ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

पाँचथर थर्पू समाज यूकेको आठौँ वार्षिक भेटघाट



पाँचथर थर्पू समाज यूकेको आठौँ वार्षिक भेटघाट

चन्द्रबहादुर सुन्दास -

लन्डन । पाँचथर थर्पू समाज यूकेको आठौँ वार्षिक समर गेटटुगेदर गत आइतबार सम्पन्न भएको छ । 
हाइ वेकम्बको ओकसेट सेन्टरमा आयोजना गरिएको भेटघाट कार्यक्रममा सदाझैं बेलायतमा रहँदै आएका पाँचथर थर्पूवाले जनहरुको झन्डै तीस घरपरिवारका सदस्यहरुको उपस्थिति रहेको थियो । समाजका अध्यक्ष तीलविक्रम तावाको अध्यक्षतामा पहिलो सत्रको औपचारिक कार्यक्रम सञ्चालन सचिव युबराज माबोले गरे । दिउँसो करिब १२ बजेतिर साधारण भेटघाट र खानपानबाट सुरु भएको कार्यक्रमले चार बजेतिर सचिव माबोको उद्घोषसितै औपचारिकता पायो ।
कार्यक्रममा समाजका सल्लाहकारहरु र अन्य वरिष्ठ सदस्यहरुको हातबाट यसबर्ष विभिन्न क्षेत्रमा सफलता प्राप्त गर्ने सदस्यहरु सम्मानित भए । समाजका कोषाध्यक्ष धन काम्बांगकी ज्येष्ठ सुपुत्री एलिजा काम्बांगले ब्रुनेल युनिभर्सिटीबाट बिजनेस एड्मिनिस्टे«सनमा अनर्स डिग्री हासिल गरेकोमा, सल्लाहकार चन्द्र सुन्दासका सुपुत्र आशीष सुन्दासले बिजनेस स्टडिजमा डिप्लोमा प्राप्त गरेकोमा र समाजका उपाध्यक्ष खुसीमान तावाकी सुपुत्री नेहा तावाले जीसीएसई परीक्षामा तीनवटा ‘ए स्टार’ र ८ वटा ‘ए’ जस्तो उच्च अंक प्राप्त गरेकोमा प्रमाणपत्रसहित सम्मान गरिएको थियो । 
त्यस्तै गरी जिसीएसई परीक्षामा उच्च अंक हासिल गर्ने अन्य छोरीहरुमा भिम तावाकी ज्येष्ठ सुपुत्री युन्छो तावा र श्रीप्रसाद माबोकी सुपुत्री सिलिया माबो सम्मानित भइन् । भान्जाहरुमा इन्दिरा काम्बांग इन्वारमका सुपुत्रहरुलाई पनि ब्याचलर्स अनर्स डिग्री प्राप्त गरेकोमा प्रमाणपत्र प्रदान गरियो ।
सो अवसरमा पाँचथर थर्पू समाजद्वारा निर्माणाधिन थर्पू क्याम्पस लाइब्रेरी भवनको बारेमा समाजका कोषाध्यक्ष धन काम्बांगले र एनआरएनए यूकेकोद्वारा पुनर्निर्माण भइरहेको थर्पूको सिरिसे स्कुल पुनर्निर्माण योजनाका बारेमा लाइब्रेरी भवन परियोजना संयोजक खुसीमान तावाले उपस्थित सबैलाई पछिल्लो ‘प्रोजेक्ट अपडेट’ गराए । बेलायतमा बसिरहेका करिब ३० घरपरिवारहरुले (चेली–माइतीहरु सबै गरेर) आफ्नो निजी खर्चबाट निर्माण गर्न गइरहेको पुस्तकालय भवनको लागत १५ लाख रुपैयाँ रहेको छ भने सिरिसे स्कुल पुनर्निर्माणको लागत ४० लाख रुपैयाँ अनुमान गरिएको छ ।
समाजका उपाध्यक्ष तथा एनआरएनए यूकेका प्रवक्ता खुसीमान तावाले ‘वन एनआरएन वन एनसीसी’अन्तर्गत परेको सिरिसे स्कुलको पुनर्निर्माणका लागि समाजको तर्फबाट आजसम्ममा दुई लाख रुपैयाँ प्राप्त भइसकेको र उक्त रकम स्कुलको घडेरी तयार गर्नमा खर्च भएको जानकारी दिए । उनले एनआरएनए यूके, हङकङवासी नेपालीहरु र अन्य दाताहरुबाट प्राप्त रकमले आगामी अक्टोबर महिनासम्ममा पुनर्निर्माण कार्य पूरा हुने जनाए ।
सिरिसे स्कुल पुनर्निमाणका लागि एकै परिवारबाट सात लाखको प्रतिबद्धता
सो अवसरमा साविकको थर्पू ८ का पाहाखोल्से काम्बांग परिवारको तर्फबाट परिवारका कान्छा छोरा एवम् समाजका सहसचिव हाल अक्सफोर्ड निवासी लिलाराज काम्बांग र उनकी दिदी इन्द्र काम्बांग इन्वारमले सिरिसे स्कुल पुनर्निर्माणका लागि सहयोग राशि अपुग भएकोले थप गर्न स्वर्गीय बुबा मनबहादुर काम्बांगको सम्झनामा सात लाख रुपैयाँ प्रदान गर्ने औपचारिक घोषणा गरे । पाहाखोल्से परिवारका अन्य छोराहरुमा साइँला रुद्र काम्बांग जर्मनीमा, माइला धनकुमार काम्बांग काठमाडुमा, जेठा युवराज काम्बांग र नाति जीवन काम्बांग हाल थर्पु ८ को पाहाखोल्सामै रहँदै आएका छन् । उनीहरुको उदारताको लागि समाजका सबै सदस्यहरु नतमस्तक भए ।
कार्यक्रममा जेष्ठ अतिथि लालबहादुर मेन्याङ्बो, कियाचू युकेका आजीवन सदस्य कुलप्रसाद योङ्या र परिवार अनि कियाचू युके महिला समिति महासचिव महेश्वरी नेम्बाङ कौरको उपस्थिति रहेको थियो ।
कार्यक्रममा खानपानको व्यवस्थापनमा समाजका सदस्य सरला योंगहाङ्ग काम्बांगले अग्रणी भूमिका निभाइन् । हलको व्यवस्थापन र सरसफाईको जिम्मा कोषाध्यक्ष धन काम्बांग र आयोजक समितिका अन्य महिला सदस्यहरुले लिए भने राफल ड्रको सञ्चालन सल्लाहकार चन्द्र सुन्दासले गरे ।
कार्यक्रमको दौरानमा समाजका सल्लाहकार तथा पूर्वअध्यक्ष देउमान तावाले पनि मन्तव्य दिए ।
कार्यक्रम समापनको क्रममा अध्यक्ष तीलविक्रम तावाले कार्यक्रममा उपस्थित सबैलाई हार्दिक धन्यवाद ज्ञापन गरे । उनले कार्यक्रममा साउन्ड सिस्टम प्रदान गरी सहयोग गरिदिने पूर्वअध्यक्ष एवम् सल्लाहकार चन्द्रबहादुर सुन्दास र परिवारलाई, राफल ड्रका लागि पुरस्कारको प्रायोजन गरिदिनुहुने र निःशुल्क पेयपदार्थ प्रदान गर्ने सहयोगी र स्वयंसेवकहरुलाई विशेष धन्यवाद ज्ञापन गर्दै अर्को सालको वार्षिक भेटघाट कार्यक्रम यसरी नै उल्लाशमय वातावरणमा मनाउने संकल्प व्यक्त गरे । 
अन्तमा अध्यक्ष तावाले उपस्थित अतिथिजन, सल्लाहकार, प्रायोजक, पुस्तकालय निर्माणका लागि सहयोग दिने दाता, स्वयंसेवकलगायत सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै र समाजको तर्फबाट उनले आगामी वर्षहरुमा सोहीअनुरुपको उपस्थिति र सहयोगको अपेक्षा राखे ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions