ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

अनन्त उन्मुक्त बगाइजस्तै ’बाग्मती ब्लूज’



अनन्त उन्मुक्त बगाइजस्तै ’बाग्मती ब्लूज’

भावना परिष्कृत सुनुवा -

’थकित पृथ्वी’ कथासंग्रह र ’विछोड अघिको रात’ कवितासंग्रह दुई कृतिमार्फत नेपाली साहित्य बगंैचामा फुल्न सफल विजय हितानको तेस्रो पुस्तकाकारको रुपमा ’बाग्मती ब्लूज’ कवितासंग्रह प्रकाशन भएको कुरा अत्यन्तै सुखदायी छ, स्वागतयोग्य छ । हामी थुप्रै नेपाली साहित्यानुरागिको निम्ति र सिंगो नेपाली साहित्यकाशको निम्ति पनि उनको प्रथम कविताकृति ’विछोड अघिको रात’ पढ्ने अवसर नजुरे पनि विभिन्न पत्रपत्रिकामा निरन्तर प्रकाशन भइरहेका फुटकर कविताहरुको अनुरागी हुँ म । त्यसो त, हितान कविता, कथाको अलावा नाटक, निबन्ध र अन्य विविध समसामयिक विषयमा लेख, रचना, सिर्जना गर्न पनि खप्पिस छन् । समयले उनको हातमा बन्दुक थमाइदिए पनि कलमको गति र शक्तिलाई सलामी ठोक्दै झुकेको हुनु पर्छ संगीनले पक्कै, साहित्यप्रतिको उनको तपस्याको अगाडि । कविको यिनै कलमी साधनाको फल मीठो स्वादले तृप्त पार्दै सकारात्मक विचार र सन्देश सम्प्रेषण गर्दै अवतरण भएको छ ’बाग्मती ब्लूज’को नामले । 
हितानको सिद्धहस्त कलमले ’बाग्मती ब्लूज’भित्र हामीलाई बचाउने पृथ्वीलाई हामीले नबचाए प्राणी मात्रको अस्तित्व बेरूप, कुरुप भइ संकटमा पर्ने चेतावनीको धावा बोलेको छ । कविताले पर्यावरण प्रेम र संरक्षणलाई जोड दिँदै सुन्दर, आनन्द प्रदायक, हराभरा पुष्पितपल्भित पृथ्वीको गुरुयोजना बुनेको छ । हितान आफैंमा एक साहित्य सर्जक मात्र नभएर वातावरणविद् हुन्, भूपू गोर्खा सैनिक हुन्, हामी सबैले देखेको जगत र भोगेको जीवनको अनुभूत गर्दै खारिएका परदेसी हुन् । त्यसैले त होला प्रवासको जुनै दूर बस्तीबाट उनी सधंै देश देशान्तरको सामाजिक र सांस्कृतिक जीवनलाई, भौगोलिक परिवेशलाई कवितामार्फत चाखलाग्दो गरी तुन्दै पाठकको मन भुतुक्कै हुने गरी तान्छन् । घरी सैनिक जीवनको भोगाइ र प्रेमिल सम्बन्धका नालीबेलीलाई मर्मभेदन हुने गरी काव्यरुपी तीरले मुर्छित पार्छन् । यतिमात्र कहाँ हो र, देशको राजनीतिक वर्तमान अवस्था र सामाजिक परिस्थितिले सिर्जना गरेको असहज स्थितिप्रति विमति जनाउँदै खबरदारी गर्ने हिम्मत जुटाएका छन् तीव्रव्यंग्य प्रहार गर्दै । 
प्रकृतिप्रेमी पर्यावरण संरक्षक हितान इको साहित्यको प्रणेता नै हुन् बेल्पाली साहित्यकारहरुमाझ भन्नुमा कुनै अत्युक्ति नहोला जस्तो लाग्छ । ’बाग्मती ब्लूज’ सलल बग्नु पर्ने उनको प्रकृति अनुसार नै बगाउन सफल भएका छन् सर्जकले । विविध विषयमा रचना गर्दै कविताहरुलाई सरलता र तरलतापूर्वक मूर्तरुप दिने कोसिस राम्रो लाग्यो र कोसिसले निरन्तरता पाइरहोस् । हिमशिखर छिचोल्दै नेपालको छातीबाट बगेको बाग्मतीको अनन्त उन्मुक्त बगाईजस्तै बनोस् ’बाग्मती ब्लूज’को यात्रा नेपाली साहित्यको सागरमा । ’बाग्मती ब्लूज’ नवीन कृतिलाई, इको साहित्यलाई स्वागतम, स्वागतको तुल टाँगेर ! अनि मित्र विजयलाई लाख बधाई तथा अनेकन शुभकामना निरन्तरताको निम्ति !!!
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment

  • Photos

    Nepalese Press Night (UK) 2017

More Videos

 
  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

  • Ledley King at Gurkha Cup 2017 II HD Video III

  • Milan Amatya - Fariya Choubandi (Official Video) ft. Juna Sundas, Alisha Rai

  • Lali Budhathoki in UK lll Maya Le Maryo Salaijo bhaka ll

  • Gita Paija in UK lll Barpaki ki Maya lll FNJ UK Charity Program 2017

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Riya Thapa & Esme Thapa lll Danda ra Kanda lll घन बहादुर थापा मगरको बस्ती एल्बम बाट

TV Programme

 
  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

  • An Interview with the oldest Mount Everest Climber Mr Min Bahadur Sherchan

  • Miss Mita kwone Gurung dancing at Kwone (Ghotane/ Ghonde) Gurung (Tamu) Samaj UK Programme 2017

  • मनै मेरो चङगा भो Man Mero Changa Bho Orginal Udaya/Manila Sotang Cover By Deepa Tamang/Mahendra Rai

Upcomming Events

  • Nepali Mela 2017
    Kempton Park
    on 27-08-2017

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions