ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

शैक्षिक क्षेत्रमा भूपू सैनिकहरुको योगदान



शैक्षिक क्षेत्रमा भूपू सैनिकहरुको योगदान

सूर्य मगर -

बेलायत बस्ने मगरहरुको संस्था मगर संघ युकेले ‘कानुङ लाङ्घा’ नामको मुखपत्र वार्षिक रुपमा प्रकाशन गर्छ । जसको सम्पादकमण्डलमा पोखरा–काठमाडौं वा नेपालमा नै बस्ने मेजन पुन मगरजी पनि हुनुहुँदोरहेछ । उहाँमार्फत ८ अंक ०७० को प्रकाशन प्रति मैले पनि प्राप्त गरें । यसभित्र शिक्षा क्षेत्रमा भूपू सैनिकहरुको योगदान शीर्षकको खोजमूलक लेख रहेछ । यो उहाँकै सिर्जना हो । म आज यही लेखलाई खोतल्दै विद्वता के हो र यसको भूमिका वा जिम्मेवारीबारे आफ्नो सुझ–बुझ व्यक्त गर्ने प्रयत्न गर्दैछु ।
मेजन पुन मगरजीका सिर्जना धेरै छन् । उहाँ मगर जातिकै बारेमा बढी केन्द्रित हुनुहुन्छ । मानौं मगर जातिकै निम्ति त्याग र समर्पण हुँदै आएका छन् । मगर के हो ? कसरी उँभो लगाउन सकिन्छ ? उहाँ निरन्तर प्रयत्नशील हुनुहुन्छ । इतिहास लेख्नुभयो— पुन मगर एक अध्ययन । फिल्महरु बनाउनुभएको छ । स्वयम् कलाकार, लेखन, निर्देशन र पत्रिकाहरु पनि प्रकाशन गर्नुभयो । आफ्ना स्व–विचारहरु पनि सम्प्रेषण गर्दै आउनुभएको छ । मेरो पोखरामा नातेदार हुनुहुन्छ । उहाँहरुमार्फत मैले मेजन पुन मगरजीबाट उब्जिएका प्रतिभाको स्वाद प्राप्त गर्ने अवसर पाएँ । यसैले मलाई उहाँसित मित्र साइनो लगाईदियो । दुई, तीन वर्ष भयो । हामी गफगाफमा रम्दै आएका छौैं । म कहाँको सूर्य मगर, कहाँको उहाँ— माया बस्यो । पिरतीको बन्धन अघि बढदैछ । हामी न भाइमारा हौं । न साखुल्ले, न गुरु–चेला, न शिष्य । दाइभाइ हुँदै आएका छौं । उहाँ मलाई माओवादी भन्नुहुन्छ । म उहाँलाई जातिवादी भन्छु । ठोकाबाजी पनि चल्छ । अन्यथा मानिदैन ।
मेजन पुन मगरजीको लेखन वा उहाँ लागिरहेको सबै क्षेत्रमा दक्षता देख्छु । कानुङ लाङ्घाको उक्त लेखबारे पनि टिप्पणी गर्नु पर्ने मैले केही देख्दिनँ । लेख लामै छ । बेलायत र भारतमा कार्यरत गोर्खाली फौजको इतिहास के हो वा स्थापना कसरी गरियो यी सबै नालीबेलीको सजीवता जान्न सकिन्छ । उहाँले यो पनि प्रस्ट पार्नु भएको छ । जनजातिमध्ये मगर र गुरुङ बेलायतको पहिलो रोजाई थियो । नालीबेलीका समग्रता उत्खनन् गरिएकोले यस्तो लाग्छ उहाँ स्वयम् ब्रिटिस वा भारतीय गोर्खा हुनुहुन्छ । तर उहाँ म्यानेजमेन्टको विद्यार्थी एमबिएको प्रमाणपत्रसित पनि रम्नु भएन । जिन्दगी कता कता मोडियो– घाटा भयो कि फाइदा, कहिलेकाहीं भन्नुहुन्छ । उहाँले यो लेखमा भन्ने खोजेको के हो भने हाम्रो पुर्खा लाहुरेमात्र होइनन्— शिक्षाप्रेमी पनि हुन् र नेपालको शिक्षा विकासमा महत्वपूर्ण भूमिका छ । लेखमा उहाँले उपशीर्षक राख्नु भएको छ । र, सबै बेलिबिस्तार पाइन्छ । मेरो विचारमा सामान्यजनले पनि बुझुन् भन्ने उहाँको अभिप्राय हो । भाषामा पनि सरलीकरण छ । अर्थात् क–कसले कहाँ के के योगदान गरे विवरण समेत लेख्नुभएको छ ।
मैले खोतल्छु र टिप्पणी गर्नु पर्दैन भनिसकेको छु । मेरो यो भनाइलाई अन्यथा मान्नु पर्ने छैन । टिप्पणी यो अर्थमा गर्नु पर्दैन । घटनाक्रम र योगदान यथार्थ छन् । खोतल्नु किन प¥यो ? यो लेखको मनसाय के हो ? म किनाराको गफगाफेदेखि जान्ने र सुनी जान्नेमात्र होइन । आफ्नै विवेक पनि बोल्नु पर्छ । उहाँले लेख्नु भएको छ– करकापको भर्ती थियो, षड्यन्त्र र लुटको सिकार भयौं । म यो झुट हो भन्दिनँ । उहाँ यो पनि लेख्नुहुन्छ– भूपू सैनिकहरुको शिक्षामा योगदान थिएन भने यो अवस्थामा आउन धेरै वर्ष प्रतिक्षा गर्नु पथ्र्यो । उहाँले बहादुरीको गर्व पनि सबिस्तार गर्नु भएको छ । यो स्वयम् विरोधाभास भएन र ? खोतल्नु पर्ने विषय यिनै हुन् । 
हामी न भर्ती केन्द्रको विरोध गर्न सक्छौं न इतिहासलाई पचाउन सक्छौं । मेरो मत के हो भने विद्वान्हरुले विरोधाभास शब्द गठन गर्नु भएन । के कसैलाई खुसाउन वा तीतो पोख्नु मात्र विद्वता हुन्छ र ?  मेजन पुन मगरजी प्राज्ञिक मात्रै हुनुहुन्न । विद्वताको श्रेणी उक्लिन खोजेपछि सहजै सबैको मुख रसाउँछ । म पनि उहाँको पछिपछि आशाले नै घिस्रिदै छु । उहाँ अब अल्लारे हुनुहुन्न । कलमले फड्को हालिसकेको छ । यदि यो शब्द लाहुरेकै थियो भने कसिकसाऊ हुँदैनथ्यो । भूपू सैनिकहरुको इच्छा, बहस विद्वता यो मात्रै हुँदैन । मैले भन्दै आएको छु– उन्नाइसांै शताब्दीमा युरोपका मजदुरले पुँजीपतिको गर्धन छिनाए । फ्याट्रीमा आगो लगाए । माक्र्सले यो घटनालाई गम्भीरताका साथ लिनु भयो र गहन अध्ययन गर्नुभयो । उहाँको निष्कर्ष यस्तो थियो । मजदुरको जीवन बर्बाद गराउन न फ्याट्री दोषी हो न व्यक्ति । गलत विचार र चिन्तन क्रिया दोषी हो । उहाँले यसरी नै साम्यवाद उब्जाउनु भयो वा प्रतिपादन गर्नु भयो ।
मेजन पुन मगरजी मगर उत्थान र विकासका लागि मात्र होइन बेलायत र भारतीय गोर्खा रेजिमेन्टका भू.पू. सैनिकहरुबारे बोल्दै हुनुहुन्छ । हाम्रा पूर्खाको आर्जनले शिक्षामात्रै होइन– जीवन नै पाएका छौं । त्यही जंगल र गोठाले जीवन थियो भने शिक्षितको अवसर होइन जनसंख्या वृद्धि नै रोकिन्थ्यो । यसरी हेर्दा श्रेय राणाहरु वा राजाले पाउँछन् । र, उनीहरुले लेखेको इतिहास के यस्तै छैन र ? मानौं, उनीहरुले जबरजस्ती नै गरे वा आफ्नै लागि गरे । तर हाम्रो पनि भएन र ? मेजन पुन मगरजीलाई मैले साम्यवाद अंगाल्नुस् भन्दिनँ । न मगर वा भू.पू. सैनिकहरुलाई भन्न सक्छु । किनकि विचारको अर्थ कसैले पिलाउने चिज होइन । मलाई कसैले ढुङ्गालाई पूजा गर भन्लान । मैले त्यतिबेलासम्म गर्दिनँ जतिबेलासम्म मलाई ढुङ्गा पनि देउता हुन् भन्न सक्दिनँ । जब म बेसहारा वा मृत्युको मुखमा पुग्छु ढुङ्गा होइन के केलाई पुज्छु थाहा हुँदैन । माक्र्सको साम्यवादी लहर उनले बनाएको होइन जहाँ औद्योगिक सर्वहारा छैन । हामी कहाँ आइपुग्यौ । लहै लहैमा म पनि आकासिए । तर माक्र्सलाई पनि थाहा थिएन । साम्यवादका रंग यति धेरै हुनेछ । हामी अहिले रंगीन र कुरुपताको फोहरी साम्यवादी लहरमा पौडीदैछौैं ।
विचारको इतिहास केलाउन सहज छैन । म जस्तो गफगाफे थाक्नुको अर्थ आश्चर्य होइन । यो सानो मुलुकको पछौटे संस्कृति र गरिबीभित्र जन्मिएँ । नाङ्गो ढाक्न र भेद भर्न वा दुई चार अक्षर पट्कार्न वा खुट्याउन सक्दा ठूलै भए भन्ने लाग्थ्यो । जब गहिरीन थाले स्वयम्लाई लज्जा हुन्छ । हामी आफ्नै बारेमा थाहा पाउँदैनौं । र, स्वयम् मिल्न सक्दैनौं भने खोई गरौंला के ? विद्वता यो पनि होइन रहेछ । विद्वता बारेमा मैले बुझेको के हो भने सिर्जनात्मकता अवश्य यसले खोज्छ, विमति छैन । तर उब्जिन्छ कसरी ? म गरिब जीवनभित्र अथाहा ज्ञान भेट्छु, सागर छ । तर उनीहरुलाई हराइरहेको जाति हो । त्यहाँ पनि ज्ञानको सागर छ भनेर खोजी कार्य गर्नु स्वयम् विद्वता हो । प्रश्न यो हो उहाँले यसलाई डो¥याउनु हुन्छ कसरी ? अर्थात् विचारको प्रश्न उभिएको छ । मलाई थाहा छ, उहाँ यथास्थिति खोज्दै हुनुहुन्छ । उहाँ यतिमात्रै भन्दै हुनुहुन्छ— भूपू सैनिकहरुको शिक्षा प्रेमलाई पनि राज्यले आँखाले लगाइदिओस् । मेरो मत के छ भने हामी आफ्ना मागहरु राज्यसमक्ष अवश्य निवेदन गर्छौ, निवेदन कहाँ पुग्छ थाहा हुँदैन । किन यस्तो हुने गर्छ ? स्वयम् राज्य के हो ? यदि यो स्वयम् विवेकशील हुन्थ्यो भने निवेदनको आवश्यक नै थिएन । राज्यभित्र हामीले आफ्नो पनि हैसियत खोजेको छौं । यहाँसम्म आउनु मैले उपलब्धि नै मान्छु । र, स्वयम् यो स्थिति पनि बनेको होइन । मेजन पुन मगरजीको पसिना पनि यसभित्र छ । हामी कताबाट कहाँ आइपुग्यौं । यदि यसरी बुझ्दैनौं भने गन्तव्य सधैं अन्योल हुन्छ ।
हामी आदिवासी जनजाति र लाहुरे भनेर उठेका छांै । मैले यो भन्नै पर्छ म यसरी उठिनँ । मलाई यो थाहा थिएन । आदिवासी जनजाति र लाहुरे पनि राजनीति हुनेछ । अबका भविष्य सायद सम्पतिको स्वामित्व निजी वा सामाजिक हुने सम्बन्धित रहेन नै भन्नु पर्छ । यो पनि छोडिदिऊ । देखिन्छ के भने यो मेरो मुलुक यहाँको म नागरिक भने पनि रहन्छ कि रहन्न भन्न सकिने स्थिति छैन । जहाँ जाला जोगी भातै खाला– भने जस्तो भइरहेको छ । सन् २००० यता यो स्थिति बन्यो । म भू.पू. सैनिकबारे कसरी बोलौं ? विवशता हो वा रहर, धमिलिँदैछ । युरोप र अमेरिकीहरु भन्छन् सहयोग हामी गर्छौ । यदि यो उनीहरुकै बासस्थान भए नाम नेपाल नै रहे पनि शरणार्थी को होला ? प्रश्न स्वयम् उठिरहेको छ । बेलायत भारत वा जो कुनै मुलुकमा बसेर म पनि मगर वा नेपाली हुँ भन्नु गर्व अवश्य लाग्छ । तर, आफ्नो भूमिका के हुने ? सायद हामी जीवनलाई रस रंगमात्रै ठान्छांै । मैले विद्वताको कुरा गर्दैछु । कसले आफ्नो हितमा बोल्छ । गर्व कसले गरिदिन्छ र कसरी जीउन सहज हुन्छ । विद्वता यसलाई मानिँदैन, यो फगत शरीरमात्रै हो ।
भूपू सैनिकबारे राज्य बेखबर यो अर्थमा भयो । विद्रोह कहिल्यै गरेनन् । आदिवासी जनजातिको आन्दोलनले पनि के दिन सक्ला ? आफ्नो जातीय पहिचानको मुद्दा अवश्य उठायो । मानौं कुनै अर्थमा पहिचान हुने छ र कोठामा अंश अवश्य मिल्ने छ । अर्थात् भाषा संस्कृति र धर्म पनि गरिएला । तर जनजीवन के हुन्छ ? यदि भरोसा लाहुरेकै हुने हो भने प्राप्त अधिकार स्यवम्लाई बोझ नहोला ? हामी लाहुरे किन भयौं वा पछाडि धकेलियौं किन ? हामीले भन्ने गर्छौं, अवसर नै भएन अन्याय गरे । सत्यता यो मात्रै थिएन । बौद्धिक विकासबारे खोतल्नु पर्छ । अद्यावधि म के देख्छु भने शरीरकै लडाइँमा प्रेरित छौं । जसको कारण शरीरको उपयोग जो कोहीले गर्छ । प्राज्ञिकको अर्थ सिङ्गो भूगोलको बोध हो र विद्वताको अर्थ आफ्नै विवेक उब्ज्याउनु हो । हामी कहाँ थियौं र छौं ? कहाँ हामी आफ्नो जाति भनेर गर्व सधैं गर्दै आयौं स्वयम् यो गलत होइन । तर विद्वता असीमित सम्बन्धबाट उब्जिन्छ । हामी यन्त्रमानव वा बैशाखी किन भयौं ? मष्तिष्क टकरावबाट सधैं टाढा भाग्छौ र आफ्नै समूह शक्तिभित्र आफ्नो गर्व खोज्छौं । दुर्भाग्य यही हो, शरीरमात्रै हामीसित हुने गर्छ । मानौं, भोलिको राज्य प्रशासक मगर होलान्, उसको चुनौती के हुनेछ ? हामी भन्ने छौं खुट्टा ताने कामै गर्न दिएनन् । राजनीतिक पार्टी नेताहरु असफल किन भए ? कमजोरी यही हो । समूह शक्तिबाट माथि उठ्न सकेनन् । विद्वता के भयो ? न बजे मुरली न रहे बाँसुरी । यो नै अभिसाप हो ।
विद्वतालाई सामाजिक जीवनको उत्थान उहाँको उद्देश्य असभ्य मगर र पुन होइन । यदि कसैले भू.पू. सैनिक र मगरलाई पिछडा भनिँदैनथ्यो भने उहाँले लेख्नु हुँदैनथ्यो— शैक्षिक क्षेत्रमा भू.पू. सैनिकहरुको पनि योगदान छ । मैले आफ्नो विवेकसित मिलान गर्न खोज्नु किमार्थ व्यङ्गय होइन सच्याइनै पर्ने छ । शरीरलाई हामी जति अघि बढ्न दिन्छौं– विद्वताको अर्थ रहँदैन । उहाँका भावना स्वच्छ छ, विमति छैन । मेहनत गर्नु भएको छ । आफूलाई उठाउन प्रयत्नशील हुनुहुन्छ । यद्यपि उठिन्छ कसरी ? प्रश्न उभिएकै छ । प्रस्तुति पनि महत्वको विषय हो । धेरै विद्वान्हरु भार खोज्दैछन् । पक्षीय भावमा बोल्दै आए, थाहा पाएनन् विद्वता के हो ? निर्दिष्ट वा लक्षित जसलाई गरिए पनि उर्जा हुनेहरु नै बोल्छन् र यसैले उठाउँछ व्यक्तित्व । मैले भन्दै आएको छु, मेजन पुन मगरजीका सिर्जनाहरु खोजी खोजी पढौं र बोलिदिऊ आफ्नो मत के छ ? जसरी मैले आजको यो शब्द गठन गरे । खुद्रा कुरा गरिनँ भन्दिनँ । मेरो आकांक्षा यही हो, सायद उमेर ओरालो लागेर पनि कचकच बढी हुन्छ । म देख्दैछु, मगरको सन्तानले औजार र बन्दुक बोक्नुको अलावा कलम समात्यो । चिन्तन क्रियाको यो साहस वा धृष्टता नै हो । अमूल्य नीधि संकलन भएका छन् जसको रक्षा र हुर्काउनु मेरो पनि कर्तव्य हो, मैले यही गर्दैछु ।
मेजन पुन मगरजी भू.पू. सैनिकहरुको शिक्षामा भरपुर योगदान छ । गर्वका साथ बोलिदिनु भयो । सेनाको अर्थ जाति बनायो कसले ? ब्रिटेन स्वयम् जिम्मेवार छ । उसले यो साम्राज्य विस्तारको बिउ रोपेको थियो । यदि यसबाट छुटकारा पाएनौं भने भोलिका दिन अझै चुनौती स्वयम्लाई हुनेछ । राणा र राजा सचेत थिएनन् । बोधका अभाव थियो । सायद निरन्तरता बढ्दो छ, यो मेरो विनम्र निवेदन हो । पीडित हामीमात्रै छैनौं र शिक्षामा योगदान अरुको पनि छ, खोज्ने प्रयत्नको निरन्तरता अविरल बनोस् ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions