ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

तमु मौलिक पोसाकमा आएको विकृति रोक्नु पर्छ : कलाकार रुपा गुरुङ



तमु मौलिक पोसाकमा आएको विकृति रोक्नु पर्छ : कलाकार रुपा गुरुङ

-

विद्यार्थी जीवनदेखि नै नृत्यमा असाध्यै रुचि राख्ने रुपा गुरुङ स्टेजमा जम्ने एक स्थापित पोखरेली कलाकार हुन् । कास्कीको सिक्लेस स्थायी घर भएका रुपाको जन्म भारतमा भएको हो । भारतीय सेनामा जागिरे उनका बुबा चुडामान गुरुङ उतै पल्टनमा हुँदा रुपाको जन्म भएको हो । उनी ६ वर्षको हुँदा उनको परिवार नेपाल आयो र पोखरामा स्थायी बसोबास गर्न थाल्यो । रुपाले पोखराकै भद्रकाली उच्च मा.वि.बाट कक्षा १२ सम्मको अध्ययन गरेकी छिन् । अहिले उनी आफ्नै दाइको हाडवार्यर पसलमा दाईलाई व्यवसायमा सघाउँदै एकाउन्टेन्टको रुपमा काम गर्दै आएकी छिन् भने पोखरा चिसापानीमा रहेको डिजनी मन्टेश्वरीमा पनि नृत्य प्रशिक्षकको रुपमा कार्यरत छिन् । 
रुपा ७ कक्षामा पढ्दादेखि नै तमु प्ये ल्हु संघको युवा समितिमा आबद्ध भएर कलाकारको रुपमा संलग्न रहेकी थिइन् । त्यही समयबाट सुरु भएको उनको प्ये ल्हु संघको यात्रा आजसम्म पनि निरन्तर छ । उनका त्यतिबेलाका समकालिनहरु कता पुगे, कति त नेपालमै छैनन् भने कतिले नेपालमै भएर पनि प्ये ल्हु संघलाई माया मारेका छन् । तर, रुपाको यो यात्रा भने अहिले १८ वर्ष पुगिसक्दा पनि रोकिएको छैन । उनले लगातार ९ वर्षसम्म तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिको सांस्कृतिक विभाग प्रमुख भएर काम गरेका छन् भने हालै सम्पन्न युवा समितिको अधिवेशनबाट उनी द्वितीय उपाध्यक्षमा निर्वाचित भएकी छन् । 
यो अवधिमा उनले सांस्कृतिक विभाग सम्हाल्दा २ पटकसम्म तमु प्ये ल्हु संघ हङकङले आयोजना गरेको भव्य सांस्कृतिक कार्यक्रममा बेजोड नृत्य प्रस्तुत् गरी विदेशमा रहेका दर्शकको पनि मन जित्न सफल भएकी छन् । यतिबेला भने उनी तमु प्ये ल्हु संघ युकेले अब छिट्टै आयोजना गर्न लागेको विशेष सांस्कृतिक कार्यक्रममा आप्mनो दमदार नृत्य प्रस्तुत गर्ने तयारीमा जुटेकी छिन् । रुपाले विदेशमा मात्रै नभएर नेपालका विभिन्न जिल्लाहरुमा तमु प्ये ल्हु संघमार्फत युवा सांस्कृतिक जागरण अभियान लिएर गोरखा र लमजुङ जिल्लाका विभिन्न गाउँलगायत तमु प्ये ल्हु संघको शाखा समिति भएको अन्य जिल्लाहरुमा पनि पुगेर आफ्नो सांस्कृतिक प्रस्तुति प्रस्तुत् गरिसकेकी छन् ।  
रुपा साँस्कृतिक विभाग प्रमुख हुँदा उनकै सक्रियतामा प्ये ल्हु संघको युवा टोलीले पोखरादेखि अन्नपूर्ण वेसक्याम्पसम्मको १४ दिने कठिन तर रमाइलो सांस्कृतिक यात्रा पूरा गरेको थियो । जुन कार्यक्रममार्फत् युवाहरुले करिब ६ लाख रुपैयाँ संकलन गरेर आफ्नो संस्थालाई आर्थिक रुपमा अझै मजबुत बनाउने काम गरेका थिए । “मलाई सानै उमेरदेखि नाच्नमा साह्रै रुचि थियो, त्यसैले म प्ये ल्हु संघमा नाच्नकै निम्ति गएको हुँ”, उनले भनिन् । “त्यतिबेला अरु कतिपय साथीहरु पनि नाच्ने र एक छिनलाई रमाइलो गर्ने सोचले आएको हुन्थ्यो । तर विस्तारै संस्थामा आबद्ध हुँदै गएपछि ‘प्ये ताँ ल्हु ताँ’सम्बन्धी निकै कुराहरु बुझ्दै गए र पछि आफैंमा एउटा जिम्मेवारी महसुस हुन थाल्यो । अहिले समय धेरै परिवर्तन भइसकेको छ । पहिले, प्ये ल्हु संघमा युवाहरु मनोरञ्जनको लागि आउने गर्थे भने अहिलेका युवाहरु ‘प्ये ताँ ल्हु ताँ’सम्बन्धी केही बुझ्नलाई आएको मैले धेरै पाएको छु”, उनले थपे । युवाहरुले प्ये ल्हु संघमा केही पाउनलाई आउनुभन्दा केही दिनलाई आउनुपर्ने उनको भनाइ छ । उनले अहिलेसम्म थुप्रै समूहलाई नृत्य प्रशिक्षण दिइसककी छन् भने केही म्युजिक भिडियो र गुरुङ चलचित्रका केही गीतहरु तथा कौडा गीतहरुमा पनि कोरियोग्राफर भएर काम गरिसकेकी छिन् । तमु प्ये ल्हु संघ युकेका आमा समिति सदस्य बिजामाया गुरुङको निर्माण र परिकल्पनामा तयार भएको कास्कीको मार्गीगाउँको म्युजिक भिडियो पछिल्लो समय रुपाले कोरियोग्राफी गरेको गीत हो ।  
“अहिले तमु मौलिक भेषभुषामा धेरै विकृति आएको छ, हामीले यसलाई रोक्नुपर्छ । त्यसैले मैले आफूले सक्दो तमु मौलिक पोसाकलाई संरक्षण गर्ने र अझ बढवा दिने कोसिस गर्दैछु”, उनी भन्छिन् । भविष्यमा आफू नृत्य विधासँग अलग भएर बस्न नसक्ने र कलाकारितामै आफूलाई आनन्द मिल्ने रुपाको भनाइ छ ।  
प्रस्तुति : रोशनी गुरुङ
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment

  • Photos

    Nepalese Press Night (UK) 2017

  • Photos

    Launching of Ghan Bahadur Thapa's Musical Albums

  • Photos

    Late Min Sherchan Shok Sabha photos

More Videos

 
  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

  • Ledley King at Gurkha Cup 2017 II HD Video III

  • Milan Amatya - Fariya Choubandi (Official Video) ft. Juna Sundas, Alisha Rai

  • Lali Budhathoki in UK lll Maya Le Maryo Salaijo bhaka ll

  • Gita Paija in UK lll Barpaki ki Maya lll FNJ UK Charity Program 2017

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Riya Thapa & Esme Thapa lll Danda ra Kanda lll घन बहादुर थापा मगरको बस्ती एल्बम बाट

  • AMA- Anita Subba /संगीत हरिश माथेमा / special song for mother´s day

  • Pohor Saal ...Aruna Lama ... 1st Anniversary of Peepal Mortgages ( performance by Namlo Band )

  • Welcome to Hon. Kehsari Gharti Magar from Magar Association UK

  • Welcome to H. E. Thubwang Tenzen Rinpoche at the BCCUK, Adershot , UK

TV Programme

 
  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

  • An Interview with the oldest Mount Everest Climber Mr Min Bahadur Sherchan

  • Miss Mita kwone Gurung dancing at Kwone (Ghotane/ Ghonde) Gurung (Tamu) Samaj UK Programme 2017

  • मनै मेरो चङगा भो Man Mero Changa Bho Orginal Udaya/Manila Sotang Cover By Deepa Tamang/Mahendra Rai

  • An Interview with Singer Manoj Gurung

  • An Interview with Zuxon Coaktail Bar and Restaurant Owner Arun Pun & Prakash Gauchan

  • President of Tamu dhee UK Mr. Gyam Gurung in Everest Channel

  • An Interview with Singer Milan Amatya

Upcomming Events

  • Mardikhola Samaj UK Party
    Oak Farm School , Farnborough
    on 01-07-2017
  • Sahara UK Summer Family Camping Outing
    For £ Days ( 21st, 22nd & 23rd)
    on 21-07-2017
  • Dhampus Pariwar UK Party
    Oak Farm,Farnborough
    on 19-08-2017
  • Nepali Mela 2016
    Kempton Park
    on 27-08-2017

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions