ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

चर्चामा विघटन, एकता र विभाजन



चर्चामा विघटन, एकता र विभाजन

खिम घले -

गएको साता नेपाली राजनीतिमा निक्कै उत्तरचढाव देखा पर्यो । ठूला दलहरुमा होइन, तेस्रो भन्दा तलका दलहरुमा यो उत्तरचढाव देखा परेको हो । यद्यपी ति समाचारहरु नेपाली सञ्चार माध्यमहरुमा छायो । अनि ति उत्तरचढावहरु केही शब्दावलीहरुसंग सम्बन्धित पनि रह्यो । ति शब्दहरु हुन्, विघटन, एकता र विभाजन वा टुट । 
प्रचण्डको विघटन
गएको सातभरी माओवादी अध्यक्ष प्रचण्डको घुर्की नै सही पार्टी विघटन गर्ने प्रस्ताव चर्चामा रह्यो । पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा हार व्यहोरेपछि त्यसको समिक्षा गर्न बसेको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले पार्टी नै बिघटनको प्रस्ताव राखिदिए । उनको प्रस्ताव कति गम्भीर थियो, त्यो त अनुमान लगाउन सकिने खालको थिएन । तर, सुरुमा पार्टी पंक्तिलाई नै यसले अश्चार्यमा पार्यो । 
यद्यपी प्रचण्डको पार्टी विघटनको प्रस्ताव खासमा आफ्नै दलका नेता कार्यकर्ताप्रतिको घुर्की र व्यांग्य थियो । यसको हार पछिको फ्रष्टेशन स्पष्टै देखिन्थ्यो । पार्टी हारको कारणका रुपमा उनले नेता कार्यकर्तामा देखिएको व्यक्तिवादी चरित्र, पद लोलुपता, गुटबन्दी र चरम आर्थिक बिसंगतीलाई औल्याएका थिए । उनले त्यसमा सुधार नभएसम्म पार्टी उभो लाग्न नसक्ने जिकीर गरे । अनि उनले त्यसमा सुधार नहुने हो भने पार्टी विघटन गरौं भन्ने प्रस्ताव राखे । 
तर, यो प्रस्ताव घुर्कीको रुपमा आएको भएपनि उनले यसमा जोडेको तर्कहरु भने अलि गम्भीर छ, माओवादी पंक्तिको लागि । उनले जनयुद्ध सकिएको, स्थानीय निर्वाचन मार्फत आफ्ना एजेण्डाहरु संस्थागत भइसकेकाले पनि अव पार्टी विघटन गर्दा फरक नपर्ने उल्लेख गरेका थिए । साँच्चै प्रचण्डको यो रिडिङ होभने माओवादी पंक्तिका लागि यो निक्कै नै अप्ठ्यारा परिस्थिती हो । जिन्दगी अर्पेर पार्टीको निर्माण गरेका व्यक्तिहरुको लागि संकटको घडी हो ।  
स्थानीय तहको निर्वाचनमा हार व्यहोरेपछि माओवादी नेतृत्वले भन्दै आएको कुरा हाम्रो एजेण्डाले जित्यो तर, हाम्रो पार्टीले हार्यो भन्ने रहँदै आएको छ । त्यसमा उनीहरुले केही आफ्ना कमजोरी औल्याएपनि नेतृत्वले यदाकदा नेपाली जनतालाई दोष दिने खालका अभिव्यक्ति दिने गरेका छन् । हामीले लोडसेडिङ हटायौं, उच्च आर्थिक बृद्धिदर देखा पर्यो, जनताको सुविधामा सरकारले काम गर्यो, तर काठमाडौंमा माओवादीको उम्मेदवारको भन्दा चारगुना बढी मत रञ्जु दर्शनाले ल्याए भन्ने विश्लेषण गरिएको छ । त्यस्तै निराशाको अवस्थामा प्रचण्डको पार्टी विघटन प्रस्ताव आएको हो । 
यसले एकातिर प्रचण्डको अस्थिर मानसिकता देखाएको छभने अर्कोतिर उनमा रहेको केटौलेपनको पनि उजागर गरेको छ । स्थानीय तहमा हार व्यहोरेकै भएपनि माओवादी तेस्रो दलको रुपमा अझै कायमै छ । काँग्रेस र एमाले २००७ सालदेखि नै राजनीतिमा छ, र उनीहरुले राष्ट्रिय मात्र होइन, स्थानीय निर्वाचनमा पञ्चायती व्यवस्थामा छाडेर सहभागी हुँदै आएका छन् । तर, माओवादीको सन्दर्भमा यो पहिलो स्थानीय चुनाव हो । दलहरु स्थानीय चुनावमा संलग्न नभएसम्म तल्लो इकाइसम्म पुग्दैनन् । माओवादीले दश बर्ष युद्ध गरेको साँचो हो तर, त्यस बेला कति बलले कति करले माओवादीको समर्थन गर्थे । अनि कति परिवर्तनको चाहनाले उनीहरुको पक्षमा थिए । 
पहिलो संविधानसभामा कति कर, कति बल, कति आशले गर्दा उनीहरुले मत पाएका हुन् । तर, दोस्रो संविधानसभामा आइपुग्दा उनीहरुप्रतिको कर, बल पनि सकियो र आशा पनि तुहियो । यस्तो अवस्थामा उनको जनआधारका आधारमा बल्ल साँचो अर्थमा उनीहरु चुनावी राजनीतिमा सहभागी हुन आए । आफ्नो जनाधार देखे । बल्ल सुरु भएको छ, माओवादीको असली प्रजातान्त्रिक दलको रुपमा लोकतान्त्रिक अभ्यास । यसैबाट हो अव उसले पार्टीको निर्माण गर्नुपर्ने, आफ्नो गतिविधि र नीतिले जनमत तयार पार्नुपर्ने र आफ्नो नीतिहरुका आधारमा मुलुकमा समृद्धि ल्याउनु पर्ने । तर, बहस त्यता केन्द्रित भएन । उल्टै हामीले उठाएका मुद्दाहरु संस्थागत भए तर, जनता बेबकुफ रहेछन्, भोट हामीलाई दिएन । हाम्रो मुद्दा पनि अरुले पो हाइज्याक गरे, साथीहरु पनि विग्रेर गए । अव पार्टी विघटन गरौं आ–आफ्नो बाटो लागौं शैलीको प्रस्ताव प्रचण्डले लिएर आए । 
यो प्रस्ताव पहिलो पटक प्रधानमन्त्री भएका बेला प्रचण्डले नेपाली सेनाका तत्कालिन सेनापति रुक्माङगद कटवाललाई हटाउन नसकेपछि राजीनामा दिएको अवस्था भन्दापनि घातक छ । उनले त्यस बेला आफु बिना मुलुकको शासन प्रशासन नै नचल्ल की जस्तो गरेर राजिनामा दिए । सायद राजिनामा दिएपछि अरुले पनि उनैलाई समर्थन गर्नेछन् वा आमजनता सडकमा आउने छन् भन्ने अनुमान हुन सक्छ । तर, त्यसपछि सरकार अर्कैको भन्यो, त्यसको विरुद्ध घोषणा गरेको आन्दोलन तुहियो, सत्ता कब्जाको प्रयास असफल भयो, युद्धको राप र तापबाट आएको माओवादीको सरकारले आफ्ना नीतिहरु लागु गरेर मुलुकमा के कस्ता परिवर्तनको अनुभुति गराउन सक्थे त्यसबाट बञ्चित भए । आम जनताले माओवादी पनि फगत अरु जस्तै एउटा दल भएको अनुभुति गरे । त्यसैको परिणाम दोस्रो संविधान सभाको निर्वाचनदेखि स्थानीय तहको निर्वाचनसम्म हारको रुपमा देखा परिरहेको छ । 
अहिले माओवादी विघटन गरिएछ भने पनि त्यसको पुर्नगठन वा चुकचुकाउने थोरै हुने छन् । खुच्चिङ गर्नेको संख्या धेरै हुने छ । अनि बर्षौदेखि राजनीतिलाई आफ्नो करियर बनाएर आएकाहरु र राजनीतिमार्फत राष्ट्रका लागि केही गर्न चाहेर लामोसमयदेखि माओवादीका आबद्ध भएकाहरुका लागि दुर्भाग्य हुनेछ । हाम्रो भावी पुस्ताले माओवादी नामक एउटा पार्टीको उत्थान र पतनको इतिहास पढ्ने छ । 
विवेकशील र साझाको एकता
संविधानसभाको पुर्वसन्ध्यामा देखा परेको विवेकशील नेपाली दल र स्थानीय तहको चुनावको मुखैमा देखा परेको साझा पार्टीबीच यसैसाता एकता भयो । विवेकशीलका अध्यक्ष उज्जवल थापा र साझाका संयोजक रविन्द्र मिश्रले पार्टी एकता भएको घोषण गरे, संगै फोटो खिचाए । यद्यपी यिनीहरुको सहकार्य र एकता कति लामोसमय अघि बढ्ला भन्ने प्रश्न सामाजिक सञ्जालमा छायो ।  
दुवै दलको नेचर मिल्छ । यिनीहरु दुवैले हालमा ठूला दलहरुको बिरोध गर्छन्, विकास, सुशासन र समृद्धिको कुरा गर्छन् । तर, संविधानसभामा भाग लिएको विवेकशील होस् या स्थानीय चुनावमा आएको साझा होस् । चुनाव परिणाम यिनीहरुको पक्षमा आएको छैन । धेरैले साझा पार्टी बन्ने बेलैमा रविन्द्र मिश्रलाई विवेकशीसंग मिल्न आग्रह गरेका थिए । तर, अन्य प्रयोजनमा मिश्रप्रति सर्वसाधारणले दिएको सहयोग नै उसले राजनीतिक फोरमका लागि महान देख्दा विवेकशीललाई पत्याएन । विवेकशीलले पनि अघिल्ल चुनावहरुमा भाग लिइसकेकोले मिश्रलाई भाउ दिएन । यसरी एकले अर्कोलाई नजरअन्दाज गर्दा दुई पार्टी छुट्टा छुट्टै बने । तर, स्थानीय चुनावको परिणामले मिश्रलाई आफ्नो धरातलमा आउन बाध्यब बनायो । विवेकशीललाई आफ्नो हैसियत थाहा थियो नै । अनि यि दुईमा एकता संभव भयो । 
यि नयाँ दलहरुको मिलेर भएको एकताले नयाँ छनक भने दिन सकेन । सामाजिक सञ्जालमा यही विषय भाइरल बन्यो । एकता समारोहमा देखिएका अनुहारहरु, दुई दल मिलेर बनाएको कोर संयन्त्रका सदस्यहरु र दुई दलको नेतृत्वले नेतृत्वका लागि गरेरको सहमतिले यिनीहरुको पुरानै चाला देखाए । मिश्र र विवेकशीलका अध्यक्ष थापाले सह–संयोजकको जिम्मेवारी लिएका छन् । यसले कतै सामुहीक नेतृत्वको रुपमा अथ्र्याउनका काम लाग्ला तर, बास्तावमा उनीहरुबीच को भन्दा को कमको अवस्थामा यस्तो बनेको हो । यसअघि छ मधेसवादी दलहरुले पनि एउटाले अर्कोको नेतृत्व स्वीकार्न नसक्दा छ जना सह–अध्यक्ष बनाइसकेका छन् । यसको खतरा भनेको जुनसुकै बेला पनि विभाजनको लागि तयार रहेको सन्देश हो, त्यो पनि पार्टीको नीति र सिद्धान्तको आधारमा होइन, नेताहरुबीचको टकरावमा । 
बाबुरामको फुट
मधेसी दलहरु र विवेकशील–साझा भन्दापनि अघिदेखि बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी र उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरमबीच एकताका लागि बार्ताहरु भइरहेको थियो । यि दुई दलले फोरमको चुनाव चिन्हमा चुनाव पनि संगै मिलेर लडे । तर, बाबुरामले यसै साता एक्कासी अव फोरमसंगको बार्ता असंभव बताइदिए । त्यही बेला फोमका अध्यक्ष यादव भने सैद्धान्तिक कुरा मिलेकोले अव एकता हुने बताइरहेका थिए । 
बाबुरामको नयाँ शक्ति पहिलो पटक चुनाव जाँदै थियो, फोरम पहिलो संविधानसभादेखि नै चुनावी राजनीतिमा छ । फोरमसंग दोस्रो संबिधानसभामा सहभागी भएर पाँच सीट समानुपातिकमा जितेको अशोक राईपनि मिसिएको थियो । चुनावमा नगइसकेको नयाँ शक्तिको बाबुराम भट्टराईका कारण मिडियामा बढी नै चर्चा थियो । त्यसैले फोरमका नेताहरुले राम्रै हुने अनुमान लगाएका थिए । तर, नयाँ शक्तिको हालत चुनावमा पतला भयो । फोरमको प्रभाव क्षेत्रको रुपमा रहेको २ नम्बर प्रदेशमा चुनाव भएको छैन । अनि दोस्रो चरणको चुनावमा पनि सन्तोषजनक नभएपनि निराशै हुने खालको भएन फोरमको पर्फमेन्स । पाँच स्थानमा स्थानीय तहको नेतृत्व जित्यो । 
यसले गर्दा नयाँ शक्ति र फोरमबीचका छलफलमा कस्को अडान कस्तो रह्यो भन्ने कुरा अनुमान लगाउन कठिन छैन । फोरमले आफ्नो हात माथि पार्न खोज्नु अस्वभाविक पनि भएन । तर, माओवादीमा अटाउन नसकेको बाबुरामलाई त्यो सह्य हुने कुरै भएन । पार्टी बनाउन र पार्टी नेतृत्व गर्न सक्षम नदेखिएपनि बाबुराममा बहस गर्ने र बटारिएर अडान लिने क्षमता छ । त्यसैले उनले एकता नै असम्भव बताइदिए । यो पनि हाम्रा नेताहरुमा रहेको अहं र आफ्नो हैसियत नजरअन्दाज गरेको  उदाहरण हो । 
अन्त्यमा, 
पछिल्ला केही समयको दलहरु बीचको एकता प्रकृयाले दलहरु घट्ने संकेत गरेको छ । यसमा हारको डर मात्र छैन, निर्वाचन कानुनले तोकेको थ्रेस होल्डको त्रास पनि छ । यसले देशमा बग्रेल्ती पसल खोल्ने र बार्गेनिङ गर्ने प्रबृतिको अन्त्य हुने आशा गर्न सकिन्छ ।  

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment

  • Photos

    Nepalese Press Night (UK) 2017

More Videos

 
  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

  • Ledley King at Gurkha Cup 2017 II HD Video III

  • Milan Amatya - Fariya Choubandi (Official Video) ft. Juna Sundas, Alisha Rai

  • Lali Budhathoki in UK lll Maya Le Maryo Salaijo bhaka ll

  • Gita Paija in UK lll Barpaki ki Maya lll FNJ UK Charity Program 2017

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Riya Thapa & Esme Thapa lll Danda ra Kanda lll घन बहादुर थापा मगरको बस्ती एल्बम बाट

TV Programme

 
  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

  • An Interview with the oldest Mount Everest Climber Mr Min Bahadur Sherchan

  • Miss Mita kwone Gurung dancing at Kwone (Ghotane/ Ghonde) Gurung (Tamu) Samaj UK Programme 2017

  • मनै मेरो चङगा भो Man Mero Changa Bho Orginal Udaya/Manila Sotang Cover By Deepa Tamang/Mahendra Rai

Upcomming Events

  • Nepali Mela 2017
    Kempton Park
    on 27-08-2017

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions