ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

ऊ मेरो बाबा होइन



ऊ मेरो बाबा होइन

जानु काम्बाङ लिङ्देन -

सिर्जना स्तब्ध भई, जब उसले बाबाको मोबाइलमा कैद भएका प्रेमिल म्यासेजहरू देखी । अझै छाँगाबाट त ऊ त्यसबेला खसी, जुनबेला थाहा पाई उसले कि बाबासँग म्यासेजमा प्रेमालाप गर्ने महिला अरु कोही नभएर आफ्नै ब्वाई फ्रेन्ड रोहनकी आमा थिई । बाबाकै अफिसमा सँगै काम गर्ने ती महिलालाई सिर्जना श्रद्धापूर्वक ‘आन्टी’ भनेर संबोधन गर्थी ।
जब त्यो रहस्य पत्ता लगाई सिर्जनाले तब उसलाई आफ्नै अनुहार विरुप मात्रै लागेन, सिङ्गो जिन्दगी नै दिग्दार लाग्न थाल्यो । शरीरका नसा–नसामा सञ्चारित रगत एकाएक अवरुद्ध भएझैँ लाग्न थाल्यो । 
सोच्न थाली ऊ मेरो अनुहार मेरै बाबाको प्रच्छायाँ हो । मेरा शरीरका थोपा–थोपा रगत बाबाकै दूषित रगत हो । म एक कुरुप बाबाको अनुहार र दूषित रगत बोकेर बाँच्न विवश छु । 
हिनताबोधले भिजेर निथु्रक्क भएकी उसले घरी आत्महत्याको सोचाई गरी । घरी हत्याको पनि । घरी–घरी निरासा र अपमानबोधले गलेर झुलो जस्ती भई । घरी क्रोधाग्निले जलेर आगो भई ।
प्रेमीहरूको ‘प्रेम दिवस’ यानेकी ‘भ्यालेन्टाइन डे’का दिन यसरी सिर्जनाको हृदय जलेर खरानी भएको थियो । 
अघिल्लो रातभर आँखा झिम्मसम्म नगरी उसले कल्पनाको सफेद क्यानभासमा प्रेमको सुन्दर सुन्दर स्केच उतारेकी थिई । प्रत्येक स्केचमा रोहन उदाउँथ्यो । ऊ रोहनलाई आलिङ्गनमा कसेर तृप्त हुने गरी चुम्थी । रोहनले पनि उसरी नै चुम्थ्यो उसलाई । अनन्त प्रेमालाप, मायावी स्पर्श र गहिरो चुम्बनमा डुबिरही । ऊ लिन भइरही । यसरी प्रगाढ चुम्बनमा समर्पित हँुदाहुँदै उज्यालो हुने बेला मात्र कल्पनाबाट झसङ्ग ब्यूझिएकी सिर्जना बिहानपख झपक्क के निदाएकी थिई, बाबा–आमाको झगडाले तुरुन्तै ब्यूँझाइदियो उसलाई ।
उठेर ऊ हतार–हतार पुगकी थिई बाबा–आमाको कोठामा । ऊ त्यहाँ पुग्नासाथ ‘म यो घरमा अब फर्केर पनि आउँदिनँ’ भन्दै ढोकामा खुट्टा बजार्दै बाबा बाहिरिएका थिए । 
‘किन झगडा गर्नुभएको मामु यसरी ? के भयो बिहानै बाबालाई...?’
अघिल्तिर उभिएकी छोरीको प्रश्न सुनेर रूँदै झगडाको कारण बेलिबिस्तार लाएकी थिइन्, करुणाले । आमाका अनुसार बाबा आधा राति अत्याधिक मदिरा सेवन गरेर आएका थिए । बेहोसीमा घर आइपुगेका बाबाको सेतो सर्टभरि लिपिस्टिकका डोबहरू जताततै लत्पतिएका थिए । त्यो अवस्थामा त्यति राति आएपछि आमाले आफू श्रीमती हुनुको हकमा केही प्रश्नहरू गरेकी थिई बाबालाई । तर, बाबाले जवाफमा आमालाई थप्पड हानेका थिए । बिहान करुणाले गालाका बसेका थप्पडका छापहरू देखाउँदै छोरीलाई अङ्कमाल गरेर आँसु झार्दै भनेकी थिइन, ‘छोरी, तिम्रो बाबाकी अर्कै केटी छे ।’ आमाको कुरा प्रमाणित भएथ्यो, त्यसबेला जब बाबाले रिसाएर घरबाट निस्कँदा बेडमै बिर्सेर गएको मोबाइलको सम्पूर्ण म्यासेज पढ्न भ्याइ सिर्जनाले ।
भ्यालेन्टाइनडेलाई रङ्गीन बनाउन जोडाजोडीहरू रमाउँदै, इत्रिँदै हिँडिरहेका देखिन्थे बाहिर सडक पेटीमा । जसमध्ये कति त सिर्जनाका अति निकटतम साथीहरू पनि थिए । 
बाहिरका ती दृश्यहरू हेरिरहन नसकेर उसले झ्यालका पर्दा लगाई । जानी–जानी मोबाइल अफ गरी । 
दिनैभरिजसो मस्तिष्कमा तीन विशेष कुराले डामिरह्यो उसलाई । एक, बाबाको बाहिर अर्को महिला छ भन्ने रहस्य । दुई, ती महिला आफ्नै प्रेमिकी आमा हुन् भन्ने तथ्य र तीन तिनै महिलाको कारण बाबाले आमालाई हानेको थप्पड ।
यी विशेष कुराहरूको प्रहारले गर्दा घाइते चरीजस्ती सिर्जना कति विघ्न अनियन्त्रित भई कि आफूले आफैंलाई भुलिपठाई ।
हृदयको सोकेशमा सजाएकी थिई उसले । प्रेमी रोहनको सुन्दर तस्बिर झिकेर च्याती उसले धुजा–धुजा, रोइरही ढोका थुनेर मौन यसरी । उसको भ्यालेन्टाइन डे नराम्ररी आफ्नै आँसुमा डुब्यो । 
साँझपख करुणा गालाको चोट ऐनामा हेर्दै रोइरहेकी थिई । छोरीले छेउमा पुगेर सुस्तरी आमालाई भनी, ‘मामु, हामी अब मावल गएर बसौँ है, बाबालाई उहाँकै संसारमा रमाउन दिऊ ।’
छोरीको कुरा सुनेर आमाले आँसु पुच्छदै भनिन्, ‘म कहीँ पनि जान्न छोरी !  मैले कहीँ जानु हँुदैन । हो म किताबको अक्षर पो चिन्दिनँ हुँला । बोल्दा खेरी बोल्न पो जान्दिनँ हुँला तर ममा भएको अन्याय चिन्छु । मैले पाएको पीडाको गहिराई बुझ्छु । यो घर मेरो पनि हो, अब म यही घरमा बसेर ममाथि भएको अन्यायसित जुध्छु । आफ्नो अधिकार र अस्तित्वको रक्षा अब आफै गर्छु ।’
आमाको यस्तो साहस सुनेपछि मात्रै सिर्जना नियन्त्रित हुँदै आई । मनमनै दृढ सङ्कल्प गरी उसले म मेरी महान् आमाको खातिर बाबासँग जस्तै परिस्थितिबीच लड्न तयार छु । 
उसले बाहिर चिहाई, साँझको बतासमा काइँयो फूलका पातहरू फरफर नाचिरहेका थिए । अनि पर धोवी खोला एकनास सुसाइरहेको थियो ।
भ्यालेन्टाइन डेको पर्सिपल्ट घरमा अचम्म भो । रामधनले श्रीमती र छोरीलाई सँगै राखेर यसरी क्षमा माग्यो । दुई आमा–छोरी नै चकित परे । रामधनले आफूले गरेको भूलप्रति क्षमा माग्दै उप्रान्त आफ्ना सहस्र कमजोरीहरू सुधार्ने प्रतिवद्धता व्यक्त गरेपछि पारिवारिक कलह क्रमशः शान्त भएर आयो । बाबामा आएको अकल्पनीय परिवर्तन देखेर आमा–छोरीका आँखाबाट हर्षासु खसे । निख्रिसकेको खुसीको बहार पुनः फर्कियो घरमा ।
बाबाको घर आउने समय पनि ठीक समयमा रुटिनजस्तो हुन थाल्यो । घरव्यवहारमा विशेष चासो दिएर जिम्मेवारीलाई बहन गर्न थाल्यो । जिम्मेवारी कर्तव्य, प्रेम र समयमा बदलिएको थियो । यसरी व्यवहार र कर्तव्यसँग जोडिएका हरेक कुराको सूक्ष्म ख्याल राख्न थालेको रामधनप्रति श्रीमती र छोरीको हृदयमा श्रद्धाको पहाड सुस्तरी चुलिने नै भयो । 
रामधनसँग नाम जोडिएकी ‘शोभा आन्टी’ जागिरबाट हटिसकेकी थिई । रामधनले अर्कै आइडीबाट फेसबुक चलाउनुका साथै मोबाइल नम्बर चेन्ज गरिसकेका थिए । यसैबाट थाहा हुन्थ्यो कि, उसले हिजोका सारा गल्तीहरूलाई सदाका लागि डिलिट गरेर घरपरिवारको सम्बन्धलाई अब पुनर्जीवन दिन थालेको थियो । 
सिर्जना दिन नबिराई कलेज जान थालेकी थिई । रामधनले सधैँ कारमा छोरीलाई कलेजको गेटसम्म पुर्‍याइदिन्थ्यो । एवम्रितले समय व्यतीत हुँदै जाँदा सिर्जना र रोहनबीच लगभग ओइलिसकेको प्रणयी वृक्ष पुनः झ्याँगिएर आयो । रोहनलाई सिर्जनाको बाबासँगको आफ्नी आमाको सम्बन्धबारे थाहा थियो या थिएन ऊ आफैं जानोस् । परन्तु यस विषयमा सिर्जनाले उसलाई कहिल्यै सोध्न चाहिन । ‘मैले भुलेर पनि यसबारे रोहनलाई सोधें भने हाम्रो सम्बन्धमा भयानक प्रलय हुनेछ ।’ यस्तै सोच्थी सिर्जना ।
दिनहरू बित्दै जाँदा हप्ता, महिना हुँदै वर्ष दिनसमेत बित्यो । वर्षौंपछि एक साँझ उदास मुद्रामा अफिसबाट घर आइपुग्यो रामधन । निरासाभावमा अफिसले आफूलाई भोलि नै ६ महिनाका लागि फिल्डमा पोखरा पठाउने निर्णय गरेको कुरा परिवारलाई सुनायो । जुन कुरा सुनाइरहँदा श्रीमती र छोरीभन्दा आफू बढी दुःखी देखिन्थ्यो ऊ । उसले परिवारमा त्यो कुरा सेयर गर्नु भनेको आफू पोखरा जाऊँ कि नजाऊँ ? भनेर परिवारसँग राय माग्नु पनि थियो । उसको कुरा सुनेपछि कामकर्तव्यको सवाल भएकाले अफिसले दिएको त्यो जिम्मेवारी जसरी पनि बहन गर्न श्रीमती र छोरीले सुझाए । श्रीमती र छोरीको अनुमति अर्थात् जिम्मेवारी बहनप्रतिको आग्रहपश्चात् दुवैलाई हृदयबाटै धन्यवाद दिँदै भोलिपल्ट बिहानै घरबाट बाहिरियो रामधन । सिर्जनाले आमासँगै उभिएर बाबालाई आधाबाटोसम्म हात हल्लाइ पठाई । आँसु पुछ्दै गाडी चढेको रामधनलाई लिएर बानेश्वर, गौशाला हुँदै हुइँकियो पोखरातर्फ गाडी । रामधनको प्रस्थानपछि करुणाले खुसीले पग्लिँदै छोरीलाई भनिन्, ‘छोरी, तिम्रो बाबा पहिले कस्तो हुनुहुन्थ्यो हेर त अहिले कस्तो हुनुभयो । हे, भगवान सधैँ यस्तै होस् ।’
रामधन छ महिनाका लागि अफिसियल काम लिएर उपत्यका बाहिर गएको कुरा घर परिवारलाई मात्र होइन मैतीदेवीका छरछिमेकी र वरपरका साथीसंगीलाई समेत थाहा थियो । 
सिर्जना पढाइप्रति एकाग्र हुँदै गएकी थिई । घरपरिवार पनि विस्तारै व्यवस्थित हुँदै गइरहेको थियो । तथापि पोखरा गएयता बाबाले सुरुमा एक दुईचोटी सम्पर्क गरेबाहेक पछिल्ला दिनहरूमा सम्पर्क पातलिएकाले गर्दा भित्रभित्रै खिन्नता छाएको थियो घरपरिवारमा । सिर्जनाले सम्पर्क गर्न खोज्थी तर उता रामधनको मोबाइल प्रायः स्वीच अफ हुन्थ्यो । कहिलेकाहीँ आक्कलझुक्कल रिङ गए पनि रिसिभ नगरिदिने र रिसिभ गरिहाले पनि तीन, चार शब्द पूरा नबोली रामधनले व्यस्तताको कारण देखाउँदै फोन राखिदिने गरेकाले उसको अन्तर्यमा कता–कता बाबाप्रति शङ्का–उपशङ्काको घेरा कोरिँदै आएको थियो । यद्यपि करुणा भने छोरीको शङ्काको घेराभन्दा बाहिर थिइन् । कारण उनले श्रीमान्लाई आफूलाई भन्दा ज्यादा विश्वास गरेकी थिइन् ।
एकदिन बिदाको दिन । सिर्जना र रोहन आपसमा प्रीतिकर बातहरू मार्दै बालाजु पार्कमा घुम्दै थिए, अचानक रोहनको साथीको फोन आयो । 
‘अँ भन त अनुप, कहाँ छस् तँ ?’ फोन रिसिभ गर्‍यो रोहनले । 
‘तँ साले बरु कहाँ छस् ? छिटो भन मलाई ।’
अलि आत्तिए जस्तो लाग्थ्यो आज अनुपको आवाज ।
‘बालाजु पार्कमा छु, के भो भन न यार किन यसरी आत्तिएको तँ ?’
‘गलफ्रेन्डसँग ? बोल्न मिल्छ ?’ सोध्यो अनुपले । 
‘मिल्छ ।’ भन न के कुरा हो ?’ झस्कियो रोहन ।
‘मुला तँ चै गलफ्रेन्डसित पार्क–पार्क मस्ती मार्दै हिँड् उता तेरो ममीचाहिँ अस्पतालमा...।’
‘के रे ? के भन्दैछस् तँ ?’ स्तब्ध भयो रोहन । सोध्यो, ‘ओइ, कसले भन्यो तँलाई कुन अस्पतालमा ?’
‘कुपन्डोलको सर्वाङ्ग अस्पतालमा ।’ यति भनेर फोन काट्यो अनुपले ।
रोहनले केही सोच्नै सकेन । हतार–हतार वाइक स्टार्ट गर्‍यो उसले । पछाडि सिर्जना थिई । बाटोमा सोधी सिर्जनाले, ‘रोहन, के भएछ आन्टीलाई ?’
‘तिमीलाई थाहा थिएन र ?’ रोहनले उल्टै सिर्जनालाई भन्यो, ‘तीन महिनाअघि नै मामाघर बनेपा जानुभएको मलाई के थाहा नि के भो भनेर । बेला–बेला फोन सम्पर्क हुँदा ठीकै छु भन्नुहुन्थ्यो । अहिले अचानक के भएछ ? मामाहरूले अस्पताल ल्याउनुभएको होला । अब अस्पताल पुगेपछि नै डिटेलमा थाहा हुन्छ ।’
सिर्जनाले अरु प्रश्न गर्न नभ्याउँदै बाइक रोकिन पुग्यो, अस्पतालको गेटभित्र ।
रोहन र सिर्जना छिट्छिटो अस्पतालको सिँढी उक्लिएर सोधपुछ शाखा पुगे ।
‘एस क्युज मी ।’
‘भन्नुस् ।’
‘रश्मि गुरुङ नामको एकजना पेसेन्टको बेड नं. हेरिदिनुस् न ।’
रिसेप्सनिस्टले दर्ता फाइल पल्टाउँदै सोधी, ‘हिजो एडमिट् हुनुभएको हो ? तेस्रो तल्लाको वेड नं. ३०४ ।’
रोहन र सिर्जना जब तेस्रो तल्लाको बेड नं. ३०४ मा पुगे तब दुवैजना सपना जस्ता भए । अवाक, स्तब्ध ती दुईले सपनाजस्तो परिवेशमा एकअर्कालाई हेराहेर मात्र गर्न सके । गलाबाट कुनै शब्द निस्कन सकेन । टेकिरहेकोे स्थान भासिएजस्तो भयो । कसैले बेस्कन घाँटी थिचिदिएजस्तो भयानक परिस्थिति थियो त्यसबेला । उफ ! यो सबै सपना भइदिए नि हुन्थ्यो । तर, सपना नभएर त्यो एक दम विपना थियो । ताजा विपना । कठोर विपना ।
सिर्जनाले देखेका दृश्य कतै भ्रम पो हो कि भनेर आफैंलाई दुख्ने गरी चिमोटी तर भ्रम थिएन त्यो । अहिलेसम्मका सहस्र भ्रमहरू चिरिएको अवस्था थियो त्यो । दृश्यमा भगवानका रूपमा श्रद्धा गरिएका दुई अभिभावकले आफ्नै सन्तानहरूलाई दिएको भयानक धोका थियो त्यो । 
‘तपाईं मेरी ममी होइन, मेरी ममीले कदापि यस्तो गर्न सक्नुहुन्न ।’ 
रोहनले चिच्याएको मात्रै याद भयो सिर्जनालाई । ऊ रोहनलाई समेत त्यहीँ छोडेर फरक्कै फर्किई । ट्याक्सीमा घरतर्फ लागी । बाटो कसरी काटी थाहै पाइन । स्वयम्ले ट्याक्सीले कुन बेला पिपलबोट, वागमती पुल, माइतीघर मण्डला र बबमहल पार ग¥यो अहँ सम्झनै भएन उसलाई । मात्र दाँत किट्दै मनमनै बोलिरही  ‘सरी–सरी, कुनै हालमा ऊ मेरो बाबा हँुदै होइन ।’ 
ट्क्यासी मैतीदेवीस्थित घरको गेटसम्म पुगिन्जेल यात्राभरि बाहिरका कुनै दृश्य नदेखियून् भनेर आँखा त चिम्लिई सिर्जनाले तर मानसपटलमा अस्पतालको उही दृश्य । बाबाको अँगालोमा शोभा आन्टी लेपिएकी थिई, आन्टीको काखमा थियो भर्खरै जन्मिएको बच्चा ।
पुनः दाँत किटी सिर्नजाले र चिच्याई बाहिरैसम्म सुनिने गरी, ‘सरी... ऊ मेरो बाबा होइन ।’

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment

  • Photos

    Nepalese Press Night (UK) 2017

More Videos

 
  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

  • Ledley King at Gurkha Cup 2017 II HD Video III

  • Milan Amatya - Fariya Choubandi (Official Video) ft. Juna Sundas, Alisha Rai

  • Lali Budhathoki in UK lll Maya Le Maryo Salaijo bhaka ll

  • Gita Paija in UK lll Barpaki ki Maya lll FNJ UK Charity Program 2017

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Riya Thapa & Esme Thapa lll Danda ra Kanda lll घन बहादुर थापा मगरको बस्ती एल्बम बाट

TV Programme

 
  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

  • An Interview with the oldest Mount Everest Climber Mr Min Bahadur Sherchan

  • Miss Mita kwone Gurung dancing at Kwone (Ghotane/ Ghonde) Gurung (Tamu) Samaj UK Programme 2017

  • मनै मेरो चङगा भो Man Mero Changa Bho Orginal Udaya/Manila Sotang Cover By Deepa Tamang/Mahendra Rai

Upcomming Events

  • Nepali Mela 2017
    Kempton Park
    on 27-08-2017

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions