ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

नेपाली साहित्य विश्वस्तरको उचाइमा पुगिसक्यो



नेपाली साहित्य विश्वस्तरको उचाइमा पुगिसक्यो

-

नेपाली साहित्यको क्षेत्रमा सुमलकुमार गुरुङको नाम नौलो होइन । पर्वत जिल्लाको चित्रेमा जन्मिएका गुरुङले भारतको आसामबाट  मैट्रिक पास गरे भने सिलाँङको नर्थ ईस्टर्न हिल युनिभर्सिटीबाट स्नातक गरे । स्नातक तहसम्मको अध्ययन गरेका गुरुङले बाबुबराजुदेखि चल्दै आएको सैनिक पेसालाई नै अँगाल्न पुगे । १६ वर्षसम्मको सैनिक क्लर्कको रुपमा सेवा गरेपश्चात् अवकाश पाएका गुरुङले कास्की जिल्लामा अवस्थित लुम्ले कृषि केन्द्रमा काम गर्ने मौका पाए । अध्ययनको सीमा हुँदैन, भनेझै गुरुङले थुप्रै कृतिहरु लेखेर नेपाली साहित्य क्षेत्रको विबकासमा एउटा इँटा थप्न सफल भएका छन् । अत्यन्त सरल स्वभावका गुरुङले ‘खोज्दैछु नेपाल’ (कवितासङ्ग्रह–२०१६), ‘फेरि हङकङको सेरोफेरो’ (यात्रा संस्मरण–२०१६), ‘अतीतको आँखिझ्यालभित्र नियाँल्दा’ (संस्मरण–२०७१), ‘मेजर अर्जुनको औंठी’ (कथासङ्ग्रह–२०६९), ‘युरोप यात्राका अनुभूतिहरु’ (नियात्रा–२०६८), ‘यात्रा स्पर्श’ (समूहमा–२०६८) र नब्बेको दशकदेखि  विभिन्न पत्रपत्रिका र वेभसाईटहरुमा लेख र रचनाहरु प्रकाशन गरिसकेका छन् भने ‘पूर्वी अमेरिकालाई स्पर्श गरेपछि’ नियात्रा, ‘गोर्खा कथाव्यथा’ इतिहास, ‘सुमलका निबन्धहरु’ निबन्ध, मुक्तकसङ्ग्रह र  गजलसङ्ग्रह छिट्टै पाठकमाझ पस्कँदैछन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरका अध्यक्षसमेत रहेका गुरुङ बेलायतमा रहेका विभिन्न संघ संस्थामा आवद्ध छन् । विगत तीन दशकदेखि साहित्य सिर्जना र समाजसेवामा आपूmलाई उभ्याउँदै आएका साहित्यकार एवं समाजसेवी सुमलकुमार गुरुङसँग एभरेष्ट टाइम्सका लागि घान्द्रुके कान्छाले गरेको छोटो कुराकानी । 
 
बेलायतमा कहिलेदेखि हुनुहुन्छ?
बेलायत बसाई विगत ९ वर्षदेखिको छ । निकै देशहरूलाई कर्मक्षेत्र बनाउँदै आउँदा यो राष्ट्र अन्तिम राष्ट्र नै होला भन्ने अनुभूति भइरहेको छ । 
तपाईको समाजसेवा पहिलो हो कि, नेपाली साहित्य ?
साहित्य नै समाजको दर्पण हो । त्यसैले आफू एकजना साहित्यकार भएको नाताले समाज र साहित्यमा कुन पहिलो र दोस्रो भन्ने हँुदैन । म समाजसेवामा रमाइरहँदा मेरो कलमले साहित्य पनि कोरिरहेको हुन्छ ।
गुरुङको छोरो त्यसमा पनि लाहुरे, साहित्यसँग कसरी मितेरी गाँस्न पुग्नुभयो ?
मैले ब्याचलर तहको पढाई सकेपश्चात् आर्मीमा ज्वाइन गरेको थिएँ । स्कुले जीवनदेखि नै सिर्जनामा मेरो अभिरुची थियो । भर्ती हुनुअघि नै मेरो सिर्जना प्रकाशित भइसकेको थियो । र, निबन्ध लेखनबाट पुरस्कृत भएको पनि थिएँ । आर्मी ज्वाइन गरेपश्चात् केही कालको लागि मेरा सिर्जनाहरू अवरुद्ध थिए तर विगत पच्चीस वर्षदेखि केही काल सुषुप्त अवस्थामा रहेको साहित्यिक उत्कण्ठ पलाउँदै आयो र अहिले लेखन निरन्तर छ ।
अहिलेसम्म कतिवटा सिर्जना पाठकमाझ पस्कनु भयो ? ती कस्ता खालका सिर्जना हुन् । 
अहिलेसम्म मेरा ६ वटा कृतिहरू प्रकाशन भइसकेका छन् । तीनवटा नियात्रा, कवितासङ्ग्रह, कथासङ्ग्रह र संस्मरण प्रकाशित छन् । अन्य विधामा मुक्तक, गीत, गजल, निबन्ध आदि समसमायिक पत्रपत्रिका, वेभ पत्रिका तथा समूहगत कृतिहरूमा प्रकाशित छन् । अझ प्रकाशन गर्नु पर्ने चार पाँचवटा कृतिहरू तयार छन् ।
ती सिर्जनाहरूमध्ये तपाईलाई एकदमै मनपर्ने कुनै एक ?
मेजर अर्जुनको औँठी कथासङ्ग्रह । किनभने यस पुस्तकलाई धेरैले मन पराए । यसै पुस्तकमार्फत मैले दुईवटा साहित्यिक पुरस्कारहरू जित्न सफल भएँ ।
साहित्य भनेको के हो ?
साहित्य भनेको समाजको दर्पण हो । साहित्यकारले सिर्जना गर्ने कृति मानव समाजभन्दा बाहिरको विषयवस्तुलाई लिएर गर्न सकिँदैन । ब्रह्माण्डमा व्याप्त जति पनि प्राणी, विषयवस्तुसँग मानवजीवनको अन्तरसम्बन्ध छ ।
कथा, निबन्ध, गजल, कविता, मुक्तक, उपन्यासको बारेमा छोटो जानकारी गराईदिनुहोस् न ?
मानवभित्रका  आफ्नो अनुभूतिहरू भाषाको माध्यमबाट लेखेर सम्प्रेषण गरिने प्रक्रियालाई हामी सिर्जना भन्छांै । आफूले प्राप्त अनुभव, भोगिसकेका घटनाक्रमहरूबाट प्राप्त ज्ञान वा समसामयिक विषयलाई अवलोकन गरेर कुनै पनि साहित्यिक विधामा व्यक्त गर्ने प्रक्रिया नै सिर्जना हो । कथाको बारेमा भन्नुपर्दा कुनै एकजना पात्र वा पात्रहरूउपर घटित भइसकेको जीवनको घटनाक्रमलाई चित्रण गरेर जन्माएको कृति नेै कथा हो । मुख्य पात्रका वरिपरि रहेर धेरै ससाना कथाहरू जोडेर सिर्जना गरेको कृतिलाई उपन्यास भन्दछ । कथा र उपन्यासमा के फरक छ भने कथा सिंगो एउटा पात्र माथिमात्र केन्द्रित भएर लेखिन्छ भने उपन्यासमा धेरै पात्रहरूको अन्तरसम्बन्ध जोडेर बृहत्रुपमा चित्रण गरेको हुन्छ । निबन्ध केवल एउटै विषयलाई केन्द्रित गरेर समसमायिक विषयमा लेखिन्छ । कविताको बारेमा भन्नुपर्दा कविको संवेद्य अनुभूति वा भावनालाई लयात्मक शैलीमा छन्द वा मुक्त छन्दमा उनिएका सिर्जनालाई कविता भनिन्छ । कविताको बारेमा संक्षिप्तमा विश्लेषण गर्न सकिदँैन । यसको क्षेत्र व्यापक छ । त्यस्तै गजल, गीत वा मुक्तक सबै कविताकै अङ्ग हुन् । तर, सम्प्रेषण गर्ने नियम, शैली वा धार फरक भएकोले गर्दा विभिन्न नियमभित्र बाँधेर विधाहरूलाई विभाजित गरेका हुन् ।
मुक्तक केवल चार लाईनमा बाँधेर बृहत् अर्थ लाग्ने गरी सम्प्रेषण गर्ने कला हो । मुक्तकमा पदावली सिद्धान्तअनुसार दुई लाईनको अनुप्रास र अन्त्यानुप्रास मिलेको हुनुपर्छ र तेस्रो लाईनमा व्यक्त गर्न खोज्ने विषयको अहम् शब्द राख्नु पर्छ र यो लाईन स्वतन्त्र हुन्छ । यसमा अनुप्रास दोहोरिनु पर्दैन । त्यस्तै नेपाली साहित्यमा लोकप्रिय बन्दै गएको पछिल्लो विधा गजल हो । यो फारसबाट पल्लवित भई भारत तथा नेपाल प्रवेश गरेको कविताकै एउटा विधा हो । गजल प्रेम श्रृङ्गार रसमा भिजिएको फारसी छन्द प्रयोग गरेर लेखिने विधा हो । यसमा काफिया र रद्धिफको प्रयोग हुन्छ । साहित्यिक फाँट विशाल छ संक्षिप्तमा व्यक्त गर्न असम्भव छ ।
बेलायतको व्यस्तताका बीचमा समाजसेवा र साहित्यलाई कसरी सँगै लिएर जाँदै हुनहुन्छ ?
भनिन्छ, तपाईभित्र चाहनाको उत्कण्ठ छ भने त्यो निश्चय नै आंशिक वा पूर्णरुपमा प्राप्त गर्न सकिन्छ । आफ्नो कार्यक्षेत्रको दायरा आफूले नै तय गर्ने हो । त्यसैले समाजसेवा र साहित्य लेखनलाई समय विभाजन गरी अघि बढाउँदै लगेको छु । अप्ठ्यारो अवश्य छ तर जीवन जिउने शैलीलाई त्यसै हिसाबले ढालेर लैँजाँदा सहज बन्दै गएको छ ।
एउटा साधारण मानिसको जीवनमा साहित्यले कस्तो भूमिका खेलेको हुन्छ?
साहित्य भनेको मानिसबाट सिर्जित ज्ञान हो र एकजना साधारण मानिस भनेको साहित्यको माध्यम हो । परोक्षरुपमा समाज सिर्जना गर्ने मानिसको जीवनमा साहित्यले अहम् भूमिका निभाइरहेको हुन्छ । प्रत्येक व्यक्तिको आ–आफ्नै कथाव्यथा हुन्छ । प्रत्येक व्यक्ति नै साहित्यको प्रेरणा हो ।
बेलायतमा नेपाली साहित्यको अवस्था कस्तो छ ?
विश्वभरीमा डायसपोरिक नेपाली साहित्यको उर्वरभूमि नै बेलायत हो । यतिबेला बेलायतभरि एक दर्जनभन्दा बढी नेपाली साहित्यिक संस्थाहरू सक्रिय छन् । प्रत्येकवर्ष दर्जनांै कृतिहरू नेपाली साहित्यकारहरूबाट प्रकाशन गर्दै आएका छन् । जंगबहादुर रानाले सन् १८५२मा बेलायत यात्रा गरेपश्चात् एउटा नियात्राको जन्म भएको थियो । त्यसपछि सन् १९६०सालमा बेलायतमा नेपाली राजदूतावासको स्थापना भएपछि निरन्तर नेपाली साहित्यको सिर्जना हुँदै आएको छ ।
यति धेरै कृतिहरू प्रकाशन गरिसक्नुभएको छ, खर्च कसरी व्यवस्थापन गर्नुभएको छ ?
मैले जति कृतिहरू जन्माएँ प्रायः सबै कृतिहरू संस्थागत रुपमा प्रकाशन भए तापनि सबैं आफ्नै खर्चमा प्रकाशन गर्दै आएको छु । यी कृतिहरू व्यवसायीकरण गर्ने हिसाबले वितरण गरिएको छैन । यद्यपि केही कृतिहरूबाट लगानी उठेको अवस्था छ । वास्तवमा मैलै धेरै कृतिहरू च्यारिटीमा र पुस्तकालायहरूमा निःशुल्क वितरण गरेको छु ।
साहित्य विकासमा नेपाल सरकारले कस्तो भूमिका खेल्दै आएको छ?
साहित्य विकासमा नेपाल सरकारले अहम् भूमिका खेल्दै आएको छ । तर, स्वार्थी कर्मचारीहरूको कारण साहित्य विकासमा अवरोध खेप्दै आउनु परेको उदाहरण हाम्रो सामुन्ने छ । सय वर्ष नाघेको साझा प्रकाशन धराशायी हुने स्थितिमा छ । हालको अध्यक्ष डोलिन्द्रप्रसाद शर्मा साझा प्रकाशन बचाऊको अभियानमा लागिपरेका छन् । गोर्खापत्र अहिलेको होइन । गोर्खापत्रभन्दा धेरै पछि स्थापित देशका अन्य मिडिया हाउसहरूले नाफा कमाउन सक्दा सरकारी सञ्चारमाध्यमका संस्थाहरू घाटामा जानु भनेकोमा कर्मचारीतन्त्रको स्वार्थपन हो भन्न सकिन्छ । नेपाली साहित्यको लागि सरकारद्वारा भरपूर कदम उठाएको छ । तर, कर्मचारीहरूको कारणले फस्टाउने कार्यहरुमा बेलाबेला अवरोध आएको तीतो सत्य छ । यसमा सत्तामा पुगेका राजनीतिज्ञहरूले आ–आफ्नो प्यानलका मानिसहरूको नियुक्तिले गर्दा सबै सरकारी संस्थानहरूले घाटा ब्यहोर्नु पर्ने भएको हो ।
के गरियो भने प्रवासमा पनि नेपाली साहित्यको विकास गर्न सकिन्छ ?
यतिबेला प्रवासमा नेपाली साहित्य विकासको लागि जति पनि साहित्यिक संस्थाहरू छन् सबै एकजुट भएर आफूपछिका सन्ततिहरूलाई नेपाली भाषाप्रति मोह जगाउनु पर्छ र संगठित भएर बेलायती पठनपाठन पाठ्यक्रममा ईच्छाधिन विषय राख्न सक्नुपर्छ । सबै तहबाट ठाउँ ठाउँमा बच्चाहरूलाई नेपाली कक्षा सञ्चालन गरेर नेपाली भाषा साहित्य सिकाउनु । अन्यथा हामी पछिका सन्ततिले नेपाली साहित्यमा कलम चलाउन गाह्रो छ । यतिबेला सबै क्षेत्रबाट प्रयास भइरहेको छ ।
नेपाली साहित्य सर्जकहरूको तुलनामा पाठकहरू त्यति छैनन् भन्छन् नि ? के साँचो हो .?
यो साँचो हो र दुःखदायी पनि । एउटा कुरा आधुनिक टेक्नोलोजीले गर्दा पनि कृतिहरू पढ्ने मोह पाठकहरूमा ह्रास हुँदै आएको जस्तो लाग्छ मलाई । अर्को कुरा अहिलेको व्यस्त वातावरणमा मानिसलाई आफ्नै जीवनसँग फुर्सद निकाल्ने समय छैन । सबै आफ्नै जीवनसँग संघर्षरत् छन् । यद्यपि किताब खोजीखोजी पढ्ने व्यक्तिहरू पनि छन् ।
बेलायतका नेपालीहरूले साहित्यलाई कतिको माया गरेको पाउनुभयो ?
बेलायतमा साहित्यलाई माया गर्नेहरू पनि छन् तर बहुसङ्ख्यक बेलायतका नेपालीहरू साहित्यभन्दा आफ्नै जीवनसँग जुधिरहेका छन् ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज यूकेले नेपाली साहित्यको विकासमा कस्तो भूमिका खेल्दै आएको छ ?
बेलायतको दोस्रो पुरानो साहित्यिक संस्थामध्येमा यो संस्था पर्दछ । यस संस्थाका सदस्यहरूबाट तीन दर्जनभन्दा बढी नेपाली साहित्यका कृतिहरू नेपाली साहित्य भण्डारलाई दिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन यस संस्थाले २०११ सालमा सफलतापूर्वक लन्डनमा आयोजना गरेको थियो । जसमा विश्वभरिका साहित्यकारहरूको सहभागिता रहेको थियो । प्रत्येकवर्ष छ वटासम्म साहित्यिक कार्यक्रमहरू गरेर साहित्यकारहरूलाई सिर्जना गर्ने अवसर प्रदान गरिन्छ । प्रत्येकवर्ष सुप्रमा (सुन्दरप्रसाद मानन्धर) साहित्यिक पुरस्कार बेलायतका सर्जकहरूका उत्कृष्ट कृतिलाई भानु जयन्तीको अवसरमा प्रदान गरिन्छ । यस पुरस्कारको प्रायोजक पुरस्कार स्थापना गरेका आदरणीय स्व. ईश्वरप्रसाद मानन्धर परिवारले गर्दै आएको छ । अर्कोवर्ष अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतले एउटा अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलन गर्ने योजना बनाएको छ ।
तपाईलाई समाजसेवाबाट बढी सन्तोष कि साहित्यबाट?
दुबैबाट, किनभने साहित्य र समाज एकअर्काको पुरक हुन् । 
समाजसेवा र साहित्य दुईमा एक रोज्नु परे केलाई रोज्नुहुन्छ ?
म साहित्यलाई रोज्ने छु । कारण, साहित्य सिर्जना पनि एक प्रकारले समाजसेवा नै हो । 
नेपाली समाज बेलायतको अवस्था कस्तो देख्नु भएको छ ?
सबैको ध्येय र उद्देश्य राम्रो छ । तर, प्रत्येक समाजमा नेपाली राजनीतिको रङ्ग परोक्षरुपमा परेको छ । हामीले बेलायतमा नेपाली समाजको स्थापना गरेपछि धार्मिक र राजनीति विषयहरूबाट पर रहेर केवल समाजको उद्देश्य परिपूर्ति गर्नुपर्छ ।
के गरियो भने विदेशमा नेपाली भाषा, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धन हुन सक्छ ?
नेपाली साहित्य अहिले विश्वस्तरको उचाईमा पुगिसकेको छ । धेरै नेपाली कृतिहरू अङ्ग्रेजी भाषालगायत विदेशी भाषाहरूमा अनुवाद भइसकेका छन् र विदेशी शैक्षिक अनुष्ठानहरूमा पठनपाठन भइरहेको अवस्था छ । 
कैयौ विदेश्ी राष्ट्रहरूमा नेपाली साहित्य विकासको लागि प्रयास भइरहेको छ । नेपालीहरूको एउटा नराम्रो बानी अर्काको खुट्टा तान्ने रहेको छ । एक जनाले राम्रो काम थालनी गरेको छ भने त्यसलाई समर्थन गरेर अघि बढ्नुको सट्टा अर्को संस्था खोलेर विभाजित हुने परम्परा भएकोले गर्दा नेपालीमा एकता हुन गाह्रो छ । 
तर पनि आ–आफ्नो क्षेत्रबाट नेपालीहरूले विश्वको कुनै कुनामा गए तापनि आफ्नो भाषा, साहित्य र संस्कृतिको जागरण ल्याएको पाइन्छ । हामीले एक अर्काको पुरक भएर नेपाली भाषा साहित्यका लागि जसले पहल गरेपनि ऐक्यबद्धता स्वरुप सहयोग गर्नुपर्छ । त्यसो गरेमा हाम्रो भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र सम्बद्र्धन हुनसक्छ ।
अन्त्यमा ? 
अन्तमा म के भन्न चाहन्छु भने मैले किशोर अवस्थादेखि नै मानव सेवा गर्नुपर्छ भन्ने भावना मेरो मनमा गहिरो छापको रुपमा बसेको थियो । सन् १९७१ सालमा बंगलादेशको स्वाधिनताको क्रममा भारत–पाकको भीषण युद्धमा तीनलाख भन्दा बढी बंगलादेशीहरूको लागि स्वयम्सेवकको रुपमा सेवा पुर्याएको थिएँ । मानवसेवाका धेरै घटना जीवनसँग जोडिएको छ । जीवनभरि समाजसेवा र साहित्यमा योगदान दिएबापत त्रिभुवन विश्वविद्यालयले मेरो जीवन, व्यक्ति र कृतिउपर शोध गर्नको लागि आजभन्दा चारवर्ष अघि मेरो नाम सूचीमा निकालेको रहेछ । 
२ वर्षअघि एकजना शोधार्थी, सन्तोषप्रसाद नेपालले मेरो विषयमा अध्ययन गरेर शोधग्रन्थ तयार गरेका छन् । उनले त्यस शोधग्रन्थबाट स्नातकोत्तर (एम.ए.) पूरा गरे अनि उनको पहिलो कृति “सुमलकुमार गुरुङ : व्यक्ति र कृति” नामको शीर्षकमा यसैवर्ष जन्मेको छ । अवसरका लागि एभरेष्ट टाइम्स टिमलाई धन्यवाद ।
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions