ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

संकटमा राजपा



संकटमा राजपा

खिम घले -

छ वटा मधेसवादी दलहरु मिलेर गत महिना बनेको राष्ट्रिय जनता पार्टी (राजपा) आफ्नै अदुर्दर्शिता र सरकार तथा मूलप्रवाहका दलहरुको बलमिच्याँइका कारण संकटमा परेको छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई समेत अस्वीकार गर्दै आमहड्ताल आयोजना गरेको राजपाको ज्यादै न्यूनमात्र प्रभाव पर्यो । उनीहरुकै प्रभाव रहेको भनिएका जिल्लाहरुमा पनि चुनावको उम्मेदवारी मनोनयन रोक्न सकेन ।   
खासमा नवलपरासी, रुपन्देही, बाँकेलगायतका आइतवार उम्मेदवारी मनोनयन भएका केही जिल्लाहरुमा राजपाको प्रभाव रहेको मानिएको थियो, त्यसैकारण धेरैलाई उनीहरुले चुनावलाई अस्वीकार गरेको र त्यसलाई रोक्ने अडान लिएकोले कुनै अप्रिय घट्ना होला की भन्ने आशंका गरेका थिए । तर, स्थिती आशंका गरिएजस्तो भएन । राजपाको आमहड्तालका बाबजुध पनि ति क्षेत्रहरुमा उम्मेदवारी मनोनयन शान्तिपूर्ण मात्र होइन, उत्साहपूर्वक सम्पन्न भयो । 
दुई दिन गरेर करिव ५ सयको हराहरीमा राजपाका स्थानीय नेता कार्यकर्ताहरु पक्राउ परेको उ आफैले जनाएको छ । शनिबार परासीमा प्रहरीले चलाएको रवरको गोली लागेर केही घाइते भएभने आइतवार रुपन्देहीको एक स्थानमा बम विष्फोटन हुँदा केही घाइते भएका छन् । यद्यपी बम विष्फोटन राजपाको तर्फबाट भएको होइन । बरु काँग्रेस, एमाले र माओवादीकै कार्यकर्ताहरु बीच ठाउँ ठाउँमा झडप भए, केही घाइतेसमेत भए एक जनाको मृत्यु भयो । 
यसले के देखाउछ भने एकातिर राजपाका नेताहरुले जे जस्तो सुकै तर्कवितर्क गरेपनि गाउँघरका जनता चुनाव रोक्न होइन, सहभागि हुन चाहन्छन् भन्ने देखाएको छ । अर्कोतिर उसंग आफ्नो प्रभाव क्षेत्र भएको भनिएका स्थानहरुमासमेत निर्वाचन भाँड्न सक्ने क्षमता छैन । अव सरकार र संस्थापन पक्ष हौसिएको छ, प्रदेश नम्बर दुईमा समेत चुनाव गराउन सकिने रहेछ भन्ने भनाईहरु सुनिन थालेका छन् । 
राजपा नयाँ संविधानले मधेसीको सवालहरुको सम्बोधन गरेको छैन भनेर निरन्तर रुपमा आन्दोलन गर्दै आएका छ वटा दलहरुको एकीकृत पार्टीको नाम हो । यसअघि यो छ पार्टीका साथै उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम पनि आन्दोलनको मैदानमा थियो । तर, उपेन्द्र यादवले स्थानीय तहको पहिलो चरणको निर्वाचन भन्दा केही अघि मात्र गठबन्धनबाट बाहिरीएर चुनावमा भाग लने निर्णय लियो । मधेसकै दलको रुपमा रहेको विजय गच्छदारले नेतृत्व गर्ने फोरम लोकतान्त्रिक यसअघि देखि नै चुनावको पक्षमा थियो । 
यसरी एक्लिंदै गएको राजपाले भने संविधानको संशोधन, मधेसमा स्थानीय तह थप तथा आन्दोलनका क्रममा मारिएका र घाइतेलाई क्षतीपूर्ति नदिएसम्म चुनाव भाग लिन नसक्ने अडान राख्दै आयो । यसबीचमा दर्जनौ पटक वार्ताहरु भए । तर, कुरा मिलेन । सरकारले अघि बढाएको संविधान संशोधनको प्रस्ताव एमालेका कारण संसदको दुई तिहाई बहुमतबाट पास हुने संभावना नै रहेन । एमाले उक्त संशोधनको विरुद्धमा रहेको छ । त्यसैगरी प्रचण्ड नेतृत्वको सरकारले अघि सारेको मधेसमा स्थानीय तह थप्ने निर्णय पनि सर्वोच्च अदालतको आन्तरिम आदेशबाट रोकिएको छ । 
यस्तो अवस्थामा सरकार आफैले राजपाको माग सम्बोधनका लागि गर्न सक्ने ज्यादै थोरै संभावना रहेको छ । उसको माग पुरा गर्नको लागि एमालेले संविधान संशोधनको लागि सहमति जनाउनु पर्ने हुन्छभने अर्कोतिर सर्वोच्च अदालतले सरकारले गरेको मधेसमा स्थानीय तह थप्ने निर्णयलाई बैधानिक ठह¥याउनु पर्ने हुन्छ । तर, तत्काल यि दुवै कार्य हुने संभावन छैन । यस्तो अवस्थामा सरकारले राजपाका लागि गर्न सक्ने ठाउँ भनेको चुनाव सारेर पर्खने हुन्थ्यो । तर, पहिलो चरणको चुनाव भइसकेका र दोस्रो चरणको चुनावलाई दुई पटक सारिसकेको सरकारले राजपाको सबैभन्दा धेरै प्रभाव रहेको २ नम्बर प्रदेश बाहेक अरुमा सार्न चाहेन । 
सरकारले २ नम्बर प्रदेशको चुनाव असोज २ गतेका लागि सारिदियो भने उम्मेदवारी मनोनयनलाई असार २ गतेबाट ४ गतेका लागि सार्यो । त्यसैगरी राजपाले चुनावमा सहभागी हुन चाहेको अवस्थामा भनेर  निर्वाचन कानुनका केही बुँदाहरुलाई पनि संशोधन गरिदियो । तर, राजपाले आफ्नो पुरानै अडान छाडेन । आमहड्तालसहितको आन्दोलनका कार्यक्रम घोषणा गरेर चुनाव रोक्ने जिकिर गरिरह्यो । तर, असारको १४ गते चुनाव हुने प्रदेश नम्बर १, ५ र ७ मा उसले चुनाव रोक्न सक्ने छेकोछन्दो छैन ।
यसले राजपाको अस्तित्वमा नै संकट उत्पन्न हुनसक्ने अवस्था सृजना भएको छ । पहिलो संविधानसभामा मधेसको शक्तिको रुपमा उदाएका यि मधेसवादी दलहरु दोस्रो संविधानसभाको चुनावमा नराम्ररी पराजित भएका थिए । त्यसको मुल कारण यिनीहरु बीचमा भएको टुटफुट नै थियो । अहिले मिलेका ६ वटा मधेसवादी दलहरुको कुल प्राप्त मत जोड्ने हो भने एउटा पार्टीको रुपमा २ नम्बर प्रदेशका सबै जिल्लामा राजपाको बढी हुन्छ । काँग्रेस र एमालेको भन्दा पनि बढी हुन्छ । तर, फुटेर छु्ट्टछुट्टै लड्दा सर्मानाक हार व्योहोर्नु पर्यो । 
यिनीहरुबीच भएको त्यो टुटफुटले निम्त्याएको समस्या कै कारण, पराजयकै कारण हुनुपर्छ छ वटा दलले पार्टी एकीकरण गरेको । यो छ दल एकीकरण भएर राजपाको गठनमा धेरैले यिनीहरु पनि चुनावमा आउने भएभनेर स्वागत गरेका थिए । तर, राजपा चुनावमा आउन नसक्नुमा उसको मात्र होइन, सरकार पनि त्यतिकै  जिम्मेवार छ । 
पार्टी एकीकरण गरेर काठमार्डाैं आएका राजपाका नेताहरुलाई सुरुमा पहिलो चरणको निर्वाचन अघि नै चुनावमा भाग लिने अवसर प्रदान गरिनु पर्दथ्यो । त्यस बेला उनीहरुले पार्टीको नाम र चुनाव चिन्हसमेत सार्वजनिक गरेका थिए । तर, निर्वाचन आयोगमा त्यसअघि नै अर्कै दलको नाममा उक्त चिन्ह रजिष्टर भइसकेको रहेछ । त्यसपछि पनि उनीहरुले चुनावमा भाग लिने अवसर दिन पटक पटक निर्वाचन आयोग पुगेका थिए । तर, कानुनी प्रकृया मिलाउन नसक्द त्यो संभव भएन । उनीहरुले आफुले रोजेको चुनाव चिन्ह नपाउने अबस्था बन्यो । 
गलत प्रकृया सुरुवात उनीहरुलाई बाहिर राखेर पहिलो चरणको निर्वाचन गराउने प्रचण्ड सरकारको तर्फबाट भएको थियो । चुनावमा आउनै लागेको राजपालाई उसलको प्रभाव क्षेत्र मधेसमात्र भएकोमा फाइदा उठाउँदै पहाडका जिल्लाहरु समेटेर बनाइएको तीन वटा प्रदेशमा निर्वाचन गरायो । त्यो निर्वाचन गर्नुमा प्रचण्डको स्थानीय तहको निर्वाचन गराएर सरकार छाड्ने जिद्दी जिम्मेवार थियो । बरु पहिलो चरणको निर्वाचनलाई केही पछि धकेलेर भएपनि राजपालाई त्यही बेला चुनावमा ल्याउन सकेको भए सजिलो हुन्थ्यो । 
त्यस बेला चुनावभन्दा बाहिर रहेको राजपाले आफ्नो अडानलाई कसिलो बनाउँदै लग्यो । संविधानको संशोधन, स्थानीय तहको संख्या थाप्लेलगायतका मागहरुमा अडिग हुन थाल्यो । हालै संसदको सबै प्रकृयालाई निलम्बन गरेर निर्वाचन ऐनलाई संशोधन गरेर राजपाको लागि बाटो खुला गर्ने कार्य गरिएपनि राजपा टाडँ गइसकेको थियो । 
तर, यो दुरीले अरुलाई भन्दा तत्कालका लागि राजपालाई र कलान्तारमा मुलुकलाई असर पार्ने देखिएको छ । यस्ता अधिकारसम्बन्धी विषयहरु निरन्तर रुपमा लामोसमयसम्म चलिरहने सवालहरु हुन् । दार्जिलिंगकै आन्दोलनलाई हेरौं । त्यहाँ नेपाली भाषीहरुले आन्दोलन सुरु गरेको दशकौं बित्यो । कुनै बेला अलि साम्य भएजस्तो देखिएपनि फेरी उठ्छ । यसपटक फेरी दर्जिलिंग जुर्मुराएको छ । मधेस वा जनजातिको वा दलितका सवालहरु यसरी नै फेरी उठ्ने बिषय हुन् । 
तर, राजपा भने त्यो मुद्दा उठाउने एउटा पार्टी हो । यसले समयसंग बग्न सकेन भने विलाउछ वा कमजोर हुन्छ । यही अवस्थामा राजपा पुगेको भान हुन थालेको छ । मधेसकै सहयात्री दलहरु संघीय फोरम र फोरम लोकतान्त्रिक चुनावमा सहभागी भइरहेको बेला राजपाले भने जस्तो उसले बहिस्कार गर्दैमा चुनावले बैधानिकता नपाउने अवस्था रहन्न । अर्कोतिर उसले चुनावमा अबरोधै गर्न सकिने पनि दखिन्न । 
राजपासंग  आफु स्थापितै रहन दुई मध्ये एक विकल्प थियो । कित चुनाव हुनै नदिने वा चुनावमा भाग लिने । तर, उसले चुनावमा भाग नलिने नीति लियो, तर चुनावलाई विथोल्न सक्ने अवस्था देखा परेन । 
यस्तो अवस्थामा एक पटक अरु नै पार्टीका लागि भोट हाल्न गइसकेको जनताले राजपालाई बिर्सने संभावना बढी हुन्छ । जसरी माओवादीबाट फुटेको मोहन बैद्यले नेतृत्व गरेको माओवादीे दोस्रो ंसंविधानसभाको निर्वाचन बहिस्कार गरेपछि विलाएर गयो । 
त्यसैले राजपासंग अव असोज २ गते हुने तेस्रो चरणको चुनावमा भाग लिने विकल्प छ । यद्यपी अव हुने वार्ताहरुमा सरकारको हात माथि परेको छ । त्यसो भन्दैमा सरकारले बिरालोलाई बन्द कोठामा थुनेर छेके जस्तो गर्नुहुन्न । पुरा गर्न सकिने उसका मागहरुलाई पुरा गरिदिएर चुनावमा आउने वातावरण बनाइदिनु पर्छ । राजपाले पनि आफुले उठाएका सवालहरुलाई संगै राखेर चुनावमा भाग लिनु पर्दछ । चुनाव पनि त एउटा मोर्चा नै हो । सवाल फेरी उठ्नेछ । जनता फेरी जाग्ने छ ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions