत बुधबार भएको बैठकमा स्थानीय मेयर काउन्सिलर सोफिया चौधरी, तमुधिं युकेका महासचिव कृष्ण गुरुङ र क्बलका अध्यक्ष कमल थापाले बोलेका  थिए । मेयर चौधरीले स्थानीय समुदाय, महासचिव गुरुङले नेपाली मेला र अध्यक्ष थापाले क्लबको बारेमा बोलेका थिए ।  उनीहरुले दिएको वक्तव्यलाई वैभव खड्का, मार्टिन बेरी र माट रेडमनले टिकाटिप्पणी गरेका थिए भने सहभागीहरुले गोप्य मतदान गरेका थिए । मतदानमा मेयर चौधरी उत्कृष्ट बनिन् । त्यस्तै तपस गुरुङ, टिना विलियम, देश हेली, सन्तोष पुन, डोग निउ, किरण गुरुङ र अनिल थापालगायतले विभिन्न विषयमा बोलेका थिए । 
प्रत्येक दुईहप्तामा आयोजना गरिने सो कक्षामा सबै सहभागीहरुले बोल्ने मौका पाउने हुँदा वक्तृत्वकलामा सहजै विकास हुने अध्यक्ष थापा बताउँछन् । निर्धक्क बोल्न सक्ने क्षमतामा विकास गराउने उद्देश्यले स्थापना गरिएको क्लबमा नेपाली युवाहरुको पनि आकर्षण बढ्दै आएकोले अहिले क्लबमा नेपालीहरुको संख्यामा वृद्धि भएको थापाले बताए । बोल्न सक्ने क्षमतामा विकास भएमा पक्कै पनि व्यापार, व्यवसाय र शिक्षालगायतको क्षेत्रमा प्रगति गर्न सकिने धेरैको विश्वास छ ।  
करिब ४० जनाको उपस्थिति रहेको क्लबको बैठकमा क्लबका सदस्य र अतिथिहरुको विशेष उपस्थिति रहेको थियो । धेरै कलाहरुमध्ये वक्तृत्वकला पनि निकै महत्वपूर्ण मानिन्छ । बोल्ने कला अर्थात् वक्तृत्वकला भएका व्यक्तिहरुले आफ्नो कुरा सबैले बुझ्ने गरी आकर्षक ढंगले प्रस्तुत् गर्न सक्छन् । जस्ले गर्दा वक्ताले आफ्नो उद्देश्य सहजै पूरा गर्न सक्छन् । 
कुनै पनि कार्यक्रममा निर्धक्क रुपले आप्mनो विषयबस्तु प्रस्तुत् गर्ने धेरैको चाहना हुन्छ तर अपरिपक्कता र तालिमको अभावमा धेरैले आपूmले चाहेको कुरा पूरा गर्न सक्दैनन् । आत्मविश्वासका साथ बोल्ने कला सिकाउनका लागि विभिन्न संस्थाहरु बेलायतमा स्थापना भएका छन् । त्यस्ता संस्थाहरुमध्ये एक हो, ‘टोस्टमास्टर’ । टोस्टमास्टरअन्र्तगत थुप्रै क्लबहरु स्थापना भएका छन् । सोहीक्रममा कमल थापाको अध्यक्षतामा ‘अल्डरसट स्पीकर क्लब’को स्थापना भएको हो । 
बैठकमा क्याम्बर्ली, बेजिङ्गस्टोक, ओकिङ्ग र फार्नबोरो स्पीकर क्लबका सदस्यहरुको पनि सहभागिता रहेको थियो भने ग्रेटर रसमुर नेपाली कम्युनिटी अध्यक्ष ओम थापा, एभरेष्ट टाइम्सका सम्पादक हरिकुमार (काजी) र जिइनर्जीका मेगबहादुर गुरुङलगायतको विशेष उपस्थिति रहेको थियो । त्यस्तो कलाले मानिसको व्यक्तिगत विकासमा समेत ठूलो भूमिका खेल्ने भएको हुँदा क्लबको सदस्यता लिनुपर्नेमा धेरैको जोड थियो । 
साँझ ७.३० बजे सुरु भई बेलुकी ९.३० बजे समापन भएको सो कक्षा विधिवत्, अनुशासित र आकर्षक ढंगले सम्पन्न भएको र कक्षाबाट बोल्ने कलामात्र होइन, अरु धेरै कुरा सिक्न सकिने विश्वास व्यक्त गर्दै धेरैजनाले सदस्यता फाराम समेत लिएका थिए । 
कमल थापाको अध्यक्षतामा सम्पन्न बैठकमा स्थानीय मेयर सोफिया चौधरीको विशेष उपस्थिति थियो भने टोस्टमास्टर डोग निउले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment

  • Photos

    Nepalese Press Night (UK) 2017

More Videos

 
  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

  • Ledley King at Gurkha Cup 2017 II HD Video III

  • Milan Amatya - Fariya Choubandi (Official Video) ft. Juna Sundas, Alisha Rai

  • Lali Budhathoki in UK lll Maya Le Maryo Salaijo bhaka ll

  • Gita Paija in UK lll Barpaki ki Maya lll FNJ UK Charity Program 2017

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Riya Thapa & Esme Thapa lll Danda ra Kanda lll घन बहादुर थापा मगरको बस्ती एल्बम बाट

TV Programme

 
  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

  • An Interview with the oldest Mount Everest Climber Mr Min Bahadur Sherchan

  • Miss Mita kwone Gurung dancing at Kwone (Ghotane/ Ghonde) Gurung (Tamu) Samaj UK Programme 2017

  • मनै मेरो चङगा भो Man Mero Changa Bho Orginal Udaya/Manila Sotang Cover By Deepa Tamang/Mahendra Rai

Upcomming Events

  • Dhampus Pariwar UK Party
    Oak Farm,Farnborough
    on 19-08-2017
  • Nepali Mela 2017
    Kempton Park
    on 27-08-2017

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions