ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

निर्माण व्यवसायी गौचनको हत्यामा सांसद्‌द्वारा भर्त्सना, दोषीलाई कारबाही नगरेसम्म गौचनको शव नबुझिने



निर्माण व्यवसायी गौचनको हत्यामा सांसद्‌द्वारा भर्त्सना, दोषीलाई कारबाही नगरेसम्म गौचनको शव नबुझिने

-

काठमाडौं । व्यवस्थापिका–संसद्को मंगलबारको बैठकमा सांसदहरुले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याप्रति आपत्ति जनाउँदै हत्यामा संलग्नलाई कानूनको दायरामा ल्याउन सरकारसित आग्रह गरेका छन् । उनीहरुले हत्याको छानबिन गर्नका लागि आयोग शीघ्र गठन गर्न र यसका बारेमा सदनलाई जानकारी गराउन गृहमन्त्रीसँग माग गरे । 
 
निर्माण व्यवसायीको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको सोमबार अपराह्न मध्यबानेश्वरमा अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । सभामुख ओनसरी घर्तीसित समय माग गरी नेपाली कांग्रेसका दीपक गिरीले आगामी प्रदेश÷प्रतिनिधिसभाको निर्वाचको मुखमा गौचनको हत्या हुनुले निर्वाचन नहुने आशंका बढेको छ भने । 
 
नेकपा (एमाले)का जनार्दन ढकाललले गौचनको शीघ्र हत्याको छानबिन गर्न माग गर्दै हत्यारालाई कानूनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराए । नेकपा (माओवादी केन्द्र)का रामनारायण बिंडारीले दिउँसै गौचनको हत्या हुनु शान्तिसुरक्षाको कमजोरी रहेको बताए । 
 
नेपाल लोकतान्त्रिक फोरमका योगेन्द्र चौधरीले राजधानीमा खोजी÷खोजी र छानी÷छानी मान्छे मार्ने प्रवृत्ति बढेकामा चिन्ता व्यक्त गरे । 
 
नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र सांसद रुक्मिणी चौधरीले गौचनका हत्याका बारेमा सदनमा जानकारी गराउन गृहमन्त्रीसँग माग गरे । 
 
सांसद रोमी गौचन थकाली र परशुराम तामाङले गौचनका हत्यापछि निर्माण व्यवसायीलाई पनि अज्ञात समूहले हत्याको धम्की दिएकामा सरकारको ध्यानाकर्षण गराए । 
 
दोषीलाई कारबाही नगरेसम्म गौचनको शव नबुझिने
नेपाल निर्माण व्यवसायी महासङ्घले घटनाका दोषीलाई कारबाही नगरेसम्म अध्यक्ष शरदकुमार गौचनको शव नबुझ्ने भएको छ । 
महासङ्घका महासचिव रामशरण देउजाले घटनाका दोषीलाई पत्ता नलगाएसम्म अध्यक्ष गौचनको शव नबुझ्ने बताएका हुन् । सोमबार दिउँसो नयाँबानेश्वरमा अज्ञात समूहको गोली लागेर मृत्यु भएका अध्यक्ष गौचनको शव परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल राखिएको छ । 
 
महासङ्घले मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख केदारनाथ शर्मालाई भेटेर गौचनलाई शहीद घोषणा गर्नुपर्ने, हत्यारालाई तत्काल खोजी गरी कारबाही गर्नुपर्ने तथा निर्माण व्यवसायीको सुरक्षाको प्रत्याभूति दिनुपर्ने माग गरेका छन् । 
 
भेटमा प्रमुख जिल्ला अधिकारी शर्माले तीन दिनभित्र दोषीबारे पत्ता लगाइसक्ने प्रतिबद्धता व्यक्त गर्नुभएको शर्माको भनाइ उद्धृत गर्दै महासचिव देउजाले बताए । शर्माले व्यवसायीलाई आवश्यक पर्ने सुरक्षासमेत दिने बताएका महासचिव देउजाले जानकारी दिए । भेटमा महासङ्घका पदाधिकारी तथा पूर्वअध्यक्षको सहभागिता रहेको थियो । महासङ्घले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जनार्दन शर्मासँग भेट गरिसकेको छ । 
 
प्रकाशित मिति : २४ असोज २०७४

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions