ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

फेरि संशोधनकै चर्चा



फेरि संशोधनकै चर्चा

खिम घले -

सरकारले तेस्रो चरणमा प्रदेश नम्बर २ को स्थानीय तहको चुनाव असोज ४ गते तोकेको छ । बैशाख ३१ मा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले पहिलो चरणमा तीन प्रदेशको चुनाव गरेको थियो भने कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले दोस्रो चरणमा असार १४ गते अरु तीन प्रदेशको निर्वाचन गराए । अव बाँकी त्यही २ नम्बर प्रदेश बाँकी रहेको छ । त्यसैको लागि फेरी अहिले संविधान संशोधनको चर्चा सुरु भएको हो । 
देउवा प्रधानमन्त्री भएपछिको यो हनिमुन अवधीभित्रै उनले अनेका खालका अलोचना व्यहोरेका छन् । मुलुकको प्रधानमन्त्री अहिले चिया चमेना गृहमा हाँसोको पात्रा बनेका छन् भने सामाजिक सञ्जालमा व्यांग्याको पर्याय । यसको सुरुवात पछिल्लो पटक उनले साझा सवालमा दिएको अन्तर्वार्ता पछि सुरु भएको हो । 
बीबीसीको मिडिया एक्सन नामक गैरसरकारी संस्थाले चलाउने साझा सवाल नामक छलफल कार्यक्रममा प्रधानमन्त्री देखा परे । उनी त्यस छलफलमा सुरुदेखि नै तयारी विना आएको कुरा धेरैलाई लागेको थियो । त्यतिमात्र होइन, उनको उत्तर छोटो दिने र त्यसको चित्तबुझ्दो व्याख्या गर्न नसक्ने समस्या धेरै अघिदेखिको हो । व्यक्तिगत रुपमै चिन्नेहरु भन्छन्, देउवाले कहिल्यै अरुलाई चित्त बुझ्ने गरी उत्तर दिन सक्दैनन्, बरु प्रश्न गरेमा रिसाउछन् । 
साझा सवालमा पनि त्यही भयो । एक जनाले दर्शकदीर्घबाट प्रश्न सोधे । प्रश्न आफै पूर्वाग्राही त थियो नै । प्रश्नकर्ताले वेलायतमा सधै अक्सफोर्डको उत्पादन प्रधानमन्त्री हुने गरेकोमा नेपालमा त्यस्ता मान्छे कहिल्यै प्रधानमन्त्री नभएको भन्दै देउवाको योग्यतामा प्रश्न त उठाएका थिए नै उनले नेपालका प्रधानमन्त्री देखेर आममानिस सारै निराश भएकोसमेत जोडेका थिए । 
प्रश्नकर्ताको भूमिका नै गलत थियो । नत बेलायतका सबै प्रधानमन्त्री अक्सफोर्डका उत्पादन हुन् । नत अमेरिकाका सबै राष्ट्रपति नै हर्वर्डका उत्पादन हुन् । त्यति मात्र होइन, नाम चलेका विश्वविद्यालयका उत्पादन राजनीतिमा खरो र राम्रो हुनेछ भन्ने पनि होइन । यसरी विदेशी डिग्रीको कुरा गर्ने होभने बरु देउवाकै बायोडाटामा लण्डन स्कूल अफ इकोनोमिक्समा रिसर्च फेलो भएर पढेको भन्ने देखिन्छ । कुरा बाँकी रह्यो जनताको निराशाको । यो केही हदसम्म साँचो हो । तर, निराशा सबै ठाउँमा व्याप्त छ । अमेरिकी डेमोक्र्याटका नेताहरु प्रति निराश रहेका मध्यम वर्गीय स्वेत मतदाताले डोनल्ड ट्रम्पलाई राष्ट्रपति बनाए । अनि अहिले बहुसंख्यक अमेरिकी जनता डोनल्ड ट्रम्पको कार्यशैलीप्रति निराश छन् । त्यसैले प्रश्न होच्याउने खालको थियो । 
जवाफ झनै झुर दिए, प्रधानमन्त्री देउवाले । अझ विचैमा उनको जवाफ काट्न खोजेका प्रश्नकर्तालाई उनले हप्काएरै चुप लगाए । यस्तो प्रश्नलाई पनि आफ्नो पक्षमा पार्न सकिने अनेक उपाय हुँदा हुँदै पनि देउवा जसरी प्रस्तुत भए, त्यो नत प्रधानमन्त्रीको पद सुहाउदो थियो, नत एक जना उच्च राजनीतिज्ञको । उनको प्रस्तुती कै कारण फेरी एक पटक उनी हाँसो र अलोचनाका पात्रा बनेका छन् । भलै उनको पार्टीका कार्यकर्ताहरुले उनको बचाउमा राम्रै समय लगाएका छन् । 
अर्को एउटा भिडियो पनि अहिले प्रधानमन्त्री देउवाको सन्दर्भमा भाइरल बनेको छ । हालै मात्र सप्तरीम बाढी पीडितहरुको बस्तीमा पुगेका प्रधानमन्त्रीले जुन भाषण त्यहाँको लागि लेखिएको थियो, त्यो नपढेर अर्कै समुहले थमाएको ज्ञापनपत्र पढे । यसमा पनि उनलाई यसरी नै हाँसोको पात्रा बनाइएको छ । अनि यस्तो भएपछि उनको विगत नजोडिन कुरै भएन । 
यही बेला सत्तारुढ दुई दल कांग्रेस र माओवादीका नेताहरुले राष्ट्रिय जनता पार्टीसंग संंविधान संशोधनको समझदारी गरेको हो । धेरैले यसलाई पनि देउवाको यो हाँसो श्रृंखलाकै रुपमा सामाजिक सञ्जालहरुमा उडाएका पनि छन् । तर, यो कुरा गम्भिर छ । असोजमा हुने चुनावको लागि अहिले तयारी सुरु गरिनुलाई सकरात्मक रुपमा लिइनु पर्दछ । यसअघि चुनावको मुखैमा आएर गरिने तयारीले गर्दा परिणाम आउन सकेको थिएन । 
राजपाले पनि यही बेला निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएर मुल प्रवाहमा आउने संकेत गरेको छ । उनको यो प्रयासलाई सकरात्मक रुपमा लिनु पर्दछ । नयाँ संविधान जारी भएदेखि नै त्यसको विरोध गर्दै आन्दोलनमा रहेको राजपाले दोस्रो चरणको चुनाव सकिएपछि दल दर्ताको प्रकृयामा जानुलाई धेरैले उसमाथि निर्वाचनमा भाग लिनका लागि आफै भित्रबाट पर्न थालेको दवावको रुपमा पनि लिएका छन् ।
तर, अझैपनि संविधान संशोधनका लागि दुई तिहाई बहुमत पुर्‍याउन भने सरकार र सत्तारुढ दलहरुलाई अझै पनि महाभारत रहेको छ । प्रचण्डकालको अन्तिम्तिर पनि यो प्रयास नगरेको होइन । राप्रपाका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री बनाइएको थियो, राप्रपाको मत तान्नकै लागि । उनले पनि संशोधनलाई समर्थन गरेका थिए । तर, ३७ साँसद भएको राप्रपाको दश जना साँसद संविधान संशोधन गर्ने भन्ने दिनमा संसदबाट गायव भए । यसले सरकारलाई संविधान संशोधनको प्रस्ताव निर्णयार्थ प्रस्ताव गर्न सहास भएन । खासमा पारित नहुने संविधान संशोधन निर्णयार्थ प्रस्तुत गर्नु भनेको राजपालाई झनै चिढ्याउनु हुन्थ्यो । 
अहिले पनि सविधान संशोधनको लागि आशा सत्तारुढ दलहरुले राप्रपासंगै गरेका छन् । प्रमुख प्रतिपक्षी एमालेले संविधान संशोधनमा असहमतिको अडान कायमै राखेपछि २ नम्बर प्रदेशमा असोजमा चुनाव गराउनका लागि संविधान संशोधन गर्न राप्रपाप्रति आशा राख्नु सत्तारुढ दलहरुको बाध्यता हो । राप्रपा अध्यक्ष कमल थापाले पनि यसलाई यसअघि नै सत्तासंग सौदावाजी गरिसकेका छन् । 
सुरुमा संविधान संशोधनको विपक्षमा एमालेंसंग लहसिएको राप्रपा पछि प्रचण्ड सरकारले उपप्रधानमन्त्रीसहित सरकारमा लैजाने निश्चित गरेपछि संशोधनको पक्षमा आएको थियो । यद्यपी उनकै पार्टीका सांसदहरुले उनलाई धोका दिए । अन्तिम् समयमा आएर साँसदहरु गायव भए । त्यसबेला थापा पूर्व राजा ज्ञानेन्द्र शाहमाथि खनिएका थिए । शाहले आफ्नो पार्टी फुटाउन खोजेको आरोपसमेत लगाए । 
अहिले पनि राप्रपाले सरकारसंग सत्ताको बार्गेनिङ गरेको छ । अध्यक्ष थापा र नेता पशुपति शमशेर राणाले प्रधानमन्त्री देउवासंग भेटवार्ता गरिसकेका छन् । यद्यपी सत्तारुढ दलहरुले राप्रपा एकढिक्क भएर संशोधनको पक्षमा आएमात्र उपप्रधान मन्त्रीसहित सरकारमा लैजाने अश्वासन दिएको बताइएको छ । आइतवार बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकले संशोधनको बारेमा नबोल्ने निर्णय गरेको छ । यसको अर्थ साँसदहरु सबैलाई बोलाएर त्यही दिन ह्वीप जारी गरी पक्षमा भोट हलाउने योजना भएको धेरैले अनुमान लगाएका छन् । 
यो प्रकृयामा राप्रपा सबैभन्दा महत्वपूर्ण पुर्जा भएर बसेको छ । एमाले नमान्दाको अवस्थामा राप्रपाको ३७ जना साँसद दुई तिहाई बहुमत पु¥याउने कडी हो । कांग्रेस, माओवादी, सबै मधेसी दलहरु र साना दलहरुको गठजोडले पनि राप्रपाविना संसदमा दुई तिहाई बहुमत पुग्दैन । अहिले सरकारका मान्छेहरु राप्रपाका सबै साँसदहरुले पक्षमा मतदान गरिदिएको खण्डमा चार सयको हराहरीमा संशोधनको पक्षमा साँसदको संख्या पुग्ने बताइरहेका छन् । संशोकन पारित हुनका लागि ३९६ जना साँसद चाहिन्छ । त्यसमा साना दलहरुलाई समेत मिलाइएको छ । कुन कुन ल संशोधनको पक्षमा आउँछन्, उनीहरुलाई सरकारमा सहभागी गराउनकै लागि मन्त्रिपरिषद्को विस्तार अझै हुन सकेको छैन । 
त्यसो त सरकार र राजपा दुवैको तर्फबाट पनि एमालेलाई मनाउने प्रयास जारी छ । एमालेंसँग पानी बाराबारको अवस्थामा रहेको राजपाका नेताहरुले एमाले नेताहरुसंग छलफल सुरु गरेका छन् । उनीहरुबीच केही राउण्ड कुराकानीसमेत भइसकेको छ । उनीहरुले सत्तारुढ दलका नेताहरुसंग एमालेलाई मनाउन आ–आफ्नो तर्फबाट पहलको प्रस्तावसमेत गरेका थिए । सत्तारुढ दलका नेताहरुले समेत एमाले नेताहरुसंग कुराकानीको कोशिस गरिरहेको बताइएको छ । 
यति बेला सबैको लागि चासोको बिषय भनेको बाँकी रहेको २ नम्बर प्रदेशको स्थानीय तहको चुनाव नै हो । पुरै मुलुकमा संघीयताको कार्यान्वयनको पहिलो चरणको कार्य समाप्त भएको छ । स्थानीय सरकारहरुले आफ्नो बजेट पनि ल्याउन थालिसकेका छन् । तर, २ नम्बर प्रदेशमा भने अझै चुनाव हुन सकेको छैन । यसमा राजपाको विरोध नै कारण हो । उसले संविधान संशोधनलगायतका केही मागहरु पुरा नभएसम्म चुनावमा भाग नलिने र हुन नदिने अडान कायमै राखेको छ । 
दोस्रो चरणमा केही तराईका जिल्लाहरुमा शान्तिपूर्ण चुनाव हुँदा केही हौसिएको छभने राजपालाई पनि धेरै ठूलो दवाव परेको छ । तैपनि विना कुनै उपलब्धी यति लामो आन्दोलन टुङ्ग्याउन पनि राजपालाई सजिलो छैन । यसअघि चुनावमा भाग लिएको संघीय फोरमलाई गद्दार घोषणा गरेको राजपा आफु पनि लुरुलुरु त्यही बाटो जान सहज छैन । त्यसैले पनि यस पटक उसले जे जस्तो संशोधन प्रस्ताव छ, त्यसैमा सहमति जनाएको हो । साथै यसलाई पारित गरेर चुनावमा सहभागी हुन खोजेको हो । यस्तो बेलामा अन्य दलहरुको पनि उसलाई चुनावमा ल्याउने नै सत्प्रयास हुनु जरुरी छ । बल प्रयोग गरेर चुनाव गराउन त सकिएला । तर, त्यसले समाजको एउटा तहमा असन्तुष्टी कायमै रहने छ । त्यो असन्तुष्टी ढिलो चाँडो फेरी मुखारित हुन्छ नै ।
दलहरुलाई ‘गढ’ गुमाउनुको पीडा
दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । धेरै जनघनत्व भएका केही स्थानीय तहमा मात्र मतगणना बा“की छ । मतगणना सकिन बा“की नै रहेतापनि मतपरिणामबारे विभिन्न कोणबाट व्यख्या हुन थालेको छ । कतिपय राजनीतिक विश्लेषक निर्वाचनमार्फत प्रतिगमनकारी शक्ति परास्त भएको व्याख्या गरिरहेका छन् । कतिपय भने मतदाता पुरानै शक्तितर्फ फर्किएको दावी गर्छन् । तर, आम नागरिकले आफ्नो अभिमतको सहि सदुपयोग गरेका छन् । यस पटकको निर्वाचनमा कतिपय राजनीतिक दलको पुरानागमन भयो भने कतिपय शक्ति शुन्यमै सिमिति भए । पत्तासाथ हुने दावी गरिएका राजनीतिक दलले समेत यस पटकको निर्वाचनमा साख जोगाउन सफल भएका छन् ।  
दोस्रो चरणको स्थानीय तह निर्वाचनको परिणामलाई विभिन्न कोणबाट व्याख्या गर्न थालिएको छ । देश दुनियाँमा यतिखेर हारजितकै चर्चा चलिरहेको छ । मत परिणामबारे राजनीतिक विश्लेषकहरुको पनि आ–आफ्नै धारणा छ । स्थानीय तहको निर्वाचनमा आम नागरिकले दलगत स्वार्थ र प्रलोभन भन्दा पनि विवेक पु¥याएर मतदान गरेको विश्लेषण हुने गरेको छ । आम मतदाताले राजनीतिक दलकोे भुमिका र उनीहरुको मुद्धा बुझेरै मतदान गरेको राजनीतिक विश्लेषक सोमत घिमिरे बताउ“छन् । 
यो निर्वाचनमा राजनीतिक दलको योगदान नै प्राथामिकतामा परेको उनको बुझाइ छ । यस पटकको निर्वाचनमा पनि तीन ठूला दलको लिष्टका कांग्रेस, एमाले र माओवादी नै अटाए । नेकपा एमालेको स्थानीय तहमा बलियो संगठन हुनु, नेपाली कांग्रेसको जनमत बढि हुन र नेकपा माओवादी केद्रको स्थानीय तहमा जनाधार बलियो नभएकै आधारमा मतपरिणाम आएको बुझ्न सकिन्छ । 
यस पटकको निर्वाचनमा मतदाताले स्वविवेक प्रयोग भएका छन् । नेपाली नागरिक मतदानप्रति जागरुक भएको कुरामा कुनै दुइमत छैन । आम मतदाताले दल र दलका नेताको आचारण बुझेर राम्रो व्यक्तिलाई मतदान गरेका छन् । जसका कारण राजनीतिक दलहरुले आफ्नो गढका रुपमा मान्दै आएको स्थानीय तहहरु गुमाउन पुगेका छन् । 
निर्वाचन लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष हो । निर्वाचन मार्फत आम नागरिकले आफ्नो अभिमत जाहेर गर्दै आफ्नो प्रतिनिधि आफै चुन्छन् । नेतृत्व चुन्ने सबैभन्दा उत्तम विकल्प नै निर्वाचन हो । त्यसैले निर्वाचनमा सहभागी आम मतदाताको अभिमतलाई सबैले सम्मान गर्नुपर्छ ।
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment

  • Photos

    Nepalese Press Night (UK) 2017

More Videos

 
  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

  • Ledley King at Gurkha Cup 2017 II HD Video III

  • Milan Amatya - Fariya Choubandi (Official Video) ft. Juna Sundas, Alisha Rai

  • Lali Budhathoki in UK lll Maya Le Maryo Salaijo bhaka ll

  • Gita Paija in UK lll Barpaki ki Maya lll FNJ UK Charity Program 2017

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Riya Thapa & Esme Thapa lll Danda ra Kanda lll घन बहादुर थापा मगरको बस्ती एल्बम बाट

  • AMA- Anita Subba /संगीत हरिश माथेमा / special song for mother´s day

  • Pohor Saal ...Aruna Lama ... 1st Anniversary of Peepal Mortgages ( performance by Namlo Band )

  • Welcome to Hon. Kehsari Gharti Magar from Magar Association UK

TV Programme

 
  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

  • An Interview with the oldest Mount Everest Climber Mr Min Bahadur Sherchan

  • Miss Mita kwone Gurung dancing at Kwone (Ghotane/ Ghonde) Gurung (Tamu) Samaj UK Programme 2017

  • मनै मेरो चङगा भो Man Mero Changa Bho Orginal Udaya/Manila Sotang Cover By Deepa Tamang/Mahendra Rai

  • An Interview with Singer Manoj Gurung

  • An Interview with Zuxon Coaktail Bar and Restaurant Owner Arun Pun & Prakash Gauchan

  • President of Tamu dhee UK Mr. Gyam Gurung in Everest Channel

Upcomming Events

  • Sahara UK Summer Family Camping Outing
    For £ Days ( 21st, 22nd & 23rd)
    on 21-07-2017
  • Dhampus Pariwar UK Party
    Oak Farm,Farnborough
    on 19-08-2017
  • Nepali Mela 2016
    Kempton Park
    on 27-08-2017

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions