ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

आगामी निर्वाचनमा माओवादी बलियो भएर आउँछ



आगामी निर्वाचनमा माओवादी बलियो भएर आउँछ

-

स्थानीय चुनावबाट तेस्रो स्थानमा खुम्चिएको नेकपा (माओवादी केन्द्र) अहिले केन्द्रीय सचिवालय बैठकमा जुटेको छ । माओवादी २०६४ सालको संविधानसभा निर्वाचनमा पहिलो पार्टी थियो भने ०७० मा तेस्रो शक्ति बनेको थियो । सोमबारदेखि सुरु जिल्ला इञ्चार्जसहितको बैठकलाई दुई चरणको निर्वाचन समीक्षा र आगामी रणनीतिमा केन्द्रित गराएको माओवादी केन्द्रले जनाएको छ । निर्वाचन परिणाम सोचेभन्दा उल्टो आएको प्रारम्भिक निष्कर्षमा रहेको माओवादीको हैसियत आगामी प्रदेश र संघको निर्वाचनसम्ममा कस्तो रहला भन्ने चासो धेरै तह, तप्कामा उठेको छ । विपक्षीहरुले झनै कमजोर हुने आंकलन गरिरहे पनि माओवादी प्रभावशाली नेताहरुले भने संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशिताको मुद्दाका कारण माओवादी निकै बलियो भएर आउने दाबी गरेका छन् । निर्वाचन परिणाम, आगामी योजना र समसामयिक राजनीतिबारे नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक टेकबहादुर बस्नेतसँग एभरेष्ट टाइम्सले गरेको कुराकानी ।
स्थानीय तहको दुवै चरणको निर्वाचन परिणामलाई माओवादी केन्द्रले कसरी लिएको छ ?
स्थानीय तहको दुई चरणका निर्वाचन परिणाम सबैको चासोको विषय भएको छ । सबै राजनीतिक दल, नागरिक र आममतदाताको चासो हुनु स्वाभाविकै भइहाल्यो । अहिले माओवादी पक्षको परिणाम एजेन्डाको बलमा आएको ठानेको छु । संगठन र एजेन्डाको बल सुन्दर ढंगले हुन सकेको भए माओवादीमा आएको परिणाम अरुका लागि निकै चुनौती दिने खालको हुन्थ्यो, त्यो गर्न सकिएन भन्ने नै लागिरहेको छ । यद्यपि योबारे विस्तृत रुपमा समीक्षा साउन २ सोमबारदेखि सचिवालयको विस्तारित बैठकमा सुरु भएको छ । आधिकारिक, संस्थागत अन्तिम निष्कर्ष सचिवालय बैठक सकिएपछि आउने नै छ । 
मत परिणाम हेर्दा गत २०७३ जेठमा माओवादी १० घटकबीच भएको एकताको कुनै प्रभाव देखिएन, किन ? 
माओवादी धारहरुबीच एकतापछि बलियो हुनुपर्ने हो भन्ने सबैको चासो, चिन्ता र अपेक्षा थियो । र, प्रतिस्पर्धीहमा पनि बलियो हुन्छ कि भन्ने आकांक्षा हुने भइहाल्यो । तैपनि त्यो अनुरुप हुन नसक्नुको पछाडि हामी झन्डै वर्ष दिन संगठन व्यवस्थापन गर्नमै लाग्यौं । हामीले पार्टी एकतालाई अलि समयमै व्यवस्थापन गर्न सकेको भए त्यसको रंग अलि गुणात्मक खालको बन्थ्यो । ६ महिना, वर्ष दिन पार्टी संगठन व्यवस्थापन हुन नसक्दा त्यसैमा थाक्नेजस्तो, गल्नेजस्तो, हराउनेजस्तो र तीन महिनापछि त एकताको रंग उडेजस्तो भयो । एकता ठूलो उपलब्धि हो । शक्तिको एकता, विचारको एकता हो । तर, त्यसलाई समयमै व्यवस्थापन गर्न सकिएनौं भने परिणाम यस्तो खालको हुँदोरहेछ भन्ने पनि हामीलाई महत्वपूर्ण शिक्षा भएको छ । 
यही गतिमा अगाडि बढेमा माओवादी आगामी प्रदेश र संघसम्मको निर्वाचनमा पत्तासाफ नै हुने अवस्थामा जाला नि ? 
त्यस्तो त विल्कुलै हुँदैन । स्थानीय तहको दुई चरण निर्वाचन परिणामको तथ्यांक हेर्ने हो भने पनि यो कुरा बताउँदैन । पहिलो चरणमा करिब १७ प्रतिशत आएको छ भने दोस्रो चरणमा ११ प्रतिशत । यो पुष्टि गर्दैन कि आउने प्रदेशसभाको निर्वाचनमा माओवादी समाप्त हुन्छ । माओवादीका एजेन्डाहरु शक्तिशाली छन् । भर्खर त संघीयता, आन्दोलनको जग बस्यो । संविधानसभाको आन्दोलनमात्रै क्लोज भएको छ । कार्यान्वयनका लागि १०औं, २०औं वर्ष लाग्ने भए पनि यी एजेन्डा चानुचने छैनन् ।  
कसैले पनि पुष्टि गर्न सक्दैन कि माओवादीले संविधानसभामा आफ्ना जो विषयवस्तु, एजेन्डाहरु व्यवस्था ग¥यो, स्थापना ग¥यो, त्यसको कार्यान्वयन भइरहेको छ । यो कुराले आउने संघीय र प्रादेशिक निर्वाचनमा हामी परिणाम बढाउँछौं । किनकि हामीलाई २०७०को संविधानसभा निर्वाचन र अहिलेको स्थानीय निर्वाचन परिणामले ठूलै धक्कामूलक शिक्षा दिइसकेको छ । पहिलो संविधानसभाबाट जसरी संविधान बनाउन सकेनौं, त्यसकै कठोर समीक्षाको परिणाम न हो दोस्रो संविधानसभाबाट हामीले संविधान बनाउन सकेको । संविधान जारी गरेर माओवादीले गर्न सक्दोरहेछ भन्ने पुष्टि भएको छ । यो कुरा सबैलाई राम्रोसँग हेक्का छ । माओवादीको पहल, नेतृत्वबिना संविधानसभाबाट संविधान बन्थ्यो भन्ने कोही कसैले भन्न सक्छन् ? कांग्रेस, एमालेका र केही इमान्दार राजनीतिक दलका नेताहरुले भन्न सक्नुहुन्छ ? सामुन्यमा कसैले भन्न सक्नुहुन्न । त्यसैले एजेन्डाहरु धेरै वजनदार छन् । धेरै मूल्यवान्, ऐतिहासिक, दूरगामी भएकोले माओवादी आगामी निर्वाचनमा कमजोर होइन बलियो भएर आउँछ । 
माओवादी हारे पनि एजेन्डा जित्यो भनेर माओवादीले आत्मसन्तोष लिइरहेको देखिन्छ, तर निर्णायक  तप्कामा अरु पार्टीले ओगट्दा निको लाग्दोरहेछ ? 
संगठन पुग्न सकेन भन्ने कुरा त पुष्टि भयो कि । तर, शिक्षा लिइसकेपछि, अगाडि बढाउन चाहेपछि त्यो हुन नसक्ने भन्ने संसारमा कहीं पनि छैन । छिमेकी भारतमा नरेन्द्र मोदीको पार्टी कस्तो ठाउँमा थियो ? त्यो कसैले कल्पना गरेको थियो । नेपालमा पनि २०६४ सालमा माओवादीले जित्न सक्छ ? भन्ने कसैले सोचेका थिए र ? आखिर त्यस्तो त हुँदोरहेन छ त, हामी पहिलो शक्ति बनेका थियौं । रोलक्रममा हाम्रो पछि कांग्रेस पहिलो भएर आयो, अहिले एमाले पहिलो भयो । के एमाले यही ठाउँमा बसिरहन्छ भन्ने हुन्छ र ? यही ढंगले नियमिततामा विकास गर्न सक्यो भने एमालेको थिरता र परिपक्वता होला, एउटा कल्पना गरौं । तर, त्यो हुँदोरहेनछ भन्ने इतिहासले पुष्टि गरेको छ । त्यसकारण संसारभरिका अनुभवहरु छन् । नेपालकै अनुभवहरु धेरै टाढा हेर्न जान नपर्ने अवस्थामा माओवादीहरु पत्तासाफ हुन्छ भन्ने कल्पना कसैले गरेका छन् भने त्यो अपरिपक्व, अवस्तुवादी आंकलन हुन्छ भन्ने मेरो ठम्याई छ । 
उसो भए, अबको चुनावी रणनीति कस्तो बनाउँदै हुनुहुन्छ ?  
माओवादीका एजेन्डा शक्तिशाली हुँदाहुँदै पनि तल लैजान सकेनौं कि भन्ने यदाकदा लाग्छ । राम्रो एजेन्डा भएर हुँदोरहेछ र, त्यो त तल ठाउँमा पुग्नुपर्दोरहेछ । बिउ पाखामा राम्रो हुँदैमा हुँदैन नि, त्यो त जमिनमा पुग्नुपर्छ । जग्गामा बिउ पुगिसकेपछि त्यसको गोडमेल गर्ने, सिँचाई, मलजल गरिसकेपछि न बिरुवाले राम्रो परिणाम दिन्छ । यो कुरा राजनीतिक पार्टीहरुमा पनि लागू हुन्छ । परिणाममुखी बनाउनका निम्ति, जसरी एउटा बिरुवाबाट राम्रो फल दिनका निम्ति टिम, शक्ति, औजार, साधनस्रोत सबै खालको लगानी गर्न पर्‍यो । यो कुरालाई आधिकारिक प दिन यो बैठक आयोजना गरेका छौं । एजेन्डागत रुपमा भएका कमजोरी के के हुन् । मैले के सोचेको छु, पार्टी हेडक्वाटरले के सोचेको छ, अरु नेतृत्वले के सोचेका छन्, त्यसलाई एकत्रित पारेर अगाडि बढ्नेछांै । चुनावी रणनीति र कार्यनीति बनाउने कुरामा यसअघि अपुग भयो कि भन्ने लागेकै छ । यसको विस्तृत समीक्षा सचिवालय बैठकमा हुनेछ । समीक्षामात्रै गर्ने छैन कि पार्टीको समग्र कार्यक्रम, रणनीति र कार्यनीति तय गर्नेछ । 
माओवादी नेता, कार्यकर्ताहरु, सिंहदरबार, बानेश्वर र लाजिम्पाट केन्द्रित भएर जनतामा नजाने एकखालको बानीको विकास भएको बुझाई माओवादीभित्रै पाइन्न्छ, यसलाई सजिलै चिर्न सक्नुहोला ? 
यही कुरालाई चिरफार गर्नकै लागि बैठक आयोजना गरिएको छ । 
बैठकका निर्णय, निर्देशन कार्यान्वयन नभएका नजीर पनि छन् नि ? 
त्यो विषयमा पनि समीक्षा होला । त्यसकै कारण परिणाम अपेक्षाकृत नआएको होला । अबको निर्वाचनमा अपेक्षाकृत परिणाम ल्याउन त्यो खालको वस्तुगत आँकलन, योजना, कार्यक्रम बनाएर अगाडि बढ्नका लागि बैठक डाकिएको हो ।
माओवादीभित्र पद, प्रतिष्ठाप्रति लोभलालच पनि बढ्दै गएको विश्लेषण गरिन्छ नि, त्यस्तै हो ? 
पूरै पद, प्रतिष्ठा, लोभलालचमा लागेको भन्न सक्दैनौं । तर, पहिलेजस्तो त्याग, समर्पण भाव नयाँठाउँ, परिस्थिति र व्यवस्थामा आइपुग्दा घटेको होकि भन्ने माओवादीभित्र र बाहिर आशंका छ । घटिहाल्यो भन्ने होइन । घट्दै गएकोले नै जनताले प्रश्न उठाउँछन् । छ र त, मिडियाले प्रश्न उठाउँछन् । त्यसैले यी कुराहरु जीवनमा लागू गर्नुपर्ने, कतै भूल गरियो कि भनेर फर्केर हेर्नुपर्ने र समीक्षा गर्नुपर्ने विषयहरु त छन् नै । यी विषयहरुमा पुनर्विचार, पुनर्जीवन, पुनर्ताजकी गर्ने ठाउँसम्म पुग्ने केही आधार पार्टी बैठकले दिलाउँछ भन्ने लाग्छ । 
पार्टीभित्र आकांक्षी बढेकैले होला, यहाँहरुले मन्त्री छान्न नसकेको ? 
त्यो कुरामात्रै पनि होइन । हामीले संविधान संशोधन गर्नु थियो । मधेसलाई संविधान कार्यान्वयनको दायरामा ल्याउनु थियो । संविधान कार्यान्वयनको दायरा, त्यसको ठोस र मूर्त अभिव्यक्ति भनेको स्थानीय तह निर्वाचन हो । त्यसमा सहभागी गराउनु सामान्य विषय थिएन । त्यस्तै, राप्रपा पनि सरकारमा आउन तम्सिएको, मधेस पनि सरकारमा आउन तम्सिएको स्थितिमा नेपाली कांग्रेस र माओवादी केन्द्रले फूलफिल गरिसकेको अवस्थामा ढोका क्लोज हुन्छ, त्यसपछि को आउँछ ? त्यही भएर ढोका त अहिले नै बन्द गरिहाल्नु हुँदैन नि त ? त्यसकारण सबै कुरा, सबै पक्षको कुरा सुन्नाले मन्त्रिपरिषद् विस्तार ढिलाई भएको छ । नयाँ सरकार बनेको एक महिना भएको छ, यसलाई धेरै ढिला भन्न मिल्दैन । एक, डेढ महिना ढिला भएको इतिहास हामीसामु धेरै पर छैन । त्यसैले पार्टीभित्र मिलेन कि भन्ने कोणबाट मात्रै होइन कि अरु विषय पनि साथै जोडेर आएकोले मन्त्रिपरिषद् विस्तार ढिलाइ भएको हो । 
मन्त्रिपरिषद्‌मा जान तपाई पनि इच्छुक हो ? 
सरकारमा जाने मेरो व्यक्तिगत चाहनाको विषय भएन, यो आन्दोलनको विषय हो । जनताले आफ्नो मतको सदुपयोग भएको, निश्चित ठाउँ, पदमा पुगेको हेर्न र देख्न चाहन्छ । म किन सरकारमा पुगेन भन्ने रहस्यको विषय भएको छ । दुईपटक प्रत्यक्ष निर्वाचित भएका व्यक्ति मन्त्री नबनेका सबै पार्टीमा कमै होलान् । हाम्रो पार्टीमा त मबाहेक कोही बाँकी छैनन् । अझ कोही त दुई, तीनपटक भइसके । त्यो हिसाबले यो रहस्यको जवाफ दिनका निम्ति चाहना राख्ने कुरा स्वाभाविक जस्तो लाग्छ । 
पार्टीले तपाई मन्त्री बन्दै हुनुहुन्छ भन्ने सुइँको दिएको छैन ? 
यो विषयमा छलफल भइरहेको छ भनेर मोटो कुराबाहेक ठोस कुरा मसँग आइपुगेको छैन । सल्यानबाट सरकारमा प्रतिनिधित्वको आवश्यकता एउटा ऐतिहासिक दृष्टिकोणले, अर्को मतदाताको आकांक्षा र चाहनाको हिसाबले, अप्रत्यक्ष रुपमा रोल्पा, रुकुम र देशभरिका जनताको लागि पनि एउटा विषय भइसक्यो । अघिल्लोपटक मन्त्री बनाइदिएको भए यो प्रश्न त्यत्ति रहस्यमय बन्दैनथ्यो । यो पटकसम्म पनि मन्त्री नबनाइँदाखेरी केले काम गरेको छ भन्ने खालको प्रश्न बनिहाल्छ । रोल्पा, रुकुमबाट मन्त्री बन्दा सल्यान छुट्न गएको छ । गाउँघरमा हलो जोत्ने क्रममा राँटो रह्यो भनेझैं अवलोकन गर्ने विषय त बन्न जान्छ नि ! यो कुरा म मन्त्री हुन चाहनु र नचाहनुमा मात्रै सीमित छैन । मेरा मतदाता, शुभचिन्तक, आफन्त, समर्थक, आमकार्यकर्ता र जनता जसरी यो चाहना राखेर अगाडि बढेका छन्, यसमा उच्च सम्मान व्यक्त गर्न चाहन्छु । मैले आश एवं अपेक्षा के गरेको छु भने पार्टीले उचित समयमा, उचित निर्णय लिनेछ । 
अनि मधेसकेन्द्रित दलहरुसँग गरेको वाचाअनुरुप संविधान संशोधन त हुन सकिरहेको छैन, ती दलहरुसँग विश्वासमा संकट पैदा भयो भन्ने लाग्दैन ? 
यदाकदा त्यो प्रश्न आउने गरे पनि मुख्य कुरा त्यो होइन । मुख्य कुरा राष्ट्रिय एकता कायम गर्न केही राजनीतिक दलको इच्छाशक्तिमा केही कमी आएको हो कि भन्ने लागिरहेको छ । जसरी संविधानसभाबाट संविधान बनाउने बेला नेपाली राजनीतिक दलहरु एकढिक्का भए । नजिकैको भारतले हस्तक्षेप गर्दागर्दै पनि जबर्जस्त अगाडि बढेर संविधानसभाबाट संविधान जारी भयो । यस्तै एकता संविधान संशोधनको बेला पनि आवश्यक थियो र छ । संविधान कार्यान्वयनको दायरा, संविधान निर्माणको दायरा फराकिलो पार्नका निम्ति, मधेसलाई कुनै पनि मूल्य चुकाएर संविधानको दायरा र सहमतिमा ल्याउनका निम्ति कुनै कसर बाँकी राख्न किन पथ्र्यो । असन्तुष्ट पक्षलाई सहमतिमा ल्याइसकेपछि भित्र रस्साकस्सी, छलफल, संघर्ष पनि सकिने हुन्थ्यो । त्यो कुरामा केही कमी आएको हो कि भन्ने लाग्छ । 
बहुमत नपुगेको बहानामा स्थानीय तहको तेस्रो चरण निर्वाचनअघि पनि संविधान संशोधन नहुने अवस्था बन्ला नि ? 
छलफल त अधिकतम भइरहेको छ । अघिल्लो सरकारले पनि अधिकतम कोसिस गर्‍यो । 
निष्कर्षबिनाको छलफलका अर्थ रहन्छ र ? 
हैन, छलफल, कोसिस गर्नु राम्रो, सकारात्मक कुरा हो । परिणाम सबैको आइहाल्छन् भन्ने कुरा त व्यक्तिगत लाइफमा, किसानको लाइफमा, देशको लाइफमा, राजनीतिक पार्टीको लाइफमा र समग्र राष्ट्रिय राजनीतिक लाइफमा छैन नि ! कोसिस ग¥यो कि गरेन भन्ने ठूलो कुरा हुन्छ । कतिपय सरकारको पालामा कुनै विषयवस्तुबारे एकदम न्यूनतम कोसिस नगर्ने, ठूलठूला आश्वासन दिने गरेका छन् नि ! म यत्ति भन्न सक्छु कि यसपटक सरकार मधेसकेन्द्रित दलहरुको माग पूरा गर्न संविधान संशोधनका लागि निकै सकारात्मक छ । कुन पक्षले चाहेको छैन भन्ने पनि निष्कर्ष सरकारमा, स्थानीय तह निर्वाचनमा आउन चाहने शक्तिलाई महसुस गराउन सक्नु पनि ठूलो उपलब्धि हो । 
राजपा पनि सरकारमा आउन चाहेको हो ? 
राप्रपा, राजपा, फोरमलगायत मधेसका धेरै पार्टीहरु सरकारमा आउन चाहेका छन् ।
अन्तिममा, स्थानीय निर्वाचनलाई संविधान कार्यान्वयन भनिएको छ, स्थानीय तहको कामकारबाही सहजरुपमा अगाडि बढ्ला ?
स्थानीय तह कार्यान्वयन त्यत्ति सजिलै, सहजै, स्वतः भइहाल्ने अवस्था छैन । त्यसका लागि बल गर्नुपर्छ । त्यसका लागि संघर्ष गर्नुपर्छ । जनता सचेत र जागरुक हुनुपर्छ र जनता र मतदाताहरुलाई तलबाट कसरी जागरुक गर्ने, कसरी आफूलाई अधिकार सम्पन्न गराउने भन्ने जनतामै भर पर्छ । त्यसकारण सजिलै गरी कार्यान्वयन हुने अवस्था छैन । 
विगतमा जसरी सिद्धान्तमा विकेन्द्रीकरण लेखिए, व्यवहारमा कार्यान्वयन भएन । अहिले पनि संविधानमा बकाइदा संघीयता व्यवस्था गरिएको छ, तर त्यही स्परिट र भावनामा कार्यान्वयन हुने अवस्था देखिँदैन । रोयल्टीसम्बन्धी व्यवस्थामा स्थानीय तहलाई ५ प्रतिशत, प्रदेशलाई १० प्रतिशत र केन्द्रलाई ८५ प्रतिशत छ । यो अधिक केन्द्रीकरण हो । यो संसारका कुनै पनि देशमा खोजेर पाइँदैन । दोस्रो कुरा, यो भन्दा अगाडि दिएको अधिकार पनि अहिले खोसियो भनिएको छ । यो खालको शासन व्यवस्थामा जान खोज्ने टे«न कहाँबाट आउँदै छ यो रहस्यको विषय बनेको छ । खोजीको विषय भएको छ । ती कुरा अहिलेका राजनीतिक दलहरुले मान्नेवाला छैन । तल कुनै तहका जनप्रतिनिधिहरुले पनि मान्नेवाला छैनन् । यस्तै असन्तुलित साधन, स्रोतको विषय पारित भयो भने देशमा आगो बल्नेवाला छ । त्यसकारण यसलाई संशोधन गरेर अगाडि जानुपर्नेछ । 
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment

  • Photos

    Nepalese Press Night (UK) 2017

More Videos

 
  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

  • Ledley King at Gurkha Cup 2017 II HD Video III

  • Milan Amatya - Fariya Choubandi (Official Video) ft. Juna Sundas, Alisha Rai

  • Lali Budhathoki in UK lll Maya Le Maryo Salaijo bhaka ll

  • Gita Paija in UK lll Barpaki ki Maya lll FNJ UK Charity Program 2017

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Riya Thapa & Esme Thapa lll Danda ra Kanda lll घन बहादुर थापा मगरको बस्ती एल्बम बाट

TV Programme

 
  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

  • An Interview with the oldest Mount Everest Climber Mr Min Bahadur Sherchan

  • Miss Mita kwone Gurung dancing at Kwone (Ghotane/ Ghonde) Gurung (Tamu) Samaj UK Programme 2017

  • मनै मेरो चङगा भो Man Mero Changa Bho Orginal Udaya/Manila Sotang Cover By Deepa Tamang/Mahendra Rai

Upcomming Events

  • Nepali Mela 2017
    Kempton Park
    on 27-08-2017

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions