ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

वाम गठबन्धनले ल्याएको तरंग



वाम गठबन्धनले ल्याएको तरंग

-

दशैंलगतै नेपालका दुई ठूला कम्युनिष्ट घटकले नेपाली जनतालाई सरप्राइज दिए । उनीहरुले अगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा तालमेल वा गठबन्धन मात्र होइन पार्टी नै एकता गर्ने घोषणा गरे । अघिल्लो दिनसम्म एक अर्काको उछितो काट्दै गरेका नेकपा एमाले र माओवादी केन्द्रका नेताहरु राष्ट्रिय सभागृहमा एकै थलोमा जम्मा भएर चुनावी गठबन्धनदेखि पार्टी एकतासम्मको घोषणा गर्दा चकित नपर्ने कमै थिए । 
यो प्रकृयाले सर्वसाधारण मात्र होइन, लामो राजनीतिक यात्रामा रहेका नेपाली काँग्रसका नेताहरु र नेपालका सबै राजनीतिक प्रकृयामा माइक्रो म्यानेजमेन्टमा खटिएको आरोप लागेको भारत समेत चकित खायो । यद्यपी एमाले र माओवादी नेताहरुले यो घोषणा एक रातको बसाईमा गरेका चाहिं होइनन् । केही अघिदेखिको प्रयास र छलफलकै परिणाम हो, तर गोप्य राखियो । यसो गर्नुमा देशी तथा विदेशी विरोधी खेमाको चलखेल कम होस् भन्ने मुख्य ध्येय रहेको पाइन्छ । 
यो वाम एकताको घोषणाले नेपाली राजनीतिक बृत्तमा निक्कै चर्को तरंग ल्याएको छ । एकातिर यसको पक्षमा रहेकाहरुको उन्मादपूर्ण अभिव्यक्ति छ भने अर्कोतिर विरोधी खेमाको आक्रोश तथा निराशाबाट उत्पन्न भएको विलापका स्वरहरु सुनिन थालेका छन् । यस छोटो लेखमा वाम एकताको निहितार्थ र यसका असरहरुका बारेमा चर्चा गर्ने कोशिस गरिएको छ ।
 
मिल्नु पर्नका कारणहरु
एउटै कम्युनिष्ट केन्द्र बनाउने भन्ने माओवादी र यसका सप्रिमो प्रचण्डको नयाँ कुरा होइन । सुरुमा माओवादीका नेताहरुले जितेरै एउटा कम्युनिष्ट केन्द्र बनाउने आकांक्ष राखेका थिए । उनीहरुको सुरुको बुझाई एमालेको अस्तित्व अहिले रहेका साना बामहरुको अवस्थामा पुग्ने छ भन्ने थियो, पहिलो संविधानसभामा आफु सबैभन्दा ठूलो दल भएको बेला । तर, समय बलवान छ, अवस्था त्यो रहेन । दोस्रो संविधानसभाको चुनावमा माओवादी निक्कै कम्जोर तेस्रो दलमा खुम्चियो । हालै सम्पन्न स्थानीय  निर्वाचनमा पनि उसले खासै प्रगती गर्न सकेन । अनि उसको आफ्नो नेतृत्वमा एउटै कम्युनिष्ट केन्द्र बनाउने सपना पनि तुहियो । 
एकातिर उसले नेपाली वामधारको आफुले नेतृत्व गर्ने सपना तुहियोभने अर्कोतर्फ नेपाली काँग्रेससंगको चुनावी गठबन्धनमा पनि खासै राम्रो प्रतिफल नआएको महसुस भयो । अगामी चुनावमा उसले गरेको अपेक्षा अनुरुप कांग्रेसले सीट दिन नसक्ने देखियोभने नेतृत्वले दिंदा पनि कार्यकर्ताले नमान्दा आफुलाई फाइदा नहुने देख्यो । जुन स्थानीय निकायको चुनावमा देखिसकेको थियो । त्यसैले पनि अगामी चुनावमा आफ्नो फाइदाको लागि पनि उसले दह्रो साहराको आवश्यकता खोज्यो । अनि एमालेसंगको सहकार्यमा पहिले देखेको एकताको सपनाफेरी व्यूजियो । यसमा पार्टीको फाइदा मात्र होइन, अध्यक्ष प्रचण्डको महत्वकांक्षले पनि काम गर्यो । एकीकृत पार्टीको रुपमा सके दुई तिहाई र नसके साधारण बहुमत ल्याएको खण्डमा पनि सत्ता र शक्तिको बाँडफाँड एमाले अध्यक्ष केपी ओली र प्रचण्डबीच हुने निश्चित नै छ । प्रचण्डले एमालेमा ओलीपछि एमालेमा त्यतिको नेता नभएको पनि स्पष्टै देखेका छन् । उनको मुखमा अमिलो रसाईसकेको छ, एमालेसंगको मिलनपछि कित सत्तामा पुगेको वा सबैभन्दा ठूलो पार्टीलाई हाँकेको सपना देखेका छन् । यद्यपी उनीहरुबीच पार्टीको सिद्धान्त र मार्ग निर्देशनको बारेमा भने छलफल भइसकेकै छैन । 
स्थानीय निकायको चुनावमा सबैभन्दा ठूलो दलको रुपमा स्थापित भएरपनि एमालेमा कांग्रेस र माओवादीबीचको गठबन्धनले लामोसमयसम्म सत्ता र शक्ति भन्दा बाहिर हुने होकी भन्ने त्रास कायमै थियो । अझ दोस्रो र तेस्रो हुन आँटेको अवस्थामा कांग्रेस र माओवादीबीच अगामी चुनावका लागि दह्रो गठबन्धन भएको अवस्थामा आफ्नो प्रभाव खुम्चिने कुरामा एमाले नेताहरु निश्चित थिए । यसको अर्थ कांग्रेस–माओवादीको गठबन्धन लामो अवधीको लागि जान, यस्तो अवस्थामा एमाले लामोसमयसम्म सत्ता बाहिर बस्नु पर्ने बाध्यता आइलाग्दथ्यो । 
एमाले नेताहरुको बुझाईमा कांग्रेस–माओवादीको गठबन्धन दक्षिणी छिमेकी भारतको चाहना र पहलामा भएको हो । यस्तो अवस्थामा यो गठबन्धन तोड्न नसक्ने होभने भारतीय आशिर्वादमा लामोसमयसम्म गठबन्धन टिक्ने छ । जुन भारतको चाहना पनि हो, एमालेलाई सत्ता बाहिर राख्नको लागि । अर्को यसमा एमाले अध्यक्ष ओलीको महत्वकांक्षले पनि काम गरेको छ । उनले करिव ९ महिनाको प्रधानमन्त्रीको सत्ता चाखिसकेका छन्, त्यस बेला पनि सहमति अनुसार प्रचण्डलाई सत्ता नसुम्पिंदा गठबन्धन टुटेको थियो । अव प्रचण्ड र सिंगो माओवादीको समेत आफु नेता हुन पाएको अवस्थामा आफ्नो सत्ता यात्रामा कोही बाधक नहुने नै भयो । यही सत्ता सवार हुने महत्वकांक्षले पनि यि ठूला दुई वाम दललाई एक ठाउँमा ल्याएको हो । 
एमाले र माओवादीबीच गठबन्धन र एकताको घोषणा गर्ने समयसमेत घोषणा भइसकेको बेला, नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई हतार हतार बालकोटस्थित केपी ओली निवास पुगे । उनले त्यही एकता प्रकृयामा सहभागी हुने र सूर्य चिह्न लिएरै चुनाव लड्ने घोषणासमेत गरे । खासमा स्थानीय निकायको चुनावमा ज्यादै कमजोर देखिएको बाबुराम र नयाँ शक्तिको लागि यो अवतरणको अवसर पनि हो । यसले नयाँ शक्तिको भविश्य त थाहा छैन, तर बाबुरामको राजनीतिक भविश्यलाई भने अभयदान हुनेछ । कम्तीमा पनि बाबुरामलाई गोरखाबाट प्रतिनिधिसभाका जिताउने सुनिश्चित गराउने छ र एमालेको एकजना पूर्वप्रधानमन्त्रीहरुको लाइनमा बरिष्ठ नेताको दर्जामा दिने नै छ ।
 
वेतुकको कोलाहाल
वाम गठबन्धन र एकताको घोषणा भइसकेपछि एमाले र माओवादीका कार्यकर्ताहरुले दुई तिहाई बहुमतको चर्चा व्यापक बनाएका छन् । दुई तिहाई बहुमत भनेको झण्डै ६५ प्रतिशत सिट कब्जा गर्ने हो । माओवादी नेताहरुले दुई तिहाई बहुमत ल्याउने र संविधान संसोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासनको व्यवस्था गर्ने बताउन थालेका छन् । अझ ओली र प्रचण्डबीच अगामी चुनाव पछि ओली प्रधानमन्त्री हुने र संविधान संशोधन भएपछि प्रचण्ड कार्यकारी राष्ट्रपति हुनेसम्मको सहमति भएकोसमेत प्रचार गरिएको छ । 
एमाले र माओवादी कार्यकर्ताहरुको यही हल्लाबाट अतालिएका केही कांग्रेसी बुद्धिजीवि र कार्यकर्ताहरुले अर्कोतिर कोकोहोलो मच्चाउन थालेका छन् । उनीहरुको तर्क एमाले र माओवादी नेताहरु कम्युनिष्ट अधिनायकवादको लामो अभ्यासका लागि तयारीका साथ अघि बढेको, यिनको शासनले लोकतान्त्रिक मुल्य मान्यता र बहुवादलाई स्वीकार नगर्ने आदि इत्यादी चर्चाहरु सुरु गरिरहेका छन् । यसले आम मानिसलाई विस्तारै ध्रुबीकरणतर्फ लैजादैछ । 
हो, यसले एमाले–माओवादीको गठबन्धनलाई बहुमतको संभावना दिन्छ र गठबन्धन नटुटेको खण्डमा अगामी बहुमतको सरकार बनाउन उनीहरुलाई सुविधा दिने नै छ । तर, दुई तिहाई बहुमतको आकांक्ष उनीहरुको स्वेर कल्पना मात्र हो, हाम्रो निर्वाचन प्रणालीले दुई तिहाई बहुमतको संभावना नै दिएको छैन । हो, एमाले–माओवादी–नयाँ शक्ति गठबन्धनले प्रत्यक्ष निर्वाचित साँसदको संख्या दुई तिहाई पुर्‍याउन सक्ने आधारहरु भने छन्, तर समग्रमा यो संभावना नै छैन । समानुपातिक निर्वाचनतर्फको सीटमा दुई तिहाई बहुमत संभावना नै छैन । यसअघिको मतहरुको विश्लेषण गर्दा पनि करिव ६० प्रतिशतको हराहरीसम्म सबै वाम घटकहरुको भोट पुगेको छ । एक त सबै वाम घटकहरु यस गठबन्धनसंग सहमत छैनन्, अर्कोतर्फ सबै एक हुँदा पनि त्यो संभावना छैन । त्यसैले दुई तिहाई बहुमत ल्याउने, प्रत्यक्ष राष्ट्रपतीय शासन लागु गर्ने र कम्युनिष्ट अधिनायकत्वको स्थापना गर्ने कुरा कसैले गर्छभने त्यो स्वैर कल्पना नै हो । 
अव रह्यो, कांग्रेसीजनहरुको कोकोहोलो, यसको पनि तत्विक अर्थ छैन । सत्ताबाट बिमुख हुनुपर्ने, पहिला पार्टीको पगरी हट्ने, लामोसमयदेखि आफुले प्राप्त गर्दै आएको शक्तिको हालिमुहाली तोडिने डरका बेला यस्तो रोइकराईलाई अन्यथा मान्नु पर्ने अवस्था छैन । यद्यपी कांग्रेसले वाम गठबन्धनले लोकतन्त्रलाई नै सखाप पार्ने भयो भन्ने होइन, आफ्नो पार्टीको आन्तरिक लोकतन्त्रदेखि सुदृढीकरणको ध्यान दिनु पर्ने अवस्था हो । नेपाली जनता १९ औं शताब्दीको उत्तर कोरियाका जनता होइनन्, नत नेपाली कम्युनिष्ट भनिएकाहरु नै किम इल सुङ र फिडेल क्यास्ट्रो हुन् । 
आफुले उपभोग गर्दै आएको लोकतन्त्रको रक्षा नेपाली जनता आफैले गर्नेछन्, यसको कुनै अमुक व्यक्ति वा पार्टीले त्यतिसारो टाउको दुखाउनु पर्ने हुँदैन । बरु अपेक्षा अराजकताको अवस्थामा पुगेको बजारको अनुगमन र नियमनको नेपाली जनता गर्छन् नै । कम्युनिष्ट अधिनायकवाद र लोकतन्त्रको समाप्ती वाम गठबन्धनका विरोधीहरुको अनन्य रोधन मात्र हो, यो जनतालाई तर्साउने हाउगुजी मात्र हो । 
कांग्रेसीजनहरुले स्वभाविक रुपमा आफ्नो धारणा राख्ने छन्, तर त्यसभन्दा पनि कांग्रेसका लागि यो अवसरको रुपमा अगाडी आएको छ । विरोधीहरु बलियो हुनु भनेको गुमाउनु मात्र होइन, आफुभित्रको कमजोरीहरुलाई पहिचान गर्ने र त्यसको समाधान गर्ने अवसर पनि हो, आफुलाई सुदृढ र एकताबद्ध बनाउने अवसर पनि हो । 
अन्त्यमा, व्यक्तिगत रुपमा मलाई यो गठबन्धनले नेपालमा पनि दुई पार्टी वा ध्रुवको राजनीतिक माहोल सुरु गर्न खोजिएको छ वा सुरुवात गरेको छ । लोकतन्त्रमा राजनीतिक स्थायित्वको लागि यो आवश्यक छ । बिकसित मुलुकहरुमा दुई पार्टीकै व्यवस्था जस्तो देखिन्छ । अन्य दलहरु रहेपनि उनीहरुसंग सरकार ढाल्न सक्ने हैसियत खासै हुँदैन । छिमेकी भारतकै कुरा गर्दा पनि विजेपी र कंग्रेसले आ–आफ्ना गठबन्धन बनाएका छन्, उनीहरुको गठबन्धन लामै छ र सरकारको स्थायित्वमा त्यसले काम गरिरहेको छ । 
हाम्रोमा यसअघि गठबन्धन क्षनिक भएकाले कहिले कोसंग को मिल्ने, कहिले को गर्दा सधै सरकार अस्थिर रह्यो । विकासका लागि अस्थिर सरकार बाधक हो भन्ने कुरा सबैलाई थाहै छ । बरु यो वाम गठबन्धन लामोसमय जानुपर्छ, लोकतान्त्रिक भनिएका दलहरुबीच पनि यस्तै खाले गठबन्धनको संभावना खोजिनु पर्छ । अनि कार्यनीति तथा कार्यक्रमहरुमा पनि दुई थरीबीच स्पष्ट सीमा रेखाहरु हुनुपर्छ । अहिले जस्तो एकै हुन हुन्न । अनि न जनतासंग छान्ने अवसर प्राप्त हुन्छ । खास अर्थमा लोकतन्त्रको अभ्यास हुन्छ । नत्र चुनाव त पञ्चायतमा पनि गरेकै हुन् । पात्रहरु त्यस बेला पनि फेरिन्थे । तर, जनता त्यही एउटै नीति र कार्यक्रम भित्र गुम्सिएका थिए ।
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions