ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

सफलता सफलता



सफलता सफलता

-

मानौं म स्कुलमा गइरहेछु, स्कुलबाट केही सिक्दैछु । मानौ म युनिभर्सिटीमा पढ्दैछु । युनिभर्सिटीबाट केही सिक्दै आइरहेछु । मलाई कामले युनिभर्सिटीको काम गरिरहेछ । मेरो आविष्कार गर्ने क्रममा मलाई केही पनि थाहा हुँदैन तर आविष्कार गर्ने कोसिस गर्दा–गर्दा सबै कुरा थाहा हुँदै जान्छ । त्यसकारण ज्ञानको स्रोत कर्म हो, काममा डुब्नु हो । त्यसकारण मैले काम गरेको होइन । म बुद्धिमान पनि होइन । तिमी पनि बुद्धिमान नभएकोमा चिन्ता नगर मजस्तै काममा डुब्न सिक किनकि मलाई पनि बुद्धिमान नभएकोमा चिन्ता छैन । काम गर्दै गएँ, कामले मलाई बुद्धिमान बनाइदियो । त्यसकारण सफलताको मूल रहस्य भनेको नै काममा डुब्नु हो । काममा डुब्नका लागि आफूलाई मन परेको काम गर्नु प¥यो, मनले खाएको काम गर्नु प¥यो ।
यसै प्रसंगमा मैले प्रश्न सोधें– त्यसो भए मन परेको कामको कुरा गर्दा कति मान्छेहरुले आफूलाई मन परेको काम ठम्याउनै सक्तैनन् । त्यो कसरी ठम्याउन सकिन्छ त ?
सजिलो छ, जसरी चाल्र्स डार्विनलाई कुकुर–बिरालोसँग खेल्न मन लाग्थ्यो, हैन त ? मन परेको कुरा त त्यो हो नि । सानो बेलामा कोही बच्चा पनि चुपचाप बस्दैनन् । तपाईंले कोही चुपचाप ज्ञानी भएर बसेको बच्चा देख्नु भएको छ ? छैन । बच्चाहरु ज्ञानी नहुने भएका कारणले गर्दा उनीहरुलाई फकाउन ज्ञानी भन्नुपर्छ । ऊ ज्ञानी हुँदैहुँदैन । ज्ञानी भएजस्तो त ठूला मान्छेले नाटक गर्ने हुन् । वास्तवमा बच्चाहरु भित्रबाट एकदमै ज्ञानी हुन्छन् । बाहिरबाट चञ्चल हुन्छन् । ठूला मान्छेहरु यसको उल्टो, भित्रबाट बिल्कुलै चञ्चल, बाहिर एकदम शान्त ।
त्यसकारण ठूला मान्छे माने बिग्रेको बच्चा भनिन्छ । बच्चा बिग्रियो भने ठूलो मान्छे भयो । त्यसैले कुन काम गर्ने भन्ने त सामान्यतया सानै उमेरदेखि थाहा हुने कुरा हो । मन धेरै ठाउँमा लाग्यो भने धेरै ठाउँमध्ये सबभन्दा सर्वसुलभ जे चीज छ त्यसमा ध्यान लगाए पुग्यो । जस्तै चाल्र्स डार्विनले कुकुर–बिरालोलाई मन पराइरहँदा त्यो त क्षेत्र थिएन । तर त्यसमा प्रेम जोडिसकेपछि त्यो एउटा राम्रो क्षेत्र बन्यो । एउटा कुरा के बुझौं भन्नाले एउटा अर्को सूत्र जुन क्षेत्रमा प्रेम जोडिन्छ, त्यो काम बन्छ । प्रेम जोडेपछि त्यो ज्ञान पनि बन्छ, विज्ञान पनि बन्छ । जसरी उनले कुकुर–बिरालोको अध्ययनमा प्रेम जोडेपछि त्यो क्षेत्र बन्यो, विकासवादको सिद्धान्त निस्कियो, हैन त ?
त्यसकारण कुन काम मन पराउने भन्ने नै छैन । जुन काम अगाडि छ, जुन काम मन पर्छ त्यो काम अहिलेको लागि क्षेत्र बन्छ भनेर बुझ्नु प¥यो । सबै त्यसरी नै आएको हुन् संसारमा । जस्तै कुनैबेला पेलेले फुटबल खेलिरहँदा त्यो स्कोप थिएन नि, उनका लागि फुटबल खेलेर त के पाइन्थ्यो । केही पनि पाइँदैनथ्यो, हैन त ? तर उनले के 
भने त भन्नाले म फुटबल खेल्नका लागि जन्मेको हुँ, पढ्नका लागि जन्मेको होइन, ठोकेरै भने, हैन त । उनले प्रेम गरे फुटबललाई, त्यो क्षेत्र बन्यो उनको । त्यसकारण तपाईंले पर्याप्त मात्रामा (विषय केन्द्रित प्रेमको कुरा हामीले ग¥र्यौ नि) प्रेम गर्नुस् । जहाँ प्रेम गरिन्छ त्यो क्षेत्र बन्छ, नाँच्नमा प्रेम गर्नुस्, नृत्य क्षेत्र बन्छ । तपाईंलाई प्रेम गर्नु नै क्षेत्र बनाउनु प¥यो भने फिल्म खेल्न जानुस् । नाटकमा खेल्नुस् प्रेम गर्ने क्षेत्र बनाउने भए ।
त्यसैले मैले धेरै पल्ट भनेको छु “भगवानले आएर मलाईं ल बाबु के माग्छस्, माग् भन्नु भयो भने म ‘गु’ माग्छु किनभने ‘गु’ त सबभन्दा काम नलाग्ने चिज । त्यो ‘गु’ काठमाडौंको खाल्डो जति प्राप्त गर्ने हो भने खरबपति भइन्छ किनकि त्यसबाट बायो ग्याँस निकाल्नुस्, बायो ग्याँस बेच्नुस्, हैन त ?” कुनै पनि कुरा तपाईंले ठूलो परिमाणमा प्राप्त गर्नु भयो भने त्यो सम्पति बन्छ, चाहे त्यो ‘गु’ नै किन नहोस् । त्यस् तै कुनै पनि विषयको ज्ञान ठूलो परिमाणमा प्राप्त भयो भने पि.एच.डी. भयो, त्यो ज्ञान हुन्छ । वैज्ञानिकहरुले त्यसरी नै आविष्कार गरेका थिए । 
पहिला जे–जे कुरा थिएनन्, वैज्ञानिकहरुले त्यहाँ प्रेम गरे, डुबे, समय दिए । जहाँ डुबिन्छ, त्यहाँबाट आविष्कार उम्रन्छ । तपाईंले डुब्नु प¥यो क्या । त्यसकारण कुन क्षेत्र भन्ने कुरै छैन । जहाँ डुबे पनि त्यहाँबाट आविष्कार हुन्छ, डुबेर त हेर ।
प्रस्तुति : ऋषिराम पाण्डेय

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

नेपालमा भएको चुनावमा कांग्रेस हार्नुको कारण

एजेन्डा गतिलो नहुनु
अन्तर्घात
वाम गठबन्धन
चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions