ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

गुरुङ युवायुवतीहरुलाई दुई दिने साहित्यिक प्रशिक्षण



गुरुङ युवायुवतीहरुलाई दुई दिने साहित्यिक प्रशिक्षण

एटा सम्वाददता -

पोखरा । गुरुङ साहित्यिक मञ्च नेपालले पोखरा तथा आसपासका गुरुङ युवा युवतीहरुलाई लक्षित गरी दुई दिने साहित्यिक प्रशिक्षण कार्यक्रम पोखरामा सम्पन्न गरेको छ । 
शुक्रबार र शनिबार गरी दुई दिनसम्म भएको प्रशिक्षणमा मुक्तक, गजल, कविता र आख्यान लेखनसम्बन्धी चर्चित आख्यानकार  तथा कवि राजन मुकारुङ र गजल शिरोमणि डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ले प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा कास्की र आसपासका जिल्लाबाट समेत गरी ३८ जना साहित्यप्रेमीहरुको सहभागिता रहेको मञ्चकी अध्यक्ष गौरी गुरुङले जानकारी दिए ।
प्रशिक्षणको समापन कार्यक्रममा प्रमुख अतिथि लोकगायिका तथा विगत २० वर्षदेखि रेडियो नेपालकी गुरुङ भाषाको समाचार वाचिका एवं सञ्चारकर्मी शान्ति गुरुङले मातृभाषाहरु लोप हुन लागेको अवस्थामा गुरुङ साहित्यिक मञ्चले प्रशंसनीय कार्य गरेको बताए । मातृभाषा बुझेर पनि अन्य भाषा र अझै विदेशी भाषा प्रयोग गर्न पाउँदा रमाउने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै उनले पहिचान जोगाउने एक मूल आधार नै भाषा भएको बताए । गुरुङले जहाँ गए पनि आफ्नो भाषा, साहित्य, संस्कृतिलाई प्रयोगकै तहमा ल्यउनुपर्नेमा जोड दिए ।
कार्यक्रमका प्रशिक्षक गजलकार डा. परिश्रमीले सिर्जना प्रशिक्षणले मात्र लेखिने कुरा नभए पनि लेख्न मात्र नभई अरुको सिर्जना पढ्न र बुझ्नसमेत सघाउ पुर्‍याउने भएकाले सबैले ज्ञान आर्जन गर्नु राम्रो कुरा भएको बताए । ‘सिर्जना भनेको भाषिक कला हो’, उनले भने, ‘कला, विषय र प्रयोगबाट मात्रै सुन्दर सिर्जना हुन सक्छ ।’
अर्का प्रशिक्षक साहित्यकार राजन मुकारुङले साहित्यलाई हेर्ने दृष्टिकोण व्यक्तिगतभन्दा पनि बढी विश्वव्यापी हुनुपर्नेमा जोड दिए । मानवीय संवेदना हराउँदै गएको अवस्थामा हामीमा रहेको थोरै मानवीय संवेदनालाई अबको साहित्यले सम्बोधन गर्नुपर्नेमा जोड दिरे । अझै पनि लेख्न बाँकी विषय धेरै रहेकाले तिनको खोजीमा अबका साहित्यकारहरु लाग्नुपर्नेमा मुकारुङको जोड थियो । कार्यक्रममा मञ्चकी अध्यक्ष गौरी गुरुङले जुनदिन भाषा मर्छ त्यो दिन गुरुङ समुदायको जातीय अस्तित्व पनि समाप्त भएर जान्छ त्यसैले आफ्नो जातीय अस्तित्व जीवन्त राख्न अब गुरुङ समुदाय भाषा र साहित्यको क्षेत्रमा सक्रियतापूर्वक लाग्नुपर्ने हुन्छ । गुरुङ समुदाय रमाइलोमा मात्रै होइन, पठन र लेखनमा पनि अघिआउनुपर्ने मान्यताका साथ आफूहरु अघि बढेको बताए । 
पोखराका अन्य वाङ्मयिक संस्थाहरुसँग पनि सहकार्य गरेर अघि बढ्ने बताउँदै गुरुङले मूलतः गुरुङ समुदायका व्यक्तिहरुलाई  बौद्धिक क्षेत्रमा अघि बढाइने बताए । यस्तै उनले ३० जना प्रशीक्षार्थीको लक्ष्य राखिएकोमा ३८ जना प्रशिक्षार्थी सहभागी भए पनि यहाँका गुरुङ संघ संस्थालाई निमन्त्रणा गरेजति उपस्थित नहुँदा दुस्ख व्यक्त गर्दै सम्बन्धित संघसंस्थाको ध्यानाकर्षण गराए ।
समापन समारोहमा सचिव रोशनी गुरुङको सञ्चालन र उपाध्यक्ष रोशन गुरुङको स्वागतमा भएको कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुलाई पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष दीपक समीप, साहित्यकार रुपिन्द्र प्रभावी, अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीलगायतले प्रमाणपत्र वितरण गरेका थिए । 
कार्यक्रममा कवि छम गुरुङले कविता वाचन गरेका थिए भने कार्यक्रममा प्रशिक्षार्थीहरु पवित्रा गुरुङ र मिनबहादुर गुरुङले तालिमबारे आफ्ना अनुभव सुनाएका थिए ।
 

 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions