ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

आन्दोलन उही : भूमिका फरक



आन्दोलन उही : भूमिका फरक

मेजन पुन -

हामी क्याम्पस पढ्ने समयताका मगर संघमार्फत नै बुटवलको दुईवटा क्याम्पसमा अध्ययनरत मगर विद्यार्थीहरुको समिति निर्माण भएर सञ्चालनमा रहेछ र म बि.कम. अध्ययनरत रहँदा एक वनभोज कार्यक्रम आयोजना गरी त्यो समिति नयाँ निर्माण गरिएको थियो । जसमा एक क्याम्पस थप भई हामी तीन क्याम्पसमा अध्ययनरत मगर विद्यार्थीहरुको एउटा समिति निर्माण गरिएको थियो । जसमा म लुम्बिनी वाणिज्य क्याम्पसबाट सदस्य पदमा निर्विरोध निवार्चित भएको थिएँ । यसरी मगर विद्यार्थीहरुको हकहितको लागि हामी वतृत्वकला प्रतियोगिता र मुखपत्र प्रकाशन गर्न सम्भव भएका थियौं । यो समिति ०४९ सालमा निर्माण भई ०५० सालसम्म सञ्चालनमा रह्यो । यस हिसाबले मगर विद्यार्थी संघ निर्माण हुनुपूर्व पनि यो समिति मगर संघ, नगर समितिमार्फत बुटवलमा मगर विद्यार्थीहरुको हकहितमा कार्यरत थियौं ।
मगर विद्यार्थी संघ स्थापनाको लागि अधिराज्यको विभिन्न स्थानबाट आएको मगर विद्यार्थीहरुको भेलाले नेपाल मगर संघ केन्द्रीय समितिको सम्मलेन पाल्पा जिल्लाको ताहुँमा हुँदा कुरा पनि उठाएका थियौं तर सम्भव भएन । यसपश्चात् मास्टर लेबल अध्ययनको लागि काठमाडौंमा आएको बेला ०५१ सालमा मैले मगर विद्यार्थी संघ उपत्यका समन्वय समितिको सदस्यमा रहेर पुनः जिम्मेवारी पाएँ । साथै ०५४ सालतिर मगर विद्यार्थी संघ, त्रिविवि क्याम्पस समितिको अध्यक्षमा रहेर मगर विद्यार्थीको हकहित तथा एकजुट बनाउने काम गरियो । ०५१ सालतिरकै कुरा होला बुटवलबाट प्रकाशित हुने साप्ताहिक बुद्ध सन्देश पत्रिकालाई मेरो नाममा नामसारी गरी देवबहादुर पाटा र केशव सूर्यवंशी मगरले प्रकाशन जिम्मा लिनुभयो ।
यसपश्चात रुपन्देहीमा आएर आदिवासी जनजातिको सूचना र सञ्चारमा समाचार प्रकाशन नभइरहेको परिवेशमा ०५६ सालमा नयाँ राज्यसत्ता साप्ताहिक पत्रिका प्रकाशन गर्न लागियो भने दुई महिनामा निस्किने पत्रिकाको रुपमा राज्यसत्ता म्याग्याजिन पनि प्रकाशन ग¥यौं । साप्ताहिक पत्रिका ४ हजार प्रति तथा म्याग्याजिन दुई हजार प्रति प्रकाशन गरी ४५ जिल्ला र म्याग्याजिन हङकङमा समेत पु¥याउन सकेका थियौं ।
यसैको सेरोफेरोमा ०५८÷०६० सालमा नेपाल मगर संघ रुपन्देही जिल्ला समितिको उपाध्यक्ष पदमा निर्विरोध चयन भई यस समितिमा रहेर  समितिले गहकिलो कार्य गर्न सम्भव भएको छ । यसैताका ०५९ साल जेष्ठ महिनामा धौलागिरि क्षेत्रमा बसोबास गर्ने पुन मगरलगायत समग्र मगरहरुको समाचार सम्प्रेषण गर्न फिमला नामक त्रैमासिक पत्रिका दर्ता गरी प्रकाशन कार्य गरेको पनि छु । यो पत्रिका १६ अंकसम्म प्रकाशित भई अहिले बन्द छ । साथै नयाँ राज्यसत्ता साप्ताहिक र राज्यसत्ता पत्रिका पनि बन्द भएको अवस्था छ । यस अर्थमा हामी अलि व्यावसायिक बन्न सकेनौं भन्ने लाग्दछ । व्यवस्थापनको जिम्मा मेरो थियो तर साथीहरु व्यवस्थापन कमजोर भयो भनेर उम्कन पाउनु हुन्न । किनकि व्यवस्थापन कमजोर गराउनको लागि साथीहरु आफंैको पनि हात थियो । जेहोस् आदिवासी जनजातिमध्ये मगरहरुले गर्ने भव्य कार्यक्रमहरुको सूचना पत्रपत्रिकाहरुमा प्रकाशन नहुने कारणहरुले हामीलाई सचेत बनायो र यस क्षेत्रमा हामी संलग्न भयौं । यस क्षेत्रमा कार्यरत रहेकै कारण मोना हङकङ, मगर संघ हङकङ, मगर संघ युकेको मुखपत्रहरु प्रकाशन कार्यमा मेरो संलग्नता रह्यो । विशेष गरी मगर संघ युकेको मुखपत्र ८ वर्षसम्म निरन्तर प्रकाशन गर्न नेपालदेखि सहयोग गरेको अवस्था हो । साथसाथै यूएस नेपाल अनलाइन डट कम र बेलायतदेखि साप्ताहिक रुपमा प्रकाशन हुने व्यावसायिक पत्रिका एभरेष्ट टाइमको पनि नेपालमा रहेर सम्पादक तथा व्यवस्थापक भई कार्य गरेको छु । यसो गरेबापत अस्ति भर्खर बेलायतमा आएको अवसरमा मलाई स्वागत गरियो । यसको लागि एभरेष्ट टाइम समूहलाई धन्यवाद ! विगतको मेरो योगदानको कदरको लागि । नत्र कति हुन्छन्— बाटो तर्ने अनि लौरो बिर्सिनेहरु । साथै मोना युकेले तीनवटा एम्बुलेन्स म्याग्दीमा हस्तान्तरण गर्दा नेपालमा एम्बुलेन्स तथा वितरणको व्यवस्थापन गर्न मलाई संयोजक जिम्मा दिनुभएको थियो भने मोना युकेको मुखपत्रमा पनि सम्पादकको भूमिका निर्वाह गरेको थिएँ ।
साथै आफ्नो (पुन मगरहरुको) कुल करबाकेली बारेमा अध्ययन अनुसन्धान गर्न करबाकेली अनुसन्धान समिति निर्माण गरी निरन्तर ९ वर्ष खोज कार्य गर्दै करबाकेलीको थान काफलडाँडामा निर्माण गरी उद्घाटन गरेपश्चात् समिति विघटन ग¥यौं । खोजकार्यहरुको सूचना तथा समाचार फिमला पत्रिकाहरुमा प्रकाशन गरेको पनि हो । करबाकेली अनुसन्धान समितिले प्रकाशन गरेको पुस्तकहरुको पनि जिम्मेवारी पूर्ण तरिकाले कार्य निर्वाह गरेको छु । यसर्थ समाजमा पत्रिकाको आवश्यकता हो तर हाम्रो समाजले यो कुरा कमैमात्र बुझ्यो भन्ने लाग्दछ । अहिले मोबाईल र फेसबुकले मान्छे भेट्न र अनलाइन पत्रिका, फेसबुकले सूचना सम्प्रेषण गर्न निकै सजिलो भएको छ । तर जति बेला फिमला पत्रिका, नयाँ राज्यसत्ता पत्रिकाहरु प्रकाशन गरिन्थ्यो त्यो बेला निकै गाह्रो थियो । पत्रिका प्रकाशनको क्षेत्रमा लागिरहँदा गुरुङहरुको धेरै चलचित्र निर्माण भएको छ— हाम्रो (पुन) फिल्म बनेको छैन । यो क्षेत्रमा पनि सोच्नु भन्दै रिटायर्ड क्याप्टेन साहेबले भनेको कुरा मेरो मनमा अझै पनि छ । ठूलो घर, घर भाडा, पेन्सन पाउने क्याप्टेन साहेबले चलचित्र निर्माण गरे हेर्छु भनिदिँदा हामी जातीय पत्रकारिता गर्न खुट्टा लम्काइरहेको फुच्चेसँग केको पैसा हुँदो हो र चलचित्र निर्माण गरे उहाँहरुले हेर्ने भन्ने कुरा गर्नुभयो । तर यस क्षेत्रमा पनि मैले हार नखाई उचित समयको प्रतिक्षा गरिरहे । के खोज्छस्— भनेझैं करबाकेली अनुसन्धान समितिमा रहेका चामबहादुर गर्बुजाज्युसँग कुरा गर्दा उहाँ कन्भिन्स भई यो क्षेत्रले पनि हाम्रै कुरा उजागर गर्ने हो भन्नु भो । र, ०६१ सालमा धौलागिरिमा बसोबास गर्ने पुन मगरहरुको संस्कार र संस्कृतिमा आधारित रहेर एजु चलचित्र निर्माण गर्न सम्भव भयौ । यो चलचित्रको लेखन तथा निर्देशन मैले नै गरी नेपालको विभिन्न भाग, हङकङ र बेलायतमा प्रदर्शन गरी यो चलचित्रले हाम्रो लगानी उठाउन सम्भव पनि भयो । साथै एजुको कथा अपुरो भयो भन्दै एजुको अर्को भाग निर्माण गर्न बेलायतबाट अतिप्रसाद पुन, योगकुमार फगामी, बिल पुर्जा, एक फगामी र गीताप्रसाद पुनले आर्थिक पठाई दिनुभयो र एजुको अर्को भाग पनि निर्माण सम्भव भयो । यसरी आफ्नो समाजको समाचार अभावको कारण पहिला पत्रकारिता तथा बूढाबूढीले समेत हेर्न मिल्ने÷बुझ्न सक्ने माध्यम जातीय चलचित्र निर्माण कार्यतर्फ अग्रसर भई यहाँसम्मको यात्रा तय गरी आएको छु । यसक्रममा धेरै सहयोगीहरुले आफ्नो समाजको विकासको लागि भन्दै समय समयमा मन खोलेर पत्रिका वितरण गर्नेदेखि लिएर चलचित्र प्रदर्शनमा सहयोग गरेका छन् । समाजको हित अलि छिट्टो खोज्दै दिलोज्यान दिएर सहयोग गर्ने यस्ता थुप्रै व्यक्तिहरुसँग मेरो भेट भएको छ । यस्तै व्यक्ति बेगखोला १ निवासी हाल बेजिङस्टोक बस्नुहुने योगकुमार फगामीको स्पोन्सरमा अहिले म बेलायतमा छु । उहाँलगायत मेरो साथमा सकारात्मक सोच राखिदिनु हुने सम्पूर्णलाई हार्दिक नमन ।
साथै मगर समाज विविधताको समाज हो । मगरहरु नेपालको सबैजसो भू भागमा छरिएर रहेका छन् । मेरो गाउँ बेग र मेरो भाउजुको गाउँ एक डाँडाको अर्कोपट्टि पर्दछ । बिहे गर्दा भाउजुहरुको गाउँमा यति बोतल रक्सी, यति मासु ल्याउनु भनेर तोकिन्छ । हाम्रो गाउँमा यस्तो तोक्ने चलन छैन । एक डाँडाले पनि बिहे संस्कारमा एक, दुई कुराहरु फरक त ल्याउँछ भने छरिएर रहेको मगरहरुबीच केही न केही फरकपन त हुन्छ तर विविधता हाम्रो शक्ति हो । जनसंख्या हाम्रो बल । तीन प्रकारको भाषा बोलिन्छ । भाषा नबोल्ने मगरहरु पनि छौं । यो सबै हाम्रो बल बन्नुपर्दछ । पूर्वको मगरलाई दुख्दा पश्चिमको मगरलाई पनि दुख्नु पर्दछ । एक ठाउँको कुरा आउँदा अर्को ठाउँको मगरले सहायता गर्नुपर्छ । यो नै हाम्रो एकता हो । अहिले नेपालमा पनि कोरियन फिल्म हेरिन्छ । भाषा बुझेर हेरेको त होइन होला नि ? यी कोरियन फिल्ममा अंग्रेजीमा क्याप्सन लेखिएको हुन्छ र हेर्ने गरिन्छ । मगर भाषा बोल्ने ठाउँको कथा भएको कारण फिल्म रैंयाँमा पनि मगर भाषा बोलिन्छ । 
जुन ठाउँमा नेपालीमा क्याप्सन लेखिएको छ । पढ्ने मान्छेहरुले पढ्न र हेर्न सक्दछन् । विकसित देश बेलायतमा चलचित्रको प्रविधि पनि विकसित छ । यहाँको चलचित्र हेर्ने बानी लागेको तपाईहरुलाई रैंयाँ एकदम तल्लो लेबलको फिल्म लाग्ला तर यो हाम्रो कथा, हाम्रो भाषा बोकेको फिल्म हो । सानो लगानी भएको चलचित्र विकसित मुलुकमा ल्याएको छु— प्रविधिलाई भन्दा विषयलाई माया गरिदिनु होला भन्ने आशा लिएको छु । 
विकसित मुलुकहरुले चलचित्रलाई आफनो विषय देखाउने र आफनो संस्कृति अरु देशमा समेत लागु गराउने माध्यमको रुपमा चलचित्र राजनीति प्रयोग गरिरहेका छन । यो कुरा हामीले बुझिरहेको छैनौं । अरुको कुरा पनि हेर्ने, बुझ्ने आवश्यक हो तर आफ्नोपन पनि कदापि बिर्सिनु हुँदैन । यसर्थ आफ्नो समाजभित्रका विविध पक्षलाई उजागर गर्ने जिम्मा हामी आफ्नो जिम्मेवारी नै हो । यो जिम्मेवारदेखि हामी टाढा जानु हुन्न । यसर्थ आफ्नोपनलाई माया गर्न पनि सबैमा अनुरोध गर्दछु ।
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment

  • Photos

    Nepalese Press Night (UK) 2017

More Videos

 
  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

  • Ledley King at Gurkha Cup 2017 II HD Video III

  • Milan Amatya - Fariya Choubandi (Official Video) ft. Juna Sundas, Alisha Rai

  • Lali Budhathoki in UK lll Maya Le Maryo Salaijo bhaka ll

  • Gita Paija in UK lll Barpaki ki Maya lll FNJ UK Charity Program 2017

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Riya Thapa & Esme Thapa lll Danda ra Kanda lll घन बहादुर थापा मगरको बस्ती एल्बम बाट

  • AMA- Anita Subba /संगीत हरिश माथेमा / special song for mother´s day

  • Pohor Saal ...Aruna Lama ... 1st Anniversary of Peepal Mortgages ( performance by Namlo Band )

  • Welcome to Hon. Kehsari Gharti Magar from Magar Association UK

TV Programme

 
  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

  • An Interview with the oldest Mount Everest Climber Mr Min Bahadur Sherchan

  • Miss Mita kwone Gurung dancing at Kwone (Ghotane/ Ghonde) Gurung (Tamu) Samaj UK Programme 2017

  • मनै मेरो चङगा भो Man Mero Changa Bho Orginal Udaya/Manila Sotang Cover By Deepa Tamang/Mahendra Rai

  • An Interview with Singer Manoj Gurung

  • An Interview with Zuxon Coaktail Bar and Restaurant Owner Arun Pun & Prakash Gauchan

  • President of Tamu dhee UK Mr. Gyam Gurung in Everest Channel

Upcomming Events

  • Sahara UK Summer Family Camping Outing
    For £ Days ( 21st, 22nd & 23rd)
    on 21-07-2017
  • Dhampus Pariwar UK Party
    Oak Farm,Farnborough
    on 19-08-2017
  • Nepali Mela 2016
    Kempton Park
    on 27-08-2017

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions