ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

विपत्तिमा युकेवासी नेपालीको एकता



विपत्तिमा युकेवासी नेपालीको एकता

गणेश राई -

‘देश पनि हेर्ने मुख पनि फेर्ने भनेर युके आको धेरै भयो नानी,’ लमजुङकी ८० वर्षीया कमली गुरुङ लौरो टेकेर मेला हेर्न सहभागी हजुरआमाले भनिन्, ‘हाम्रो नेपालमा भेलबाढी आयो रे । धेरैजनाका बिचल्ली भएको छ रे । उनीहरुलाई थोरै भएपनि यहीं बसेर सहयोग गर्न पाउँदा खुसी लागेको छ ।’ यसरी मातृभूमिलाई माया गर्नेहरू आफूले कहर काटेर भएपनि जुटिरहेका छन् । यी वृद्धा परिवारका सदस्यका साथ लागेर फार्नबोरोबाट आएकी हुन् । बेलायतको केम्पटन पार्क रेस कोर्समा आयोजित नेपाली मेलामा हजारौं सहभागीमध्ये एक प्रतिनिधि अभिव्यक्ति हो यो । 
तमुधिं यूकेले लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा नेपाली मेलाको नवौं संस्करणमा यो सुनौलो अवसर मिलेको छ । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ नारा लिएर बेलायतमा रहेको नेपाली जनजनका मन–मनलाई जोड्ने काम हुँदैआएको छ । यो वर्ष २७ अगष्ट, २०१७ मा मेलाको साइत जु¥यो । आयोजक तमुधिं यूके हो । यद्यपि सहभागिता सबैखाले नेपाली जातिको सहभागिता हुनु आफैंमा तारिफ योग्य र अद्वितीय कार्य हो । सबै नेपाली जातजाति, धार्मिक समुदायको साझा मेला सावित भएको छ । चाहे, बौद्ध गुरुहरुको धार्मिक प्रवचन होस् या क्रिश्चियन पादरीहरुको मण्डली, हिन्दु पण्डितहरुको प्रस्तुति त्यसको उदाहरण हो । सुदूरपश्चिमको मस्टो पूजा गर्ने खस क्षेत्रीहरुमा हुड्केली नाच उस्तै रौनकमय रह्यो । बेलायतवासी करिब दश हजार नेपाली अकल्पिनीय जमघटमाझ तमुधिं यूकेले नेपालका बाढी पीडितलाई १० लाख सहयोग उठाएर एनआरएन आईसीसी अध्यक्ष डा. शेष घलेलाई हस्तान्तरण गरेको छ । तमुधिं यूकेका अध्यक्ष ज्ञाम गुरुङ, प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले रकम हस्तान्तरण गरेका छन् । 
तमुधिं यूकेको आह्वानलाई ८० वर्षीया कमली गुरुङलगायत नेपालीले शिरोपर गरेका छन् । वाह् वाह् वाह् ! नेपाली मनहरू यसरी जोडिन्छन्, नेपालीको साझा पीडामा ।  आफ्ना संरक्षक एवं एनआरएनए आइसीसी अध्यक्ष शेष घलेमार्फत उक्त रकम बाढी पीडितलाई दिएको हो । ‘नेपालमा आपतकालिन कोष नबनकाले विपत्ति आएपछि मात्र देशविदेशबाट सहयोग जुटाउँने गर्दा पीडितहरु चाहिने बेलामा सहयोग पाएका छैनन् ।’ अध्यक्ष घलेको विचार मननीय छ । यो पक्षमा नेपाल सरकारले सोच्नै पर्ने देखिन्छ । उनले गृह मन्त्रालयको सुझाव र समन्वयमा बाढीले सबैभन्दा प्रभावित र विपन्न जिल्ला सप्तरीमा गएर चार हजार पांचसय परिवारलाई राहत वितरण गरिसकेका छन् । त्यही अनुभवका आधारमा सार्वजनिक अभिव्यक्ति दिएका हुन् । सर्वविदितै छ कि चार वर्षको अवधिमा भूकम्प, नाकाबन्दी र बाढीपहिरोले नेपाल छियाछिया भएको छ । यद्यपि नेपाली मनलाई जोड्ने काम बेलायतवासी नेपाली जुट्दै आएका छन् । 
मेलामा नेपालको तमुको संस्कृति साँच्चै जिउँदोजाग्दो प्रस्तुति अविष्मरणी बनेको छ । मगर संस्कृतिको झाँकी गर्विलो बनेको छ । मेलामा युवाहरुको सहभागिता अनि नेपाली लोकगीतमा साना साना नानीहरुलाई नाच्न लगाउनु सामाजिक रुपान्तरणको महत्वपूर्ण कडी हो । विभिन्न संघसंस्थाहरुको झाँकीमा नेपाली जनजीवनमा प्रयोग भएका कृषिकर्मका सामग्रीहरु, मौलिक पहिरन गर्वसाथ पहिरिएर उत्रिनु आमाबाबु तथा परिवारको अभिभावकीय क्षमताका अब्बल रुप हो । सोचिएन कि बेलायतमा बस्ने भान्जाभान्जीहरु मौलिकताप्रति यत्तिका मनकारी हुन्छन् । देखेर, हेरेर, बोलेर, फोटो खिचेर राखेपछि साँच्चै नेपालीपन र नेपाली मन उनीहरुको साथमा छ भन्ने महसुस भएको छ । यद्यपि नेपालको पूर्वी भेगको जातीय संस्कृतिको भने अभाव देखियो । 
नेपाली मेलाका संयोजक तथा तमुधिं यूके उपाध्यक्ष हितकाजी गुरुङको अगुवाई प्रशंसनीय छ । हजारौं माइल टाढा छ नेपाल तर त्यो नेपालको नेपाली भाषा, साहित्य, परम्परागत कला संस्कृतिलाई बेलायतका एकै थलोमा प्रदर्शन गर्नु चानचुने कुरो होइन । 
उनै हजुरआमा कमली गुरुङसित भएको कुराकानीबाट बिट मारौं । ‘बाबु तिमीले मलाई किन यो कुराहरु सोधिराको हो ?’ ठूलो रंगशालाको स्टेजमा बसेर ट्होटे पर्व झाँकी हेर्दै आनन्द लिइरहेकी हजुरआमालाई भनें, ‘हजुरआमा म तपाईको अनुभवलाई अरुलाई सुनाउने मान्छे हो । हामीलाई पत्रकार भन्छन् । नेपालबाट आएको हो ।’ फेरि भनिन्– ‘हाम्रो कुरा लेखेर के पाउँछ बाबु ?’ अनि भनें– ‘नेपालमा दुःख परेका मान्छेहरुले तपाईहरुबाट सहयोग पाउँछन् ।’ कुरो अलिक मिलेको थिएन । तैपनि त्यतिमै बिट मारियो । मैदानमा खाना र च्यारिटीका स्टल भीडभाड बढिरहेकै थियो । 
(राई पाहुना लेखक हुन्)

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions