ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

स्थानीय चुनावको संकेत



स्थानीय चुनावको संकेत

खिम घले -

बोलीचालीमा मधेस प्रदेश समेत भन्न थालिएको २ नम्बर प्रदेशको चुनावी परिणाम लगभग सबै आइसकेको छ । परिणाम अनुसार नेपाली काँग्रेस सबैभन्दा ठूलो पार्टीको रुपमा उक्त प्रदेशम देखा पर्यो भने कुल योगफलबाट मुलुककै सबैभन्दा ठूलो पार्टी बनेको नेकपा एमाले पाँचौं दल बन्यो । 
यसअघि भएको पहिलो र दोस्रो चरणको स्थानीय तहको चुनावमा एमाले चार नम्बर प्रदेशमामात्र दोस्रो भएको थियो । बाँकी पाँच वटा प्रदेशमा पहिलो पार्टीको रुपमा रहेको थियो । तर, २ नम्बर प्रदेशमा भने उनी पाँचौं नम्बरमा पुगेको छ । संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र माओवादी क्रमश दोस्रो, तेस्रो र चौथों भएका छन् । 
यसरी हेर्दा एमालेको पक्षमा स्थानीय तहको निर्वाचनमा आएको जुन लहर हो, त्यसमा विराम लागेको हो की भन्ने देखिएको छ । खासमा २ नम्बर प्रदेशमा एमाले पाँचौं हुनेछ भन्नेमा धेरैले विश्वास गरेका थिएनन् । एमालेले करिव ३५ स्थानीय तहका जित्ने आँकलन गरेको थियोभने अन्य विश्लेषकहरुले पनि कम्तीमा दोस्रो नम्बरमा रहने आँकलन गरेको थियो । 
स्थानीय तहको निर्वाचन परिणामलाई अवको संसदीय र प्रदेश सभाको चुनावको लागि जनमत परिक्षणको रुपमा पनि धेरैले लिएका छन् । स्थानीय तहको निर्वाचन परिणामपछि सबै दल र नेताहरुले आफ्ने सवल र दुर्वल पक्षहरुको पहिचान गरेको हुनुपर्दछ । साथै कुन स्थान विशेषमा आफु कमजोर रहेको र त्यस क्षेत्रको जनतालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा पनि उनीहरुले विश्लेषणको मौका पाएका छन् । यद्यपी अगामी मंसिरमै दुई चरणमा संघीय र प्रादेशीक सभाको निर्वाचन हुने हुँदा धेरै समय चलखेल गर्न भने पाउने छैनन् । 
मंसिरमा हुने संघीय र प्रादेशीक सभाको निर्वाचनको लागि अव दलहरुले उम्मेदवार छान्ने प्रकृया सुरु गरिसकेका छन् । दलहरुले आन्तरिक बैठकहरु गरेका छन् । अझ एउटा पार्टीको नेता कार्यकर्तालाई अर्को दलका नेताहले आफ्नो पार्टीमा भित्र्याउने लहर नै सुरु भएको छ । आफु रहेको पार्टीमा अवसर नपाउने निश्चित भएकाहरुले दलवलसहित अर्को पार्टीमा प्रवेश गरेर उम्मेदवारी पाउनका लागि दवाव दिने क्रम उम्मेदवारी दर्ता नसकिएसम्म जारी रहने छ नै । 
दलहरुले चुनावका लागि जे जस्ता नाराहरु बनाएपनि र भावी सरकारको कार्ययोजनाहरु प्रस्तुत गरेपनि अगामी सरकार कस्तो बन्ला ? भन्ने आँकलन स्थानीय तहको चुनावले दिएको छ । स्थानीय तहको निर्वाचन २ नम्बर प्रदेशसम्म आइपुग्दा नेपाली जनताले कुनैपनि पार्टीले बहुमतको सरकार बनाउने सुविधा नदिने कुरा स्पष्ट भएको छ । 
अझ दलहरुले निर्वाचन प्रणालीमा राखेको समानुपातिक सीट संख्याले अवको बर्षहरुमा बहुमतको सरकार बनाउने बाटो नै बन्द भएको छ । कुनै दल बिशेषले बहुमत ल्याउने संभावना हटेको छ । यसअघिका केही निर्वाचनले एमालेलाई उत्साहित बनाएको थियोभने कांग्रेस, माओवादी र मधेसी दलहरुलाई केही हदमा हातोत्साही बनाएको थियो । एमालेमा अलि बल गरेको खण्डमा बहुमत ल्याउन सकिने आँकलन बढेको थियो । कांग्रेसलाई पनि अवको संसदमा ठूलो दल एमाले हुने भयो भन्ने चिन्ता व्याप्त थियो भने माओवादीमा तेस्रो हुँदा पनि हैसियत विनाको हुने डर पैदा भएको थियो । 
तर, प्रदेश २ सम्मको सबै स्थानीय तहको निर्वाचन हेर्दा स्थिति यस्तो देखिएन । एमालेमा बहुमतबाट अव कसरी पहिलो हुने भन्ने रणनीतिले घर जमाएको छ । कांग्रेसको पहिलो नै कायम रहनेमा समेत मरेको आशा फेरी जागृत भएको छ । माओवादीमा अलि बल गरेको खण्डमा अझै सम्मानजनक रुपमा तेस्रो हुने भरोसा बढको छभने संघीय फोरम र राजपा दुवैले राष्ट्रिय दलको मान्यता पाउने कुरामा दुई मत देखिन्न । 
अव नेपालमा राष्ट्रिय दलको रुपमा पाँच या छ दल रहने निश्चित बनेको छ । तीन प्रतिशतको थ्रेसहोल्डले गर्दा कांग्रेस, एमाले, माओवादी, संघीय समाजवादी र राजपा त्यसभित्र छिर्ने निश्तिच देखिएको छभने राष्ट्रिय प्रजातन्त्र पार्टीको अझै ढुलमुल छ । यसअघि तीन प्रतिशत मत ल्याउनै पर्ने र प्रत्यक्षमा एक सीट जित्नु पर्ने प्रस्ताव हुँदा राप्रपा राष्ट्रिय पार्टीबाट बाहिरीने निश्चित जस्तै थियो । तर, कमल थापाको जोडबलमा प्रत्यक्षमा जित्न नपर्ने, तीन प्रतिशत मत मात्र ल्याएपनि राष्ट्रिय पार्टी हुन पाउने व्यवस्थाले राप्रपाको त्यसभित्र पर्ने आशा जीवितै रहेको हो । 
अवको चुनावमा असर पार्ने केही तत्वहरुको बारेमा पनि चर्चा जरुरी छ । हालसम्म बिजय गच्छेदारले नेतृत्व गरेको लोकतान्त्रिक फोरमले ९ वटा स्थानीय तहमा जीत हात पारेको छ । यो निर्वाचनले उनलाई कुल मत संख्याको तीन प्रतिशत पुर्‍याउन सक्ने छाँटकाँट भने देखाएको छैन । अव यस्तो अवस्थामा गच्छेदारले कुन पार्टीसंग एकता गर्ला भन्ने कुराले पनि माने राख्दछ । एक्लै चुनाव लड्दा ९ स्थान जित्नु र झण्डै २० स्थानमा दोस्रो हुनु भनेको उससंगको मत कुनै ठूलो पार्टीमा जोडिनु भनेको जितलाई निश्चित बनाउनु हुनेछ । 
धेरैको बुझाइमा गच्छेदार कांग्रेस प्रवेश गर्नेछन् भन्ने रहेको छ । यदी गच्छेदारको लोकतान्त्रिक फोरम कांग्रेसमा प्रवेश गरेको खण्डमा कांग्रेसलाई फाइदा पुग्ने निश्चितै छ । चुरे र तराईका गच्छेदारका प्रभाव क्षेत्रहरुमा कांग्रेस र उनको मत गाँसिएको खण्डमा धेरै सिटहरु कांग्रेसको पोल्टामा जानेछ । विशेष गरेर थारु बाहुल क्षेत्रहरुमा गच्छेदारको प्रभाव रहेको छ । यसले कांग्रेसलाई एकलौटी बहुमत दिलाउन नसकेपनि ठूलो दलको रुपमा रहिरहने कुरामा योगदान गर्नसक्नेछ । 
दुई राप्रपाको भविश्य भने अनिश्चित छ । राप्रपा एकीकृत भएको अवस्थामा समानुपातिक र प्रत्यक्षमा थ्रेस होल्ड राख्दा पनि कुनै समस्या थिएन । तर, कमल थापाको राप्रपाले समानुपातिकका कारण तीन प्रतिशत मत पुर्‍याउन सक्ला की भन्ने अनुमान भएपनि पशुपति शमसेर राणाले नेतृत्व गरेको राप्रपा प्रजातान्त्रिकको त्यो संभावना छैन । बिक्रम पाण्डेदेखि सुनिल थापासम्मका प्रत्यक्षमा निर्वाचन जित्न सक्ने संभावना रहेका नेताहरु रहेपनि यो दलले तीन प्रतिशत मत पुर्‍याउन सक्नेमा धेरैको आशंका छ । तर, कुनै दलसंग मिल्ने वा एकता हुने संभावनामा पनि यो दल छैन । तर, कोहीसंग मिलेको खण्डमा त्यसले राम्रै फाइदा पाउने छ । 
निर्वाचनको परिणाम भविश्यमा जेसुकै आएपनि स्थानीय तहको निर्वाचनले संघीय र प्रदेश सभाको निर्वाचनलाई भने सुनिश्चित पारेको छ । सबैलाई आशा जगाएको छ । कुनै दललाई आफु सिदिन्छु भन्ने आशंकामा निर्वाचनको विरोध हुने र अप्ठ्याराहरुको सिर्जन गर्ने गरिन्छ । तर, हालै सम्पन्न निर्वाचनले सबै दललाई आशा जगाएकोले घोषणा भइसकेका चुनावहरु हुने निश्चित भएको हो । 
प्रमुख प्रतिपक्षी एमाले दुई नम्बर प्रदेशमा पाँचौं भएपनि समग्रमा पहिलो स्थानमै रहेको छ । संघीय र प्रादेशीक सभामा पनि पहिलो पार्टी हुने आशा र आँकलन उसले गरेको छ । त्यसैले जित्ने निर्वाचनको विरोध गर्ने छैन । एमाले निर्वाचनमा जान अतुर छ, पछि के हे के हो भन्न सकिन्न भन्ने अवस्थामा एमाले रहेको छ । कांग्रेसकै कुरा गर्दा पनि दुई नम्बरले उसलाई भरोसा दिएको छ । उम्मेदवारी छनौटमा सावधानी अपनाउने, सरकारमा भएकाले स्रोत साधनलाई परिचालित गर्ने हो पहिलो पार्टीको रुपमा टिकिन्छ भन्ने उसको आँकलन छ । सत्ता छाड्नु परे के हुने भन्ने त्रासले पनि उ चुनाव गराइहाल्न चाहन्छ । 
माओवादीको कुरा गर्दा उसले प्राप्त गर्ने तेस्रो स्थान नै हो । स्थानीय चुनाव अघि माओवादी नेताहरु निरास थिए । तर, स्थानीय चुनावमा उसले ल्याएको सम्मानजनक परिणामबाट हौसिएको छ । अझ २ नम्बर प्रदेशमा गरेको मेहनत पनि देखा पर्यो । त्यसले अलि बढि मेहनत गर्ने र सरकारमा रहेकोले स्रोत साधनको प्रयोग गर्ने हो भने यो भन्दा राम्रो मौका अरु नहुने आँकलन उसको छ । त्यसैले पनि चुनावमा जान चाहन्छ । 
रह्यो कुरा मधेसका दलहरुको । उनीहरुले एक राष्ट्रिय चुनावलाई भाँड्न सक्ने हैसियत राख्दैन, अर्कोतिर स्थानीय चुनावले उनीहरुको हैसियत प्रष्ट पारिसकेको छ । त्यसैले पनि उनीहरु राष्ट्रिय पार्टीको रुपमा रहन र सत्ताका लागि चलखेल गर्नकै लागि पनि संघीय र प्रदेश सभाको चुनावमा जानेछन् । ठूला दलको असन्तुष्टी र अनिच्छा बेगर चुनाव रोक्न सक्ने बाह्या वा आन्तरिक कुनै पनि कारणहरु विद्यमान छैनन् । त्यसैले पनि अवको मंसिरमा हुने भनिएको संघीय र प्रदेश सभाको चुनाव हुने निश्चित छ । 
यद्यपी आम जनताको लागि भने विगतदेखि भोग्दै आएको एउटा पिरलो बाँकी नै रहने छ । त्यो चुनावको उपज हुने छ, त्यो हो दलहरुबीचको सत्ताको छिनाझम्टी । अवको निर्वाचनपछि पनि माओवादी नट बोल्ट बन्ने नै छ । तेस्रो पार्टीको रुपमा सरकार बनाउने र गिराउनेमा उसैको हात माथि रहने छ । 
उसको सहायता विना ठूला दलले सरकार बनाउने सक्ने अवस्था आउने छैन । यो २०–२५ बर्षको अवधीमा जुन राजनीतिबाट जनता वाक्कदिक्क भएका छन्, त्यो प्रबृत्तिलाई भने पार लगाउने सक्ने देखिन्न अर्थात अवको संसद पनि ह्याङ पार्लियमेन्ट कै रुपमा रहने छ ।
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions