ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

एसइई परीक्षा : सहभागी छात्रा बढी, नतिजामा छात्र



एसइई परीक्षा : सहभागी छात्रा बढी, नतिजामा छात्र

प्रकाश सिलवाल -

काठमाडौँ (असार ३) । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा कुल सहभागीमध्ये छात्राहरु बढी भएपनि राम्रो नतिजा ल्याउनेमा छात्रहरु बढी देखिएका छन् । 
शुक्रबार सार्वजनिक भएको संवत् २०७३ को परीक्षाफलमा स्तरीकृत अङ्क (जिपिए) ३ दशमलव ६५ देखि ४ सम्म औषत अति उत्तम क्षमताका कुल १२ हजार २८४ विद्यार्थी देखिएकामा छात्र ३ दशमलव ७५ र छात्रा २ दशमलव ३४ प्रतिशत छन् । परीक्षामा नियमिततर्फ कुल चार लाख ४५ हजार ५६४ मध्ये छात्र दुई लाख २१ हजार ६८२ (४९ दशमलव ७५ प्रतिशत) र छात्रा दुई लाख २३ हजार ८८२ (५० दशमलव २५ प्रतिशत) सहभागी थिए । 
 
विसं २०७२ मा जारी भएको विद्यालय शिक्षामा अक्षराङ्कन पद्धति कार्यान्वयन कार्यविधिअनुसार प्राप्ताङ्क नदिई परीक्षार्थीलाई विषयगत ग्रेड दिइन्छ । त्यसअघि प्राप्ताङ्कका आधारमा उत्तीर्ण र अनुत्तीर्णसहित लब्धाङ्कपत्र (मार्कसिट) दिइने प्रवेशिका (एसएलसी) परीक्षा प्रणाली थियो । जिपिए ३ दशमलव २५ देखि ३ दशमलव ६० सम्मको क्षमताका ४२ हजार ४२७ विद्यार्थी रहेकामा छात्र ११ दशमलव २४, छात्रा ७ दशमलव ८२ प्रतिशत छन् । समग्रमा अन्य क्षमताका विद्यार्थीमा पनि छात्रकै प्रतिशत बढी छ । 
 
परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक गेहनाथ गौतमले परीक्षाफलमा देखिने यस्तो असमानता सुधारका लागि मूलतः कक्षामा गरिने सिकाइ सहजीकरण क्रियाकलापमा सुधार गर्ने, विद्यालयमा उचित सिकाइ वातावरण सुदृढ गर्ने, पाठ्यक्रममा आधारित सिकाइ र पाठ्यक्रममै आधारित मूल्याङ्कन पद्दति सुदृढ गर्नुपर्ने बताए । 
 
अभिभावक सङ्घका उपाध्यक्ष सरिता अर्यालले विद्यालय भर्ना र परीक्षामा सामेल हुनेमा छात्राहरु बढी हुने भएपनि नतिजामा छात्रको सङ्ख्या बढी हुनुले शैक्षिक गुणस्तरमा लैङ्गिक असमानता देखिएको र यो सामाजिक सुधारकै अभियानबाट परिवर्तन गर्न सकिने बताए । 
 
शिक्षाविद् डा मनप्रसाद वाग्लेले एसइई परीक्षा प्रणालीले विद्यार्थीको गुणस्तरको सही मूल्याङ्कन गरेको मान्न नसकिने बताउँदै अक्षराङ्कन पद्धतिको नतिजालाई समग्रमा गुणस्तर सुधारको अवस्था मान्न नसकिने बताए । 
 
उनले नियमितमध्ये कक्षा ११ मा भर्ना हुन आवश्यक मानिनेभन्दा कम ३० को हाराहारीको अङ्क पनि ल्याउन नसक्ने विद्यार्थी अङ्ग्रेजी विषयमा ३३ प्रतिशत, गणितमा ४६.५५, विज्ञानमा ४३.७५ र सामाजिक शिक्षामा २३.६५ प्रतिशत भएकाले एक लाखभन्दा बढी विद्यार्थी कक्षा ११ पढ्नबाट वञ्चित हुने बताए । यसमा पनि छात्राको सङ्ख्या उच्च रहेको पनि उनले बताए । 

 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

नेपालमा भएको चुनावमा कांग्रेस हार्नुको कारण

एजेन्डा गतिलो नहुनु
अन्तर्घात
वाम गठबन्धन
चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions