ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

समाजमा केही गर्छु भन्नेहरुलाई एनआरएनए युकेमा विजयी गराऔं



समाजमा केही गर्छु भन्नेहरुलाई एनआरएनए युकेमा विजयी गराऔं

-

गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेलगायत थुप्रै संघ संस्थामा आबद्ध एक चर्चित व्यक्तिको नाम हो, खुसी लिम्बू । नजिकबाट नियाल्ने हो भने उनी एउटा बौद्धिक चिन्तक तथा जोसिलो युवा शक्तिको रुपमा उदयमान व्यक्तित्व । कोमल हृदय, सहयोगी भावना, अर्काको दुःखमा आँसु खसाल्ने र सम्पूर्ण संघ संस्था तथा व्यक्तिहरुसँग समान व्यवहार गर्ने  उनको विशेषता हो । प्रस्तुत छ, उनै खुसी लिम्बूसँग एभरेस्ट टाइम्सले गरेको कुराकानी ।
तपाईंको परिचय ? (जन्मथलो, शिक्षा, कर्मथलो र परिवार)
मेरो पूरा नाम खुसीमान तावा लिम्बू । मेरो पूख्र्यौली घर पाँचथरको थर्पु दारिम्बा गाउँ हो । हालको घर काठमाडौें । मैले गाउँकै विद्यालयबाट एसएलसी गरें । त्यसपछि महेन्द्ररत्न क्याम्पस इलाममा प्रमाणपत्र तह पूरा गरें र पिपल्स क्याम्पस काठमाडौंमा डिप्लोमासम्मको अध्ययन गरेपछि जन्मथलो हङकङ फर्कें । बेलायतमा आएपछि मैले समाज विज्ञानमा बीएस्सी र एमएस्सी पूरा गरें । बिगत १२ वर्षदेखि म आफ्ना बुबाआमा, दिदीहरु, श्रीमती र दुई छोरीहरुका साथ लन्डनको ग्रीनिचमा बसोबास गर्दै आएको छु । हाल म नूर फाउन्डेशनमा कस्टमर सर्भिस् अफिसरको रुपमा कार्यरत छ ।
तपाईं को हो जस्तो लाग्छ ?
समष्टिमा भन्नुपर्दा म एउटा साधारण व्यक्ति हुँ । म एउटा ढुंगामा हुर्किएको वनस्पतिजस्तो जुन फुल्न चाहन्छ । एउटा गरिब किसानको नाति र पूर्वगोर्खा सैनिकको छोरो, मैले जीवनको सुख र दुःखको दुबै पाटाहरु भोगेको छु । अनेक बाधा ब्यवधान र चुनौतीहरु पार गर्दै यहाँसम्म आइपुग्दा जीवनको अर्थ जिउनु मात्र होइन केही गरेर मर्नु पर्दछ भन्ने दर्शनले सधैं अभिपे्ररित गरिरहन्छ । त्यसैकारण आज म समाजसेवामा समर्पित छु । 
कुन कुन सामाजिक संस्थामा आबद्ध हुनुहुन्छ ? सामाजिक संस्थामा आबद्ध हुनको लागि कोबाट प्रेरणा पाउनुभयो र किन सामाजिक संस्थामा लाग्नु भयो ?
हाल म एनआरएनए युकेको प्रवक्ता साथै प्रेस विभागको संयोजक छु । पाँचथर थर्पु समाज युकेको उपाध्यक्ष र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)युकेको कार्यकारी सदस्य पनि हँु । त्यस्तै गरी रोयल बरो अफ गे्रनिच नेप्लिज सोसाइटी आरजीएनएसको संस्थापक महासचिव भएको नाताले म त्यसको वर्तमान सल्लाहकार पनि हुँ । मैले विगतमा हङकङ नेपाली मञ्च युकेको सचिव र बीएनओ गोर्खा एशोसिएस  युकेको महासचिव भएर काम गरें । नेपालमा कलेज पढ्दा र यहाँ युनिभर्सिटीमा हुँदा पनि स्ववियुमा विभिन्न जिम्मेवारीहरु निभाएँ ।
समाजसेवामा म प्रारम्भमा रहरले भन्दा पनि आवश्यकताले लागेको थिएँ । सन् २००४÷५ तिर हङकङबाट बेलायत आई बसोबास गरिरहेका म जस्ता बीएनओहरुको अवस्था दयनीय थियो । यही कुरालाई सम्बन्धित निकायहरुबाट सम्बोधन गराउनका लागि २००५ मा गेसोको अविभावकत्वमा गठन भएको बिएनओ सिटिजनसीप क्याम्पेन कमिटीको महासचिव भएर समाजसेवामा लागेको हुँ । यस अर्थमा समाजसेवामा सुरुमा आवश्यकताले लागियो । अहिले मेरो लागि समाजसेवा प्यासन बनेको छ र भोलि गएर समाजसेवालाई नै करियर बनाउने सोच बनाएको छु ।
गैरआवासीय नेपाली संघ युके (एनआरएन)को आउँदै गरेको महाधिवेशनमा महासचिवको दाबेदार हो भन्ने सुनेको छु के यो साँचो हो ? साँचो हो भने, तपाईं एनआरएन युकेको महासचिव बन्न पर्ने कारण तथा एजेन्डाहरु के के छन् ? 
गएको चुनावमा महासचिवको दाबेदार थिएँ तर तत्कालीन अवस्थामा एनआरएनए युकेलाई सही बाटोमा ल्याउन मैले आमएनआरएनहरु र अग्रजहरुको सल्लाहलाई शिरोपर गरी प्रवक्ताको रुपमा मात्र काम गर्नेे अवसर मिल्यो । प्रवक्ताको रुपमा मैले थालेका, गरेका र सिकेका कुराहरुलाई चुस्तता, पूर्णता, निखारता दिन र समग्रमा एनआरएनए युकेलाई गतिशीलताको साथ अघि बढाउन मैले पुन महासचिवपदको दाबी गरेको हुँ । मलाई आशा छ कि अघिल्लो चुनावमा गरेको पदत्यागको लागिमात्र नभएर वर्तमान कार्यसमितिमा मैले अध्यक्ष र टिमलाई दिएको पूर्ण सहयोग र मेरो सम्भावनालाई मनन गरेर पनि बेलायतवासी नेपालीहरुले मलाई यस पटक महासचिव बनाएर छाड्नेछन् । 
तपाईंको प्रतिबद्धताहरु सरसर्ती हेर्दा गैरआवासीय नेपाली संघ युके (एनआरएन)को अधिवेशनका अध्यक्ष दाबेदारहरुको भन्दा पनि महत्वकांक्षी देखिन्छ, के यी वचनबद्धताहरु महासचिव पदमा निर्वाचित हुनु भएमा सफल पार्नु सक्नु होला ? 
महासचिवको उम्मेदवारको रुपमा सरसर्ती हेर्दा मेरा एजेन्डाहरु महत्वाकांक्षी देखिए पनि प्रस्तुत एजेन्डाहरु कुनै नयाँ होइनन् । सबै पुराना हुन् तर विभिन्न कारणले पूरा गर्न नसकिएका । उदाहरणका लागि अध्यक्ष सूर्य गुरुङले प्रस्तुत गर्नुभएको नेपाल हाउसको अवधारणा अध्यक्षहरु कुल आचार्य, योगेन क्षत्री र महेन्द्र कँडेल हुँदै वर्तमान अध्यक्ष मुछेत्र गुरुङको पालासम्म आइपुग्दा यसले निश्चित गति लिइसकेको छ । अग्रजहरुले सुरु गरेको यस अभियानलाई निरन्तरता दिंदै तार्किक चरणसम्म पुर्याउने जिम्मा मैले महासचिवको रुपमा लिनैपर्ने हुन्छ । त्यस्तै गरी एनआरएन युके अवार्डको अवधारणा मैले १५ नोभेम्बर २०१६ का दिन फोक्सटनमा बसेको वर्तमान कार्यसमितिको दोस्रो बैठकमा प्रस्तुत गरेपछि पास भइसकेको एजेन्डा हो । तर समयको अभावले यसलाई वर्तमान अवस्थामा कार्यान्वयन गर्न नसकिएकोले आगामी कार्यकालमा यसलाई पूरा गर्ने मेरो प्रतिबद्धता हो । क्षेत्रीय समितिहरु गठन गरी एनआरएन युकेलाई ग्रासरुटसम्मै लैजाने जिम्मा पनि वर्तमान कार्यकालमा केही पदाधिकारीहरुलाई दिइएको तर जिम्मेवारी पूरा नभएका कारण आगामी नयाँ कार्यसमितिले त्यो गर्नेछ । अनलाइन भोटिङ पद्धतिको विकास र मेरा अन्य एजेण्डाहरु गर्न सकिन्छ किनभने यो मैले एक्लैले नभएर अध्यक्षको नेतृत्वमा र सम्पूर्ण टिम मिलेर गर्ने विषयहरु हुन् । 
एनआरएन युकेमा बेलाबेला लफडा परिरहन्छ, यो अधिवेशनमा फेरि पनि फोहरी खेल खेलियो भने के गर्नुहुन्छ ?
बेलायतमा रहेका सबै नेपालीहरुको साझा चौतारी बन्ने उद्देश्यले स्थापित एनआरएनए युकेमा सबै तह, जाति, पेसा, उमेर, लिंग, धर्म र राजनैतिक आस्था राख्ने नेपालीहरुले आफ्नो उपस्थिति देख्न चाहन्छन् । त्यसैले पनि एनआरएनए युकेमा कहिलेकाहीं लफडा भएजस्तो देखिन्छ । तर यसलाई सकारात्मक रुपमा लिन सकिन्छ । यो एनआरएनएप्रतिको उहाँहरुको आस्था, चासो र प्रेम हो । कुरा यतिमात्र हो कि यस्ता क्रियाकलापहरुले समाजलाई विभाजित, विखण्डित र ध्रुविकृत मात्र गर्न भएन । तर हामी सबैले विगतबाट सिकेका छौं र भविष्यमा राम्रो हुने आशा गरौं । एनआरएनए युकेलाई अघि बढाउन हामी अन्तिम अवसरको प्रयोग गरिरहेका छौं । यदि पुन लफडा भएमा एनआरएनएप्रतिको आस्था, पे्रम र विश्वास सधैंलाई समाप्त हुने निश्चित छ । 
यस्तो लफडा मात्र मच्चाउने संस्थामा किन महासचिव बन्ने मन गर्नुभयो, प्रस्ट पारिदिनुहोस् न ?
एनआरएनए अभियान प्रारम्भमा तिनै ब्यक्तिहरुले गरे जो समाजमा कुनै न कुनै रुपमा स्थापित थिए । कोही आर्थिक र भौतिक रुपले सम्पन्न, कोही शैक्षिक क्षेत्रका प्रभावशाली र कोही राजनैतिक क्षेत्रमा शक्तिशाली । तर उहाँहरुको मनसाय र एनआरएनएको उद्देश्य आफूहरु धनी र विद्वान् हुनभन्दा पनि विदेशमा रहेका नेपालीहरु सबै आर्थिक, भौतिक, शैक्षिक रुपले आफूजस्तै क्षमतावान बन्न सकुन् र आफ्नो जन्मभूमि नेपाललाई समृद्ध पार्ने कार्यमा योगदान दिन सकुन् भन्ने हो । लफडा र राजनीति भन्ने जुनसुकै संस्थामा पनि हुन्छ । त्यसलाई व्यवस्थित गर्न हामी सबैले जान्नु पर्दछ । यसलाई उछाल्नेभन्दा निराकरण गर्ने प्रयास गर्नुपर्दछ । राजनीति नभएको ठाउँ कहाँ हुन्छ ? तँ ठूलो कि म ठूलो नभएको कहाँ हुन्छ ?
युके तथा संसारभरि छरिएर बसेका गैरआवासीय नेपालीहरुलाई  केही सन्देश छ कि ?
हामी सबैको लोकप्रिय र बेलायतमा प्रकाशित हुने एकमात्र साप्ताहिक अखबार एभरेष्ट टाइम्समार्फत बेलायतवासी सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई एनआरएनएले नेपालीका लागि नेपाली र एकपटकका नेपाली सधैं नेपाली भनी सुरु गरेको अभियानमा साथ दिनु होला र म लगायत अन्य इमान्दार, उर्जाशील, क्षमतावान र पद र प्रतिष्ठाका लागिमात्र भन्दा पनि साँच्चै नै समाजका लागि केही गर्छु भन्ने व्यक्तिहरुलाई एनआरएनए युकेमा विजयी गराइदिनुहोला भन्न चाहन्छु । त्यसका निम्ति आगामी अगस्ट १४ भित्रमा सदस्यता दर्ता वा नवीकरण गरेर सेम्टेम्बर ९ मा हुने अधिवेशनमा उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछु ।
मैले नसोधेको तथा तपाईलाई भन्न मन लागेको केही कुरा छन् भने भनिदिनुहोस् न ?
यस अन्तर्वार्ताको क्रममा मैले भन्न छुटाउन नहुन कुरा एउटा छ । त्यो भनेको एनआरएनए युकेको चुनाव नजिकिँदै गर्दा हाल धेरैको ध्यान अध्यक्ष पद र अन्य मर्यादित भनिएका पदहरुमा मात्र ध्यानकेन्द्रित भएको देखिन्छ । यो विगतका चुनावदेखि नै हुँदै आएको निरन्तरता हो र यसलाई यसपालिको चुनावले क्रमभंग गर्नुपर्दछ । एनआरएनए युकेमा यस्ता विभाग तथा उपसमितिहरु छन् जुन संघको महत्वपूर्ण अंगहरु हुन् । हात, खुट्टा, नाक, कान, आँखा र अन्य अंगहरुबिना टाउकाले मात्र केही पनि गर्न सक्दैन । त्यसैले आगामी चुनावमा तपाईहरुले त्यस्ता क्षमतावान र उर्जाशील ब्यक्तिहरुलाई कार्यसमितिका सदस्यहरुमा पठाउनुहोस् जसले च्यारिटी विभाग, प्रेस विभाग, व्यापार विभाग, भाषा तथा साहित्य विभाग, खेलकुद, सांस्कृतिक, स्किल ट्रान्सफर, आर्थिक र अन्य विभागहरुको संयोजक भएर काम गर्न सकुन् र यी विभागीय संयोजकहरु पदाधिकारीहरु हुन् र विभागको जिम्मेवारी लिएर दुई वर्ष कार्य गर्नु चुनौती मात्र नभएर र अवसर पनि हो । 
उदाहरणका लागि वर्तमान कार्यसमितिको मैले पे्रस विभागको संयोजकको रुपमा एनआरएन भ्वाइस स्मारिकाको सम्पादन र प्रकाशन गर्ने जिम्मेवारी पूरा गरें भने च्यारिटी विभागको सदस्य भएर जम्मा सातवटा फन्ड रेइजिङ क्याम्पेन सफलतापूर्वक पूरा गरें । एनआरएनए युकेमा गर्न बाँकी रहेका यस्ता दर्जनौं कार्यहरु वषौंदेखि अलपत्र भएर बसेका छन् .जबसम्म यी उपसमितिहरुले उर्जावान, क्षमतावान र गतिशील नेतृत्व पाउँदैनन् तबसम्म अध्यक्षको भिजन र महासचिवको कार्यसम्पादनले मात्र एनआरएनए युकेले गति लिन सक्दैन ।
अन्त्यमा जिन्दकी के हो जस्तो लाग्छ ?
मलाई मान्छेको जीवन प्रकृतिको एउटा सुन्दर रचनाजस्तो लाग्दछ । जन्मेदेखि मरेसम्म सिकिरहनु पर्ने मान्छेको जीवन संघर्षको कथा हो । मानिसको लागि आशा, भरोषा, पे्रम र शान्ति सबैभन्दा महत्वपूर्ण छन् जसले गर्दा जीवन र जगत सदियौंदेखि चल्दै आएको छ र चल्नपर्छ ।
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment

  • Photos

    Nepalese Press Night (UK) 2017

More Videos

 
  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

  • Ledley King at Gurkha Cup 2017 II HD Video III

  • Milan Amatya - Fariya Choubandi (Official Video) ft. Juna Sundas, Alisha Rai

  • Lali Budhathoki in UK lll Maya Le Maryo Salaijo bhaka ll

  • Gita Paija in UK lll Barpaki ki Maya lll FNJ UK Charity Program 2017

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Riya Thapa & Esme Thapa lll Danda ra Kanda lll घन बहादुर थापा मगरको बस्ती एल्बम बाट

TV Programme

 
  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

  • An Interview with the oldest Mount Everest Climber Mr Min Bahadur Sherchan

  • Miss Mita kwone Gurung dancing at Kwone (Ghotane/ Ghonde) Gurung (Tamu) Samaj UK Programme 2017

  • मनै मेरो चङगा भो Man Mero Changa Bho Orginal Udaya/Manila Sotang Cover By Deepa Tamang/Mahendra Rai

Upcomming Events

  • Nepali Mela 2017
    Kempton Park
    on 27-08-2017

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions