ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

एकदशकमा नेपालको शिक्षा क्षेत्र कायापलट बनाउन सकिन्छ



एकदशकमा नेपालको शिक्षा क्षेत्र कायापलट बनाउन सकिन्छ

-

रञ्जित तामाङ, अध्यक्ष, अखिल (क्रान्तिकारी)
रञ्जित तामाङ झापा तोपगाछीमा २०३९ माघ १० गते जन्मेका हुन् । उनले विद्यार्थी राजनीति सुरु गरेको दुई दशक पुग्न लागिसकेको छ । कक्षा ९ पढ्दैगर्दा अर्थात् २०५५ सालबाट राजनीतिमा होमिएका उनले २०५६ सालमा महेन्द्ररत्न माविबाट एसएलसी पास गरेका हुन् । विद्यार्थीकालमै राजनीतितर्फ ढल्किएका उनी २०५८ सालदेखि तत्कालीन नेकपा (माओवादी)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)मा पूर्णकालीन रुपमा लागिपरे । छोटो अवधिमा विद्यार्थी राजनीतिको मूलधारमा देखिएका रञ्जित तामाङले २०५८ देखि ०६० सम्मको जेलजीवनमा कडा यातना ब्यहोरे । 
०६१ मा अखिल क्रान्तिकारी झापा जिल्ला अध्यक्ष, त्यही सालको पुसबाट केन्द्रीय समिति सदस्य हुँदै ०६३ मा उनी उपत्यका जिल्लाको अध्यक्ष बने । राजनीतिकर्मलाई पूरापूर समय दिँदै आएका तामाङ ०६७ मा सचिव, ०७१ मा केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा थिए । उनी इतिहासमै पहिलो पटक अखिल(क्रान्तिकारी)को २१ औं महाधिवेशनबाट यही भदौ १७ गते केन्द्रीय अध्यक्षमा निर्वाचित भएका हुन् । नवनिर्वाचित अध्यक्ष रञ्जित तामाङसँग अखिल (क्रान्तिकारी)को गतिविधि र विद्यार्थी आन्दोलनको आगामी दिशाबारे गरिएको कुराकानी ।  
 
अध्यक्ष भइसकेपछि के एजेन्डा लिएर अगाडि बढिरहनुभएको छ ? 
मुख्यतः अखिल (क्रान्तिकारी)ले समग्र शैक्षिक आन्दोलनको नेतृत्व गर्ने, व्याप्त शैक्षिक विकृति र विसंगतिविरुद्धमा शैक्षिक रुपान्तरणको अभियान सञ्चालन गर्ने, गुणस्तरीयता, भौतिक पूर्वाधारको सन्दर्भमा संविधानप्रदत्त जनताको अधिकार कार्यान्वयनका निमित्त भूमिका निर्वाह गर्ने र सबै प्रकारका विद्यार्थीका हक, हितका पक्षमा सशक्त ढंगले अगाडि बढ्ने योजना तयार पारेका छौं । त्यसका निमित्त अहिले अखिल (क्रान्तिकारी)ले देशव्यापी शैक्षिक क्षेत्रहरुको अनुगमन, शैक्षिक अवस्थाको अनुगमन र तथ्यांक लिने काम गरिरहेको छ । 
विद्यार्थी आन्दोलनको चरण चरणलाई आकलन गर्दा नारा, भाषण बढी, उपलब्धि कम भएको गुनासो छ नि ? 
विगतमा विद्यार्थी आन्दोलन राजनीतिकेन्द्रित  थियो किनभने त्यसबेलाको आवश्यकता नै त्यही थियो । राजनीतिक परिवर्तनका लागि विद्यार्थीहरुले सम्पूर्ण ध्यानकेन्द्रित गर्ने हुँदा शैक्षिक क्षेत्रका मुद्दा अलिकति छायाँमा परेकै थिए । कतिपय सन्दर्भमा राष्ट्रियताका विषयहरुमा विद्यार्थीहरुले आवाज उठाउने गरेका थिए । शुल्कवृद्धि, मूल्यवृद्धि, विभिन्न प्रकारका जनजीवीकाका सवाल, समस्याहरुको सन्दर्भमा विद्यार्थी संगठनहरुले बोल्ने गरेका थिए । तर, आज समय फेरिएको छ । आज हामीले शैक्षिक रुपान्तरण अभियानलाई मुख्य एजेन्डा बनाउनुपर्ने भएको छ । 
हिजोका राजनीतिक कुरालाई कार्यान्वयन गर्ने कुरामा बढी ध्यानकेन्द्रित गर्नुपर्ने भएको छ । विद्यार्थी आन्दोलनको चरित्र हिजोजस्तो कायम राखेर सम्भव छैन । विल्कुल नयाँ समय र आवश्यकताअनुरुपको विद्यार्थी संगठन बनाउन आवश्यक छ । हिजोको विद्यार्थी आन्दोलन ध्वंसात्मक थियो, यो राजनीतिक परिवर्तनका लागि समयको आवश्यकता पनि । तर, आज परिवर्तनलाई संस्थागत विकास र समृद्धिप्रतिको आकांक्षालाई पूरा गर्न विद्यार्थी संगठनहरुले रचनात्मक, सिर्जनात्मक आन्दोलनको नेतृत्व गर्नुपर्छ । त्यो अनुरुप विद्यार्थी संगठनहरुले शिक्षा क्षेत्रलाई व्यवस्थित, गुणस्तरीयतासहितको सार्वजनिक शैक्षिक संस्थाहरुको विकास र उन्नतिमा आफ्नो ध्यानकेन्द्रित गर्नुपर्छ । यसमा हामीले हिजो भनेजस्तै, नारा लगाएजस्तै मात्रै हुँदैन । यो जीवन व्यवहारमै कार्यान्वयन गराउनेमा भूमिका विद्यार्थी संगठनहरुको रहनेछ । 
अस्थायी शिक्षकको सवालमा पछिल्लो चरणमा शिक्षा ऐन (नवौं संशोधन) गरियो, यसले सार्वजनिक शिक्षालयमा गुणस्तरीयतामा कत्तिको सहयोग पुर्‍याउँछ ? 
शिक्षा ऐन (नवौं संशोधन)को सन्दर्भमा हामी विद्यार्थी संगठनहरुको पूर्ण आपत्ति छ । शिक्षा ऐन संशोधनमार्फत अस्थायी शिक्षकहरुलाई स्वतः स्थायी गर्ने कुराले ‘फ्रेस’ विद्यार्थी र खुला प्रतिस्पर्धीलाई बन्ध्याकरण गरेको छ । सक्षम विद्यार्थी, योग्य विद्यार्थीहरुलाई बन्ध्याकरण गरेर विभिन्न राजनीतिक पार्टीका झोला बोकेको आधारमा शिक्षक नियुक्त गर्ने र तिनै शिक्षकहरुलाई स्वतः स्थायी गर्ने कुरा कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रता र हक अनकूल छैन । त्यसैले गर्दा यो नवौं संशोधन समग्र शैक्षिक क्षेत्रविरुद्धमा छ । समग्र शिक्षा क्षेत्रलाई यसले असर पुर्‍याउँछ । त्यसैले शिक्षा ऐन नवौं संशोधन तत्काल फिर्ता गर्नुपर्छ । राजनीतिक दलहरु पनि यस सन्दर्भमा हचुवाको भरमा होइन, शिक्षा क्षेत्रमाथि हुन लागेको ठूलो दुर्घटनाका निम्ति गम्भीर र जिम्मेवार हुनुपर्छ । त्यसका निम्ति हामीले प्रयास र प्रयत्न गरिरहेका छौं ।
शिक्षा ऐन संशोधन गलत थियो भने तपार्ई विद्यार्थी संगठनले समयमै आवाज उठाउन नसक्नु राजनीतिक दबाबले हो ? 
अलि ढिला हुनु संयोग पनि भयो । संविधान कार्यान्वयनका निम्ति स्थानीय तहको निर्वाचन हुँदैथियो, यही बेलामा ऐन आएकोले हामीले समयमै भण्डाफोर गर्न सकेनौं, यसलाई खबरदारी गर्न सकेनौं । त्यो एउटा पक्ष भयो । तर, बुझ्नुपर्ने कुरा जतिखेर संसद्मा शिक्षा ऐन नवौं संशोधनबारे छलफल भइरहेको थियो, त्यो बेलामा संयुक्त विद्यार्थी संगठनको बैठक बसेर (हाम्रै कार्यालयमा, मेरै अगुवाईमा) हामीले भनेका थियौं, नवौं संशोधन समग्र शिक्षा क्षेत्रको विरुद्धमा छ, त्यसैले रोक्नुपर्छ । तर, सरकारले यो ऐन, विद्यार्थी संगठन, राजनीतिक दलहरु, शिक्षा क्षेत्रका व्यक्तिहरुलाई यसरी गुमराहमा पारेर ल्यायो कि ज्ञानेन्द्रले आफ्नो शासनसत्ता हातमा लिइसकेपछि पारसलाई जसरी मुख्य चाडको बेलामा सम्पूर्ण नेपाली जनता रहेको बेलामा युवराजधिराज घोषणा गरे, त्यसरी नै स्थानीय चुनावमा समग्र देश, जनता, युवा क्रियाशील भएको बेलामा मध्यरातमा शिक्षा ऐन, संशोधन गरियो, बद्नियतपूर्ण ढंगले ऐन पारित गरिएको छ । त्यसैले यो ऐन समग्ररुपमा खारेज गरिनुपर्छ भनेका छौं । ढिलो भए तापनि अझै ऐनमा लालमोहर लागिसकेको छैन । त्यसैले अहिले पनि फिर्ता हुनसक्छ । त्यसका निम्ति सबै विद्यार्थी संगठनहरु, सबै क्षेत्रका सरोकारवालाहरु यो विषयमा चनाखो बन्ने हो भने शिक्षा क्षेत्रमा हुन लागेका दुर्घटनालाई रोक्नको निम्ति सबै तयार बन्ने हो भने अहिले पनि रोक्न सक्दछ । 
झन्डै ८०÷८५ प्रतिशत विद्यार्थीको भविष्यसँग गाँसिएको विषयलाई फिर्ता गराउने आगामी योजना कसरी अगाडि बढ्छ विद्यार्थी संगठनहरुको ? 
केही दिन अगाडि पत्रकार सम्मेलन गरी सार्वजनिक दबाबका कार्यक्रमअनुसार कार्यवहाक प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइसकेका छौं । त्यसपछाडि सबै पार्टीका शीर्ष नेताहरुलाई ज्ञापन पत्र बुझाउने र शिक्षा ऐन नवौं संशोधन फिर्ता गराउने कार्यक्रम तय गरेका छांै । त्यसपछि ऐन पारित भएको दिन (असोज ३) कालो दिन भएकोले देशैभरिका सार्वजनिक शैक्षिक संस्थाहरुमा कालो झन्डा गाड्ने कार्यक्रम राखेका छौं । त्यति गर्दा पनि ऐन फिर्ता हुन सकेन भने सार्वजनिक बहस गर्छौं शिक्षाविद्हरुलाई राखेर । यो ऐनबारेमा सडक बहस गर्ने भनेका छौं । त्यति गर्दा पनि नभए संयुक्त विद्यार्थीले निर्णायक आन्दोलन गर्छौं । अहिलेका कार्यक्रम सांकेतिक मात्र हो । 
नेपालमा द्वैध खालको शिक्षा प्रणाली छ, यसलाई हटाउन के पहलकदमी गर्नु हुन्छ ?
संविधानप्रदत्त आधारभूत तहलाई सरकारले आफ्नो ‘ओनरसीप’ लिनुपर्छ । कक्षा १२ सम्मलाई निःशुल्क, अनिवार्य र सबै जनताको पहुँच पुग्ने शिक्षाको रुपमा ग्यारेन्टी गर्नुपर्छ त्यसका लागि नेपाल सरकारले विनियोजन गरेको बजेट, जुन बजेटको मात्रा छ, १२ प्रतिशत त्यसले समग्र शिक्षा क्षेत्रको पुनर्संरचना र रुपान्तरण सम्भव छैन गुणस्तरीयता कायम गर्न सम्भव छैन । भौतिक पूर्वाधार सुधार गर्न सम्भव छैन । त्यसैले समग्र शिक्षाको पुनर्संरचनाका निम्ति नेपाल सरकारले विगतको शिक्षाको क्षेत्रको बजेटको आधारलाई डबल गर्नुपर्छ । २० प्रतिशतभन्दा बढी शैक्षिक क्षेत्रलाई बजेट विनियोजन गर्नुपर्छ र आधारभूत तह राज्यले सम्पूर्ण रुपमा जिम्मा लिनुुपर्छ । त्यसका लागि भौतिक पूर्वाधारका सुधार, योग्य र दक्ष जनशक्ति राख्ने, टेक्नीकल र भोकेसनल शिक्षालाई कक्षा १२ सम्म राख्नेदेखि लिएर मल्टीटेक्नोलोजीसम्म जोड्ने कुरा, पाठ्यक्रममा पनि आधारभूत रुपले सुधार गरेर सार्वजनिक शैक्षिक संस्थाको स्वामित्व राज्यले कक्षा १२ सम्म लिनुपर्छ । अहिले सार्वजनिक संस्थाहरुको भौतिक पूर्वाधारदेखि लिएर गुणस्तरीयता टोटल्ली खुस्किएको छ । त्यहाँ कुनै अनुशासन छैन, जवाफदेहिता छैन । कोही जिम्मेवार छैनन् । यी सम्पूर्ण कुरालाई रोक्नका निम्ति नेपाल सरकारको स्वामित्वमा चलेको त्रिभुवन विश्वविद्यालयका ६१ वटा आंगिक क्याम्पस थप्नुपर्छ र प्रत्येक प्रदेश–प्रदेशमा टेक्नीकल र भोकेसनल शिक्षालाई प्रमोट गर्नेगरी विभिन्न विश्वविद्यालयहरुलाई सञ्चालन गर्नुपर्छ । त्यो कुरालाई कार्यान्वयन गर्नका लागि नेपाल सरकारले संविधान कार्यान्वयन, सरकारका पटक पटकका निर्णयहरु जे छन्, त्यो कुरा कार्यान्वयनमा म लाग्नेछु । र, आज सार्वजनिक शिक्षालय ध्वस्त हुनुका पछाडि सबैभन्दा जिम्मेवार राज्यका निकाय छन् । 
राज्यका निकायले हरेक प्राध्यापक होस्, शिक्षक होस्, कर्मचारी होस्, जिल्ला शिक्षा अधिकारी होस् वा शिक्षा क्षेत्रमा काम गर्ने हरेक निकाय आज जिम्मेवार, गम्भीर बनेको छैन । उसले दायित्व पूरा गरेको छैन । त्यसैले ती सबै निकायहरु गम्भीर जिम्मेवार उत्तरदायी बन्नुपर्छ र शिक्षा क्षेत्रलाई रुपान्तरण गर्नका निम्ति उनीहरु पनि गम्भीरतापूर्वक लाग्नुपर्छ त्यसका निम्ति अखिल (क्रान्तिकारी) लाग्छ । क्रान्तिकारीले त्यसको वातावरण तयार पार्छ, खबरदारी, दबाब दिन्छ र सार्वजनिक शैक्षिक संस्थाको बेथिति, अव्यवस्थाको जगमा निजी शैक्षिक संस्थाहरु उम्रिएका हुन्, विस्तार भएका हुन् । त्यसैले निजी शैक्षिक संस्थालाई ट्रयाकमा ल्याउन पहिलो कुरा, सार्वजनिक शैक्षिक संस्थाको स्तरोन्नति गर्ने र निजी शैक्षिक संस्थाहरुको हिजोजस्तो मनोपोली, स्वच्छन्दता प्रकारको स्थिति छ, त्यसलाई सरकारले नियमन गर्नुपर्छ । मापदण्डअनुसार अनुशासनमा राख्ने काम गर्ने हो भने नेपालमा शिक्षामा रहेको असमानताका खाडल आगामी दस वर्षमा कम भएर जानेछ । र, नेपालमा एउटै खालको शिक्षा प्रणाली हुनेछ । त्यसको वाताववरण तयार पार्न मेरो नेतृत्वको अखिल (क्रान्तिकारी) प्रयत्नशील रहनेछ । 
नेपालका विद्यालय र विश्वविद्यालय बेरोजगार उत्पादन गर्ने थलो भए भने टीकाटीप्पणी छ नि ? 
दुईवटा कारणले यो भनाइ सत्य छ । एउटा कुरा, नेपालको शिक्षा क्षेत्र नै यस्तो भयो कि जसले डिग्री, पीएचडी हासिल गरिसके पनि ऊ स्कीललेस भयो । उसँग सर्टिफिकेट त छ तर क्षमता छैन, कार्यकुशलता छैन । त्यो कारणले गर्दा हाम्रो शिक्षाले बढी बेरोजगार उत्पादन गर्‍यो । डिग्री, पीएचडी गर्दा पनि उनीहरु जागिरविहीन बन्न पुगे । त्यसैले दीर्घकालीन समस्याको रुपमा छ । यो समस्याका अर्को कारण भनेको हाम्रो देश केही समय युद्धमा धकेलियो र विगतमा निरंकुशता कायम थियो । त्यो राजनीतिक व्यवस्थाले पनि जनताका छोराछोरीहरुलाई सबै क्षेत्रमा, सबै अवसरहरु दिन सकेन । त्यसको निमित्त हिजो नेकपा (माओवादी)का तर्फबाट जनयुद्ध भयो । त्यसमा अखिल (क्रान्तिकारी) पनि होमियो । 
 
हामीले पनि त्यतिखेर भनेका थियौं कि समग्र शिक्षा क्षेत्रको पुनर्संरचना राजनीतिक परिवर्तनबाट मात्रै सबै जनताका छोराछोरीले अवसर पाउन सक्छन् । आत्मनिर्भर अर्थतन्त्रको विकास हुन सक्छ, स्वावलम्बी अभियान सञ्चालन गर्न सकिन्छ । उत्पादनका विभिन्न प्रकारका अभियान सञ्चालन गर्न सकिन्छ । रोजगारका विभिन्न अवसर सिर्जना गर्न सकिन्छ । त्यसका लागि राज्यसँग विभिन्न प्रकारका पोलिसी हुनुपर्छ । राज्यले त्यस अनुसारको कार्यक्रम तयार गर्नुपर्छ, युवाहरुलाई लक्षित गर्नुपर्छ । राज्यको नीतिका कारण र शैक्षिक क्षेत्रको समस्याका कारण बेरोजगारीहरु उत्पादन भए । त्यसैले यो समस्या हल गर्नका लागि अहिले हामीले भनेका छौं, कक्षा ८ देखि १२ सम्मलाई प्राविधिक र व्यावसायिक शिक्षालाई अनिवार्य गर्नुपर्छ । ताकि कुनै मान्छे प्लस टु पास गरिसकेपछि ऊ आफूसँग सीप र कला भएको होस् । त्यो सीप र कलाको माध्यमबाट उसले आर्थिकोपार्जन गर्न सकोस् । त्यसबाट परिवार पाल्न सकोस् र आफ्नै कमाइद्वारा फरदर स्टडी गर्न सकोस् । यसको दीर्घकालीन हल भनेको, बेरोजगारहरुलाई भत्ता दिने वा राज्यले रोजगारी सिर्जना गरेर काममा लगाउने । अर्को, यो समस्या दोहोरिन नदिन अहिलेदेखि नै प्राविधिक र व्यावसायिक दक्ष र योग्य जनशक्ति उत्पादन गर्ने । त्यो जनशक्ति उत्पादन गर्ने । त्यो जनशक्ति कतिपय नेपालमै खपत हुन सक्छन् । विदेशमै जानुपर्दा पनि कुल्ली, मजदुर, ज्यामी भएर होइन, टेक्नीकल म्यानपावरका निम्ति काम गर्छ र लेबरको तुलनामा दोब्बर आम्दानी गर्छ । जसले गर्दा छोटो समयमा नै उसको जीवनमा परिवर्तन, रुपान्तरण हुन्छ । 
 
छोटो समयमा विदेशमा कमाएर देशमा कुनै न कुनै उद्योगधन्दा, कलकारखाना आदी–इत्यादी गरेर विभिन्न प्रकारका रोजगारहरु जेनेरेट गर्न सक्छ । यो कुराका निम्ति, शिक्षा क्षेत्रको पुनर्संरचना र राज्यको दुई नीतिलाई फ्युजन गरेर लैजानुपर्छ । दीर्घकालीन समस्या हल गर्नको लागि शिक्षा क्षेत्रको हल गर्नुपर्छ । 
तपार्ईहरुले युद्धकालमा नारा दिएको वैज्ञानिक, जनवादी, व्यवहारिक शिक्षा भनेको यस्तै हो ? 
जनवादी शिक्षा स्वभावतः माक्र्सवादी दर्शनसँग आधारित छ । जनवादी शिक्षाअन्तर्गत हामीले निजीकरणलाई देख्दैनौं । सम्पूर्ण शिक्षा राज्यको दायित्व भन्छौं । निजीकरण सबै राष्ट्रियकरण हुनुपर्छ भन्छौं । टेक्नीकल, भोकेसनल सम्पूर्ण शिक्षामा राज्यले निःशुल्क दिनुपर्छ, त्यसलाई हामी जनवादी भन्छौं । त्यसले श्रमलाई माया गर्ने, सम्मान गर्ने कुरालाई हामीले राजनीतिक वैचारिक रुपमा जनवादी राजनीतिक वैचारिक शिक्षा भन्छौं । रोजगारको वातावरण तयार पार्ने, ब्रेनडेनका समस्याहरुलाई पनि हल गर्ने । यी सबै कुराहरुलाई हेर्दा यो कुराको अन्तिम जडको रुपमा राज्य नै जोडिन्छ । त्यसो भएकोले राज्य जिम्मेवार बन्ने राज्यले यो नीति निर्माण गर्ने, त्यो नीति निर्माणका गर्नका निम्ति स्टेकहोल्डरहरुले ‘पोलिसीवाइज’ आधारमा दबाब दिने, सुझाव दिने, सल्लाह दिने कुरा गरेका हौं । यी जनवादी र समाजवादी शिक्षाका केही आधारहरु हुन् । 
अन्तमा, तपार्ई र विद्यार्थी संगठनले लिएको लक्ष्य पूरा हुन अब कति समय लाग्ला ? एकदशक, डेढ दशक वा दुई दशक ?
मेरो कार्यकाल दुई वर्षको हो । यी सबै विषय युवापुस्तालाई र खासगरी नेपालमा जति पनि युवा विद्यार्थी साथीहरु हुनुहुन्छ । उहाँहरुमा मन मनमा, दिमाग दिमागमा पु¥याएर बहस गरेरै भन्ने मेरो प्रयत्न हो । मलाई थाहा छ, यी सबै कुरा पूरा गर्न जादुको छडीजस्तो भर्खरै कसैले पनि सक्द

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

नेपालमा भएको चुनावमा कांग्रेस हार्नुको कारण

एजेन्डा गतिलो नहुनु
अन्तर्घात
वाम गठबन्धन
चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions