ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

देउवाका चुनौतीहरु



देउवाका चुनौतीहरु

खिम घले -

नेपाली कांग्रसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको एक साता बित्यो । तर, अझै मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । 
यसका लागि अन्य बाहिरका पक्षहरु भन्दा पनि आफ्नै पार्टी कांग्रेसको नेता रामचन्द्र पौडेलको समूहलाई चित्त बुझाउन नसक्दा यस्तो भएको हो ।
यद्यपी सरकारको पूर्णता त ढिलो चाँडो होला । तर, म्ख्य अवरोधको रुपमा अहिले मधेसीवादी दलहरुको गठजोडबाट बनेको राष्ट्रिय जनात पार्टी बनेको छ । लामोसमयदेखि संघर्षमा रहेको यो दलले आइतबार मात्र आमहड्तालसहितको संघर्षका नयाँ कार्यक्रमहरु अगाडी सारेको छ । मधेसमा उनीहरुले असार १० गतेदेखि अनिश्चितकालिन आमहड्तालको घोषणा गरेका छन् । 
माओवादी अध्यक्ष प्रचण्डले सत्ता छाड्ने बेला स्थानीय तहको पहिलो चरणको चुनाव सकिएको थियो । बैशाख ३१ गतेका लागि तोकिएको चुनाव राजपालगायतका दलहरुकै आग्रहमा दुई चरणमा गरी तीन वटा प्रदेशमा मात्र गरिएको थियो । राजपासंग सहमती गरेर दोस्रो चरणमा चुनाव गराउने गरी जेठ ३१ गते चुनावको मिति तोकियो । यसमा पूर्वको १ नम्बर प्रदेश, राजपाको प्रभाव क्षेत्रको रुपमा रहेको २ नम्बर प्रदेश (यसमा मधेसका जिल्लाहरु छन्), उनीहरु्रकै केही प्रभाव रहेको ५ नम्बर प्रदेश र कैलाली र कञ्चनपुर समेत समेटिएको सुदुपश्चिमको ७ नम्बर प्रदेशको चुनाव गराउन बाँकी छ । 
यि प्रदेशहरुको चुनाव जेठ ३१ गतेका लागि तोकिएको भएपनि प्रधानमन्त्री प्रचण्डले नै दुई पटक सारिसकेका छन् । कारण अरु केही दिएपनि यो सार्नुको प्रमुख कारण राजपा नै हो । राजपाले संविधान संशोधनलगायतका माग पुरा गरेर आफुहरुलाई चुनावमा भाग लिने वातावरण नबनाएसम्म भाग नलिने अडान राख्दै आएको छ । शुक्रबार पनि संसदमा बोल्दै नयाँ प्रधानमन्त्री देउवाले पहिला चुनाव गरौं, त्यसपछि संविधान संशोधान गरौला भनेका थिए । त्यसपछि आइतवार भएको सरकार र राजपाबीचको बैठकमा कुरा मिलेन । राजपाको मागलाई चुनाव अघि सम्बोधन गर्न नसकिने प्रधानमन्त्रीको भनाईपछि बाहिरिएका राजपा नेताहरुले दिउँसो कडा आन्दोलनको घोषणा गरे । 
यसअघिका प्रधानमन्त्री प्रचण्डले तीन कुरामा प्रतिबद्धता जनाएर आफ्नो नेतृत्वमा सरकार गठन गरेका थिए । त्यसमा आफुले जम्मा ९ महिना सत्ता चलाउने त्यसपछि देउवालाई हस्तान्तरण गर्ने, यो सहमति भद्रसहमति थियो । लिखित थिएन । अर्को आन्दोनमा रहेका मधेसी दलहरुलाई सहमतिमा ल्याउने, छिमेकी मुलुकहरुसंग समन्वयमा काम गर्ने र अन्तिम् थियो चुनाव गराउने । त्यस मध्ये उनले चुनाव अंशिक रुपमा गरे र सत्ताको हस्तान्तरण पूर्ण रुपमा । तर, मधेसी दलहरुलाई सहमतिमा ल्याउने कुरामा उनी सफल हुन सकेनन् । हुन त त्यही आन्दोलनका आधा हिस्साको रुपमा रहेको उपेन्द्र यादवले नेतृत्व गर्ने संघीय समाजवादी फोरमले पहिलो चरणको चुनावमा सहभागिता जनायो र दोस्रो चरणको चुनावको पक्षमा छ । 
तर, छ वटा मधेसवादी दलहरु मिलेर पहिलो चुनावभन्दा केही अघि मात्र बनेको नयाँ दल राजपा भने अझै चुनावमा आउन मानिरहेको छैन । उनीहरुलाई चुनावमा संलग्न गराउने भनेर चुनावलाई दुई चरणमा गर्ने निर्णय गरियो, निर्वाचन कानुनलाई दुई पटक संशोधन गरियो । यद्यपी उनीहरुले अझै चुनाव आउने निर्णय गरेका छैनन् । बरु दोस्रो चरणको चुनाव रोक्ने भन्दै आन्दोलनका कार्यक्रम अघि सारेका छन् । प्रचण्ड नेतृत्वमा पहिलो चरणको चुनाव गरिसकेकाले स्थानीय तहको दोस्रो चरणको चुनाव गराउने दायित्व देउवासंग छ । त्यसपछि माघ भित्रमा प्रदेश र संघीय संसदको समेत चुनाव गराइसक्नु पर्ने बाध्यात्मक संबैधानिक व्यवस्था छ । 
त्यसैले गर्दा देउवाको सफलता र असफलता मापन गर्ने पहिलो कडी चुनाव नै हो । फेरी उनले विगतमा चुनाव सार्दा जेजस्ता राजनीतिक कोर्ष मुलुकले लियो त्यसले गर्दा पनि देउवाप्रति नजर लगाउनेहरुको संख्या ठूलो छ, फेरी त्यो नियति नदोहोरियोस् भनेर । यति हुँदा हुँदै पनि राजपा यो कडी सफल बनाउने र फेल गराउने प्रमुख तत्व हो । उनीहरुलाई सहमतिमा ल्याएर चुनाव गराउने देउवाको लागि सबैभन्दा उत्तम उपाय हो । त्यो पनि असार १४ मै । त्यसपछि चुनाव गराउन गाह्रो छ । बर्षामा एकतिर कामको चटारो हुन्छभने अर्कोतिर मनसुनी मौसममा चुनाव गराउन संभव हुँदैन । 
देउवाको अर्को चुनौती भनेको प्रचण्ड नै हो । धेरैले लामोसमयदेखि बुझेको प्रचण्ड स्थीर छैनन् । उनी आफ्नो निर्णयमा लामोसमय अडिन सक्दैनन् भन्ने धेरैलाई लाग्ने गरेको छ, व्यवहारले देखाएको पनि छ । यद्यपी यसपटक उनले राजनीतिक मुल्य र मान्यताको कुरा उठाउँदै दश महिनापछि आफुहरुबीच भएको भद्र सहमति अनुसार नै देउवालाई सत्ता हस्तान्तरण गरेका छन् । यद्यपी धेरैले प्रश्न उठाईरहेका छन्, ‘प्रचण्डले भद्र सहमतिको पालना गरेका हुन् वा दोस्रो चरणको चुनावमा देखिएको जटिलताका कारण पञ्छिएका हुन् ?’ 
प्रधानमन्त्री हुँदा पनि र राजिनामा दिइसकेपछि पनि कांग्रेस र माओवादीबीचको गठबन्धन टुटाउनका लागि एमालेले भरमग्दुर प्रयास गरेको थियो । उसले माओवादी अध्यक्ष प्रचण्डलाई निसर्त समर्थनको हरियो घाँस देखाएको पनि हो । यद्यपी प्रचण्डले दश महिनाअघि एमाले अध्यक्ष केपी ओलीले आफुसंग गरेको भद्र सहमति तोड्दै गरेको अपमान सम्झिए र राजनीतिमा इमान्दारिता हुनुपर्ने भन्दै राजिनामा दिए । त्यसैले गर्दा जुनसुकै मुल्यमा कांग्रेस र माओवादीको गठबन्धन टुटाउनका लागि लागी परेको  प्रमुख प्रतिपक्षी एमाले छँदैछ । प्रचण्डको चञ्चल र अस्थीर मन पनि छँदैछ । यस्तो अवस्थामा प्रचण्डलाई सधै आफुप्रति बफदार बनाई राख्ने चुनौती देउवालाई छ । 
यद्यपी देउवाले प्रचण्डलाई हर समय निशर्त समर्थन गरेका थिए । भलै त्यसमा प्रचण्डलाई चिढ्याउँदा सत्ता आफुसम्म नआइपुग्न सक्ने त्रास थियो होला । अनि प्रचण्डले पनि गठबन्धन र आफ्नो सत्ताको खातिर देउवाले चाहेको मान्छे आइजीपी बनाउनेदेखि प्रधानन्यायाधीशबिरुद्ध महाअभियोग लगाउनेसम्मको काम गरे । बद्नामीको भागिदार बने । देउवाले पनि प्रचण्डको दश महिनाकालमा एक शब्द बिरोधको वा गुनासोमा शब्द खर्चेनन् । बरु अहिलेसम्म बनेका कुनै पार्टीको एकमना सरकारलाई आफ्नै पार्टीका नेताहरु व्यवस्थापन गर्न गाह्रो हुने गरेको देखियो, आफ्नै पार्टीका नेताहरुले असन्तुष्टि पोखेको पाइयो । तर, सरकारको नेतृत्व गरेको अवस्थामा काँग्रेसका शीर्षस्थ नेताहरुले कहिकतै प्रचण्डको अलोचना गरेको देखिएन । अवपनि देउवाबाट माओवादीका आकांक्षहरु सम्बोधन गर्ने सवालमा र प्रचण्डको देउवाप्रतिको बफादारितामो त्यही अवस्था होला या नहोला हेर्नुपर्ने हुन्छ । 
प्रधानमन्त्री देउवा सरकारका मन्त्रीहरुले ठूलै टोली लिएर ठमेलतिर बस्ने एक साधुकोमा पुगेछन् । तिनै साधुले माओवादी अध्यक्षको लागि भैसी पुजा गराएका रहेछन् । प्रधानमन्त्री भएपछि आफुलाई भोट दिएका संसदहरु र तिनलाई चुन्ने जनतालाई धन्यवादसम्म दिन भ्याइनसकेका देउवा साधु कहाँ पुगेको देखेपछि आमजनताले अनेक खालका टिप्पणी गरे । यो स्वभाविक पनि थियो । उनको प्रधानमन्त्रीकालको सुरुवात नै यस्तै विवाद र टिप्पणीबाट भएको छ । खैर यो उनको विश्वासको कुरा हो । 
उनको शाधुसन्तमा जुन प्रकारको विश्वास देखा पर्यो । त्यस्तै भाग्यमा विश्वास गर्ने नेपालीहरुमा पनि उनको सत्ता बहिर्गनमा कहिल्यै सहज नभएकोमा विश्वास गर्छन् । चौथों पटक प्रधानमन्त्री हुँदै गर्दा धेरै नेपालीले उनको यसअघिका तीन पटकका प्रधानमन्त्रीकाल सम्झिाए र पदबाट उनको बहिर्गन कसरी भयो भन्ने कुरा सम्झिए । उनको तीनै पटकको बहिर्गमन सहज थिएन । कार्यकाल पनि उत्तरचढापूर्ण रह्यो । 
उनी २०५२ मा पहिलो पटक प्रधानमन्त्री भएका थिए । तर, उनीमाथि अविश्वासको प्रस्ताव संसदमा दर्ता भयो । उनले आफुसंग बहुमत रहेको भन्दै अविश्वासको प्रस्तावको सामना गर्ने तयारी गरे । जव अविश्वासको प्रस्तावमाथि भोटिङ सु्रु भयो । कांग्रेसकै दुई जना सांसद अनुपस्थित रहेको थाहा पाए । त्यसबेला उनको जुन अवस्था थियो, त्यो नोटिसेवल थियो । अविश्वासको प्रस्ताव पास हुने अवस्थामा त थिएन । तर, प्रधानमन्त्रीको पक्षमा बहुमत पनि पुगेन । अन्तत् उनले पदबाट राजीनामा दिए । 
दोस्रो पटक उनी ०५८ सालमा प्रधानमन्त्री भएका थिए । माओवादीको सशस्त्र संघर्ष चरम अवस्थामा थियो । उनले माओवादी नेताहरुको टाउकोको मुल्य तोकेका थिए । चुनाव गराउनु थियो । परिस्थिती अनुकुल थिएन । उनले तत्कालिन राजा ज्ञानेन्द्र समक्ष चुनाव सार्न सिफारिस गरे । संसद भंग भइसकेको थियो । राजाले उनलाई असक्षम घोषणा गरे र प्रधानमन्त्रीबाट हटाई दिए । उनको सत्ताबाट दोस्रो बहिर्गमन पनि सहज भएन । 
अब तेस्रो हेरौं । राजाले प्रधानमन्त्रीको लागि निवेदन दिन आह्वान नै गरे । एमालेका तत्कालिन महासचिव माधव कुमार नेपालसम्मले निवेदन दिए । प्रधानमन्त्री छानिए, कांग्रेस नेता शेरबहादुर देउवा २०६१ सालमा । उनले गोर्खाका राजाबाट न्याय पाएको अभिब्यक्ति दिए । हर्षले विभोर बने । तर, असक्षम घोषणा गर्ने राजाले दिएको नियुक्ति पनि फापेन । राजाले उनलाई पुन अपदस्त गरे । भ्रष्टाचारको आरोपलगाएर हिरासतमा पठाए र शासन आफ्नै हातमा लिए । 
यसरी देउवाको सत्ताबाट बहिर्गमन सहजरुपमा नभएको थाहा पाएका नेपालीहरुले त्यही नराम्रो ग्रहदशा कटाउन साधुकहाँ पुगेको होला भन्ने सोचमा छन् । आममानिसमा रहेको यो गहिरो सोच देउवाका लागि प्रत्यक्ष त होइन, तर अप्रत्यक्ष चुनौती हुन् । यसलाई पार गर्नु देउवाको दायित्व हुन्छ । यसका लागि उनले विगतमा सत्ता संहालेका बेलाहरुमा जस्तै एकांगी, एकलौटी र हडबडाएर होइन, संयमताका साथ, समन्वय गरेर अघि बढ्नु अपरिहार्य छ ।
 
फेरिएको देउवाको दिन
राजनीति गर्नेले सांसद, मन्त्री र प्रधानमन्त्री बन्ने लक्ष्य सामान्यतः राखेकै हुन्छ । यति मात्र होइन, राजनीतिमा सधै स्थापित भइरहने अभिलाषा पनि राखेकै हुन्छ । तर सबैलाई सधै यो अवसर जुर्दैन । सांसद, मन्त्री होइन, प्रधानमन्त्री । त्यसमा पनि एकपटक होइन, चौथो पटकसमेत प्रधानमन्त्री बन्ने सौभाग्य पाएका शेरबहादुर देउवाका लागि यो सुनौलो अवसरको रुपमा प्राप्त भएको मान्न सकिन्छ । 
नेपाली राजनीतिमा दुईपटक प्रधानमन्त्री बनेका नेता पनि कमै छन् । चार–चार पटक प्रधानमन्त्री बन्ने सौभाग्य देउवाले पाएका हुन् । यो नेपाली राजनीतिमा बिरलै हुने सत्ता समीकरणले अवसर प्रसस्त देखाइदिएको पनि छ । एकपटक प्रधानमन्त्री भएपछि नेपाली राजनीतिमा रिटायर्ड हुने परिवेश स्थापित हुन दिने छैन । नेपाली राजनीतिमा स्थापित भइराख्ने यो सुनौलो अवसरका रुपमा पनि देउवाको चौथोपटकको सत्तारोहणले पुष्टि गर्नसक्नुपर्छ । 
नेपाली राजनीतिमा देउवा सफल पात्र भने होइनन् । उनी भाग्यमानी भने पक्कै हुन् । यसअघि नै राजाबाट असक्षम प्रधानमन्त्रीका रुपमा घोषित देउवाका लागि आफू सक्षम भएको पुष्टि गर्ने यो मौका पनि हो । उनका लागि अहिले चुनौतीका चाङ छन् । ती चुनौतीको सामना गर्दै अघि बढ्न सके भने मुलुकमा देउवाको दिन फेरिने छ । यो उनका लागि अन्तिम मौका हुनसक्छ । 
देउवाका सामु अहिले बाँकी रहेको स्थानमा स्थानीय चुनाव सम्पन्न गर्नुपर्ने पहिलो चुनौती छ । त्यसका लागि मधेस तराई केन्द्रीत राष्ट्रिय जनता पार्टीलाई मनाउनुपर्ने चुनौती छ । दोस्रो स्थानीय निर्वाचनको मिति घोषण भइसकेको छ । असार १४ गतेका लागि निर्धारण गरिएको निर्वाचन पनि सार्नुपर्ने अडानमा राजपा छ । यो राजपाको अडानका कारण स्थानीय निर्वाचन नै फेरि सर्ने खतरा पनि छ । निर्वाचन सारेर मात्र पनि हुँदैन, निर्वाचनका लागि संविधान संशोधनमार्फत आफ्ना माग पूरा हुनुपर्ने अडानमा राजपा छ । त्यसैले देउवाका सामु संविधान संशोधन अर्को चुनौती पनि छ । 
त्यति मात्र होइन, देउवाका लागि प्रदेश र संघको निर्वाचन गर्दै नयाँ संसदीय राजनीतिको अभ्यास सुरुवात गराउनुपर्ने चुनौती पनि छ । यो चुनौती पार गर्दै निर्वाचन मात्र नयाँ संसदीय संरचनालाई संस्थागत गर्न सकियो भने देउवा सफल नेताका रुपमा स्थापित हुनेछ । यो देउवाका लागि सुनौलो अवसर हो । यो अवसरलाई किमार्थ छाड््न हुन्न भन्ने कुरालाई कांग्रेस स्वयमले पनि आत्मसात गर्न जरुरी छ । कांग्रेसमा पलाउँदै गएको चर्को गुटबन्दी मत्थर पार्दै अघि बढ्नु र मुलुकका समस्या समाधान गर्नु पनि देउवाका सामु चुनौती बनेर उभिएको छ । यसलाई सहजै चिर्न सक्नुपर्छ ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment

  • Photos

    Nepalese Press Night (UK) 2017

More Videos

 
  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

  • Ledley King at Gurkha Cup 2017 II HD Video III

  • Milan Amatya - Fariya Choubandi (Official Video) ft. Juna Sundas, Alisha Rai

  • Lali Budhathoki in UK lll Maya Le Maryo Salaijo bhaka ll

  • Gita Paija in UK lll Barpaki ki Maya lll FNJ UK Charity Program 2017

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Riya Thapa & Esme Thapa lll Danda ra Kanda lll घन बहादुर थापा मगरको बस्ती एल्बम बाट

TV Programme

 
  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

  • An Interview with the oldest Mount Everest Climber Mr Min Bahadur Sherchan

  • Miss Mita kwone Gurung dancing at Kwone (Ghotane/ Ghonde) Gurung (Tamu) Samaj UK Programme 2017

  • मनै मेरो चङगा भो Man Mero Changa Bho Orginal Udaya/Manila Sotang Cover By Deepa Tamang/Mahendra Rai

Upcomming Events

  • Dhampus Pariwar UK Party
    Oak Farm,Farnborough
    on 19-08-2017
  • Nepali Mela 2017
    Kempton Park
    on 27-08-2017

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions