ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

माया नै माया बोकेर नेपाल फर्कंदैछु



माया नै माया बोकेर नेपाल फर्कंदैछु

-

चन्दमान पुर्जा र आमा पार्वती पुर्जाको कोखबाट हालको रघुगंगा गाउ“पालिका, दग्नाम–४ म्याग्दीमा जन्मेका गगन पुन सानैदेखि नृत्य, अभिनयसँगै सबैखालका गीतहरु गाउन रुचि राख्दथे । पोखरामा आयोजना भएको प्रथम बिग आईकन २०१० सालमा सहभागी भई सबैलाई उछिन्दै प्रथम हुन सफल भए  । प्रथम बिग आईकन बन्न सफल भई गगन पुनले सांगीतिक यात्राको सुरुआत मीठो रुपमा अगाडि बढाउ“दै आफ्नै गीत, संगीतमा मारुनी म्युजिकको निर्माणमा रिदम एल्बममा रहेको थाहै भएन । गीतको भिजुअल गरेपछि उनको परिचय सोही गीतबाट बन्न सफल भएको छ । भर्खरैमात्र कान्छी रे... एल्बम निकालेर सोही एल्बममा रहेको उनको सबै गीतहरु देश÷विदेशमा निकै रुचाइएको छ । जुन एल्बममा सबै उमेर समूहका व्यक्तिहरुले रुचाउने खालका गीतहरु समावेश गरिएको छ । मुस्ताङको छुक्साङसम्म पुगेर मेजन पुनको निर्देशनमा दुईवटा गीतहरु भिजुअल गरेर फर्केलगत्तै बेलायतको सांगीतिक यात्राको कारण एउटा गीतको भिजुअल मात्र युट्युवमा संग्स नेपालबाट बजारमा फाल्न सफल भएका छन् । यसअघि हङकङ, कोरिया, जर्मन, बेल्जिम, पोर्चुगल, नेदरल्यान्ड र गल्फसँगै एक दर्जन जति विदेशको सांगीतिक यात्रा गरिसकेका छन् । उनले अहिलेसम्म चार दर्जन जति गीतहरु रेकर्ड गरिसकेका छन् । गायक गगन पुनको विशेषता भन्नु नै सबै खालको गीत गाउन सक्ने खुबी भएकै कारण उनलाई विदेशतिर निकै बोलाउन थालिएको छ । बेलायतमा रहँदै अमेरिका र जापानको समेत सांगीतिक यात्राको लागि आयोजकसँग कुरा भइरहको छ ।

अभिनयमा समेत रुचि राख्ने गगन पुनले मगर चलचित्र रैंया“मा समेत कलाकारको रुपमा अभिनय गर्नुको साथै आफनै गीत, संगीतमा रहेको सालैजो गीतमा उनले राम्रो नृत्य पनि गरेका छन् । प्रायःसबै गीतहरु राम्रो भए तापनि उनको सालैजो गीत र पुख्र्यौली गीत बेलायतका कार्यक्रमहरुमा मुख्य आकर्षण भई पटक पटक गाउने अनुरोध भयो । भर्खरको युवाहरुको लागि हिन्दी गीत समेत गाएर नाच्न उक्साउने गगनसँग बेलायत बसाईको क्रममा एभरेष्ट टाइम्सका लागि मेजन पुनले गरेको भलाकुसारी :

 

बेलायतको बसाई कस्तो छ ?
सोचेको भन्दा धेरै माया पाएँ । तीन महिनाको समयभित्र बेलायतका विभिन्न ठाउँहरुमा झण्डै १८ वटा कार्यक्रमहरुमा सहभागी भई आफ्नो प्रस्तुतिहरु राख्ने मौका प्राप्त भयो । भेटघाट सँगसँगै बेलायतको प्रसिद्ध ठाउँहरुमा भ्रमण गर्ने अवसर मिल्यो ।
युकेको कार्यक्रमहरुमा कस्तो खालका गीतहरु गाउनुभएको छ ?
म लोक आधुनिक गीतहरु गाउन रुचाउँछु । कतिपय गीतहरु सुनाउन चाहन्छु तर यहाँ यो माहोल पाएन । किनकि सबै दर्शकहरु आफ्नो व्यस्त समयको बाबजुत पनि कार्यक्रममा सहभागी हुन आउनु हुन्छ र उहाँहरुलाई डान्सिङ गीतहरु सुन्ने तथा सँगसँगै नाच्ने मन पर्दोरहेछ । यसर्थ म पनि आफ्नोलगायत अन्य चलेका गीतहरु गाउँदै उहाँहरुलाई मनोरन्जन दिने कोसिस रहें ।
तपाईलाई मन पर्ने चाहिँ कुन क्षेत्र हो ?
म सबै खालको गीत गाउने कोसिस गरिरहेको छु । मलाई सबै गीतहरुले छुन्छ । हरेक गीतको आफ्नै भाव हुन्छ । र, म सबै गीतहरुको सम्मान गर्दछु । हुँदाहुँदै पनि म आधुनिक गीत गाउन अलि बढी रुचि राख्दछु ।
गीत, संगीतमा बाँच्ने आधार देख्नु हुन्छ ?
पैसा नै कमाउनलाई अलि फरक तरिकाले व्यापार÷व्यवसाय गर्नु पर्दछ । या त जागिर गर्नु पर्दछ । सानो नेपाली सांगीतिक क्षेत्रमा आफूलाई स्थापित गराउन सके जीविकोपार्जन हुन सक्ने सम्भावनाहरु देख्दछु । र, म त्यही कोसिसमा निरन्तर लागिरहेको पनि छु ।  
परिवारमा अन्य कोही गायन क्षेत्रमा छन् कि तपाई मात्र ? र, कसरी यो क्षेत्रमा रुचि राख्नु भयो ?
मेरो परिवारमा गायन क्षेत्रमा म मात्रै हुँ । गाउँमा सानैदेखि एकदमै रेडियो सुन्ने गर्दथे । मेरो हातबाट आधा दर्जन जति रेडियो बिगारियो । रेडियोमा बज्ने हरेक खालका गीतहरु नै मेरो प्रेरणाका स्रोत हुन् । विशेष गरेर म अरुण थापाका गीतहरु सुन्ने गर्दथे । र, उहाँका गीतहरुलाई आफूले पनि सँगसँगै गाउने गर्दथे । 
एल्बम निकालेर बिक्री गर्ने बजार छैन भनिन्छ, के साँचो हो ?
पहिलो अडियो क्यासेट निकाल्दाको जस्तो समय छैन अहिले । अहिले टेक्नोलोजीको विकाससँगै विभिन्न माध्यमहरु छन्— सांगीतिक व्यापार÷व्यवसाय गर्नको लागि । साँचो भन्नु पर्दा एल्बम बेचेर लगानी उठाउन सकिँदैन । अहिले गायकहरुको मुख्य आम्दानी भनेकै स्टेज कार्यक्रमहरु नै हो ।
विवाहको योजना के छ ?
विहे भन्ने चिज एक्सिडेन्ट हो रे । लेखेको पाइन्छ, देखेको पाइन्न । कहाँ, कोसँग, कतिखेर हुन्छ भन्ने कुराको टुङ्गो हुँदैन रहेछ । हेरौं समयले कति बेला जुराउँछ ? (मन्द हाँस्दै)
भविष्यको योजना के सोचिरहनु भएको छ ?
म जहाँ जे छु, जति छु । जे गर्दैछु । यो सबै दर्शकहरुको माया र सहयोगले गर्दा नै छु ।  म जे जति सक्दछु— नेपाली सांगीतिक क्षेत्रमा राम्रो कोसेलीहरु पस्कन प्रयासरत रहने छु । मलाई नृत्य र अभिनयमा एकदमै रुचि रहेको कारण गीत, संगीतसँगै यस क्षेत्रमा पनि केही गर्ने सोचाई लिइरहेको छु । 
केही छुटेका वा भन्न मन लागेका कुराहरु ?
ती हजारौं सहयोगी हातहरु नभएको म यो स्थानसम्म आउने थिइनँ । म आज यहाँसम्म आउनको लागि धेरै आफन्त र शुभचिन्तकहरुको भावनात्मक आर्थिक, नैतिक र भौतिक सहयोगहरुले नै गर्दा हो । ममा भएका कमीकमजोरी र भुलहरुलाई सुझाव, सल्लाह दिनु होला म सच्याउँदै आगामी दिनहरुमा अझै राम्रो गर्ने कोसिस गर्ने छु । यहा“हरुको माया, साथ र आशीर्वादको सधैं खाँचो रहने छ । 
म मगर संघ, बेलायतको ओपन कन्सर्टमा बेलायत आएको हुँ । यसर्थ धन्यवाद मगर संघ, बेलायतलगायत प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा भेटघाट अनि कार्यक्रमहरुमा सम्झिदिनु हुने सबैप्रति सम्मान दिन चाहन्छु । मेरो आफ्नो सांगीतिक क्षेत्र र मनको कुराहरु सबैसामु पु¥याउनको लागि लिई दिनु भएको यो अन्तरवार्ताप्रति एभरेष्ट टाइम्सका सम्पूर्ण पदाधिकारीहरुमा हार्दिक आभार व्यक्त गर्दछु । 
युकेबाट सबैको साथ अनि माया नै माया बोकेर नेपाल फर्कंदैछु । सबै युकेवासीहरुलाई हृदयदेखि धन्यवाद । यसै गरी नेपाली गीत, संगीतलाई माया गरिदिनु होला । सहयोगी सम्पूर्णप्रति हार्दिक धन्यवाद ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

नेपालमा भएको चुनावमा कांग्रेस हार्नुको कारण

एजेन्डा गतिलो नहुनु
अन्तर्घात
वाम गठबन्धन
चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions