ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

महिला संघर्षको अमरगाथा ‘मिलीजुली’



महिला संघर्षको अमरगाथा ‘मिलीजुली’

-

लाहुेरेकी एक्ली छोरी पारुलाई आवासीय भिसाको हुरीबतासले आमाबाबुसँगै उडाएर एकैचोटी लन्डन ल्याइदिन्छ । त्यहाँ जानसाथ पहिले पल्टनमा चिनेजानेका साथीमार्फत एक जात मिल्ने नवजवानसँग जोडी बाँधीदिने आमाको इच्छाविपरीत उनले युद्धको पहिलो जेहाद छेडिन् । 
विवाह सम्पन्न नभइ आकाशसँगको सम्पर्कबाट गर्भवती पारुलाई गर्भपतन गराउनुपर्ने आमाको हुकुमी शासनविरुद्ध विद्रोहसँगै ‘मिलीजुली’ जुम्ल्याह छोरी जन्माएपछि पारुले जीवनका आधा लडाइँ जितिन् । आकर्षक बेलायती भिसालाई तिलान्जली दिएर छोरीलाई उच्चशिक्षा दिलाउँदै समाज रुपान्तरमा रोलमोडल बनेकी पारुले बाबुको टुंगो नलाग्दा नगारिकताजस्तो नैसर्गिक अधिकारबाट वञ्चित हुनुपर्ने हजारौं नेपालीहरुको पक्षमा वकालत गछिन् । 
अन्तमा, दुई छोरीको नागरिकता बनाउँदा भोगेका प्रशासनिक झमेला र आफ्ना बाबुले विदेशीभूमिमा बूट ठोकेर आर्जन गरेको सारा सम्पत्ति एकजना धूर्त वाहुनको उक्साहटमा आप्mनै काका ससुराले हडप्ने षड्यन्त्रलाई मृत्युअघि दुई नातिनी मिलीजुलीको नाममा गरेको बकसपत्रले परिवारको खुसीसँगै समाप्त । 
शदियौंदेखि पुरातन पितृसतात्मक सत्ताले नेपाली महिलाहरुमाथि लादिएको मुख्यतः सामाजिक, आर्थिक, लैङ्गिक यावत् विभेदहरुसँग जुधेर सफलताको शिखर उक्लिनु नै उपन्यासको केन्द्रीय विषय हुन् । एकल महिलाले भोग्न परेका संघर्षको अमरगाथा पनि हो ‘मिलीजुली’ । 
आवासीय भिसाका लोभमा नेपलाको एउटा ठूलो समुदाय विदेश पलायन हुनेक्रम रोकिएको छैन । ब्रिटिस गोर्खाहरू बेलायत जाँदा मान्छे मात्र जाँदैनन् । उनीहरूले आफ्नो भाषा, धर्म, संस्कृति रहनसहन, आर्थिकोपार्जनका सीपहरू सँगै लिएर गएका छन् । यसले यो मुलुकमा भएको एउटा सुन्दर सुसांस्कृतिक समाजको पलायन भएको छ । अस्तित्वका लागि सङ्घर्ष गरिरहेका आदिवासी जनजाति समुदाय लाहुरेका निमित्त जातीय अस्तित्वमा गम्भीर सङ्कट ल्याउने खतरालाई शान्तिले राम्ररी केलाएर राम्रो सन्देश दिन खोजेकी छिन् ।  
१५० भन्दा कम पृष्ठमा प्रितम, पारु र मिलीजुली एकै परिवारका तीन पुस्ताको मिलीजुलीले समाजमा रहेका विद्यमान विकृतिसँग लडेर सार्थक परिणाम ल्याएको देखाउनु स्रष्टाको मेहनत र कला प्रशंसायोग्य छ । पारु, प्रितम, आमा, मिलीजुली, शिला माइजु विरे काका, अकाश, प्रियंका सबै पात्रहरुलाई शान्तिले आ–आफ्नै ठाउँमा महत्वपूर्ण जिम्मेवारी सुम्पेकी छिन् । बिरे काकालाई नकारात्मक ठाउँमा चित्रण गरे पनि उनी अर्का जाली वाहुन परशुरामको गोटी बनेका छन् । समग्रमा भाषा मझौला तर सुन्दर र लोभलाग्दा छन् । ठाउँ ठाउँमा अंग्रेजी र पल्टनीय समिश्रणका संवादहरुले पाठकलाई फरक स्वाद दिलाउँछ । 
नेपाली साहित्यमा यो कृतिले एकैचोटी चोमालुङ उक्ल्यो त भन्न सकिन्न । तर लाहुरे परिवारकी एक युवा त्यो पनि महिलाले उपन्यास लेख्नु फक्ताङलुङ चढेकै हुन् । एक दुई शब्द सिला खोजेर अरुको सहयोगको भरमा कवितासंग्रह प्रकाशन गरी थुप्रै लाहुरे समुदायका सदस्यहरु लेखक भएका छन् । तर, उपन्यास लेख्नु सहज विषय होइन । आफूले उठान गरेका विषयमा त्यहाँको समाज, काल, इतिहास, भूगोल, राजनीति, अर्थ, घटनाक्रम, थुप्रैको गम्भीर अध्ययन र अनुसन्धान गरेर उपन्यास लेख्नु चानचुने काम होइन । तर, शान्तिले गरेर देखाइन् ।
शान्तिले केही ठाउँमा सानातिना सिल्ली मिस्टेक नगरेकी पनि होइन । गैरलाहुरे जनमानसमा पल्टनमा चिनेजानेका साथीभाइ सबै नंबरी हुन्छन् भन्ने गलत बुझाईलाई यहाँ पनि निरन्तरता दिइयो । गोर्खा सेनाहरू सबै नंबरी हुन सक्तैनन् । वास्तवमा एकै दिन भर्ती भएर सँगै रिक्ररुट तालिम गरेका गोर्खाहरुबीच मात्र आपसमा नंबरी साइनो गाँसिएका हुन्छन् र नम्बरीहरुबीच कहिल्यै गुरुजी भनिँदैन । उपन्यासको घटनाक्रमले मिलीजुली नजन्मँदै पारुकी आमाको मृत्यु भइसकेको छ तर अन्ततिर एउटा पुरानो फोटोमा ‘पारु, पारुका आमाबाबु र मिलीजुली बसिरहेका’ दृश्य पनि तालमेल नमिलेकै हो ।
गेसो आन्दोलनका कारण गोर्खा भूपू गोर्खा सेनाले बेलायतको आवासीय भिसा पाएको शान्तिको दाबी इतिहासले कतै पुष्टि गर्दैन । भिसा आन्दोलनको मुख्य श्रेय निःशन्देह बीजीडब्लूएसलाई जान्छ । टाइटलअनुसार मिलीजुलीको भूमिकालाई न्याय दिनु लेखिका चुकेकी छिन् ।
मिलीजुली शान्तिको पहिलो प्रयास हो । यो कृति लैङ्गीक विभेदविरुद्ध महिलाको संघर्षको गाथा त हुँदै हो । यसले काठमाडौं र बेलायतवासी लाहुरे समुदायले भोगेका एउटा अध्यायलाई उजागर गरेको छ । लाहुरेसँग सहरमा ठडिएका गगनचुम्बी घर, सडकमा चिल्ला कार, खल्तीमा पैसाको बीटा सबैले देखेकै छन् तर उनीहरुले जीवनमा भोगेका संघर्ष र पीडाका अर्काे पाटोलाई यहाँ प्रस्तुत गरेर स्रष्टाले ऐतिहासिक कामको थालनी गरेकी छिन् ।
प्रस्तुति : कृष्णकुमार हेम्ब्या
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions