ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

नेपाली डाक्टरहरूको आयोजनामा लन्डनमा बृहत् चिकित्सा शिविर



नेपाली डाक्टरहरूको आयोजनामा लन्डनमा बृहत् चिकित्सा शिविर

-

लन्डन । बेलायती नेपाली डाक्टरहरूले लन्डनको विलवीचस्थित टाउन हलमा बृहत् चिकित्सा शिविर गरेका छन् । 
९ जुलाईको दिन दिउँसो १ बाट ६ बजेसम्म सम्पन्न शिविरमा विभिन्न रोगका विशिष्ट योग्यता प्राप्त नेपाली डाक्टरहरूले निःशुल्क स्वास्थ्य परीक्षण गरेका थिए । कार्यक्रमका संयोजक युवा डाक्टर सुदर्शन गुरुङका अनुसार स्वास्थ्य शिविरमा करिब बीसजना नेपाली डाक्टर र नर्सहरूको सहभागिता थियो । उनीहरूमध्ये शिविरमा भाग लिएका वरिष्ठ चिकित्सक चुँडा कार्की (डिप्रेशनसम्बन्धी), डा. कपिल रिजाल 
(दाँतसम्बन्धी), डा. सुमिन्द्र पुन (क्यान्सर र चुजवेल), डा. मोहम्मद तमिन (क्षयरोग), फार्मासिस्टसम्बन्धी उषा किरण, मुत्रथैली विकारसम्बन्धी वरिष्ठ नर्स सुशिला कार्की तथा होसपीस र दीर्घरोगीहरूका लागि ग्रिनवीच बारो हसपिसका चिफ एक्जेक्युटिभ क्याट हिप्सले कार्यपत्र प्रस्तुत गरेका थिए । 
स्वास्थ्य शिविरमा दुई दर्जनभन्दा बढी डाक्टर तथा नर्सहरूले लगभग तीनसय पेसेन्टहरूलाई स्वास्थ्य परीक्षण तथा स्वास्थ्य रहनको लागि स्वास्थ्यबारे सल्लाह सुझावहरू दिएका थिए । चिकित्सकहरूले स्वास्थ्य परीक्षण गरेपश्चात् बिमारीलाई स्थानीय जीपी तथा विशिष्ट उपचारको लागि सोझै सम्बन्धित निकायमा प्रिस्क्रिप्सन लेखेर दिएका थिए । कार्यक्रम एकदमै लाभदायक सिद्ध भएको सहभागीहरूले बताए ।
कार्यक्रमलाई दक्षिणपूर्व क्षेत्रीय तमुधिं लन्डन, नेपालिज युथ एसोसिएसन ग्रिनवीच र नेपाली भ्वाईस यूकेले संयुक्त रुपमा आयोजना गरेका थिए । कार्यक्रमलाई नेपालिज डाक्टर्स एसोसिएसन यूके र नेपालिज नर्सिङ एसोसिएसन यूकेको पूर्ण सहयोग रहेको थियो । चिकित्सा शिविरमा विशेष गरेर नेपाली वृद्ध—वृद्धाहरूलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा आँखा, दाँत, मधुमेह, उच्च रक्तचाप (मुटुरोगी) तथा विभिन्न रोगका विशेषज्ञहरूले रोगीहरूलाई परीक्षण तथा सल्लाह दिएका थिए । कार्यक्रमलाई औपचारिक र स्वास्थ्य परीक्षणको रुपमा दुई भागमा सञ्चालन गरिएको थियो ।  
निर्धारित समयभन्दा केही पछि सुरु गरिएको कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी थिए । विशेष अतिथिमा ग्रिनवीच बारोका पूर्वमेयर ज्यानेट गिलम्यान थिइन् । धेरै संघ संस्थाबाट प्रतिनिधित्व गरेका अतिथिहरू पनि थिए । कार्यक्रमलाई एनवाई्एका युवा उपाध्यक्ष लछुमन गुरुङले सञ्चालन गरेका थिए । 
मन्तव्य तथा शुभकामना व्यक्त गर्नेहरूमा साउथ ईस्ट रेजिनल तमुधिं लन्डनका अध्यक्ष, श्रीचन्द्र गुरुङ, विशेष अतिथि तथा प्रमुख अतिथि थिए । कार्यक्रममा सहयोग गरेका स्पोन्सरहरू तथा प्रत्यक्षरुपमा सहयोग गरेका चिकित्सकहरू, नर्सहरू तथा स्वयम्सेवकहरूलाई प्रमुख अतिथि तथा विशेष अतिथिको हातबाट प्रमाणपत्र प्राप्त वितरण गरेका थिए ।
कार्यक्रममा नेपाली भ्वाईसका संयोजक फत्ता थापाले नेपाली भ्वाईसबारे यसको औचित्य र उद्देश्यबारे परिचय दिएका थिए र संस्थाका स्टेयरिंग कमिटी चारजना क्रमशः स्वयम् फत्ता थापा, सोनिया थापा, डा. सुदर्शन र लछुमन गुरुङ रहेको हललाई अवगत गराएका थिए । स्टेयरिंग कमिटीमा पछि केही सदस्यहरू समावेश गर्ने जानकारी समेत गराए । 
राजदूत सुवेदीले ल्यापटप टच गरेर नेपाली भ्वाईस संस्थाको उद्घाटन गरेका थिए । औपचारिक कार्यक्रमको समापनपछि प्रमुख अतिथिको स्वास्थ्य परीक्षणबाट कार्यक्रम सञ्चालन गरिएको थियो । यसभन्दा अघि कार्यक्रम संयोजक डा. सुदर्शन गुरुङले कार्यक्रमलाई परोक्ष तथा प्रत्यक्ष रुपमा सहयोग गरेका साथै सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेर पहिलो चरणको कार्यक्रम समापन गरेका थिए । यसरी एकैपटक एकैथलोमा विभिन्न रोगका नेपाली विशेषज्ञहरूद्वारा नेपाली रोगीहरूलाई चिकित्सा शिविरको माध्यमबाट परीक्षण गराएको पहिलोपटक हो । युवा डा. सुदर्शन गुरुङले प्रत्येक वर्ष यस्ता उपलब्धिमूलक कार्यक्रम गरिने प्रतिबद्धता जनाए ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions