ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

दसैंमा काँध थापेर बसेको भेडाको साँड जस्तै हामी



दसैंमा काँध थापेर बसेको भेडाको साँड जस्तै हामी

खिम घले -

शनिबार राजधानीमै खोलाले बगाएर एक किशोरीको ज्यान गयो भने अर्की एक किशोरी नालीमा खसेर झण्डै तीस मिटरको दूरीमा ढलको पानीले ह्युमपाइपबाट बाहिर निकालिदिँदा संयोगवस बचिन् । 
चितवनको नारायणगढ–मुग्लिन खण्डको बाटोमा त्रास त छाँदैछ । वर्षा लागेपछि नै हरेकदिन जसो उक्त बाटो अवरुद्ध हुने र खुलाउने काम जारी छ । प्रहरीसहित आधा दर्जनको ज्यान गइसकेको छ, त्यहाँको पहिरोमा परेर । 
यतिमा नेपालीहरुले वर्षाका बेला व्यहोर्नु पर्ने भुक्तमान सकिंदैन । पहाडी जिल्लाहरुमा पहिरो र बाढी र तराईका जिल्लाहरुमा हुने डुवानको कथा–व्यथा बल्ल अव सुरु हुँदैछ, यस वर्ष । केही दिनअघि मात्र सप्तरीको तिलाठीमा भएको डुवानका पीडितहरुलाई राज्यले अझै राहत दिन सकेको छैन । रामेछापमा पहिरो गएको छ, स्याङ्जामा गाउँ नै विस्थापित भएको छ । पाल्पामा जिपसहित चारजना बेपत्ता भएका छन् । 
यो नेपालीहरुले बर्षामा व्यहोर्ने नियति नै हो । यस प्रकारको घट्नाहरुलाई केलाउने हो भने जनता, राज्य र सबै पक्षलाई थाहा छ हरेक वर्ष वर्षाको बेला बाढी आउँछ, पहिरो आउँछ, डुवान हृुन्छ । सर्र्वसाधारण यरी बसिरहेका हुन्छन्, मानौं बर्षामा त्यही भुक्तमान सहनका लागि चुपचाप बाँचिरहेका छन् । संसारमा दैवी र प्राकृतिक प्रकोप अप्रत्याशित हुन्छ तर नेपालीहरुका लागि नियमितताको रुपमा देखा पर्ने गरेको छ ।  
यसमा केही प्राकृतिक कारणले भएको प्रकोपहरु छन्, जुन रोक्न गाह्रो हुन्छ । ठूला र विकसित भनिएको मुलुकहरु पनि त्यस्ता ठूला प्रकोपको अगाडी घुँडा टेक्न बाध्य हुन्छन् । यस्तोमा गर्न सकिने भनेकै पीडितहरुको तत्काल उद्दार, राहत र पुननिर्माण हो । यस्तो बेलामा केही हदसम्म पूर्व साबधानीले पनि काम गर्न सक्छ । जीउज्यानमा जोगाउन सकिन्छ । 
अर्को हुन्छ, मानवको गतिविधिका कारण देखा पर्ने प्रकोप । अहिले बर्षाको बेला राजधानी काठमाडौं लगायतका धेरै स्थानमा देखा परेको प्रकोप मानवका कारणले नै सिर्जना भएका हुन् । पानी पर्नु, पहिरो जानु, खाल्डमा खस्नु, आदि कारणहरु झट्टा हेर्दा प्राकृतिक जस्तो देखिएपनि यसो हुनुको कारणमा धेरै हिस्सा मानव सिर्जित छन् । मानव सिर्जितमा पनि धेरै हिस्सा राज्यका विभिन्न निकायको असवाधानी, बेइमानी र अकर्मन्यतासंग जोडिएको छ । कति त राज्यले लिएको गलत नीतिका कारण भएका हुन् । 
राजधानीमा शनिबार एक जना किशोरी खोलाले बगाएको र अर्की एक जना ढलमा फसेर करिव तीस मिटर तल ह्यूमपाइप भित्रबाट बाहिर निस्किएको घट्नालाइ नै हेरौं । यि त प्रतिनिधि घट्ना मात्र हुन् । यस्ता घट्नाहरु राजधानीमा हरेक दिनजसो भइरहेकै छन् । गाडी र मानिस खाल्डामा पस्नु, मोटरसाइकल चालकसहति खोल्सोमा फस्नु, चिप्लेर ज्यान जानु, आदि त्यादि त नियमित जस्तै छ । 
यसको एउटै कारण हो, महानगरको अव्यवस्था छ । राजधानी काठमाडौ पानी परेपछि हिलाम्य र घाम लागेपछि धुलाम्यको अवस्था छ । आफुभन्दा अगाडी ठूला गाडी हिडेको छभने कति सडकमा बाटोसमेत देखिदैन धुलो उडेर । जव पानी पर्छ नी त्यसपछि पुरै धान खेत जस्तै हिलाम्य हुन्छ । अझ पानी जमेको ठाउँहरुमा त सानो तिनो फेवाताल नै बन्छ । 
शनिबार सामाखुशीमा भएको पनि त्यही हो । ठूलो पानी परेको बेला ताल बनेको थियो । एक जना किशोरी स्कूलबाट आउँदै थिइन् । उनी आफैले ढलको त्यो खुला स्थानमा धेरै मोटरसाइल, पैदल यात्रुहरु फसेको पनि त्यसअघि देखेकै थिइन् । तैपनि परै ताल जस्तो भएकोले उनले स्थान ठम्याउन सकिनन्, आउँदा आउँदै त्यही फसिन् । चुर्लुमै ढलमा फसेकी किशोरी पानीमा वेपत्ता भइन् । देख्ने धेरै जसो त्यतैतिर दोडिए । तर, केही समयपछि उनी करिव तीस मिटरको दुरीमा ओपन ढलमा बगाउदै गरेको देखा परे । यसको अन्दाज लगाएका एक युवाले ढलबाट तानेर उनको उद्दार गरियो । 
यो घट्नामा पानी परेको थियो भन्न पाउने अवस्था नै छैन । पहिलो कुरा सहरमा अझ महानगरमा पानी परेको बेला सानोतिनो ताल नै बन्ने गरी धेरै ठाउँमा पानी जम्छ । यो सबैभन्दा ठूलो नकामी हो । सहरमा ढल बनाउँदा वा सडक खन्दा सधै पानीको पास हुनगरि बनाउनु पर्छ । तर, हाम्रो इञ्जिनियर,  ठेकेदार र सम्बन्धित निकायमा अधिकारीहरु कमिशन र नाफाको लालचामा यस्तो काम गर्छन्, जहाँ मानिसको सुविधा र ज्यूज्यानको कुनै पर्वाह छैन । अनि त्यसमा भएको भब्यतब्यमा उनीहरुलाई दोषी करार गर्न कानुन पनि छैन । 
दोस्रो कुरा, सहरमा बनाइने ढललाई खुला छाड्ने पाइदैन । यसबाट दुर्घन्ध त फैलन्छ नै । यसबाट रोगव्यधी वा महामारीको संभावना बढ्छ । अर्कोतिर त्यसमा सवारी, पैदलयात्रु फसिरहेकै हुन्छन् । काठमाडौं महानगरको अधिकांश स्थामा कित ढलको ढक्कन खुला हुन्छ, कित ढललाई नै ओपन राखिदिन्छन् । यसले जोखिम बढाएको छ । अझ ढलमा सबै चिज पस्दा ति बस्तुहरु अड्किएर नै पानी परेको बेला जाम भएर पानी जम्ने गरेको छ । 
तेस्रो महानगरवासी अहिले सबैभन्दा गैरजिम्मेवारीपनको शिकार भएको छभने त्यो मेलम्ची खानेपानी परियोजनाबाट भएको छ । बर्षौदेखि थोपा पानीको लागि काकाकुल महानगरवासीलाई मेलम्चीको पानीको तिर्सनाले जस्तो सुकै भुक्तमान पनि सहन बाध्य छन् । तर, बास्तवमा भन्ने होभने त्यो परियोजनाको काम गराई यतिसम्म गैरजिम्मेवारपूर्ण छकी धुलो नउड्ने र हिलो नहुने राजधानीका कुनै पनि गल्ली र सडक छैनन् । मेलम्चीको पानी आएपछि पुरानो पाइपलाइनमा पानी पु¥याउन नसकिने भएपछि सहरभरी नयाँ पाइपलाइन विच्छयाउने योजना बनेको थियो । नयाँ पाइपलाइन विछ्याउनका लागि राजधानी काठमाडौंका सबै सडक र गल्लीहरु खनियो । तर, त्यसमा पाइप हालिसकेपछि पुरेर दुरुस्त सडक बनाउने पनि उसैको दायित्व हो । त्यो उसको जिम्मेवारी भित्र पर्दैन भने अर्को लाइन निकायको जिम्मेवारी हो । 
तर, उनीहरुले यसतर्फ कुनै चासो नै राखेका छैनन् । खन्यो, पाइप हाल्यो अनि पुरपार गर्यो र छाडिदयो । हो, त्यही माटो हो अहिले काठमाडौंको आकाशमा उड्दै गरेको र त्यही माटोले हो महानगरले संसारमै प्रदुशित सहरको ताज पाएको । अनि पानी पर्यो, बर्षा लाग्यो, पुरै सहर हिलाम्य । सवारी साधान चिप्लिएर जोखिम, पैदल यात्रु त्यही सवारीले ठक्कर दिने डर, नभएपनि हिलो नछ्यापिएको कुनै दिन हुँदैन । उनीहरुले अलपत्रै छाडेको खाल्डमा फस्नु, पस्नु त गणनामै नआउने कुरा भए । 
अब कुरा गरौं, काठमाडौं खाल्डो भन्दा बाहिरको पनि । नारायणगढ–मुग्लिङ खण्ड अहिले आम मानिसले सबैभन्दा धेरै सास्ती पाउने ठाउँ । कुन बेला पहाडको ढिस्को खस्ने हो र कतिवेला को पुरिने हुन् कुनै अनुमान हुँदैन । कति घण्टा लाम लागेर बस्नु पर्ने थाहा छैन । ज्यानलाई हल्केलामा राखेर मानिसहरु त्यो बाटो यत्रा गरिरहेकै छन् । तैपनि राज्य चलाउनेहरुसंग त्यसको तात्कालिक बिकल्प बारे छलफल गर्ने चाह छैन र गरिंदैन । जनता त गणेशमानले भने जस्तै भेडा हुन्, जता डो¥याउछ त्यतै गइरहन्छन् । राम्रोसंग छलफल गर्ने हो भने त्यसका पनि बिकल्प हुन सक्छन् होला । राजधानीबाट तराइ पुग्ने अरुपनि बाटाहरु फराकिलो बनाएर जान सकिन्थ्यो होला । 
अव गाउँ गाउँमा खनिएको सडक त के भनौ बाटोको कुरा गरौं । केन्द्रमा बस्नेहरु भन्दा पनि गाउँका छोटे भद्रभलाद्मीहरुको हात ज्यादा छ यसमा । डोजर लगाएर खनिएका बाटाहरु, ज्यानमारा बनेका छन् । पछिल्लो समयमा पहिरो जाने प्रमुख समस्याको जड त्यही हो । कलिलो पहाडमा डोजर लगाएर बाटो खनेपछि त्यसको उचित व्यवस्थापन गर्न नसक्दा पहिरो जानु र खोल्सा बहुलाएर बाढी बन्नु सामान्य हो । अनि अर्काेतिर गाडी त चढिएको हुन्छ तर लडाइमा गएको सिपाहीले भन्दा पनि धेरै जोखिम मोलेर । 
यतिका कुरा लेखिसकेपछि धेरैलाई लाग्ला यो गरिव मुलुकमा के पो हुनसक्छ र हुने नै त्यही हो । यो मैले यही बर्ष हुनुपथ्र्यो भनेको होइन । सबै चिज एकै बर्षमा सकिन्छ भन्ने पनि होइन । तर, यसका लागि योजनाबद्ध रुपमा काम गरिएको भए यस्तो बेथिति हुँदैनथ्यो । आम जनताले पनि यस्तो भुक्तमान व्यहोर्नु पर्दैनथ्यो भन्ने हो । जहाँसम्म गरिवी र स्रोतको कुरा छ, यही बर्ष मात्र यो आर्थिक बर्षको अन्त्यमा आएको प्रतिवेदनलाई हेर्ने हो भने जम्मा ६५ प्रतिशत मात्र बिकास बजेट खर्च भएको छ । त्यो ६५ प्रतिशतको पनि ५० प्रतिशत बजेट यो असारमा सकेको हामीलाई थाहै छ । 
असार बजेट कसरी सकिन्छ भन्ने पनि तपाई हामीलाई थाहैछ । केही रकम पहिल काम गर्दै आएकोमा भुक्तानी दिएर, त्यसपछि बर्षभरी लाग्ने विकास परियोजना १५ दिनमा सकाएर, त्यो कागजमा मात्र सकिएको हुन्छ । अनि पैसा बच्यो भन्दै बिदेश घुमेर र गाडी तथा फर्निचरहरु किनेर । 
हाम्रो कर्मचारी तथा विकास संयन्त्र यस्तो नकाम छ की खर्च गर्नका लागि दिएको बजेटको ४० प्रतिशत मात्र खर्च गर्न सक्छ ठिक ढंगले । बाँकी करिव २५ प्रतिशत भूइमा, आकाशमा अनि आफ्नै पोल्टामा छरेर सक्छ । हरेब बर्ष ३५ देखि ४० प्रतिशत बजेट फिर्ता नै आउँछ । 
त्यसैले मैले यहाँ उठाउन खोजेको विषय नत खर्च नभएर वा गरिव भएर हो, नत कतिपय अवस्थामा प्राकृतिक कारणले नै हो । अझ त्यसपछिको उद्दार, राहत र पुनस्थापना त झनै प्राकृतिक कारणले होइन । 
बरु हामी आफ्नै बिनायोजना, बिनाभिजन गरिने कामहरुको परिणामको रुपमा हरेक वर्षामा दसैंमा मार हन्ने बेला काँध थापेर बसेको भेडाको साँडजस्तै बिपत्तिलाई कुरेर बसेका छौं भन्ने हो ।
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment

  • Photos

    Nepalese Press Night (UK) 2017

More Videos

 
  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

  • Ledley King at Gurkha Cup 2017 II HD Video III

  • Milan Amatya - Fariya Choubandi (Official Video) ft. Juna Sundas, Alisha Rai

  • Lali Budhathoki in UK lll Maya Le Maryo Salaijo bhaka ll

  • Gita Paija in UK lll Barpaki ki Maya lll FNJ UK Charity Program 2017

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Riya Thapa & Esme Thapa lll Danda ra Kanda lll घन बहादुर थापा मगरको बस्ती एल्बम बाट

TV Programme

 
  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

  • An Interview with the oldest Mount Everest Climber Mr Min Bahadur Sherchan

  • Miss Mita kwone Gurung dancing at Kwone (Ghotane/ Ghonde) Gurung (Tamu) Samaj UK Programme 2017

  • मनै मेरो चङगा भो Man Mero Changa Bho Orginal Udaya/Manila Sotang Cover By Deepa Tamang/Mahendra Rai

Upcomming Events

  • Nepali Mela 2017
    Kempton Park
    on 27-08-2017

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions