ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

एनआरएनले मात्रै नेपाललाई ‘स्वीट्जरल्यान्ड’ बनाउन सक्छ ?



एनआरएनले मात्रै नेपाललाई ‘स्वीट्जरल्यान्ड’ बनाउन सक्छ ?

विजय हितान -

गैर आवासीय नेपाली संघ (एनआरएन)को त्यति लामो इतिहास छैन तापनि यसले छोटो अवधिमा केही उल्लेखनीय कार्यहरु गरेको छ । यसको मूल उद्देश्य भनेको प्रवासमा रहेका नेपाली–नेपालीबीच एकता कायम गर्दै नेपालको विकासमा टेवा पुर्‍याउनु हो । यसै सम्बन्धमा जलविद्युत् उत्पादनमा लगानी लगाएर रोजगार सिर्जना गरेको एउटा प्रमुख उदाहरण हो । त्यसरी नै गतवर्ष निर्मित नयाँ संघीय संविधानमा, माग गरिएको जस्तो नपाइए तापनि, प्रवासी नेपालीलाई राजनीतिक अधिकारबिनाको दोहोरो नागरिकताको व्यवस्था गर्न एनआरएन सफल भएको देखिन्छ । वर्तमान कार्यसमितिले भुइँचालोपीडितलाई भवन निर्माण गरिदिने र राहत पुर्‍याउनेजस्ता उदाहरणीय कृयाकलापहरु पनि गर्दै आएको छ । 
अहिलेको कार्यसमितिमा पदाधिकारीहरु चयनका हिसाबले पनि समावेशिता र विविधताका सिद्धान्तलाई अङ्गालेको देखिन्छ । बौद्धिक, राजनीतिक, उद्यमी, प्राज्ञिक, साहित्यिक, प्राविधिज्ञ साथै पूर्वगोर्खालगायत हरेक जातजाति सबैको समिश्रण पाइन्छ । यसरी यो संस्था संख्यात्मक अनि गुणात्मक दुवै तरिकाले बृहत् बन्दै गएको छ । अब यसलाई युक्तिपूर्वक व्यवस्थापन गर्न सकिएन भने संस्था जटिलतातिर धकेलिन सक्छ । भविष्यका चुनौतिलाई दृष्टिगत गर्न नसकी यसका प्राथमिकता परिवर्तन नगरिए संस्था असफलतातिर मोडिन सक्छ । बेलायतको सन्दर्भमा २०१४ र २०१५ को कार्यसमितिभित्र केही विवाद आउँदा उद्देश्य प्राप्तिबाट बिमुख हुन गई लोकप्रियातामा ठूलो गिरावट आएको थियो । यस्ता घटनालाई मनन गर्दै नेतुत्वमा हुनेले अब रणनीतिमा परिवर्तन गरी संस्थालाई अगाडि डोर्‍याउनु पर्ने आवश्यकता छ । 
एनआरएनले प्रायःजसो नेपाली असहायलाई आर्थिक सहयोग गरेर परोपकारी कार्य गरेको देखिन्छ । यस्तो सहयोगले नेपाललाई स्थायी विकास दिँदैन । नेपाललाई समृद्धितिर उन्मुख पार्ने हो भने एनआरएन स्वयम्ले भौतिक संरचना निर्माण गरिदिने, रोजगारका अवसर विकास गरिदिने, व्यावसायिक सीप प्रदान गरिदिने, पाश्चात्य देशको जस्तो नीतिनियम तर्जुमा गरिदिन सक्नुपर्छ । यस्ता विषयमा संस्थाको स्रोत र साधन प्रयोग गरिन पर्छ । प्रक्रियाभन्दा परिणाममा केन्द्रित हुन सिक्नुपर्छ । 
प्रवासमा हजारौंको संख्यामा प्राज्ञ, प्राविधिज्ञ, उद्यमी नेपाली स्थायी तथा अस्थायीरुपमा बस्दै आएका छन् । सम्भवतः बेलायतमा यस्ता विज्ञ बेल्पाली सबैभन्दा बढी बस्छन् । यो संख्या निकट भविष्यमा झनै बढेर जाने देखिन्छ । बेलायतमा एक÷डेढलाख नेपालीको बसोबास रहेको अनुमान छ । तिनका अनुमानित ९० प्रतिशतभन्दा बढी छोराछोरीहरु उच्च शिक्षा हासिल गरिसकेका वा गर्दै गरेका छन् । यी नयाँपुस्ताका बेल्पालिले वित्तीय, स्वास्थ्य, कानुनी, शैक्षिक, इन्जिनियरिङ्ग, वैज्ञानिक, वातावरणीय, व्यवस्थापनजस्ता अति नै महत्वपूर्ण विषयमा अध्ययन सिध्याएर तीनै क्षेत्रमा सेवारत छन् । 
अब यो ज्ञानको भन्डारलाई कसरी नेपालको विकासमा लगाउन सकिन्छ भन्ने विषयमा विचार विमर्श चलाउनुपर्ने देखिन्छ । एनआरएनले एक राष्ट्रिय सेवा (National service) जस्तै यी प्रवासी नेपालीले नेपालमा गएर सेवा गर्ने एउटा योजना ल्याउनतिर पहल गर्न पर्छ । नेपाल र बेलायत सरकार मिलेर एउटा यस्तो सन्धि होस् जसमा एक बेल्पाली नेपाल जाँदा दुई, चार महिना आफू विज्ञ रहेको क्षेत्रमा काम गर्न पाउन् । बेतलवबी बिदा लिएर छोटो समयको लागि नेपाल जान पाउने सुविधा होस् । त्यहाँ आफ्नो ज्ञान र अनुभव निःशुल्क बाँड्न पाइयोस् ताकि नेपालले त्यसबाट केही सिकोस् । उदाहरणको लागि एक बेल्पाली डक्टरले दुर्गम जिल्लामा गएर स्वास्थ्य शिविरमा काम गर्न सक्छ । एक वातावरण विज्ञले नेपालको सहरी क्षेत्रमा कसरी फोहोर मैला व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा वैज्ञानिक परामर्श दिन सक्छ । 
यस्लाई कार्यान्वयन गर्न बेलायत अवस्थित नेपाली मुलका काउन्सिलर र राजदूतावासले विशेष भूमिका खेल्न सक्छन् । साथै नेपाल ब्रिटेन च्याम्बर अफ कमर्स र डिपार्टमेन्ट अफ इन्टरनेटनल डिभेलपमेन्टजस्ता अन्य संस्थाले पनि सहयोग दिन सक्छन् । तर यो कार्यको संयोजन एनआरएनजस्तो नेपालीको छाता सङ्गठनले गरिन पर्‍यो । हाम्रो बेलायतसँगको दुईसय वर्षको दौत्य सम्बन्धले यो योजना बेलायतबाट सुरुआत गर्दा सफल हुने सम्भावना बढी छ । त्यसपछि यसलाई अस्ट्रेलिया, अमेरिका, युरोपजस्ता अन्य मुलुकमा विस्तार गर्न सकिन्छ ।
खाडी मुलुक र सुदूरपूर्वी राष्ट्रमा नेपाली कामदारले व्यावसायिक सिप विकास गरेका छन् । तिनको अनुभवलाई पनि नेपालको विकासमा कसरी लगाउन सकिन्छ भन्नेतिर अब एनआरएनको सोंच मात्रै होइन पहलकदमी पनि हुन पर्‍यो ।   
यस कार्यमा अहिलेदेखि नै युवापुस्तालाई समावेश गरेर अघि बढाउन सके यसले युगान्तर निरन्तरता पाउन सक्छ । तर, नेपाल सरकार लचिलो भएर यस्तो महत्वकांक्षी योजनालाई सहर्ष स्वीकार्न सक्नु पर्‍यो । स्वीकार्य बनाउन जसरी एनआरएनले दोहोरो नागरिकताको  आन्दोलनलाई घन्काएर प्रतिफल प्राप्त गर्‍यो त्यसरी नै यसलाई पनि एक अभियानको रुपमा लग्न पर्‍यो । जहिले पनि अधिकार खोस्ने कुरामा लामो सङ्घर्ष चर्काइन्छ तर यस्ता दीर्घकालीन अनि देशलाई समृद्ध बनाउन सकिने विषयमा उर्जा खर्चने बानी हाम्रो कमै देखिन्छ । 
गोर्खाली सिपाहीको समान पेन्सनको मुद्दामा, नेपाल–बेलायत दौत्य सम्बन्धमा आँच आउने देखेर होला, न त नेपाल सरकार न त दूतावासबाट नै तत्परता देखाइयो । त्यसैले गोर्खालीका आधा दर्जन सङ्गठन स्थापना गरिएर एक्लै लड्नु परेको अवस्था सिर्जना भएको हो । तर, यहाँ मैले माथि उठाएको प्रस्तावले नेपाललाई फाइदैफाइदा देख्छु । त्यसैले यो योजनालाई अगाडि बढाउन नेपाल सरकारबाट कुनै हिच्किचाहट हुँदैन होला भन्ने मैले विश्वाश लिएको छु । तर यसलाई एक राजनैतिक चछुले खै कसरी हेरिएला ! आफू त राजनीतिको घाँस चपाउने जन्तु परिएन !
नेपाली नेताहरुले बेलाबेलामा नेपाललाई बिनाआधार कहिले सिङ्गापुर बनाउने त कहिले स्वीट्जरल्यान्ड बनाउने दिवा सपना देख्छन् । त साँच्चै नै कसियो भने एनआरएनले विकासशील राष्ट्रबाट निकट भविष्यमा नेपाललाई विकसित राष्ट्रमा पणिरत गर्न सक्ने सम्भावना म थुप्रै देख्दछु ।      

 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment

  • Photos

    Nepalese Press Night (UK) 2017

More Videos

 
  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

  • Ledley King at Gurkha Cup 2017 II HD Video III

  • Milan Amatya - Fariya Choubandi (Official Video) ft. Juna Sundas, Alisha Rai

  • Lali Budhathoki in UK lll Maya Le Maryo Salaijo bhaka ll

  • Gita Paija in UK lll Barpaki ki Maya lll FNJ UK Charity Program 2017

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Riya Thapa & Esme Thapa lll Danda ra Kanda lll घन बहादुर थापा मगरको बस्ती एल्बम बाट

TV Programme

 
  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

  • An Interview with the oldest Mount Everest Climber Mr Min Bahadur Sherchan

  • Miss Mita kwone Gurung dancing at Kwone (Ghotane/ Ghonde) Gurung (Tamu) Samaj UK Programme 2017

  • मनै मेरो चङगा भो Man Mero Changa Bho Orginal Udaya/Manila Sotang Cover By Deepa Tamang/Mahendra Rai

Upcomming Events

  • Nepali Mela 2017
    Kempton Park
    on 27-08-2017

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions