ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

स्मार्ट सिटी बन्ला ?



स्मार्ट सिटी बन्ला ?

-

काठमाडौं । सहर भन्नु मात्र हो । हाम्रो देशका कुनै पनि सहर सा“च्चिकै सहर भन्नलायक छैनन् । हाम्रा सहर सबैभन्दा बढी अभावग्रस्त छन् । गाउ“को तुलनामा स्वभाविक रुपमा सहर समग्रमा समृद्ध हुनुपर्छ । तर, हाम्रा कुनै पनि सहर सम्बृद्ध छैनन् । कष्ट र सहर पर्यायवाची शब्द जस्तै बनिसकेका छन् । त्यसैले होला पछिल्लो समय स्मार्ट सिटी खुबै बिक्रीको शब्द बनेको छ । स्मार्ट सिटीको सपना सबैले बेचिरहेका छन् । हु“दा–हु“दा भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि स्मार्ट सिटी मज्जाले बिक्यो । त्यसो त सरकारले पनि स्मार्ट सिटीको परिकल्पना गर्न भ्याइसकेको छ । काठमाडौं उपत्यका भित्रका चार वटा शहरलाई स्मार्ट सिटी बनाउने सरकारको योजना छ । 
के हो स्मार्ट सिटी ?
सामान्य बुझाइमा स्मार्ट सिटी अत्याधुनिक सुविधा सम्पन्न शहर हो । र, परिकल्पनाकै कुरा गर्ने हो भने त्यो सिटी स्वर्ग जस्तै हुन्छ । जुन सिटीमा विश्वको नविनतः सुचना प्रविधिको प्रयोग गरिन्छ । र, आम नागरिकले सहज सेवा सुविधा पाउ“छन् । त्यो, परम्परागत शहर भन्दा विल्कुल फरक र सुविधासम्पन्न हुने छ । सरकारले उपत्यका भित्रका चार शहरलाई यस्तै सुविधानसम्पन्न बनाउने परिकल्पना गरेको छ । भक्तपुर, ललितपुर र काठमाडौका चार ठाउ“मा स्मार्ट सिटी बन्दैछन् । 
स्मार्ट सिटीको खास परिभाषा त भेटिदैन । तर, सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै सहरी पूर्वाधार विकास गर्नुलाई नै ‘स्मार्ट सिटी’ भन्ने गरिएको छ । सरकारको स्मार्ट सिटी परिकल्पनालाई साकार पार्ने जिम्मेवारी पाएका सरकारी निकाय सबै प्रकारका पूर्वाधारलाई सूचना प्रविधिस“ग एकीकृत गरेर सबै नागरिकको घरसम्म सेवा पु¥याउने अवधारणालाई स्मार्ट सिटीको मेरुदण्ड ठान्दछन् । सरकारले परिकल्पना गरेको स्मार्ट सिटीका भाग्यमानी वासिन्दाले सहज रुपमा शिक्षा, स्वास्थ्य, यातायात र रोजगारीको अवसर पाउनेछन् ।
विकासको तह एवं सामाजिक र आर्थिक विकासका आधारमा विभिन्न मुलुकले आफ्ना सहरलाई ‘स्मार्ट सिटी’को रुपमा परिचित गराएका छन् । नेपालमा पनि त्यही अवधारणालाई अनुसरण गरेर स्मार्ट सिटीको परिकल्पना गरिएको छ । 
 
स्मार्ट सिटी बन्न के–के हुनुपर्छ ?
स्मार्ट सिटी बनाउन सबैभन्दा पहिला भौतिक संरचनाको विकास गर्नु पर्छ । भौतिक संरचनाको विकास गर्दा विश्वको नविनतः सुचना प्रविधिको प्रयोग अनिवार्य छ । स्मार्ट सिटीमा पर्याप्त खुल्ला क्षेत्र व्यवस्थापन गर्नु पर्छ । पुराना शहरलाई नया“ स्वरुप दिंदै जानु पर्छ । 
 
ती शहर अहिलेका परम्परागत भन्दा विल्कुलै सुविधासम्पन्न हुनु पर्छ । स्मार्ट सिटीका सबै वासिन्दाले रोजगारी पाउनु पर्छ । स्मार्ट सिटीमा फराकिलो सडक, खाने पानीको उचित व्यवस्थापन, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा व्यवस्था हुनुपर्छ । त्यति मात्र होइन, शहरका हरेक ठाउ“मा स्वच्छ वातावारण हुनुपर्छ । समग्रमा भन्ने हो भने, सूचना प्रविधिको प्रयोग गरेर बनाइने धेरै सुविधासम्पन्न शहर नै स्मार्ट सिटी हो ।
सुविधा सम्पन्न शहरको परिकल्पना र सुविधाको उपभोग गर्न पाउनु सबैको अधिकार हो । भौतिक सुखको परिकल्पना गर्ने हो भने प्रविधिको प्रयोग विना सम्भव छैन । प्रविधिको प्रयोगमा कुनै नेपाली पछि पनि छैन । तर, प्रविधिको प्रयोग व्यवस्थित छैन । 
मानिसले व्यक्तिगत सुविधाका लागि कुनै न कुनै रुपमा प्रविधिको प्रयोग गरेको पाइन्छ । तर, सामुहिक सुविधाका लागि प्रविधिको उचित प्रयोग हुन सकेको छैन । त्यसैले, सरकारले विश्वका नविनतः 
प्रविधिको प्रयोग गर्दै आम नागरिकलाई सुविधा दिलाउन स्मार्ट सिटीको परिकल्पना गरेको हो ।
कहाँ बन्दैछ स्मार्टसिटी ?
सरकारले प्रविधियुक्त सुविधासम्पन्न स्मार्ट सिटी बनाउन चार ठाउँ रोजेको छ । ती मध्ये ३ स्मार्ट सिटी १० हजार रोपनी क्षेत्रफलका हुने छन् भने एउटा स्मार्ट सिटी १ लाख रोपनी क्षेत्रफलको हुनेछ । काठमाडौंको गोठाटारमा रहेको क्रिकेट मैदान हु“दै भक्तपुरको तेलकोट, मध्यपुर थिमिसम्मको भू–भागलाई समेटेर १ लाख रोपनीमा एउटा स्मार्ट सिटी बन्ने छ । त्यस्तै, भक्तपुरको सूर्यविनायक हु“दै गुन्डु, बालकोट लगायत ललितपुर जोड्ने लामाटार सम्मको क्षेत्रलाई आधारमा मानेर १० हजार रोपनीमा अर्को स्मार्ट सिटी बन्ने छ । त्यसैगरी ललितपुरको सैबु हु“दै भैसेपाटी, बुङमती, खोकना र बागमती नदि देखि चोभार जोड्ने क्षेत्रलाई समेटेर १० हजार क्षेत्रफलमा अर्को स्मार्ट सिटी बन्ने छ । त्यसैगरी चक्रपथबाट टोखा जाने मुल सडकको ग्रिनल्याड चोकदेखि टोखा बजार हु“दै काभ्रेस्थली, महादेव खोलासम्मको १० हजार रोपनी जमिनमा पनि स्मार्ट सिटी बनाउने योजना बनेको छ । 
काठमाडौंमा स्मार्ट सिटी बनाउने विषयले धेरै पहिलेदेखि चर्चा पाएको हो । तर, प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले मात्र स्मार्ट सिटीको अवधारणालाई कायौन्वयनमा लैजाने निर्णय गरेको हो । तत्कालीन सरकारको प्रस्तुत गरेको नीति तथा कार्यक्रमबाट मात्र स्मार्ट सिटी अभियानले औपचारिक रुप पाएको छ । स्मार्ट सिटी अभियानले औपचारिकता मात्र पाएन, काम समेत अघि बढेको छ । उपत्यकाको चारै दिशामा स्मार्ट सिटी बनाउन जग्गाको कित्ताकाट समेत रोकिसकेको छ । स्मार्ट सिटी बनाउन योजना तर्जुमा गर्ने भन्दै सरकारले स्मार्ट सिटी बन्ने क्षेत्रमा तीन वर्ष सम्मका लागि कित्ताकाट रोकेको हो । स्मार्ट सिटी बनाउन तोकिएका सबै क्षेत्रका जग्गा सरकारले लिएर नया“ सुविधासम्पन्न शहर बनाउने शहरी विकास मन्त्रालयका सचिव दीपेन्द्र शर्मा बताउँछन् । 
वसोबास अव्यवस्थित भएकाले अहिले धेरै ठाउ“मा थोरै मात्र मानिस अटाएका छन् । भूकम्प, बाढी, पहिरो जस्ता प्राकृतिक विपत्तिमा ठूला र खुल्ला भू–भाग आवश्यक पर्छ । तर, काठमाडौंमा अहिले खुल्ला ठाउ“ भेट्न मुस्किल पर्छ । अब बन्ने शहर व्यवस्थित हुने भएकाले प्रसस्त खुल्ला ठाउ“ हुने सरकारी पक्षको दावी छ । अब बन्ने चार स्मार्ट सिटीमा पा“च लाख मानिसले बसोबास गर्ने सचिव दीपेन्द्र शर्माले योजना सुनाए ।
पा“च लाख मानिस बासोबास गराउने लक्षका साथ सुरु गरिएको स्मार्ट सिटी योजना सम्पन्न गर्न थोरै पैसाले पुग्ने छैन । पहिलो चरणमा नै पा“च खरब रुपैया“ लगानी हुने अनुमान गरिएको छ । 
स्मार्ट सिटी बनाउने योजनाले सरकारको नीति तथा कार्यक्रममा समेत स्थान पाइसकेको छ । तर, एउटा सरकारको नीति तथा कार्याक्रममा परेका योजनालाई अर्को सरकारले निरन्तरता दिने परम्परा हाम्रो देशमा कमै छ । त्यसैले, स्मार्ट सिटी बनाउने प्रचण्ड नेतृत्व सरकारले अघि सारेको अभियानलाई आगामी दिनमा बन्ने सरकारले पनि निरन्तरता देला भन्न सक्ने अवस्था छैन । 
तर, पछिल्लो समय राष्ट्रिय गौरव र ठूला परियोजनालाई निरन्तरता दिने परम्पराको भने सुरुवात भएको छ । त्यसैले आगामी सरकारले समेत स्मार्ट सिटी अभियानलाई निरन्तरता दिए यो योजना सम्पन्न हुनेमा दुविधा छैन ।
जनप्रतिनिधि तयार छन् ?
सुविधासम्पन्न सहरमा बसोबास गर्ने चाहना कसको नहोला ? तर, सहरको बसाई कष्टकर छ । नेपालका कुनै पनि शहर सुविधासम्पन्न छैन । त्यसैले सुविधासम्पन्न बनाउने सहर बनाउन सबै लागिपरेका छन् । आम नागरिक सुविधासम्पन्न सहरमा बस्न चाहन्छन् । त्यसैले होला स्थानीय तहको निर्वाचनमा होमिएका धेरै उम्मेदवारले स्मार्ट सिटी बनाउने प्रतिवद्धता जनाएका थिए । स्मार्ट सिटीलाई चुनावी नारा बनाएको धेरै प्रतिनिधिले चुनाव जितेका छन् । त्यसैले अब, स्मार्ट सिटी बनाउने अभिभार जनप्रतिनिधिको पनि जिम्मेवारी बनेको छ । स्मार्ट सिटी बनाउन सरकारले तोकेका क्षेत्रका जनप्रतिनिधि पनि स्मार्ट सिटी बनाउन प्रतिवद्ध छन् । 
काठमाडौंमा विभिन्न तरिकाले जनसंख्या बढ्ने क्रम रोकिएको छैन । अहिलेकै दरमा जनसंख्या बढ्ने हो भने सन् २०३० मा काठमाडौं उपत्यकाको जनसंख्या ६७ लाख पुग्ने अनुमान गरिएको छ । तर, अहिलेकै अवस्थाको अव्यवस्थित बसोबासले त्यो जनसंख्या धान्न सक्ने अवस्था छैन । त्यसैले अबको आवश्यकता व्यवस्थित बसोबास नै हो । आगामी आवश्यकतालाई मध्यनजर गर्दै उपत्यकाका जनप्रतिनिधिले पनि योजना बनाइरहेका छन् । स्मार्ट सिटी बन्ने क्षेत्रका जनप्रतिनिधिले सरकारको योजनालाई सघाउ पुग्ने गरी योजना बनाइरहेका छन् । ललितपुरमा १० हजार रोपनिमा स्मार्ट सिटी बन्ने छ । ललिपुर महानगरका मेयर चिरिबाबु महर्जन सरकारको योजना अनुरुप नै नीति तथा कार्यक्रम बनाउने बताउ“छन् । सरकारले अहिले नै भविश्यका लागि नसोचे भोलि झनै अप्ठारो स्थितिको सिर्जना हुेन भएकाले यो सपना साकार हुेनमा मेयर महर्जन विश्वस्त छन् । 
चार मध्ये एक स्मार्ट सिटी भक्तपुरमा बन्ने छ । त्यो शहरको क्षेत्रफल पनि १० हजार रोपनी नै हुने छ । भक्तपुर स्थित चा“गुनारायण नगरपालिकाका मेयर सोम मिश्र पनि सरकारको योजना अनुसार नै स्मार्ट सिटी बनाउने प्रतिवद्ध रहेको बताउ“छन् । सरकाले नै नीति तथा कार्यक्रम तयार गरेकाले छिट्टै स्मार्ट सिटी बन्नेमा उनी विश्वस्त छन् ।
स्थानीय तहको नेतृत्व वगर्न पुगेका जनप्रतिनिधि सरकारको योजना अनुरुप स्मार्ट सिटी योजना अघि बढाउन आतुर छन् । अहिलेकै अवस्थामा अव्यवस्थित सहरीकरण बढे विकराल समस्या आउन सक्नेमा स्मार्ट सिटी निर्माणको जिम्मा पाएका सरकारी निकाय पनि चिन्ति छन् । स्मार्ट सिटी योजना तत्काल अघि नबढे आगामी दिनमा काम गर्न मुस्किल हुने सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्र शर्मा बताउँछन् ।
सरकारले आगामी १० वर्ष भित्र चार वटै सहरलाई स्मार्ट बनाउने योजना बनाएको छ । तर, आम नागरिक अझै पनि विश्वस्त हुन सकेका छैनन् । विगतमा योजना बन्ने कार्यान्वयन भने नहुने परम्पराले पनि आम नागरिक विश्वस्त नहुनु स्वभाविक हो । तर, काठमाडौंमा स्मार्ट सिटी अनिवार्य जस्तै बनिसकेको छ ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions