ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

तीनै तहको निर्वाचनपछि सबैको ध्यान विकासमा मात्रै जान्छ



तीनै तहको निर्वाचनपछि सबैको ध्यान विकासमा मात्रै जान्छ

-

जीवनबहादुर शाही

पूर्वमन्त्री एवं सांसद्, नेपाली कांग्रेस

आशंकै आशंकाका बीच नेपालमा स्थानीय तहको निर्वाचन करिब सकिएको छ । एकै चरणमा हुनुपर्ने स्थानीय निर्वाचन दलहरुको असमझदारीले तीन चरणमा गरिए । तेस्रो चरणको निर्वाचनअन्तर्गत सोमबार २ नम्बर प्रदेशमा मतदान भयो । स्थानीय निर्वाचन सकिनसक्दै सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणा गरिसकेको छ । संविधान कार्यान्वयनस्वरुप नयाँ व्यवस्थाको निर्वाचनमा मुख्य प्रतिस्पर्धा कांग्रेस, एमाले र माओवादी केन्द्रबीच नै देखिएको छ । निर्वाचन सन्दर्भ र संविधान कार्यान्वयनको स्थितिबारे पूर्वमन्त्री, नेपाली कांग्रेसका नेता एवं सांसद जीवनबहादुर शाहीसँग गरिएको कुराकानी :

स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत मतगणना जारी छ । कांग्रेसको कति सिट आउने आकलन छ ?

नेपाली कांग्रेसको जग, गढ, मतदाता भनेको तराई नै हो । संसदमा प्रतिनिधित्व गर्ने कांग्रेसका सांसदहरु तराईकै धेरै छन् । त्यसैले कांग्रेसले पहिलो स्थान हासिल गर्छ भन्ने हामीलाई आशा छ ।

दुई चरणको स्थानीय निर्वाचनका बेला कांग्रेस सत्तापक्ष र रुपान्तरित संसद्मा पहिलो पार्टी हुँदाहुँदै परिणाम खस्कनुको कारणचाहिँ ?

मान्छेले परिवर्तन खोज्छन् । स्थानीय तहमा हेर्दा पहिले एमालेले जितेको ठाउँमा कांग्रेसले र कांग्रेसले जितेको ठाउँमा एमालेले जितेको छ । माओवादीले त अघिल्लो स्थानीय निकायको निर्वाचनमा भाग लिएको थिएन । २०४९ सालको निर्वाचनमा कांग्रेस ठूलो पार्टी बन्यो, ०५४ सालमा एमाले ठूलो । अहिले आएर कांग्रेस अलि पछाडि पुगेको छ । मत कहिले बढी, कहिले घटी भइरहन्छ । सधैं नै कांग्रेस अगाडिकोअगाडि नै भएको भए, सायद सरकार परिवर्तन पनि हुन्नथ्यो होला ।

कांग्रेस निकै तल खस्क्यो भन्ने पनि होइन, दोस्रो स्थानमा छ । हिजो ३ हजार ९ सय १५ स्थानीय निकाय कायम गरिएकोमा अहिले ७ सय ५३ छ । ठूलो पार्टीमा मानिसहरुमा निराशा छायो । किनभने १८, १९ वर्षसम्म निर्वाचन नहुनु, जसको सहभागिता हुने चाहना धेरै थियो, स्थानीय तहको संख्या कम भइसकेपछि धेरै मान्छेले भाग लिन पाएनन् । कांग्रेस छाडेर अरु पार्टीतिर प्रवेश गरे । त्यो पनि एउटा कारकतत्व थियो, कांग्रेसको मत कम आउनुमा ।

कांग्रेस गिरावटको कारण अन्तर्घात भनिन्छ नि ?

अन्तर्घात देखिएकै छ । लुकाएर लुक्ने कुरा पनि छैन । आफूले टिकट नपाउने अवस्था आएपछि त्यसविरुद्धमा लाग्ने भयो । यो कांग्रेसमा मात्रै होइन, अरु पार्टीमा पनि देखिएको विषय हो । पार्टी ठूलो भयो, संख्या धेरै भए, अनि आकांक्षी पनि धेरै हुने नै भयो । चाहना पूरा नभएपछि अन्तर्घात गर्ने नै भयो । यो कारणले पनि कांग्रेसका सिटहरु घटेका हुन् ।

घोषित मिति मंसिर १० र २१ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन हुन्छ त ?

हामीमा आशंका गर्ने बानी रहिरह्यो । पहिले पनि स्थानीय निर्वाचन पहिलो चरणको पनि हुँदैन कि भन्ने थियो । आखिर पहिलो निर्वाचन भयो । दोस्रो चरणमा पनि हुँदैन भन्ने थियो, त्यो पनि भयो । तेस्रो चरणको कहाँ हुन्थ्यो, हुँदैहुँदैन भन्थ्यो । त्यो पनि भयो । त्यसैले प्रदेशसभा र प्रतिनिधिसभाको पनि समयमै हुन्छ । म्याद तोकिसकिएको छ । नहुने भन्ने कुरै छैन । जुन चुनावहरु गराएर देखाइएको छ, त्यसबाटै प्रमाणित हुन्छ । बाँकी चुनाव निर्धारित मितिमै हुन्छ । सबै ढुक्क हुन आश्वास्त पार्न चाहन्छु ।

निर्वाचनहरु भइसकेपछि संविधान कार्यान्वयन भएको मान्ने कि नमान्ने ?

निर्वाचन हुनेबित्तिकै संविधान लागू भयो भन्ने कुरोमा हामीमा कमजोर बुझाइ छ । संविधानमा पनि धेरै कुरा बाझिएका छन् । तिनलाई पनि मिलाउनुपर्ने । तीनै तहको निर्वाचन भइसकेपछि प्रदेश कानुन र स्थानीय कानुनमा कति त बाझिन आएको हुन्छ । त्यसलाई मिलाउनुपर्ने भएकोले सारा कुराहरुको विकास गर्नुपर्ने छ । निर्वाचन भइसकेपछि सबै कुरा हुन्छ भन्ने होइन ।

अहिले पनि गाउँपालिका, नगरपालिका, महानगरपालिकाको निर्वाचनहरु भए । निर्वाचित मान्छेहरुले जथाभावी गर्न थाले । ठाउँ ठाउँमा कर उठाउने । त्यसैले धेरै पाटो मिलाउनुपर्छ ।

निर्वाचन भइसकेपछि एउटा कोर्स सिद्धिन्छ, बाँकी सबै कुरालाई व्यवस्थित गर्दै लैजानुपर्छ । तर, निर्वाचन भयो, अब संघीयता गज्जबले लागू भयो भन्ने कुरा छैन । त्यसपछि संघीय कानुनअनुसार कर्मचारी विधेयकहरु बनाउनुपर्छ । प्रदेशको छ, स्थानीयको छ । धेरै कुराहरु सुधार गर्नुपर्ने देखिन्छ ।

दलहरु संविधान कार्यान्वयनमा जोडदिनुपर्छ भन्ने तर कांग्रेस, एमाले, माओवादी केन्द्रजस्ता मुख्य पार्टीहरु ध्रुवीकृत भइरहेमा त्यो कार्य अप्ठेरोमा पर्दैन ?

निर्वाचन भइसकेपछि प्रदेशमा कुन पार्टीको कस्तो पोजिसन आउँछ । केन्द्रमा कसरी आउँछन् । भोलि आउने संख्याको प्रभाव पनि देखिन्छ । नत्र सबै दलहरु सहमतिमा जानुको अर्को विकल्प नै छैन । देशका लागि के गर्दा राम्रो हुन्छ भन्नेमा हाम्रा शीर्ष नेताहरु बुज्रुक नै हुनुहुन्छ । उहाँहरुले सबैलाई मिलाएर लैजानुहुन्छ भन्ने नै विश्वास हो ।

देश नयाँ व्यवस्थामा प्रवेश गरे पनि नागरिकले सेवा सुविधा सहज रुपमा प्राप्त गरेको अनुभूति पाएका छैनन्, कहिलेसम्म त्यो अवस्थामा पुग्ला ?

नागरिकलाई सेवा सुविधा तत्काल दिनुपर्छ । तर, सेवा र सुविधाका क्वालिटीका कुरा हो । संविधान बनाउने कुरा भयो, निर्वाचनपछि नयाँ व्यवस्था भयो । २ सय ४० वर्षसम्म राजसंस्था थियो । त्यो राजसंस्थाबाट हामी नयाँ व्यवस्था संघीयतामा आयौ । संघीयता भनेको नेपालका लागि नौलो प्रयास हो । नौलो प्रयास भएकोले कताकता के नमिल्ने भइरहेको छ । तीनै तहको निर्वाचनपछि सबैको ध्यान विकासमा मात्रै जान्छ । जनतालाई सेवा सुविधा कसरी दिने भन्नेमै जान्छ । यसमा हामी सबै लाग्नुपर्छ । अहिले पनि स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि आफ्नै सेवा, सुविधा लिनतिर लागे भन्ने देखिएकै छ । यो निर्वाचन सिद्धिसकेकपछि आर्थिक समृद्धि र विकासका लागि, जनतालाई सेवा सुविधाका लागि अगाडि बढ्छ, त्यही ढंगले हामी अगाडि बढ्नुपर्छ ।

संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका संसद्को समय सकिनै लागेको छ । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन घोषणा भइसकेको अवस्थामा ऐन, नियममावली निर्माणको अवस्था के छ ?

अहिले राष्ट्रियसभाको कुरा आइरहेको छ । राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनको कुरा आइरहेको छ । पूर्वपदाधिकारीको विधेयक तयार हुँदैछ । त्यसै गरी कर्मचारी समायोजन विधेयक हामी छिट्टै समितिमा बुझाउँछांै । स्थानीय तहको ऐन बनेको छ, यो संसद्बाट पारित गर्ने । राष्ट्रियसभा, राष्ट्रपति, उपराष्ट्रपतिसम्बन्धका विधेयकहरु यही असोज ८,९ गतेभित्र पास गर्ने भन्ने गरी समितिले काम गरिरहेको छ ।

प्रसंग फेरौं, पूर्वपदाधिकारीहरुको सेवा सुविधाको विषयमा के के टुंगो लगाउनुभयोे ?

राष्ट्रपतिदेखि सभामुखसम्मले पाउने सुविधाहरुका विषय प्रतिवेदनमा राखेका छौं । राष्ट्रपति र उपराष्ट्रपतिको हकमा आवासको व्यवस्था, अरु पदाधिकारीहरुका लागि सेवा सुविधा सरकारले ल्याएको विधेयककै आधारमा हामीले प्रतिवेदन पारित ग¥यौं ।

पूर्वसांसदहरुलाई पेन्सन दिने विषयबाट यहाँहरु एकाएक पछि हट्नुभयो किन ?

पछि हटेको पनि होइन, अगाडि बढेको पनि होइन । भूपू सांसदलाई पेन्सनको विषय मिडियाले नबुझेर लेकेका हुन् । सांसद्हरुले देशमा यत्रो योगदान पु¥याए, संविधान बनाए, गणतन्त्र ल्याए, पूर्व भइसकेपछि उहाँहरुको कहीं न कहीं मर्यादाक्रम तोकिनुपर्छ भन्ने थियो । त्यसमा पूर्वसांसदहरुको मर्यादाक्रम सरकारले तोकेबमोजिम हुने भनेर हामीले प्रतिवेदनमा राख्यौं । र, सरकारी अस्पतालमा पूर्वसांसद्हरुलाई औषधि, उपचारको व्यवस्था निःशुल्क हुनुपर्छ भन्ने प्रावधान राखिएको छ । त्यो बाहेक पेन्सनको कुरामा छलफल भएको पनि होइन, विधेयकमा आएका विषय पनि होइन । बाहिर सार्वजनिक ठाउँमा कुनै मान्यज्युले बोल्नुभयो होला, त्यही विषयलाई ठूलाठूला मिडियाले पनि लेखे । त्यो गलत कुरा थियो । त्यसमा हामी पछि हटेकै होइन । त्यस्तो हाम्रो सोचाइ नै थिएन ।

पूर्वसांसदहरुलाई पेन्सनको सुविधा यो चरणमा मात्रै रोकिएको हो कि दीर्घकालसम्मै ?

संसारका अभ्यासहरु छन् । भूपू सांसदहरुलाई सेवा, सुविधा, यातायातलगायत कुरा होलान् । यदि देश आर्थिक रुपमा सक्षम भयो भने भोलि आउने सांसदहरुलाई सेवा, सुविधा दिन सक्छ । विकसित मुलुकहरुमा पनि एकैचोटी दिएको देखिँदैन । केही सांसदले अहिले नै माग गरे पनि यो विषय समितिमा प्रवेश गरेन । ऐन भनेको कुरा परिवर्तन भइरहन्छन् । संविधानसँग नबाझिने गरी भोलिका दिनमा सांसदहरुलाई सुविधा दिने गरी ऐन बनाउन सक्छन् ।

 

 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions