ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

पहिरोले घर पुर्दा एकै परिवारका ४ सहित ६ जनाको ज्यान गयो



पहिरोले घर पुर्दा एकै परिवारका ४ सहित ६ जनाको ज्यान गयो

-

लगातार वर्षापछि आएको पहिरोले बाग्लुङ ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा शुक्रबार बिहान तीन घर पुरिएर एकै घरका ४ सहित ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ४ महिला र दुई पुरुष छन् ।
 
पहिरोले घर बगाउँदा पुरिएर निसीखोला २ हुल्दीमा एकै घरका ६५ बर्षीय मनिमान छन्त्याल, उनकी श्रीमती ६३ बर्षीया नन्दकली, १८ बर्षीया छोरी गिता र २२ बर्षीया बुहारी विन्दुको मृत्यु भएको हो । निसीखोला १ की ७६ बर्षीया खगिसरा सिंजालीमगर र ढोरपाटन ५ का ५३ बर्षीय ओमप्रकाश कामीको पहिरोले पुरिएर मृत्यु भएको हो । शुक्रबार विहान करिव ७ बजे पहिरो खस्नु लगत्तै मनिमान र ओमप्रकाशको शव निकालिएको थियो भने अन्यको स्थानीय र प्रहरीद्वारा पहिरो पन्छाएर मध्यान्ह शव निकालिएको हो । ढिस्कोसँगै आएको पहिरोले पुरै घर पुरिंदा उनीहरुको मृत्यु भएको उद्धारमा खटिएका ढोरपाटन प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक नारायण शर्माले बताए । 
मृतकहरुको शव पोष्टमार्टमको लागि बुर्तिवाङ अस्पतालमा राखिएको छ । पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएपछि आफन्त र स्थानीय शोकमा रहेको स्थानीय ५२ बर्षीय सहवीर मगरले बताए । 
 
करिव २ सय ५० मिटर माथिबाट पहिरो आएर घर पुरिएपछि उनीहरुको मृत्यु भएको हो । अन्य स्थानमा समेत सानातिना ५/७ वटा पहिरो गएपनि उक्त स्थानमा घर नभएकोले मानविय क्षति नभएको मगरले बताए । हुल्दीमा करिव १ सय ४० घर रहेको र घरहरु छरिएर रहेकोले अन्य घरमा पहिरोले असर नगरेको उनले जानकारी दिए । गाउँलेहरुले शुक्रबार घरबाट लत्ताकपडा र भाडावर्तन निकालेर सुरक्षाको लागि घरमाथिको जंगलतिर लागेको उनले जानकारी दिए ।
 
ढोरपाटन र निसी खोलामा करिव १ दर्जन घरहरु बगाएको उनीहरु छिमेकीको घरमा शरण लिएर बस्नु पर्ने अवस्था रहेको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताए । सो स्थानमा अझै पहिरोको जोखिम रहेकोले पहिरो प्रभावित परिवारलाई तत्कालको लागि उद्वार र राहतमा खटिनु पर्ने अवस्था रहेको उनले बताए । तत्कालको लागि सुरक्षित बसाईको व्यवस्था गर्न उनले सबैमा आग्रह गरे । 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment

  • Photos

    Nepalese Press Night (UK) 2017

More Videos

 
  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

  • Ledley King at Gurkha Cup 2017 II HD Video III

  • Milan Amatya - Fariya Choubandi (Official Video) ft. Juna Sundas, Alisha Rai

  • Lali Budhathoki in UK lll Maya Le Maryo Salaijo bhaka ll

  • Gita Paija in UK lll Barpaki ki Maya lll FNJ UK Charity Program 2017

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Riya Thapa & Esme Thapa lll Danda ra Kanda lll घन बहादुर थापा मगरको बस्ती एल्बम बाट

TV Programme

 
  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

  • An Interview with the oldest Mount Everest Climber Mr Min Bahadur Sherchan

  • Miss Mita kwone Gurung dancing at Kwone (Ghotane/ Ghonde) Gurung (Tamu) Samaj UK Programme 2017

  • मनै मेरो चङगा भो Man Mero Changa Bho Orginal Udaya/Manila Sotang Cover By Deepa Tamang/Mahendra Rai

Upcomming Events

  • Nepali Mela 2017
    Kempton Park
    on 27-08-2017

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions