ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

दुई जना थारु पत्रकारलाई ‘उत्कृष्ट पत्रकारिता पुरस्कार’ दिइने



दुई जना थारु पत्रकारलाई ‘उत्कृष्ट पत्रकारिता पुरस्कार’ दिइने

-

काठमाडौं । थारु पत्रकार संघ नेपालले उत्कृष्ट दुई जना थारु पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । कात्तिक १८ गते सुनसरीमा हुने थारु पत्रकार संघको केन्द्रिय अधिवेशनमा पुरस्कार वितरण गर्ने संघले जनाएको छ ।
 
पत्रकारिता पुरस्कार लागि संघले असोज मसान्तभित्र आवेदन दिन आह्वान गरेको छ । ‘देशभरि सञ्चारका विभिन्न माध्यममा काम गर्ने थारु पत्रकारहरुले यो पुरस्कारको दाबी गर्न सक्नेछन्,’ संघका महासचिव मदन चौधरीले भने, ‘त्यसका लागि २०७३ साउनदेखि २०७४ साउनभित्र थारु समुदायका विषयवस्तुमा आधारित रिपोर्ट प्रकाशन÷प्रसारण भएको हुनुपर्छ ।’ संघले दुइटा रिपोर्टसँगै आफ्नो बायोडाटा पठाउन पनि आह्वान गरेको छ ।
 
थारु पत्रकारहरुलाई प्रोत्साहनस्वरुप प्रदान गर्न संघले गत वर्षदेखि उत्कृष्ट थारु पत्रकारिता पुरस्कारको घोषणा गरेको थियो । गत वर्ष कैलालीका पत्रकार गणेश चौधरीलाई सो पुरस्कार प्रदान गरिएको थियो । 
 
पुरस्कारको प्रायोजन सतौन स्मृति ट्रस्टले गरेको छ । जसको राशि ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । ट्रस्टका अध्यक्ष युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीले संघको नाममा अक्षयकोषको स्थापना गरिदिने बताएका छन् । मंगलबार संघका पदाधिकारीसँगको भेटमा उनले पुरस्कार राशि पनि बढाउने वाचा गरेका छन् । ‘थारु पत्रकारहरुलाई प्रोत्साहन गर्न म सधैं तत्पर रहन्छु । यस वर्षदेखि पुरस्कारको राशिमा वृद्धि हुनेछ,’ भेटमा उनले भने । 
 
जोखन रत्गैँया पत्रकारिता पुरस्कार घोषणा
संघले यसै वर्षदेखि जोखन रत्गैँया पत्रकारिता पुरस्कार पनि घोषणा गरेको छ ।  माओवादी जनयुद्धमा होमिएका कैलाली, राना मुडाका जोखन रत्गैँयाको तत्कालीन शाही सेनाले २०५७ जेठ २७ गते हत्या गरेको थियो । उनले त्यहीबेला आफ्नै सम्पादकत्वमा मुक्तिक डगर नामक पत्रिका प्रकाशन गरेका थिए । जोखनकी छोरी इन्दु थारुले थारु पत्रकारलाई प्रोत्साहन गर्नकै लागि यो पुरस्कारको स्थापना गर्न लागेको बताइन् । ‘पत्रकारिता यस्तो पेसा हो, जसले कुनै पनि विषयवस्तुलाई शसक्त बनाउन मद्दत गर्छ । त्यसैले म चाहन्छु थारु पत्रकारहरु यो पेसामा आबद्ध होऊन्,’ उनले भनिन् । पुरस्कारको राशि ५ हजार १ रुपैयाँ रहनेछ । 
 
तीन सदस्यीय छनौट समिति गठन
संघले पुरस्कारका लागि तीन सदस्यीय छनौट समिति गठन गरेको छ । सतौन स्मृति ट्रस्टले प्रदान गर्ने उत्कृष्ट थारु पत्रकारिता पुरस्कार छनौट समितिमा संघका अध्यक्ष कृष्णराज सर्वहारी, सल्लाहकारद्वय लक्की चौधरी र महेश्वर चौधरी छन् । त्यस्तै जोखन रत्गैँया पत्रकारिता पुरस्कारका लागि छनौट समितिमा अध्यक्ष कृष्णराज सर्वहारी, सल्लाहकार लक्की चौधरी र जोखनकी छोरी इन्दु थारु छन् । 
 
थारु पत्रकार संघको केन्द्रीय अधिवेशन यसअघि मंसिरको पहिलो साता सुनसरीको झुम्कामा गर्ने निर्णय भएकोमा प्रदेश र संसदको चुनावले कात्तिक १८ गते सोही स्थानमा गर्ने निर्णय गरिएको छ ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions