ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

ठूलो षड्यन्त्र गरी हामीलाई चुनावमा भाग लिन दिएन



ठूलो षड्यन्त्र गरी हामीलाई चुनावमा भाग लिन दिएन

-

केशव झा, महासचिव, राष्ट्रिय जनता पार्टी नेपाल
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल स्थानीय तह निर्वाचनको विरोधमा उभिएको छ । सरकारले संविधान संशोधनलगायतका माग पूरा गर्ने प्रतिबद्धता र प्रदेश नम्बर २ को निर्वाचन सारे पनि राजपाले माग पूरा नभएसम्म चुनावमा भाग नलिने अडान छाडेन । पहिलो चरणको निर्वाचनमा भाग नलिएको राजपा दोस्रो चरण पनि बिथोल्ने तयारीमा छ । यद्यपि असार १४ गते हुने दोस्रो चरणको निर्वाचनका लागि राजपाको बन्द र विरोधबीच आइतबारको मनोनयन समग्रमा शान्तिपूर्ण सकिएको निर्वाचन आयोगले जनायो । माग पूरा गर्नुपर्ने एकसूत्रीय अभियानमा रहेको राजपाले मतदानको दिनलाई लक्षित गरेर आन्दोलनका थप कार्यक्रम घोषणा गरिसकेको छ । चुनावमा सहभागी नहनुको कारण र आगामी योजनाबारे राजपा महासचिव केशव झासँग एभरेस्ट टाइम्सले गरेको कुराकानी । 
तपाईंहरुले दोस्रो चरणको निर्वाचनमा पनि भाग लिनुभएन, किन ? 
हाम्रा माग, मुद्दाहरु जबसम्म सम्बोधन हुँदैन, तबसम्म हामी संविधानको कार्यान्वयनको पक्षमा अघि जान सक्दैनौं । अधुरो संविधानलाई पूर्णता दिनुपर्छ । संघीयता हाम्रो पनि माग हो । स्थानीय तहमा जनसंख्याको अनुपातमा संख्या बढाउनुपर्छ, आन्दोलनका घाइतेको उपचार, मृतकलाई सहिद घोषणा, सहिदका परिवारलाई क्षतिपूर्ति नदिलाई चुनाव अगाडि बढाइएकोले हामीले भाग नलिएका हौं । जबसम्म यी विषयमा पुनर्विचार हुँदैन, तबसम्म चुनावमा भाग लिँदैनौं । 
निर्वाचनमा भाग नलिँदा तपाईंहरुको प्रभाव क्षेत्रमा अरु जनप्रतिनिधिले शासन गर्ने भो नि ?
अहिलेको संविधानको व्यवस्थाअनुसार स्थानीय, प्रदेश र केन्द्र गरी तीनवटा तह छन् । स्थानीय तह निर्वाचनमा सहभागी नभए पनि हाम्रो माग पूरा भएमा बाँकी निर्वाचनमा भाग लिन्छौँ नै । त्यो अवस्थामा हाम्रो अवस्था कमजोर नरहला भन्ने विश्वास छ । पार्टी त बन्ने र अवसान हुने अवस्था रहिरहन्छ । पहिलो कुरा, मुद्दा बचाइराख्यौं भने राम्रो । मुद्दा बचाउन सकेन भने हामीले सधैँभरि कलंक बोक्नुपर्ने हुन्छ । कलंकित हुनुभन्दा राष्ट्रिय मुद्दा बचाउन आवश्यक ठान्यौ र अब त्यसरी नै अगाडि बढछौँ । 
माओवादी नेता मोहन वैद्य, विप्लव नेतृत्वको पार्टीहरु निर्वाचनमा जाँदा लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने राजपा निर्वाचनमा नजानु आश्चर्य भएन र ?
यो भन्दा अगाडि संविधानसभाको दुईवटा निर्वाचनमा हामीलाई जनताले भोट दिएका थिए । त्यसको म्यान्डेट अझै हामीले पूरा गर्न सकेका छैनौँ । एउटा म्यान्डेटका लागि भोट दिइसकेपछि पूरा नगरी फेरि भोट माग्न जाँदा उचित हुँदैन । संविधानमा जनताको अधिकार लेखाउन नसकेको अवस्थामा यो निर्वाचनमा भाग नलिने भनेका हौँ । यद्यपि, लोकतन्त्रमा निर्वाचन आधारभूत आवश्यकता हो, निर्वाचनबिना हामी अगाडि बढ्न सक्दैनौं । कस्तो परिस्थितिमा कुन निर्वाचन भइरहेको छ ? यो निर्वाचनबाट के हुन्छ मैले बुझेको छैन । किनभने, २००७ देखि २०६२/०६३ सालसम्म जति परिवर्तन भए, कुनै पनि परिवर्तन चुनाव गरेर, टेबुलमा छलफल गरेर भएको होइन, त्यो सडक संघर्षबाट भएको हो । लोकतन्त्रमा चुनाव शक्तिशाली हो, चुनावबाटै व्यवस्था फेरिनुपर्छ भनेर यसपटक हामी लाग्यौँ । तर, त्यो सफल हुन सकेन । फेरि हामीलाई सडकमै धकेल्ने काम भयो । 
पहिले संविधानको १ सय ८१ धारामा परिवर्तन गर्नुपर्ने आवश्यकता हामीले महसुस गरेका थियौँ । हामी त्यसमा अन्यन्तै लचक भयौँ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनबाट २६ सूत्रीय माग अगाडि बढाएका थियौँ । चुनाव अगाडि माग पूरा गर्ने भनेपछि हामीले चारवटा विषयमा फोकस ग¥यौँ । नागरिकता, भाषा, समानुपातिक प्रतिनिधित्व र सीमांकनको नयाँ प्रस्ताव अगाडि बढाउँदा फेरि सीमांकन मिलाउन अहिले पोसिबल नै छैन भनियो । जो सीमांकन हाम्रो बटमलाइन हो । ल ठीकै छ, सीमांकन स्थानीय तह निर्वाचनपछि गरौँला, अन्य कुरा अहिले नै गरौँ भनेर अर्को प्रस्ताव लग्यांै । त्यो नयाँ प्रस्ताव ल्याएको चुनावभन्दा अगाडि नै संबोधन गर्नलाई हो । चुनावभन्दा अगाडि पनि गरिएन । 
निर्वाचनअघि प्रतिपक्षी नेकपा एमालेलाई राखेर एउटा विश्वासको वातावरण बनाऔं । चुनावअघि क्याबिनेटले गर्न सक्ने कुरा त गरिदिनु पर्‍यो । हामीलाई चुनावमा भाग लिने वातावरण उहाँहरु (कांग्रेस, माओवादी केन्द्र)ले वातावरण बनाइदिनुपर्‍यो । बनाउँछौं भने । त्यही आधारमा प्रधानमन्त्रीको निर्वाचनमा हामीले शेरबहादुर देउवालाई मतदान गरेका हौं । आन्दोलनका मृतकहरुलाई सहिद घोषणा, मुद्दा फिर्ता गरेर बन्दी रिहाइ र स्थानीय तहको संख्या वृद्धि गरिदिने तीनवटा माग सात दिनभित्र पूरा गर्ने भन्नुभएको थियो । संविधान संशोधनको विश्वसनीय आधार पनि ल्याउने आश्वासन थियो । त्यसपछि हामीलाई चुनावमा भाग लिन प¥यो भनेर पछिल्लो समय हामीसँग कमिटमेन्ट गरियो । यो कुरा लिखित दस्तावेजमा पनि छ । त्यतिसम्म पनि हामीले कम्प्रमाईज गर्दा प्रक्रिया अगाडि बढाइएन । त्यसो भएपछि यसमा ठूलो षडयन्त्र रहेछ, हामीलाई चुनावमा भाग लिन नदिने भन्ने हामीमा परेको छ । 
संविधान नमानेर जनताले लामो आन्दोलन गरे, जसमा एकसय भन्दा बढी साहदत, धनजन क्षतिको लेखाजोखा छैन । एक हजारभन्दा बढी घाइते छन् । पाँचसय जनामाथि मुद्दा लगाइएको छ, डेढसय थुनामा छन्, कोही धरौटीमा छुटेका छन् । यति ठूूलो घटना संविधानलाई नमानेर भएको अवस्थामा यसको संबोधन उचित ढंगले भएन भने भोलिको दिनमा हुने शान्तिपूर्ण जुनसुकै आन्दोलनको पनि अर्थ हुन्न । गलत ट्रेन बस्छ । हामी चुनावमा भाग लिन तयार हुँदाहुँदै झुक्याएर सरकार र प्रमुख दलले भाग लिन दिएन । त्यसकारण मात्र हामी चुनावमा भाग नलिएका हौँ । चुनावविरोधी हुँदै होइन । 
सरकारले माग पूरा गर्छु भन्ने संसद्बाटै प्रतिबद्धता जनाएपछि चुनावमा भाग लिँदा हुन्थ्यो भन्ने आमनागरिकले आवाज सुनिन्छ ?
संविधान संशोधन हाम्रो माग, मद्दा संबोधन नभएसम्म चुनावमा नजानुस् । हाम्रो मुद्दा पनि सकिन्छ, हामीलाई विश्वास गर्ने जनताको सुझाव पनि यही छ भनेर हाम्रा हरेक जिल्ला समितिबाट पत्राचार गरेको अवस्था छ । जिल्ला कमिटीलाई गाउँका बुथ कमिटीहरुले पनि लेखेर पठाएकोले जनताको भावना कदर गर्दै चुनावमा भाग नलिने निर्णय लिएका हौँ । जनता चुनावमा जान तयार हुँदाहुँदै हामीले आफूखुसी यो निर्णय लिएका होइनौँ । जनता पनि विभिन्न पक्षमा विभाजित छन् । हामीलाई विश्वास गर्ने, पत्याउनेहरुको आदेश पालना गरेर निर्वाचनमा भाग नलिएका हौ । 
पार्टी नेतृत्व चुनावमा नजाने तर, कतिपय जिल्लामा समर्थकले भटाभट स्वतन्त्रतर्फ उम्मेदवारी दर्ता गरेको खबर आए नि ?
जहाँ जहाँ स्वतन्त्र उम्मेदवारी दिन्छन् । उनीहरुलाई हाम्रा नेता, कार्यकर्ता भनेर प्रचार गरिदिने स्थिति बन्यो । तर, हाम्रो रेकर्डमा रुपन्देहीको एउटा गाउँपालिकामा पार्टीकै नेता साथीहरुले उम्मेदवारी दिएको इन्फर्मेसन हामीले पाएका छौँ । ती साथीहरुले पार्टीको नीतिविपरीत काम गरेकोले पार्टीबाट कारबाही हुन्छ । पार्टीको नीति, सिद्धान्त, निर्णय नमान्नेहरुलाई पार्टीले कारबाही गर्नैपर्छ । 
अहिलेको निर्वाचनमा राजपामात्रै विरोधमा देखियो । यस्तो अवस्था रहिरहे सरकारले स्थानीय तहको तेस्रो चरण, प्रदेश र संघको निर्वाचन पनि तपाईंहरुबिना गर्नसक्छ, त्यस्तो अवस्थामा के गर्नुहुन्छ । 
सरकारले चाहे सकिन्छ । मानौँ, अहिले पनि २ नम्बर प्रदेशमा नसारी गरेको भए एउटा परिस्थिति त हुन्थ्यो । तर, कुनै पनि समस्या उठान भइसकेपछि त्यसको समाधान नगरी पेलेर गएमा भोलि ठूलो दुर्घटनामा परिन्छ । यो निर्वाचनले देशमा कायपलट हुने छ र ? आत्तिइहाल्नुपर्ने । पञ्चायतको बेलामा कांग्रेस र एमालेले चुनावमा भाग लिएनन् । केही फरक पर्‍यो त ? के कांग्रेस, एमाले सके त ? 
राजनीतिमा ठूलो कुरा मुद्दा हो । हामी राजनीतिक मुद्दा लिएर अगाडि बढ्नुपर्छ । एक माघले त जाडो कट्दैन नि ? यस अर्थमा हामीलाई खुसी पनि लागेको छ कि मुद्दा बचाउन सकेका छौँ । जनभावनाअुनरुप अगाडि बढ्न सकेकोमा पनि हामीलाई गर्व छ । समाजका जुनसुकै परिवर्तनको आन्दोलनमा जमात एकदमै कम हुन्छ । परिवर्तनको पक्षमा सानो समूहले वकालत गरिरहेको हुन्छ । जब संघर्षमा आउँछ त्यतिखेर पनि सानै समूहको सपोर्ट हुन्छ । संघर्ष सफलतातिर जान लागेपछि भने सबै ह्वात्तै युटर्न हुन्छ । यही देशको कयौं आन्दोलन नहेरेका होइनौं । 
पहिले पञ्चायत बनेकाहरु देशमा प्रजातन्त्र आइसकेपछि त्यतातिर ढल्के नि ! प्रजातन्त्रतिर लागेकाहरु गणतन्त्र आएपछि गणतन्त्रतर्फ फर्के । संघर्षको मैदानमा उपस्थित हुने कमै हुन्छ । हामीलाई रत्तिभर पनि चिन्ता छैन । बरु विश्वास के हो भने हामीले माग जोगाइराख्यौं भने भोलिका दिनमा नेपाली जनताले लाभ नै लेलान् । यसपटकको चुनावमा भाग नलिँदा सबै सकिइहाल्ने भन्ने होइन । राज्यमा कुनै न कुनै रुपमा भोलिका दिनमा हामी बलियो रुपमा उपस्थित हुनेछौं । राज्यले लत्याएर चुनाव गरायो, अझ पनि गराउला । त्यसले शान्ति स्थापना गर्छ भन्ने सोचेको छ भने त्यो भूलमात्रै हुनेछ ।
संविधान जारी भएको दुई वर्ष पुग्न लाग्यो । कार्यान्वयन भएको खोइ ? अहिले पनि निर्वाचनपछि साथीहरु गाउँपालिका, नगरपालिकामा आउँछन् । अनि काम गर्ने वातावरण त हुनुप¥यो नि ! यस्तै आन्दोलन चलिरह्यो भने विकास गर्न सम्भव हुँदैन । जे समस्या छ, त्यो समाधान गरेर अगाडि बढिएन भने भोलि जितेका जनप्रतिनिधिहरुले राजीनामा दिनुपर्ने अवस्था आउन सक्छ । मुख्यकुरा राजनीतिक सहमति, आपसमा मिलेर मात्रै देशको निकास निस्कने हो । होइन पेलेरै जान्छु, सबै कुरा गर्छु भनेर सोच्यो भने केही गर्न सक्दैन । हाम्रो एजेन्डा गलत छ भने हामी कहीं पुग्दैनौं तर सही छन् भने अन्ततः हाम्रा माग, मुद्दा सम्बोधन गर्न सरकार बाध्य हुनेछ । 
तपाईंहरुको बन्दका बाबजुत मनोनयन सकियो, अब मतदानको दिन के गर्ने सोचमा हुनुहुन्छ ? 
मनोनयन प्रभावित गर्ने उद्देश्यले हामीले मधेस बन्द गरायौं । तर, हामीले बम पड्काउने, कसैलाई अपहरण गर्ने काम गरेनौं । हाम्रो शान्तिपूर्ण आन्दोलन चलिरहन्छ । संविधानमा पनि शान्तिपूर्ण विरोध गर्न पाउने व्यवस्था छ । हामीले कुरा राख्ने हो । जनतामा आफ्ना माग, मुद्दाबारे प्रचारप्रसार गर्ने हो । माग पूरा भएको छैन, यतिधेरै मानिसले सहादत प्राप्त गरेका छन््, ती सहिदहरुको सपना याद गरौं भनेर सचेत गराउने हो । र, पनि कोही जान खोज्छन् भने तिनीहरुलाई बाँधेर राख्ने कुरा हुन्न । संविधानमा मौलिक हकअन्तर्गत सबैलाई वैचारिक स्वतन्त्रता, सबैलाई मताधिकारको व्यवस्था छ । सबलाई बुद्धि विवेक प्रयोग गर्न स्वतन्त्रता छ नै । हाम्रो शान्तिपूर्ण आन्दोलन हो, हामीले आह्वान गर्ने हो, अपिल गर्ने हो । जति जनाले बुझ्नुहुन्छ ठीकै छ, जति जनाले बुझ्नु हुन्न, पछि बुझ्नु होला ।
भनेपछि राजनीतिक भाषामा आलोचनात्मक समर्थन भनिन्छ, त्यही हो यो चुनावबारे तपाईंहरुको धारणा ? 
आलोचनात्मक समर्थन हुँदै होइन । हामीले विरोध नै गर्ने हो, अवरोध गर्न खोज्ने हो । तर, सकिएन र भएन भने के गर्नु र । राजनीतिक लडाइँ हो, एक दिनमा त सकिँदैन । जारी रहन्छ लडाइँ । नयाँ शिराबाट अगाडि बढ्छौं । 
तपाईंहरुले राज्यलाई दबाब दिन नसक्नुको कारणचाहिँ मधेसवादी दलहरु विभाजनको असर पनि हो नि ? 
विभाजनले अप्ठेरो हुन्छ नै । हिजो सँगै आन्दोलन गरिरहेका हाम्रै साथीहरु नै यसो नगर्नुस्, उसो नगर्नुस्् भन्दै हुनुहुन्छ । हामी नै विभाजित भइसकेपछि अभियानलाई कमजोर बनाएकै छ । त्यसमा दुई मत छैन । सरकारलाई दबाब पु¥याउन नसकेको सत्य नै हो । जुन जुन ठाउँमा हामीले आन्दोलन हाँक्न सकेनौं । यसले हाम्रो संगठन दरो रहेनछ भन्ने दर्शाउँछ । भोलिको दिनमा संगठनमा पनि काम गर्नुपर्ने देखियो । दुई नम्बरमा जस्तो हाम्रो अवस्था १ वा ७ नम्बरमा देखिएन । छैन पनि । त्यसलाई बलियो बनाएर जान्छौं । जहाँ हामी बलियो छँदैछौं, जहाँ कमजोर छौं त्यहाँ सबै मिलेको भए त्यहाँको उपस्थिति बलियो देखाउन सक्थ्यौ । त्यसले असर पारेको हो । 
संविधान, संशोधनलगायत माग अब कहिलेसम्म पूरा हुने देख्नु हुन्छ ? 
अब अधिकतम माग पूरा गराउनतर्फ लाग्छौं । दोस्रो चरणको निर्वाचन हुँदैछ । तेस्रो चरणको निर्वाचन तीन महिना पछि छ । त्यसअघि संविधान संशोधन, स्थानीय तहको संख्या वृद्धि, सहिद घोषणा, बन्दी रिहाइदेखि लिएर हाम्रो सबै माग पूरा गर्नुपर्‍मयो । अनि मात्रै हामी चुनावमा भाग लिन सक्छौं । अब त सरकारलाई पनि प्रशस्तै टाइम छ । 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment

  • Photos

    Nepalese Press Night (UK) 2017

More Videos

 
  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

  • Ledley King at Gurkha Cup 2017 II HD Video III

  • Milan Amatya - Fariya Choubandi (Official Video) ft. Juna Sundas, Alisha Rai

  • Lali Budhathoki in UK lll Maya Le Maryo Salaijo bhaka ll

  • Gita Paija in UK lll Barpaki ki Maya lll FNJ UK Charity Program 2017

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Riya Thapa & Esme Thapa lll Danda ra Kanda lll घन बहादुर थापा मगरको बस्ती एल्बम बाट

  • AMA- Anita Subba /संगीत हरिश माथेमा / special song for mother´s day

  • Pohor Saal ...Aruna Lama ... 1st Anniversary of Peepal Mortgages ( performance by Namlo Band )

  • Welcome to Hon. Kehsari Gharti Magar from Magar Association UK

TV Programme

 
  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

  • An Interview with the oldest Mount Everest Climber Mr Min Bahadur Sherchan

  • Miss Mita kwone Gurung dancing at Kwone (Ghotane/ Ghonde) Gurung (Tamu) Samaj UK Programme 2017

  • मनै मेरो चङगा भो Man Mero Changa Bho Orginal Udaya/Manila Sotang Cover By Deepa Tamang/Mahendra Rai

  • An Interview with Singer Manoj Gurung

  • An Interview with Zuxon Coaktail Bar and Restaurant Owner Arun Pun & Prakash Gauchan

  • President of Tamu dhee UK Mr. Gyam Gurung in Everest Channel

Upcomming Events

  • Sahara UK Summer Family Camping Outing
    For £ Days ( 21st, 22nd & 23rd)
    on 21-07-2017
  • Dhampus Pariwar UK Party
    Oak Farm,Farnborough
    on 19-08-2017
  • Nepali Mela 2016
    Kempton Park
    on 27-08-2017

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions