ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

अर्को उत्साह



अर्को उत्साह

-

स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मनोनयन पनि सकिएको छ । असार १४ गते मतदान हुँदैछ । यसले नेपाली जनतामा अर्को उत्साह जगाएको छ । स्थानीय तहको निर्वाचन नै नहुने हो कि भन्ने आशंका बढिरहेका बेला स्थानीय तहका जनताले जनप्रतिनिधि चुन्न पाउने सुनौलो अवसर मिलेको हो । 
दोस्रो चरणको निर्वाचन प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा निर्वाचन हुँदैछ । त्यसका लागि भएको मनोनयन हेर्दा थप उत्साहित बनाउने खालको बन्यो । केन्द्रीय तहमा आफ्ना नेताहरुले चुनाव बहिष्कार गर्ने बताइरहेपनि, निर्वाचनमा सहभागी नै नहुने भनिरहेपनि स्थानीय तहमा भने उनैका पार्टी नेता कार्यकर्ताहरु चुनावमा भाग लिएका छन् । यसले जनताको चुनावप्रतिको लगावलाई प्रष्टै देखाइदिएको छ । 
रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली लगायतका जिल्लामा राष्ट्रिय जनता पार्टी नेपालका स्थानीय कार्यकर्ताहरुले चुनावमा भाग लिएका छन् । कपिलवस्तुका सबै १० वटा स्थानीय तहमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । रुपन्देहीका ४ वटा गाउँपालिकामा उम्मेदवारी दर्ता गराइसकेका छन् । यो उम्मेदवारीले पक्कै पनि आफ्नो पक्कड क्षेत्र राजपा गुमाउन चाहँदैन भन्ने प्रमाण पनि हो । 
त्यसो त ठाउँठाउँमा उम्मेदवारहरुलाई धम्की दिने र विरोध गर्दै आएका नेपाल कम्युनिष्ट पार्टी (विप्लव)का स्थानीय कार्यकर्ताले समेत आफ्नो आधार इलाका रहेमो रोल्पाको थवाङमा उम्मेदवारी दिएका छन् । गाउँपालिकाका अध्यक्षमा मात्र नभएर पक्कड दरिलो रहेको वडामा समेत आफ्नो उम्मेदवारी दिएर निर्वाचनको माहोललाई थप उत्साहजनक बनाएको छ । यसले के पुष्टि गर्दछ भने स्थानीय तहमा जनता निर्वाचनमा सहभागी हुन लालायित छन् । उनीहरु जहिले पनि निर्वाचनमार्फत नै आफ्ना जप्रतिनिधि चयन गर्न चाहन्छन् । यी घटनाक्रमले पनि सो कुराहरुको पुष्टि गरिसकेको छ । 
यो स्थितिमा निर्वाचनको बहिष्कार गर्नु भनेको आफ्ना समर्थकहरुको विश्वास गुमाउनु पनि हो । यो यथार्थतालाई राजपा होस वा माओवादी विप्लव सबैले राम्ररी बुझेका छन् । जनताको मतलाई विश्वासमा लिनका लागि पनि स्थानीय तहको निर्वाचनमा आफ्नो सक्रियता स्वतन्त्र रुपमा उम्मेदवारी दिएर भएपनि जनाउने रणनीतिमा आन्दोलनरत दलहरु देखिएका छन् । 
यसअघि नै संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिले निर्वाचनमा भाग लिइसकेका छन् । निर्वाचनमा भाग मात्र लिएन, केही सथानमा विजय हासिल समेत गरेका छन् । निर्वाचनबाट भग्दाको परिणाम जनताप्रतिको अविश्वास बढ्ने कुरामा दलहरु सचेत हुन थालेको पुष्टि समेत यो पटकको निर्वाचनले गरेको छ । यो उत्साहलाई बाँकी रहेको २ नम्बर प्रदेशमा पनि चाँडै नै व्यवहारमा उतार्ने कुरामा सबै ढुक्क साथ लाग्नसक्नुपर्छ ।
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions