ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

‘मनको बाबरी’लाई सफल पारेपछि सोच्नुपर्ला



‘मनको बाबरी’लाई सफल पारेपछि सोच्नुपर्ला

-

एन्सर्ज गुरुङ चलचित्र निर्माता एवम् नायिका हुन् । दृढ इच्छाशक्ति भए जेसुकै काम फत्ते पार्न सकिन्छ भन्ने मान्यतालाई अवलम्बन गरेकी गुरुङले पछिल्लोपटक चलचित्र ‘मनको बाबरी’ निर्माण गरेकी छिन् । सामाजिक कुरीतिविरुद्धको चलचित्र ‘मनको बाबरी’ असार पहिलो हप्तादेखि कास्कीको पोखरामा प्रदर्शन सुरु भयो । ’असार ३ गते पोखराको रामबजारमा भएको पहिलो प्रदर्शनमा दर्शकले चलचित्र ‘मनको बाबरी’ राम्रो र कथावस्तुको प्रस्तुति शैली मन प¥यो भन्ने प्रतिक्रिया दिनुभएको छ’ निर्माता एवम् नायिका एन्सर्जले खुसीसाथ भनिन् । स्याङ्जाको खिलुङ देउरालीमा जन्मेकी एन्सर्ज केही वर्ष बुटवल बसिन् । अचेल ललितपुरमा बस्दै आएकी उनको ’प्हिरुमाला’ डेब्यू चलचित्र हो । सानैदेखि चलचित्र लाइन रुचाउने उनी साँच्चै आफ्नो सपना पूरा भएको बताउन पछि पर्दिनन् । कलाकारिताको अलावा समाजसेवामा समेत लागिपरेकी एन्सर्ज गुरुङसँग नयाँ चलचित्र मनको बाबरी र कलायात्राबारे गरिएको कुराकानी । 
 
चलचित्र प्रदर्शनीको अवस्था कस्तो छ ? 
पहिलो प्रदर्शन राम्रो भयो । दर्शक, स्रोताले राम्रै प्रतिक्रिया दिनुभएको छ । चलचित्रको कथावस्तु नौलो किसिमले प्रस्तुत गरिएको छ भन्ने प्रतिक्रिया आएको छ । मैले सोचेको भन्दा बढी दर्शक, स्रोताको उपस्थिति पनि रहयो । पहिलो प्रदर्शनीबाट जोश बढेको छ । नेपालका धरान, इलाम, रुपन्देहीका साथसाथै अन्य जिल्ला र भारतको देहरादुनबाट समेत हाम्रोतिर कहिले ल्याउनुहुन्छ प्रदर्शनमा भनिरहनुभएको छ । समय मिलाएर देश, विदेशमा मनको बाबरी चलचित्रलाई प्रदर्शनीमा लैजाने तयारी गरिरहेकी छु । 
मनको बाबरी चलचित्रको कथावस्तुबारे बताइदिनुहोस् न ?
नेपाली समाजमा रहेको विद्यमान कुसंस्कार, कुरीतिविरुद्धको सन्देश दिने चलचित्र हो यो । विशेषगरी, हिन्दु संस्कारमा औँसीको दिन जन्मिएका (औँसिया) छोराछोरीको विवाह नहुने, कथम्कदाचित विवाह भइहालेमा घरबार राम्रो नहुने । चेली पुगेको घरमा अनिष्ट हुने रुढिवादी सोचबाट उम्कनुपर्छ भन्ने सन्देश मनको बाबरीमा छ । 
यो चलचित्र निमार्णमा क–कसको भूमिका छ ?
कथा र स्क्रिप्ट लेखन माओत्से गुरुङले गर्नुभएको छ । सम्पादन राजेन्द्र खड्का हुनुहुन्छ भने म आफैँ निर्माता हुँ । निर्माणसँगै मैले चलचित्र मनको बाबरीमा मेन हिरोइनको रुपमा अभिनय गरेकी छु । त्यस्तै, गमन घले मुख्य नायकको रुपमा हुनुहुन्छ । राजु गुरुङ, डीबी गुरुङ, एनबी गुरुङ, राजेन्द्र थापा, धनु गुरुङ, सूर्या सुनुवार, सोनी गुरुङ, सीता गुरुङलगायत कलाकारहरुले अभिनय गर्नुभएको छ । क्यामरामा हरि घले रहनुभएको छ । 
कुन–कुन ठाउँमा चलचित्र छायांकन गर्नुभयो ?
मेरै जन्मठाउँ स्याङ्जाको पेल्काचौर सेरोफेरो र कास्कीका विभिन्न प्राकृतिक सौन्दर्यले भरिपूर्ण ठाउँहरुमा सुटिङ गरेका छौँ । 
किन, असारमासमा चलचित्र प्रदर्शनीको समय रोज्नुभयो ?
परिस्थितिले यस्तै बनायो । चलचित्र निर्माण सकेको २०७३ पुसमै हो । तर, प्राविधिक कारणले प्रदर्शनमा आउन ढिला हुनपुग्यो । असारबाटै प्रदर्शनी सुरु भएकोले अब नेपाल र विदेशका वि–विभिन्न ठाउँमा लैजानेछु । 
चलचित्र बनाउने मुडचाहिँ कसरी चल्यो ?
सानीछँदा नै कलाकारिता क्षेत्रमा लाग्ने एकदमै रुचि थियो । टेलिभिजनमा सिरियल हेर्दा होस् वा हलमा चलचित्र हेर्दा, मलाई नि यस्तै अभिनय गर्न पाएहुन्थ्योजस्तो लाग्थ्यो । त्यत्तिबेलै म पनि सक्छु भन्ने आँट पलाउँथ्यो । बाल्यकालदेखिको सपना अहिले आएर पूरा भयो । यतिका वर्ष चलचित्र निर्माण, मोडलिङ गरिसके पनि म आफूलाई सफल भइसकें त भन्दिनँ । किनकी, यस क्षेत्रमा अझै संघर्ष बाँकी नै छ । आफ्नो रुचि एकातिर थियो भने नेपाली भाषा, मातृभाषा, संस्कार, संस्कृति जगेर्ना गर्दै अगाडि बढ्नुपर्छ जस्तो लागेर यस क्षेत्रमा प्रवेश गरेकी हुँ । यसबाट आफ्नो ठाउँमा परिचित भएँ भने, चाहना पूरा भयो । 
पहिलो र दोस्रो चलचित्र निर्माण गर्दा कस्तो भिन्नता पाउनुभयो ?
पहिलो चलचित्र प्हिरुमाला हचुवाको भरमा बनाइयो । त्यसको हरेकपक्ष कमजोर रह्यो । त्यताको कुरा अहिले नकोट्याउँ । तर, पहिलो चलचित्रबाट सन्तोष नमिले पनि आइडिया भने अवश्य पाएँ । त्यस्कै फलस्वरुपः ‘मनको बाबरी’ आएको हो । 
चलचित्र नचलेपछि ठूलै घाटा व्यहोर्नुपर्छ होला नि !
इच्छा, चाहना पूरा गर्न चलचित्र बनाएपछि घाटा, नाफाले केही फरक पर्दैन । चलचित्र निर्माण र अभिनय भित्री चाहना हो । 
चलचित्रमा कति लगानी गर्नुभयो ?
मेरो एकल लगानी हो । प्रदर्शनी छेउ आउँदा ४० लाख लगभग खर्च भइसक्यो । 
पहिलेको प्हिरुमालामा चाँहि ?
’गुरुङ, संस्कार, संस्कृतिमा आधारित प्हिरुमालामा तुल्सी ’गुरुङ र मेरो लगानी थियो । 
यत्रो लगानी गरेर चलचित्र बनाउनुभयो, पारिवारिक स्थिति कस्तो छ ?
घरपरिवारको राम्रो सपोर्ट छ । विशेषगरी मेरो श्रीमान्ले हेल्प गर्नुभएको छ । परिवारको बिनासपोर्ट म यहाँसम्म कहाँ आउन सक्थें र !
कलाकारितामा लाग्नुभएको चाँहि कति वर्ष भयो ?
म २०६४÷०६५ तिर यस क्षेत्रमा लागेकी हुँ । तर, विभिन्न कारणले बीचमा ग्याप भयो । गत वर्षदेखि फेरि निरन्तरता दिएकी हुँ । 
सुरुदेखि नै यस क्षेत्रमा हुनुहुुन्छ कि साइड जब पनि गर्नुभयो ?
म सामाजिक संघसंस्थामा पनि आबद्ध हुँदै आएँ । अहिले, समिदा वमेन फोरम डेभलपमेन्ट (एसडब्लूएस)को उपाध्यक्ष छु । हाम्रो संस्थाले एकल महिलाहरुका बालबच्चा संरक्षण गर्दछ । 
पहिल्यै चलचित्रमा हात हाल्नुभएको हो ?
होइन, सुरुमा मैले मोडलिङ गरें । सालैजो, कौडालगायत म्यूजिक भिडियोबाट करियर सुरु गरेकी हुँ । मलाई राजु गुरुङको ’तानसेनै बजार झिलिमिली’ले परिचित हुन सघायो ।
‘मनको बाबरी’ कहाँ–कहाँ शो गराउने योजना छ ?
पहिले पोखरा र काठमाडौंको प्रदर्शनी सकाउने । त्यसपछि नेपालका अन्य ठाउँमा प्रदर्शनी गर्दै विदेशमा हङकङ, अष्ट्रेलिया, दक्षिण कोरिया र अमेरिकालगायत देशमा लानेछु । 
अरु योजना पनि छ ?
पहिले ‘मनको बाबरी’लाई सफल पारौं । त्यसपछि सोच्नुपर्ला ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions