ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

निर्वाचन जितेर पनि हारे दलहरु



निर्वाचन जितेर पनि हारे दलहरु

-

काठमाडौं । पहिलो चरणको स्थानीय तहमा सबैभन्दा धेरै स्थानीय तहमा जित हासिल गर्दै नेकपा एमाले पहिलो शक्ति बनेको थियो । एमालेले पहिलो शक्तिको लय दोस्रो चरणको निर्वाचनमा पनि दोहोर्‍याएको छ । नेकपा एमालेस“गै नेपाली कांग्रेस पनि पहिलो शक्ति हुने दौडमा थियो । तर, नेपाली कांग्रेस दुई चरणको निर्वाचनमा दोस्रो स्थानमै सिमित रहयो ।
स्थानीय तहको निर्वाचन हु“दै गर्दा नेकपा माओवादी केन्द्रको अवस्था नाजुक मानिएको छ । तर, नेकपा माओवादी केन्द्र भने रक्षात्मक अवस्थामा देखियो । समग्रमा दुई चरणको निर्वाचन सम्पन्न हु“दा एमाले, कांग्रेस र माओवादी नै पहिलो, दोस्रो र तेस्रो शक्तिको रुपमै स्थापित भए । मत परिणामको आधारमा तीनवटै दलले लक्ष अनुरुप सफलता हासिल गर्न नसके पनि आंशिक सफलता भने हासिल गरेका छन् । तर, तीव वटै दलले जितेर पनि धेरै ठाउ“मा हारेका छन् ।  
दोस्रो निर्वाचनमा एमालेको अवस्था कस्तो ?
स्थानीय तहको निर्वाचनमा पहिलो शक्ति बन्ने दौडमा रहेको नेकपा एमालेलाई कुनै पनि दलले छेक्न सकेनन् । यस पटकको निर्वाचनमा एमालेले १५० को हारहारीमा स्थानीय तह जित्ने निश्चित जस्तै छ । जितेको स्थानीय तहको संख्यालाई आधार मान्दा एमाले सफल सावित भयो । तर, एमालेले आफ्ना पकड क्षेत्रहरु भने गुमाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापा र आसवासका जिल्लामा एमालेको पकड गुमेको छ । झापामै एमालेले अपेक्षित सफलता हासिल गर्न सकेन । मोरङमा कुनै बेला एमालेले राम्रै पकड जमाएको थियो । तर, यस पटक मोरङमा पनि एमालेले पकड कायम राख्न सकेन । सुनसरीमा पनि एमालेको उपस्थिति राम्रो हुन सकेन । तर, धनकुटामा भने एमालेले क्लिन स्वीप नै ग¥यो । सात वटै स्थानीय तहमा एमाले लाल भण्डा फहराएको छ । एक नम्बर प्रदेशमा केही जिल्लाहरुमा आफ्नो प्रभूत्व कायम गर्न नसके पनि एमालेको अधिकांस स्थानमा नया“ गढ बनाएको छ ।
जितकै आधारमा नेकपा एमाले पा“च नम्बर प्रदेशमा पनि पहिलो शक्ति नै हो । तर, पा“च नम्बर प्रदेशमा पनि एमालेले गढहरु जोगान सकेन । पा“च नम्बर प्रदेशको रुपन्देही एमाले नेता बिष्णु पौडेलको गृह जिल्ला हो । रुपन्देहीलाई एमालेको गढ नै मानिन्छ । तर, एमालेले रुपन्देहीमा गढ जोगाउन सकेन । वुटवल उपमहानगरमा एमालेले जिते पनि केही गाउ“पालिका र नगरपालिका एमालेले गुमाएको छ । पा“च नम्बर प्रदेशको रोल्पामा भने एमालेले राम्रो सुरुवात गरेको छ । माओवादी गढ रोल्पामा एमालेले दुई स्थानीय तह जित्यो । रुकुममा भने एमालेले निल नै भयो । पा“च नम्बर प्रदेशको बर्दिया एमाले उपाध्यक्ष बामदेव गौतमको गृह जिल्ला हो । बर्दिया पनि एमालेको गढ  मानिन्थ्यो । तर, बर्दिमायामा एमालेले गढ जोगाउन सकेन । 
१० स्थानीय तहमध्ये ६ स्थानीय तह मात्र एमालेले जितेको छ । ७ नम्बर प्रदेशमा एमाले आंसिक रुपमा सफल नै भयो । सात नम्बर प्रदेशको अछाम एमालेका अर्का उपाध्यक्ष भीम रावलको गृह जिल्ला हो । अछाममा एमालेले १० मध्ये ३ स्थानीय तह मात्र जितेको छ । बाजुरा समेत एमालेकाले गढ मानिन्छ । 
एमाले अध्यक्ष केपी शर्मा ओलीको नजिकका मानिने कर्ण थापाको गृह जिल्ला बाजुरामा समेत एमाले कमजोर देखियो । तर, पनि एमालेले झापा, सोलुखुम्बु, रुपन्देही, कैलाली, मोरङ, उदयपुर र पा“चथर लगायतका जिल्लाहरुमा अन्य दलभन्दा धेरै स्थानीय तह जितेको छ ।
दोस्रो निर्वाचनमा कांग्रेसको अवस्था कस्तो ?
पहिलो पार्टी बन्ने दौडमा रहेको नेपाली कँंग्रेस दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पनि सफल हुन सकेन । कांग्रेस दोस्रो चरणमा निर्वाचन भएको धनकुटा र रुकुममा नील नै भयो । त्यति मात्र होइन कांग्रेसले आफ्नो आधार इलाका समेत कामय राख्न सकेन । प्रदेश नम्बर ७ को डडेलधुरा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला हो । तर, सभापति देउवाकै गृह जिल्लामा कांग्रेस नाजुक देखियो । 
कांग्रेसले विगतका निर्वाचनमा डडेलधुराका सबै क्षेत्रमा जित्दै आएका भए पनि यस पटक ७ मध्ये ४ मात्र स्थानीय तहमा जितेको छ । सात नम्बर प्रदेशको कञ्चनपुर कांग्रेस नेता रमेश लेखक र एनपी साउदको गृह जिल्ला हो । तर, कञ्चनपुरमा कांग्रेसले पुरै पकड गुमाएको छ । कांग्रेस ९ स्थानीय तह मध्ये दुई वटामा मात्र विजयी भएको छ । कैलाली, डोटी लगायतका जिल्ला पनि कांग्रेसको पकड नै मानिन्थ्यो । तर, यी जिल्लाहरुमा समेत कांग्रेस कमजोर देखियो । कांग्रेस नेता बालकृष्ण खा“डको गृह जिल्ला रुपन्देहीमा पनि कांग्रेसको उपस्थिति कमजोर रहयो । 
रुपन्देहीका १६ मध्ये अहिलेसम्म कांग्रेसले २ मात्र स्थानीय तहमा जितेको छ । रोल्पामा एक स्थानीय तह जितेको कांग्रेस रुकुममा भने निल नै भयो । एक नम्बर प्रदेशमा पनि कांग्रेसको उपस्थिति कमजोर रहयो । कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले झापामा आफ्नै वडा देखी नगर र निर्वाचन क्षेत्र नै गुमाएका छन् । सिटौलको घर भएको भद्रपुर नगरपालिका, निर्वाचन क्षेत्रमा पर्ने कचनाकवल र हल्दीवासी गाउ“पालिका पनि कांग्रेस पराजित भयो । 
कांग्रेस नेता बलबहादुर केसीको गृह जिल्ला सोलुखुम्बुमा कांग्रेस निल हुनबाट मात्र जोगियो । ८ मध्ये १ मात्र गाउ“पालिकामा कांग्रेसले जितेको छ । उदयपुर र तेह्रथुममा समेत कांग्रेसले १÷१ मात्र स्थानीय तह जितेका छ भने धनकुटामा कांग्रेस पनि निल नै भयो । मोरङमा भने कांग्रेसले पुरानो साख जोगाउने कोसिस गरेको छ । मोरङमा कांग्रेसले अहिलेसम्म १७ मध्ये ७ स्थानीय तहमा जित हासिल गरेको छ । संख्यात्मक हिसावले कांग्रेस दोस्रो पार्टीकै रुपमा रहेता पनि आफ्नो गढहरुमा असफलता बेहोर्नुले यस पटकको निर्वाचनमा कांग्रेसको उपस्थिति कमजोर  रहयो ।
दोस्रो निर्वाचनमा माओवादीको अवस्था कस्तो ?
दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पनि नेकपा माओवादीको केन्द्र सबैभन्दा कमजोर उपस्थिति देखियो । प्रदेश नम्बर ५ को रुकुममा क्लिन स्वीप गरेको माओवादी १० वटा जिल्लामा स्वयः क्लिन स्वीप भयो । दोस्रो चरणकोे निर्वाचनमा माओवादी तीन वटा प्रदेशको १० जिल्लाको कुनै पनि स्थानीय तह जित्न सकेन । 
माओवादीले १ नम्बर प्रदेशको झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभाको कुनै पनि स्थानीय तह जित्न सकेन । प्रदेश नम्बर ५ को बा“के, कपिलवस्तु र पाल्पामा शुन्य सफलता प्राप्त गरेको माओवादी प्रदेश नम्बर ७ को बजुरा र बझाङमा निल  भयो । अन्य क्षेत्रमा माओवादीको हारलाई सहज लिन सकिन्छ । तर, रोल्पामा समेत कांग्रेस–एमालेको प्रवेशले माओवादीले विस्तारै आफ्नौ आधार इलाका गुमाउ“दै गएको संकेत गरेको छ । जनयुद्धको उदगम थलो रोल्पा पूर्व अर्थमन्त्री वर्षमान पुन, सभामुख ओनसरी घर्ती र उपप्रधानमन्त्री कृष्ण बहादुर महराको गृह जिल्ला हो । माओवादीका तीन हस्तीको गृह जिल्लामा कांग्रेस र एमालेको जितले माओवादी पकड गुमाउ“दै गएको स्पस्ट हुन्छ । आफ्नो पकड क्षेत्रमा समेत कजोर देखिएको माओवादी स्थानीय तहको निर्वाचनमा निरिह नै देखियो । 
सुधारको लयमा को–को ?
संख्यात्मक जितको हिसावले एमाले, कांग्रेस र माओवादी तीन ठूला दलकै रुपमा कामय रहेता पनि दोस्रो चरणको स्थानीय तह निर्वाचनमा केही साना दल सुधारको लयमा देखिए । पहिलो चरणको निर्वाचनमा एक मात्र स्थानीय तह जितेको राप्रपाले यस पटक नेपालगन्ज उपमहानगर र झापाका तीन गाउ“पालिका जितेको छ । यस पकटकको निर्वाचनमा संघीय समाजवादी फोरम ८ तहमा विजयी भएको छ भने नेपाल लोकतान्त्रिक फोरम पनि ६ स्थनमा बिजयी भएको छ । केही साना दलले समेत केही स्थानीय तहमा जितेर आफ्नो अस्थित्व विजित राखेका छन् । तर, डा. बाबुराम भट्टराई नेतृत्वको नया“ शक्ति नेपाल भने दोसो चरणको निर्वाचनमा पुरै निल भयो ।
पहिलो र दोस्रो दुबै चरणको निर्वाचनमा नेकपा एमाले ठूलो दल बन्यो । तर, दोस्रो चरणको निर्वाचनमा सबैभन्दा धेरै असफलता पनि एमालेले नै बेहोरेको छ । दोस्रो चरणको निर्वाचनमा एमालेले धेरै गढहरु गुमाएको छ । एमाले अध्यक्ष केपी ओलीको गृह जिल्लामा समेत एमालेले जितका बावजुत धेरै क्षति व्यहोरेको छ । ओलीले आफ्नो निर्वाचन क्षेत्रमा पनि अपेक्षित सफलत हासिल गर्न सकेनन् । त्यति मात्र होइन, एमालेको गढ मानिएको झापामा एमाले झापाका अध्यक्ष र सचिव समेत चुनावी मैदानमा थिए । बुद्धशान्ति गाउ“पालिका अध्यक्षको रुपमा चुनावी मैदानमा उत्रिएका एमाले झापाका अध्यक्ष चिन्तन पाठक र गौरादह नगरपालिकाको मेयरका रुपमा चुनावी मैदानमा उत्रिएका एमाले झापाका सचिव मदन अधिकारी पनि पराजित भए । यसरी नेकपा एमालेले दोस्रो चरणको निर्वाचनमा जितेर पनि हारेको छ ।
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions