ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

‘नेपाली मेला’ सबै नेपालीहरुको साझा हो



‘नेपाली मेला’ सबै नेपालीहरुको साझा हो

-

तमुधिं युकेको आयोजना र बेलायतमा बस्ने नेपालीहरुको सक्रिय सहभागितामा ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ नाराका साथ सन् २००९ सालदेखि नेपाली कला र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले ‘नेपाली मेला’ हुँदै आएको छ । आगामी अगस्ट २७ तारिख आइतबारका दिन लन्डनस्थित क्याम्पटन पार्क, रेसकोर्समा गर्न लागेको ‘नवौं नेपाली मेला’लाई सफलतापूर्वक सम्पन्न गर्नका लागि तमूधिं युकेका उपाध्यक्ष हितकाजी गुरुङको संयोजकत्वमा मेला आयोजक समिति गठन भएको छ । तमूधिं यूकेको स्थापनाकालदेखि नै तमूधिं यूकेको हरेक गतिविधिमा संलग्न हुँदै आएका संयोजक गुरुङले तमूधिं यूकेको संस्थापक सदस्य र उपाध्यक्ष पदको जिम्मेवारी लिइसकेका छन् । अत्यन्त सरल स्वभाव र स्पष्ट वक्ताको रुपमा परिचित संयोजक गुरुङसँग मेलाको तयारीबारे एभरेष्ट टाइम्सका लागि घान्द्रुके कान्छाले गरेको छोटो कुराकानी । 
नेपाली मेलाको बारेमा बताइदिनु होस् ?
नेपाली मेला सन् २००९ सालमा तमूधिं यूकेका तत्कालीन अध्यक्ष सुवाससिं गुरुङको कार्यकालमा नेपाली दूतावास लन्डनको सहयोग र बेलायतमा रहेका विभिन्न नेपाली संघ संस्थाहरुको सक्रिय सहभागितामा सम्पन्न हुँदै आएको नेपालीहरुको साझा कार्यक्रम हो । मेलामा विभिन्न जातीय झा“की, तमुहरुको ट्होटें र नृत्यहरु प्रस्तुत् गर्दै आएका छौं । मेलाले बेलायतमा बसोबास गर्ने सबै नेपालीहरुलाई एउटै थलोमा उभ्याउने विश्वास छ । 
तमुधिं युकेले नै नेपाली मेलाको आयोजना गर्नुको उद्देश्य ?
हामी केही वर्षदेखि विभिन्न कारणले मातृभूमि नेपालबाट बेलायत आई बसेका छौं । हाम्रो आफ्नै भाषा, कला र संस्कृति छ । त्यही भाषा, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्नुपर्दछ भन्ने उद्देश्यका साथ हामीले नेपाली मेला आयोजना गरेका हौं । अर्को उद्देश्य भनेको अबका नया“पुस्तालाई आफ्नो परम्परा र संस्कृतिलाई बुझाउनु हो, सिकाउनु हो र हस्तान्तरण गराउनु पनि हो । तमुधिं युकेले नै आयोजना गर्नै पर्छ भन्ने होइन तर यसलाई हामीले सन् २००९ सालदेखि सुरुआत गरेका हौं । त्यसमा पनि एकैदिनमा ठूलो संख्यामा दर्शकहरुको सहभागिता हुने कार्यक्रम भएको हुँदा यसको व्यवस्थापन निकै चुनौतीपूर्ण छ, खर्चिलो छ र स्वयंसेवकहरु पनि त्यतिकै आवश्यकता हुन्छ । लगभग ३ महिना अगाडिदेखि नै यसको तयारीमा जुट्नु पर्दछ । यसको सरल ढंगले व्यवस्थापन गर्न तमुधिं युकेका सदस्यहरु सक्रिय भएकाले पनि हामीले यसलाई निरन्तरता दिँदै आएका हौं । 
यसपटक दर्शकहरुले सधैंको मेलामा भन्दा के के फरक देख्न पाउनेछन् ?
नेपालका मन्त्रीमण्डलका सदस्यको सहभागितामा नेपाली मेला मनाउने हाम्रो चाहना हुँदाहुँदै पनि विविध कारण अहिलेसम्म सम्भव हुन सकेको थिएन । तर, यसवर्ष हामीले नेपालका संस्कृति मन्त्रीलाई निमन्त्रणा गर्ने योजना बनाएका छौं । त्यस्तै, लन्डनका मेयरलाई पनि हामीले निमन्त्रणा गरेका छौं । उहाँले हामीलाई सहभागी हुने वचन दिइसक्नु भएको छ ।  त्यस्तै, सदाझंै यसपटक पनि नेपाली दूतावासको पहलमा बेलायतमा रहेका विभिन्न राष्ट्रका राजदूत वा कूटनैतिज्ञहरुको पनि सहभागिता रहनेछ । त्यस्तै, गतवर्षको भन्दा भिन्न खालका स्टलहरु पनि रहनेछन् । युवाहरुको लागि समय छुट्याइएको छ । समग्रमा दर्शकहरुले गत वर्षको भन्दा केही नयाँ कुराहरु अवश्य देख्न पाउनु हुनेछ । 
सुरक्षा व्यवस्था कसरी व्यवस्थापन गर्नुभएको छ ? 
रेसकोर्ष कार्यक्रम स्थल नै हो । सामान्य परिस्थितिमा क्याम्पटन पार्कको व्यवस्थापनले नै सम्पूर्ण जिम्मेवारी लिने गर्दछ । यसपटक विशिष्ट पाहुनाहरुको पनि सहभागिता हुने भएकोले आवश्कतानुसार क्याम्पटन पार्क व्यवस्थापन र स्थानीय प्रहरीसँग सहकार्य गरेर सुरक्षालाई व्यवस्थित गरिनेछ ।  
नेपाली मेलामा एम्बेस्डर कपको निकै चर्चा छ, यो कपको बारेमा अलिकति बताइदिनुहोस् न? 
नेपाली दूतावास लन्डनका तत्कालीन राजदूत डा. सुरेशचन्द्र चालिसेसँग हामीले नेपाली मेलाको बारेमा कुराकानी गर्यौं । उहा“ले हाम्रो कुरालाई सकारात्मक रुपमा लिई एम्वेस्डर कपको प्रायोजन गर्नुभयो । एम्बेस्डर कप नेपाली दूतावासले प्रायोजन गर्ने भएको हुँदा यसको आप्mनै गरिमा र महिमा छ । यस कपले सिङ्गो नेपालीको प्रतिनिधित्व गरेको अवस्था पनि हो । त्यस्तै, दूतावासले मेलालाई आर्थिक सहयोग समेत गरेको छ । यस कपको साथसाथै नेपाली दूतावासले विदेशी राजदूतहरुलाई निमन्त्रणा गरेर मेलाको अझ उचाई बढाइदिने क्रमको थालनी गर्नुभएको थियो । 
नेपाली समुदाय बेलायतमा चर्चामा रहेको ‘एम्बेस्डर कप’ झा“की र नृत्यमा उत्कृष्ट हुने समाजलाई प्रदान गरिँदै आएको छ । सो कप अर्थात् नेपाली मेलाको माध्यमबाट नेपाली समुदाय बेलायत र नेपाली दूतावास लन्डनको सम्बन्धलाई अझ नजिक बनाएको मलाई महसुस भएको छ । 
अहिले कतिवटा संघ संस्थाले भाग लिदैछ? र, कति दर्शकहरु सहभागी हुने अपेक्षा राख्नुभएको छ ? 
नेपाली मेला भनेको तमुधिं युकेको मात्र मेला होइन, तमुधिं युकेले संयोजकको काममात्र गरेको हो । यो बेलायतमा रहेका सबै नेपालीहरुको साझा मेला हो । जसले नेपाली भाषा, कला र संस्कृति संरक्षण र सम्वद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको छ । विगत केही वर्षदेखि नेपाली मेलाप्रति नेपाली संघ संस्थाहरुको निकै चासो बढ्दै आएको छ । साथैसाथै धेरैवर्षको अन्तरालपछि नेपाली दूतावास लन्डनले राजदूत पाएको अवस्था पनि छ । त्यसले गर्दा पनि बेलायतमा रहेका संघ संस्थाहरु थपिने मात्र होइन, दर्शकहरुको संख्यामा पनि अत्याधिक वृद्धि हुनसक्ने संभावना देखेको छु । गतवर्ष झाँकी र नृत्य गरेर २८ वटा संघ संस्थाले भाग लिएको थियो । मलाई लाग्छ, अहिले गतवर्षको भन्दा धेरै संघ संस्थाको सहभागिता हुने संकेत देखेको छु किनभने यसवर्ष बेल्जियमबाट पनि झाँकी र नृत्यसहित कार्यक्रममा सहभागी हुने भएको छ । दर्शकको कुरा गर्दा करिब १० हजार सहभागी हुनसक्ने विश्वास लिएको छु ।  
मेलामा कतिवटा र कस्ता खालका स्टलहरु हुनेछन् ?
स्टलहरुको माग धेरै आएको छ तर हामीसँग प्रयाप्त ठाउँ नभएकोले खानाको स्टल ६ र व्यापार÷व्यवसायको ३५ वटा गरी जम्मा ४१ वटा स्टल मात्र हुनेछ । विशेषगरी स्टलहरु नेपालीपन झल्किने खालको हुनेछन् । 
प्रवेश शुल्क कति तोक्नु भएको छ ?
प्रवेश शुल्क ५ पाउन्ड भने १२ वर्षभित्रका लागि ३ पाउन्ड तोकेका छौं । 
पार्किङ्गलाई कसरी व्यवस्थापन गर्नुभएको छ ?
क्याम्पटन पार्क, रेसकोर्स कार्यक्रम स्थल नै भएको कारणले गर्दा पुग्दो पार्किङ्ग छ । हामीले कार पार्किङ्गको लागि ५ पाउन्ड र बस पार्किङ्गका लागि १० पाउन्ड लिने निधो गरेका छौं । गतवर्षको अनुभवमा कार पार्कको केही अभाव देखिएकोले वैकल्पिक कार पार्कको लागि गेट नं. ६ को व्यवस्था गरिएको छ । 
क्याम्पटन पार्क, रेसकोर्ष कसरी पुग्न सकिन्छ ?
क्याम्पटन पार्क, रेसकोर्स लन्डनको सिक्स जोनभित्र पर्दछ । यसको नजिकै रेल स्टेसन रहेको छ भने स्थानीय बसबाट पनि जान सकिन्छ । र, अर्को कुरा बेलायतका विभिन्न स्थानहरु जस्तै, अल्डरसट, फानबरो, रेडिङ आदि क्षेत्रमा बस्ने नेपालीहरुले बसको व्यवस्था गर्नु भएको छ । स्थानीय नेपालीहरुसँग सम्पर्क गरेर निश्चित भाडा तिरेर कार्यक्रम स्थान जान सक्नु हुनेछ ।  
कति खर्च हुन्छ र बजेट कसरी व्यवस्थापन गर्नुभएको छ ? 
अहिलेसम्मको अनुभवमा ३५ हजार पाउन्डभन्दा बढी खर्च भइरहेको छ । अहिले वैकल्पिक कार पार्क, भीआईपीहरुको आगमनले गर्दा अझ बढी खर्च हुन सक्ने देखेको छु । दर्शकहरुको प्रवेश शुल्क, स्टलबाट आउने आय र सहयोगदाताहरुको आर्थिक सहयोगबाट नै मेला सम्पन्न हँुदै आएको छ । यसवर्ष पनि त्यसरीले बजेटको व्यवस्थापन गरिने छ । 
अबको करिब १ महिनापछि मेला आयोजना हँुदैछ, यसको पछिल्लो तयारीबारे जानकारी गराइदिनुहोस् न ?
तमुधिं युकेले नेपाली मेलालाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि मेरो संयोजकत्वमा ६५ सदस्यीय तयारी समिति गठन गरिसकेको छ । ६५ जनालाई नै आ–आफ्नो कामको जिम्मेवारी दिइसकिएको अवस्था छ । त्यसको साथसाथै तमुधिं युकेको सिङ्गो कार्यसमिति, सल्लाहकार र आजीवन सदस्यहरुले पनि आ–आफ्नो क्षेत्रबाट मेलालाई स्वंयसेवकको रुपमा सहयोग गर्नेछन् । 
अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ?
बेलायतमा रहेका नेपाली संघ संस्थाहरुको सहकार्य, हौसला, साथ र सहयोगकै कारण हामीले मातृभूमिबाट हजारौं माइल टाढा रहेको कर्मभूमि बेलायतमा नेपाली भाषा, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा एउटा ईट्टा थप्न सफल भएका छौं । साथै, एकातिर यस मेलाले हामी नेपाली संघ संस्थाहरुबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ भने अर्कोतर्फ नेपालको पर्यटन विकासमा वृद्धि गराउन र स्थानीय बेलायतीहरुसँग सम्बन्ध गाँस्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं । नेपाली मेला तपाई हामी सबै नेपालीहरुको साझा मेला हो । मेलामा उपस्थित भई हाम्रो भाषा, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धन गरौं भन्दै बेलायतमा बसोबास गर्नुहुने सबै नेपालीहरुमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं । अवसरका लागि धन्यवाद । 
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions