ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

यसकारण जित्यो लमजुङ समाज युकेले एम्बासडर कप



यसकारण जित्यो लमजुङ समाज युकेले एम्बासडर कप

-

‘हाम्रो संस्कृति, हाम्रो पहिचान र हाम्रो परम्परा नै हाम्रो गौरव हो र गर्व पनि गर्नु पर्दछ’ भन्ने नारासहित सन् २००७ मा चन्द्रप्रसाद गुरुङको सक्रियतामा लमजुङ समाज युकेको स्थापना हो । त्यसपश्चात् यो समाजले विभिन्न कार्यक्रममा सहभागी भइरहेको कुरा सर्वबिदितै छ । जहाँ लमजुङ समाज हुन्छ त्यहाँ लमजुङ जिल्लाको नाम अग्रपंक्तिमा सजाउने बानी लमजुङेको हुन्छ भन्ने तथ्य यसै लेखको शीर्षकले छर्लङ पार्दछ । 
लमजुङे हुनुमा गर्व गर्न पनि किन कञ्जुस्याइँ गर्नु ! लमजुङ हिमालको काखमा रहेको, यस जिल्लाको विभिन्न स्थानबाट पनि अन्नपूर्ण र माछापुच्छ«े हिमालको माया पाइरहने जिल्ला, जहाँ विभिन्न जातजातिहरुको बसोबास सँगसँगै विभिन्न मौलिक रीतिरीवाज, संस्कृति र परम्पराको धनी जिल्ला, लेक, पहाडी क्षेत्र हुँदै बेंसीमा फाँटजस्ता धरातल भएको जिल्ला भौगोलिक हिसाबले पनि अति सुन्दर जिल्लामा जन्मी–हुर्की आज हामी यस कर्मभूमिमा पनि उही जिल्लाको नामले हिप हिप हुरे गर्न पाउनु कति भाग्यमानी छौं । 
सन्दर्भ हो, नेपाली मेला एम्बासडर कप २०१७ को । तमुधिं युके र नेपाली राजदूतावास बेलायतको संयुक्त संयोजकत्वमा “९औं नेपाली मेला २०१७“ विभिन्न कार्यक्रमका साथमा आइतबार 
(२७ अगस्ट २०१७)मा केम्पटन पार्क रेसकोर्स स्टेन लन्डनमा भव्यताको साथमा आयोजना गरिएको थियो । यस मेलाको लागि तमुधिँ युकेले धेरै समय अगाडिदेखि नै विभिन्न प्रबन्ध मिलाउँदै आएको थियो । विभिन्न संघ संस्थाहरुलाई सहभागीको लागि पत्राचारदेखि लिएर बैठक आदि विषयहरुमा प्रबन्ध मिलाउँदा कति ब्यस्त भए होलान् नेपाली मेलाको संयोजक हित काजी गुरुङ र तमुधिं युके । उहाँ अनि उहाँको टिमलाई व्यक्तिगत रुपमा र समाजको तर्फबाट धन्यवाद दिन चाहन्छु । 
पूर्व जानकारी भएअनुसार शनिबार (१ अप्रिल)मा आयोजना गरिएको १०औं वार्षिक साधारणसभाकै दिनमा लमजुङ समाज युकेले यस मेलामा सहभागी भई प्रतिस्पर्धा गर्ने निधो गर्दै यसै पृष्ठ लेखक परशु गुरुङलाई सर्वसम्मतिबाट संयोजकको अभिभारा सुम्पियो । त्यस्तै गरी संयोजककै स्वछनोट अनुसार पूर्णराज गुरुङ 
(पूर्वसंयोजक), ईन्द्रजीत गुरुङ र तारा गुरुङलाई सहसंयोजकमा चयन गराइयो । एकातिर सबैको चाहना यो एम्बासडर कप फेरि पनि लमजुङेको हातमा पार्नुपर्छ भन्ने थियो भने अर्कोतिर के यसपटक पनि जितिएला त ? भन्ने प्रश्न नउठेको पनि थिएन होलान् । यसै वर्षको नोभेम्बर २५ तारिखमा हुन गइरहेको लमजुङ समाज युकेको १०औं एनिभर्सरी सेलिब्रेसनमा यो एम्बासडर कप सजाउने ठूलो सपना र चाहना थियो समाजका अध्यक्ष बोहत गुरुङको । ठूलो चुनौती आयो यी चार संयोजकहरुको काँधमा । प्रतिस्पर्धाको लागि संघर्ष र सामनाको साथमा अघि बढ्नु पर्दछ र “भगवानले तँ आँट म पु¥याउँछु“ भन्छन् अरे भन्ने उक्तिलाई मनमा राखेर करिब ६ महिना पछाडि सामना गर्नु पर्ने क्षणलाई अंकित गर्दै सरसामान जुटाउनमा तरखर भए संयोजक परशु गुरुङ पूर्णराज गुरुङसँगको आन्तरिक सरसल्लाहअनुसार । नेपालबाट सामान ल्याउनु भनेको त्यति सहजको विषय होइन । तैपनि हामीलाई त्यति समस्या परेन जतिको समस्या र बढी बोझ रवी गुरुङ र श्रीमती योकुमारी गुरुङलाई परेको थियो नेपालमा । जसलाई हाम्रो अनुरोध थुपारीदिएको थियो जून महिनाको अन्तसम्म युकेमा सामान उपलब्ध गराइदिओस् भनेर । बिनानाइनास्तीमा यी दम्पतीले काठमाडौंको सेरोदेखि दमौली छाब्दी बाराही, इलमपोखरीको सेरोफेरोसम्म सम्पर्क गरी अनुरोध गरेअनुसारको सरसामान जम्मा गरी मलेसियन एयरलाइन्सद्वारा युकेमा उतारीदिनुभयो निर्धारित समयभन्दा अगावै । रवी गुरुङबाट फोनको घण्टी बज्यो भने कम्प्युटरमा इमेल देखियो एभरेस्ट ट्राभलबाट सामान पैठारी गरिएको छ भनेर । त्यस्तै गरी ४८ घण्टाभित्र सामान निकाल्नु पर्ने आदेशमा लन्डन हिथ्रो एयरपोर्टबाट फोन आयो । कामबाट फुर्सद निकालेर संयोजक पारसहु गुरुङ हिथ्रो एयरपोर्ट पुगे खुसी हुँदै । एयरपोर्टमा सामान निकाल्ने धुनमा पार्किङमा टाइम एक्सेस भएको थाहै भएन, पार्किङ टिकेट वीन्डस्क्रिनमा देख्दा पो झस्केँ, जेहोस् एक सय पाउन्ड चन्दा चढाएको कुनै चिन्ता नै भएन चाहिएको सामान हातमा आइपुग्दा ।
शनिबार १७ जून २०१७ मा बसेको एलएस यूके नेपाली मेलाको कोअर्डिनेटिङ मिटिङपश्चात् बाह्रमासे घाँटुको अभ्यास आइतबार ९ जुलाई २०१७मा पहिलो सम्पन्न भयो । बेलायतको ब्यस्त दैनिकी, विभिन्न स्थानको बसोबासमा सबैजनालाई भेला गर्नु सजिलो कहाँ थियो र ! तैपनि सबैको मिलोमतो समझदारी र समाजप्रतिको योगदानको भावनाले कहिले फानबोरोको कम्युनिटी हलमा भने कहिले वालिङफडमा, त कहिले विटचर्च वीन्चेस्टरमा सम्पन्न भएको कडा तालिमको साथ नेपाली मेलामा प्रतिस्पर्धा गर्न तयार भए लमजुङ समाज युके ।
सहसंयोजक इन्द्रजित गुरुङलाई ठाडो भाका र चुड्का नाचको जिम्मेवारी दिएको थियो भने श्रीमती तारा गुरुङलाई घाँटु नाचको प्रशिक्षणको जिम्मेवारी । नेपाली मेला आइतबार २७ अगस्ट पनि घर संघारमा आइपुग्यो । समाजका तमाम सदस्यहरुलाई मेलामा सहभागिताको लागि पूर्वसूचना गरिसकेको हुँदा सबैजना उत्सुक थिए विभिन्न विधामा सहभागी हुनको लागि । शनिबार २६ अगस्टको दिन पूर्णराज गुरुङको घरमा मेलाको लागि संयोजक परशु गुरुङ, नन्दा गुरुङ, सहसंयोजक पूर्णराज गुरुङ, जमुना गुरुङ, अध्यक्ष बोहत गुरुङ र लक्ष्मी गुरुङ भेला भई मेलाको लागि सबै सरसामानहरुको निरीक्षण गरी तयार गरे ।
आआफ्नो मौलिक भेषभूषामा सज्जिएर सबैजना बडो उत्सुकताका साथमा आइतबार २७ अगस्ट २०१७ का दिन केम्पर्टन पार्क रेसकोर्स लन्डनमा भेला भए । आयोजकहरुबाट जानकारी पाएअनुसार लमजुङ समाजको पालो ४ नम्बरमा परेको थियो । झाँकी प्रस्तुत १ बजेबाट सुरु हुनुपर्ने थियो । विभिन्न प्राविधिक समस्याहरुले गर्दा निर्धारित समयमा सुरु हुन सकेन । तैपनि तीन वर्षका दूधे बालकदेखि करिब ७५ वर्षे उमेरका सहभागीहरु टन्टलापुर घाममा उभिएका थिए आफ्नो पालो पर्खिंदै । त्यसमध्ये कोही त एक खुट्टामात्र भएका बैसाखीको सहारामा सहभागी भएको देख्दा समाजप्रतिको माया कति हुँदोरहेछ भन्ने छर्लङ हुन्थ्यो । उद्घोषकले लमजुङ समाजको नाम लिंदै संयोजक परशु गुरुङलाई झाँकीको बारेमा केही भनीदिनको लागि मञ्चमा निम्त्याए भने सयौंको संख्यामा लमजुङे सहभागीहरु विभिन्न सरसामानहरुको साथमा आआफ्नो विधा प्रस्तुत गर्न लागे । प्रस्तुतिमा जिल्लामा विशेषरुपमा प्रचलित नाच कृष्ण चरित्र, बह्रमासे घाँटु, तीज, रत्यौली, चुड्का, ठाडो भाका, स्यार्का, त्यस्तै गरी चर्खामा धागो कात्ने काम, ढिकी कुट्ने, झाँतो पिन्ने, मही बनाउने थियो भने अझ आकर्षक त असारे हिलोमा धान रोपाइँको थियो । त्यसै भएर पो क्यारे उद्घोषक सूर्य गुरुङ मञ्चबाट झाँकी प्रस्तुत स्थलमा आउनु भई सबै विधाको विवरण दिँदै हुनुहुन्थ्यो । हजारांै संख्यामा उपस्थित हुनुभएका दर्शकहरुको मन जित्दै प्रस्थान गरे लमजुङ समाज युके त्यहाँबाट ।
झाँकी प्रस्तुतपश्चात् अन्य दर्शकहरुबाट पाएको “ज्यादै राम्रो प्रस्तुति थियो“ भन्ने प्रतिक्रियाहरु पाउँदा कताकता राम्रै भएछ क्यारे भन्ने भान हुन्थ्यो । हुनु त, प्रतियोगितामा सबैको प्रस्तुति उत्तिकै राम्रा हुन्छन् तथापि विधाहरुको प्रस्तुतिमा परम्परा र संस्कृतिमा कत्तिको आधारित र सान्दर्भिक हुन्छ त्यसमा मात्र फरक होला । वास्तवमा यी मूल्यांकन गर्ने विधि निर्णायकहरुको आफ्नै छुट्टै सिद्धान्त हुन्छ नै । प्रथम चरणको प्रस्तुतिपश्चात् सबैजना सन्तोषको सास फेर्दै जलपान गर्न लागे साथै गोर्खा किचेन अल्डरसटले तयार गरिएको स्वादिष्ट खाना लिँदै पनि गरे । 
दोस्रो चरणको प्रस्तुति बाह्रमासे घाँटु थियो । यो घाँटु नाचले २०१४ को सहभागितामा प्रथम २०१५ मा दोस्रो र २०१६ मा प्रथम पुरस्कार जित्न सफल भएको थियो । घमण्डको साथमा भन्नु पर्दा प्रस्तुतिको स्तरमा पहिलाको भन्दा यसपालिको प्रस्तुति उच्च थियो झैँ लागेको थियो । किनकि यसपटक यी दुई जुम्ल्याहा नानीहरु श्रेया गुरुङ र श्रुति गुरुङ गुरुआमा बिना नाच्न सक्षम भएका थिए । यो स्तरमा नृत्य गर्न सक्षम बनाउनमा घाँटुकी गुरुआमा तथा सहसंयोजक तारा गुरुङको ठूलो योगदान र श्रेया रहेको छ । समयले किन पर्खिन्थ्यो र ! मञ्चमा प्रस्तुति गर्ने पालो पनि आइपुग्यो उद्घोषकले गत सालको एम्बासडर कप बिजेता लमजुङ समाज युकेको नाम लिनु भयो । उद्घोषणानुसार लमजुङ समाज युकेको ब्यानरको साथमा नेपाली राष्ट्रिय झन्डा र युनियन ज्याक (जसको छत्रछायाँमा कर्मथलो गरिरहेका छन्)को झन्डा फर्फराउँदै मञ्चमा तयार भए । बाह्रमासे घाँटु प्रस्तुत गर्न थाले “चैतैको धूलो झारिएला“ भन्ने गीतको लय सँगसँगै लेखमान गुरुङको अगुवाईमा । दुई जुम्ल्याहा नानीहरुको बेजोड प्रस्तुतिपश्चात् हजारौंको संख्यामा अवलोकन गरिरहेको दर्शकहरुको कोलाहल, चिच्याहट र तालीको गुञ्जन सुन्दा प्रस्तुतिमा सबैको मन जित्न सफल भएछ क्यारे झैं लाग्थो । “फेरि भेटौं अर्को सालैमा, जानु प¥यो बाईबाई हजुर“ भन्ने गीतको अन्तिम लय सँगसँगै बिदा लिए मञ्चबाट लमजुङ समाज युकेले । 
नेपाली मेला २०१७ को अन्तिम चरण जुनचाहिँ ज्यादै महत्वपूर्ण भाग नतिजा सुनाउनु मात्र बाँकी रह्यो । संयोजकहरुको निर्देशन अनुसार सबै संघसंस्थाहरु मञ्चको नजिकतिर झुम्मिए नतिजाको प्रतीक्षामा । उद्घोषकले सान्त्वना पुरुस्कारको लागि नाम लिन थाल्नु भयो । लमजुङ समाजको नाम शून्य रह्यो । तैपनि त्यति दुःख लागेन । नृत्य प्रस्तुतिमा तेस्रो र दोस्रोमा क्रमशः सिक्लेस पार्चे समाज र घान्द्रुक समाजको नाम लिनु भयो । अन्तमा ‘नृत्य प्रस्तुतिमा प्रथम पुरस्कार हात पार्न सफल भएको छ लमजुङ समाज युके’ भन्ने आवाज गुञ्जियो उद्घोषकबाट त्यसर्थमा पहिलो पल्ट एनआरएनएले प्रायोजन गरेको एनआरएनए कप जित्न सफल भयो लमजुङ समाज युके । त्यस्तै गरी झाँकीमा घान्द्रुक समाज दोस्रो स्थानमा पुरस्कृत भयो भने लमजुङ समाज युकेले झाँकीमा पनि प्रथम स्थान ओगट्न सफल भएको शुभ सन्देश आयो उद्घोषकको मुखारविन्दुबाट । लमजुङ समाज युके २०१७ सालको एम्बासडर कप दोस्रो वर्ष पनि जित्न सफल भयो ।
बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, एनआरएनए आईसीसीका अध्यक्ष डा. शेष घले, तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ तथा नेपाली मेलाका संयोजक हित काजी गुरुले एम्बासडर कप र एनआरएनए कपको साथमा एक हजार ६ सय पाउन्डको चेक लमजुङ समाजका अध्यक्ष बोहत गुरुङ, संयोजक परशु गुरुङ, सहसंयोजक पूर्णराज गुरुङ, तारा गुरुङ र इन्द्रजित गुरुङलाई हस्तान्तरण गरे । त्यति बेला सम्पूर्ण दर्शकहरुबाट र उपस्थित लमजुङ समाजका ईष्टमित्रहरुले बधाईको साथमा ठूलो तालीको गुञ्जन आयो । पुष्प वर्षा भयो । लमजुङेहरु खुसीले उफ्रन थाले । साँच्चिनै भन्नु पर्दा समाजको वार्षिक साधारण सभाको दिनमा यी चार जना संयोजकहरुको काँधमा जुन जिम्मेवारी सुम्पिएको थियो र समाजका सदस्यहरुले जुन कुराको अपेक्षा गरेका थिए, कुन दृष्टिकोणले यी  चार जना संयोजकहरुलाई हेरेका थिए, सायद ती सयौंजनाले राखेका अपेक्षा र गरेको मूल्याङ्कन साकार भयो होला पक्कै पनि । 
खासै भन्नु पर्दा लमजुङ समाज युकेको डायरीमा एउटा अर्को इतिहासको पाना थपियो । युकेमा लमजुङ समाजको नाम उच्च स्थानमा रहनको लागि अर्को एउटा खम्बाले टेकासो दियो । यो खुसीको खबरले अवश्य पनि विभिन्न देशमा रहनुभएका लमजुङेहरुलाई खुसीले गदगद भए होलान् । यस्तै प्रकारले दोस्रो पटक एम्बासडर कप र एनआरएनए कप  लमजुङ समाजको घरमा भित्रियो ।
दोस्रो पटक नेपाली मेला २०१७ को एम्बासडर कप र एनआरएनए कप हात पार्न सफल बनाउनुमा धेरै जनाले ठूलो भूमिका निभाउनु भएको छ । जसको लागि हामी ज्यादै आभारी छौं । विशेष गरी विविध विषयमा सल्लाह, सुझाव दिनुहुने समाजका अध्यक्ष बोहत गुरुङ, घाँटु नाचको अभ्यासको समयमा खाजाभूजाको ब्यवस्था गर्नुहुने सम्पूर्ण दाजुभाइ, दिदीबहिनीहरु, अभ्यासमा उपस्थित हुनुभई अमूल्य योगदान पुर्‍याउनुहुने अग्रज बाबाहरु, यस सहभागिताको लागि आर्थिक सहयोग गर्नुहुने समस्त सहयोग दाताहरु, मेलाको दिनमा खाजभुजाको व्यवस्था गर्नुहुने नवराज गुरुङ तथा सन्तबहादुर गुरुङ, मेलामा विभिन्न विधामा सहभागी हुनुभई आफ्नो कला प्रस्तुत गर्नु हुने सम्पूर्ण ईष्टमित्रहरु, विभिन्न पक्षमा सहयोग दिनुहुने सुरेन्द्र घले, सल्लाहकारहरु क्या. देव घले, कृष्ण गुरुङ, चन्द्र गुरुङ, र अन्य सल्लाहकारहरु साथै कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरु, उपाध्यक्षहरु  विश्वजङ गुरुङ, दल गुरुङ चन्द्र गुरुङ, घाँटु नर्तकीहरुलाई नृत्यमा सक्षम बनाउनमा साथै सहसंयोजकको ठूलो भुमिका निभाउनु हुने तारा गुरुङ, चुड्का नाच र ठाडो भाकाको संयोजक साथै सहसंयोजकको भूमिका निभाउनु हुने ईन्द्रजित गुरुङप्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिन चाहन्छु । 
पढाईमा बाधा पुग्ला, नानीहरुको ध्यान अर्कैतिर मोडिएला भन्ने कुनै प्रवाह नगरी समाजको लागि आफ्ना नानीहरुलाई कुनै पनि समयमा कुनै पनि स्थानमा लगेर नाच्नमा हौसला दिने दम्पती मोतीप्रसाद गुरुङ र लक्ष्मी गुरुङलाई सधन्यवाद दिँदै बाबाआमाको आदेश सधैं शिरोपर गरी आफ्नो कला प्रस्तुत गरी समाजको नाम उच्च स्थानमा राख्न योगदान दिने जुम्ल्याहा नानीहरु श्रेया गुरुङ अनि श्रुति गुरुङप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु । 
कार्यक्रम सफल पार्नको लागि नेपालबाट सरसामान किनमेल गरी पठाउनुमा सहयोग गर्नुहुने रवी गुरुङ र श्रीमती योकुमारी गुरुङलाई धेरै धन्यवाद दिन चाहन्छु । अझै मैले छुटाउनै नहुने एक विशेष व्यक्तिको नाम लिनै पर्ने हुन्छ, जसको सहयोगबिना यो सफल प्राप्त गर्न त्यति सम्भब र सहज थिएन । उहाँले मलाई विभिन्न पक्षमा जुनसुकै अवस्थामा पनि सरसल्लाह दिने साथै विभिन्न प्रकारका सरसामानहरु तयार गर्नुहुने, भौतिक नैतिक र आर्थिक रुपमा सहयोग गर्नुहुने अति दूरदर्शी र महत्वाकांक्षी ईलमपोखरी समाजका अध्यक्ष, लमजुङ समाजका सल्लाहकार र मेरा सहकर्मी सहसंयोजक पूर्णराज गुरुङलाई म अन्तरआत्माबाट नै सम्मान गर्दै धन्यवाद दिन चाहन्छु । 
अन्तमा लमजुङ समाज युकेको भावी कार्यक्रममा सदासहयोग र सल्लाह सुझाव निरन्तर रुपमा दिइरहनु हुनको लागि समाजका सम्पूर्ण  ईष्टमित्रहरुप्रति हार्दिक अनुरोध गर्दछु ।
 
प्रस्तोता : परशु गुरुङ
संयोजक, लमजुङ समाज युके, नेपाली मेला २०१७
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

नेपालमा भएको चुनावमा कांग्रेस हार्नुको कारण

एजेन्डा गतिलो नहुनु
अन्तर्घात
वाम गठबन्धन
चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions